Categories
Assembly Truth Devotionals

(श्रेस्थागीत १: १-५)

By: EC Hadley

Translated by: Kevin Pariyar

श्रेष्ठगीत, जो सुलेमानको हो । उहाँले मलाई आफ्ना मुखका चुम्बनहरूले चुम्बन गरून्! किनकि तपाईंको प्रेम दाख्मद्दभन्दा उत्तम छ । तपाईंका उत्तम तेलहरूको सुगन्धले गर्दा तपाईंको नाम खन्याइएको तेलजस्तै छ; यसैले कन्याहरूले तपाईंलाई प्रेम गर्छन् ।मलाई खिच्नुहोस् ! हामी तपाईंको पछि-पछि दगुर्नेछौं; राजाले मलाई आफ्ना कोठाहरूमा ल्याउनुभएको छ ; तपाईंमा हामी रमाउनेछौं र आनन्द गर्नेछौं ; हामी तपाईंको प्रेम दाख्मद्दभन्दा बढी सम्झना गर्नेछौं; तिनीहरूले तपाईंलाई सच्चारीतिले प्रेम गर्छन् । (श्रेष्ठगीत १:१-४) 

यो उत्कृष्ट गीत जो सुलेमानको गीत हो यसमा प्रशस्त सांकेतिक भाषा प्रयोग भएका छन्, जुन सांकेतिक भाषामा प्रशस्त आत्मिक अर्थहरू पाउन सकिन्छ । यस गीतलाई श्रेष्ठगीत भनिन्छ; त्यसको अर्थ यो एउटा यस्तो गीत हो जो यसको सुन्दरता र उत्कृष्टताका कारणले अन्य सबै गीतहरूभन्दा श्रेष्ठ छ । यो एउटा प्रेम गीत हो अनि अहिलेसम्म गाइएको अर्थात फेला परेको एउटा उत्तम गीत हो किनभने यस गीतले एउटा अत्यधिकरूपमा व्याक्त गरिएको एउटा प्रेम कहानीलाई बताउँदछ र अहिलेसम्म संसारले जानेको एक महान प्रेमीको बारेमा बताउँदछ । त्यो महान प्रेमी प्रभु येशू ख्रीष्ट स्वयं हुनुहुन्छ, जो परमेश्वरका पुत्र हुनुहुन्छ जसले आफ्ना निम्ति मानिसका सन्तानबाट एउटी दुलहीलाई आफुतर्फ आकर्षित गर्दै हुनुहुन्छ ।

Categories
Assembly Truth Devotionals Print Articles

तिमीहरू आपसमा शान्तिमा रहो ।

लेखक: F.C.Blount

 अनुबाद: केविन परियार  

“तिमीहरू आपसमा शान्तिमा रहो।”

“तिमीहरू आपसमा शान्तिमा रहो।” तर कति धेरै पटक हामी यो अमूल्य वचनको ठिक विपरित अवस्था मण्डलीहरूमा रहेको पाउँदछौं। हाम्रा मण्डलीहरूमा बारंबार डाहा र झैझगडाको अवस्था पाइन्छ। “यदि तिमीहरू आपसमा टोकाटोक र मारामार गर्दछौ भने, यो याद गर कि तिमीहरू आफै नाश हुनेछौ।” (गलाती ५:१५) नाश हुनेछौ भन्नुको अर्थ के हो भने तिमीहरू आफै खरानी हुनेछौ भनिएको हो। यसरी आफै नाश भएर खरानी भएका मण्डलीहरू आज हाम्रा दिनहरूमा छैनन् र? के यहाँ विश्वासीहरूको धूलो मात्र पाइन्छ होला? यो हामी बाहिरको शत्रुको कार्य होईन; यो त केवल हामी आफैबीचको आपसी नरसंहार हो। मण्डलीका एकभन्दा धेरै सदस्यहरूले यो घातक चरित्र बोकेका हुन्छन् जो झगडीय र आक्रमक हुन्छन् अनि एक भन्दा बढ्ता सन्तहरू घायल हृदय लिएर मर्ने गर्छन् । प्रभुले भन्नुभयो, “तिमीहरूलाई यस संसारमा दु:ख हुनेछ।” अब संसारमा दुख भए ता पनि, मण्डलीमा त हामीले असल कुराको अर्थात उत्तम कुराको आशा गर्न पाउनु पर्ने अधिकार हाम्रो रहेको छ।  अब के हाम्रो स्वार्थले, हाम्रो घमण्डले, अनि हाम्रो झैझगडाले संसारसँग बिरक्तिएकाहरूलाई शान्ति अनुभव गर्नबाट बन्चित गर्ने ? 

