हाम्रो विश्वास

हामी मुक्तिदाता प्रभु येशू ख्रीष्टको उच्छ अनि सर्वश्रेष्ठ नाममा भेला हुने सानो बगाल हौँ। हामी उहाँको अदभूत जन्ममा बिश्वास राख्दछौं । हामी उहाँको पवित्र, निष्कलंक र परमेश्वरप्रति आज्ञाकारी बनेर यस धर्तीमा हिंड्ने महान प्रभु येशूको ईश्वरत्व र मानवतामा विश्वास राख्दछौं । हामी प्रभु येशू ख्रीष्टले यस धर्तीमा हिंड्दा मानव जातिको सेवा गरेको, रोगीलाई निरोगी बनाएको, अन्धालाई आँखा दिएको, बहिरालाई  सुन्ने बनाएको, मरेकालाई बौरी उठाएको, सारा मानिस जातिका मुक्तिका लागि क्रूसमा बलिदान बन्नुभएको, धर्तीको पेटमा गाडिएर तीन दिन पछि बौरी उठी आफ्ना चेलाहरूकहाँ देखा पर्नुभएको कुरामा विश्वास राख्दछौं ।  अनि चेलाहरूले देख्दा देख्दै स्वर्ग उक्लि जानुभएको  र स्वर्गदूतले उही येशू फेरी आएको देख्नेछौ भनेको कुरामा विश्वास राख्दछौं । हामी प्रभु येशू स्वयंले उहाँकी आफ्नी स्वर्गीय दुलही मण्डलीलाई लिन बादलमा सवारी हुनेछु भनेर प्रतिज्ञा गर्नुहुने प्रभु येशूमा बिश्वास राख्दछौं  र उहाँको आगमनको धन्यको आशामा आशा राख्दछौं । यस्ता स्वर्गीय  कुराहरूमा विश्वास र आशा राख्ने हाम्रो यो सानो बगाल यस धर्तीमा रहुन्जेल प्रभुको आगमनको बाटो हेर्दै, उहाँको सेवामा तल्लिन रहनेछ। 

“यसकारण, यदि कोहि ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ: पूराना कुराहरू बितेर गए गए, हेर ती नयाँ भएका छन् ।” २ कोरिन्थी ५:१७ 

उनै महान प्रभु येशू ख्रीष्टको वचनहरूलाई सबै सामु पुर्र्याउने प्रयासकासाथ यो वेवसाइट उपलब्ध भएको छ। यस वेव्साइट्मा प्रभु येशूको महिमा, उहाँको अनुग्रहको सन्देश अनि केहि व्यवहारिक र माण्डलीक सत्यताहरूको संगालो पस्किने बेजोड प्रयास गरेकाछौं । साहित्यिक संयोजन नमिलेका, भाषिक प्रस्तुति कम्जोर रहेको अनि प्रशस्तै दुर्बलताहरू हुँदा हुँदै पनि वचनको सत्यता बाँडचुँड गर्ने यस दुर्बल मनसायलाई स्वीकारी यहाँ  राखिएका सामग्रीहरूलाई हेरिदिनुहुनेछ भन्ने ठूलो आशा  लिएका छौं।