Categories
Assembly Truth

प्रभु येशू मसीहको नामको महत्व

By: Kevin Pariyar

 केहि समय अगाडिदेखि हाम्रा केहि दाजुभाईहरूले ओरिजिनल नामको नारा लगाउँदै आएका छन् र ओरिजिनल नाम, हिब्रुमूलशब्द र त्यसको प्रयोगको आवश्यक्तालाई निकै जोड दिंदै आएकाछन् । उनीहरूले जोड मात्रै दिएका होइनन् तर निकै ठूलो रडाको मचाएर बिभाजन समेत गरेकाछन् अनि आफ्ना लागि एउटा झूण्ड नै खडा गरेकाछन् । प्रभु येशू ख्रीष्टको नामको बारेमा अध्ययन गर्नु, बुझ्नु र बुझाउनु त आवश्यक कुरा नै हो तर आवश्यक्ताभन्दा धेरैमाथि कुरा गर्नु धेरैलाई दु:ख दिने काम गर्नु हो । यहि गम्भीर बिषयलाई ध्यानमा राख्दै यस अंकमा छोटो टिपणी राख्ने आँट गरेकाछौं । प्रभु येशू मसीहको नाम हामी विश्वासीहरूसँग प्रतक्ष्यरूपले सम्बन्धित रहेकोछ । प्रभु येशूको नाम हामी विश्वासीहरूका निम्ति कति महत्वपूर्ण छ र कसरी हामीसँग सम्बन्धित रहेकोछ भन्ने बारेमा दाजु R.K. Campbell ले यसरी लेखेकाछन् : “यसरी, येशू ख्रीष्ट जो उहाँको अनमोल नाम हो, त्यस नामले उहाँको व्यक्तित्वको सत्यतालाई अविस्मरणीय ढंगले घोषणा गर्दछ। उहाँको कार्य र अधिकारलाई बताउँदछ। अब त्यो नाम उहाँका मानिसहरूलाई नै सुम्पिएको छ। जुन संसारले उहाँलाई तिरस्कार गर्‌यो त्यही संसारमा उहाँका मानिसहरूहरूले उहाँको नामको जगेर्ना गर्नुपर्छ, त्यस नामको महिमालाई कायम गर्नुपर्छ। उहाँको दीब्य नामलाई हामीले मानिसहरूका सामुन्ने स्वीकार गर्नुर्पछ । कहिले पनि इन्कार गर्नुहुँदैन।

Categories
Assembly Truth Print Articles

हिब्रु मूलाशाब्दिक गतिविधि (झूटो गलातीवाद)

Brian Reynolds

लिऊ वाइट हिब्रु मूलशाब्दिक (Hebrew Roots) शिक्षाका धेरै शिक्षकहरूमध्येका एक शिक्षक हुन्। यस शिक्षाका शिक्षक उनी मात्र होइनन् तर यस्तो किसिमको शिक्षालाई एक स्तरदेखि अर्को स्तरसम्म पुर्र्याएर शिक्षा दिने शिक्षकहरू धेरै छन्- यस्ता शिक्षकहरूले एउटा गतिविधि मात्र सृजना गरेकाछन् तर कुनै कठोर संस्था अथव साम्रदयसँग आवद्द रहेका हुँदैनन्। तर लिऊ वाइटको शिक्षाले भने यस गतिविधिको समस्त प्रतिनिधित्व गर्दछ। यस शिक्षाको बिभिन्न स्तर रहेकाछन् भने थोरैले यी कुरालाई बढुवा दिने गरेकाछन् | कतिले चाहिँ यस्ता किसिमका सम्पूर्ण शिक्षालाई सिकाउँछन्। उनिहरू सबैले एउटै कुरा त सिकाउँदैनन् तर यस्ता किसिमका शिक्षा मिसाएर आ-आफ्नो व्याख्या दिने गरेकाछन्।

Categories
Assembly Truth

Lecture on the Names of our Lord Jesus-Alfred Bouter

धन्यवाद तपाईंहरुसँग आज  एकसाथ हुन पाउँदा म धेरै हर्षित भएको छु |  तपाईंहरु धेरैलाई अनलाइनमा देख्न पाउँदा मलाई धेरै खुसी लागेको छ। मैले यस दिनका लागि धेरै प्रार्थना गरेको थिएँ र आज पनि प्रार्थना गर्दछु कि प्रभुले यस दिनलाई आशिष दिनुभएको होस्। आजको बिषयमा मैले दिन सक्ने सहयोग अर्थात सन्देशमा म येशूआ अर्थात येशू या JESUS बाट शुरू गर्न चाहन्छु। यस कन्फरेन्सको बिशेष उद्देश्य भनेको नै प्रभु येशूका केहि नामहरूको बारेमा चर्चा गर्ने रहेको हुनाले  हामी येशूआ हमाशियाको बिषयमा हेर्नेछौं। यसको नामको अर्थ र यस सुन्दर नामलाई हामीले कसरी प्रयोग गर्ने भन्ने बारेमा रहेको छ| यसका लागि हामी केही परिचायात्मक वचनहरू हेर्नेछौं। प्रभु येशूको  मृत्यु पुनःरूत्थान र स्वर्गमा महिमित भए लगत्तै प्रेरित पत्रुसले यहुदी धर्मगुरु अर्थात अगुवाहरू समक्ष केहि महत्वपूर्ण कुराहरू बताएका थिए ।तपाइले आफ्नो बाइबलमा हेर्न सक्नुहुनेछ। म अहिले प्रेरित ४:११-१३ पदसम्म पड्नेछु। बाइबलका पदहरू उद्दृत गर्ने क्रममा म प्राय जसो New King James Version बाट उद्धृत गर्ने गर्छु “यहाँ चाहिँ त्यहि ढुंगा हुनुहुन्छ, जसलाई तपाई डकर्मीहरूद्वारा रद्द गरिनुभएको थियो, जो कुनाको शिर हुनुभएको छ। न ता अरू कसैबाट मुक्ति छ; किनभने स्वर्गमुनी मानिसहरूमाको बीचमा अरू कुनै नाम दिएको छैन, जसद्वारा हामीले मुक्ति पाउनु पर्छ । तर जब तिनीहरूले पत्रुस र यूहन्नाको सहास देखे, र उनीहरू चाहिँ अनपड र अशिक्षित मानिसहरू रहेछन् भनी थाहा पाए, तब छक्क परे; अनि उनीहरूचाहिँ येशूका साथमा रहेछन् भनेर तिनीहरूले उनीहरूलाई चिने।”  जब हामी प्रेरित ४:११-१३ पदलाई पड्छौ, त्यस खण्डमा पत्रुसले केहि महत्वपूर्ण कुराहरू बताएको पाउँछौ। प्रेरित पत्रुसले यहुदी धर्मगुरुहरूलाई यहि कुरा बताईरहेका थिए कि जुन ढुंगालाई उनीहरूले रद्द तुल्याए अहिले त्यहि ढुंगा मूख्य कुने ढुङ्गो बनेको कुरा बताए। यस बचनलाई उधृत गर्दा पत्रुसले भजनसंग्रह ११८ अध्याय लाई उधृत गरेका थिए तर तिनले आफ्नै शब्द र अर्थ लगाएर बुझाएका थिए। “जुन ढुंगालाई डकर्मीहरूले रद्द रगे, त्यहि नै कुनाको शिर ढुंगा हुनुभएको छ । यो परमप्रभुबाट भएको हो; हाम्रो दृष्टिमा यो अदभूत छ। यो दिन परमप्रभुले बनाउनुभएको हो; यसमा हामी रमाउनेछौँ र आनन्दित हुनेछौं।” (भजनसंग्रह ११८:२२-२४) कृपय यी पदहरूलाई तपाई आफैले आफ्नो बाइबलमा हेर्न र अध्ययन गर्न आग्रह गर्दछु। यहाँ पत्रुसले भजनका पुस्तकबाट उधृत गरेका थिए तर तिनले आफ्नै बिशेष शब्दहरू प्रयोग गरेर यी महत्वपूर्ण कुराहरू बताएका थिए। यहाँ पत्रुसले दिएको गवाही चाहिँ  लूकाले दिएको वचनसँग मिल्दछ, किनकि लूका प्रभुका चेला थिए र उनी यहूदी थिएनन् | लूकाले नै प्रेरितको पुस्तक लेखेका हुन्। लूकाले यसरी लेखेका थिए कि जब तिनिहरूले पत्रुस र यूहन्नाको साहसलाई देखे तब तिनीहरू अनपड र अशिक्षित मानिसहरू रहेछन् भनेर थाहा पाए । तब तिनीहरू छक्कै परे; अनि उनीहरू चाहिँ येशूका साथमा रहेछन् भनेर तिनीहरूले उनीहरूलाई चिने। यहाँ पत्रुले दिएको गवाही चाहिँ लूकाले प्रभुका कुराहरूलाई कुन अर्थमा भनेका थिए, त्यहि मुताबिकको गवाही दिएका थिए । लूकाले यी कुरा लेख्दै गर्दा पत्रुस र यूहन्नाको गवाईमा यो कुरा प्रमाणित थियो कि उनीहरु येशूको साथमा थिए भन्ने महसुस गरेका थिए र यस विवरणबाट हामीलाई थाहा लाग्छ कि प्रभु येशूको नाम कति महत्वपूर्ण छ अनि यही महत्वपूर्ण नामको बारेमा आज हामी चर्चा गर्नेछौं । अब हामी पूराना नियमका केही खण्ड र  पदहरुलाई हेर्नेछौं जसले हामीलाई येशू नामको बारेमा बुझ्नलाई सहायता गर्नेछ| 

पहिला प्रस्थान १७:८-९ पदलाई हेर्नेछौं। “अब अमालेकीहरू आए र रपिदीममाईस्राएलीहरूसँग लडाईं गरे | अनि मोशाले यहोशूलाई भने; “हाम्रा निम्प्ति मानिसहरू चुन, र गएर अमलेकीहरूसँग लडाईं गर ! भोलि मा परमेश्वरको लौरो आफ्नो हातमा लिएर पहाडको टाकुरामा उभिनेछु।”  पूरानो नियमको हिब्रु बाइबल ग्रीक भाषामा अनुवाद गरिएको थियो जसलाई सेप्तुअजिण्ट (Septuagint ) भनिन्छ। ई०स०  ७० तिर नै अनुवाद भएको थियो किनभने इतिहासले बताउँछ कि करिब 70 जना विद्वानहरुले सकली हिब्रुको पूरानो नियमलाई त्यसबेलाको चल्ती भाषा ग्रीकमा अनुवाद गरेका थिए । ग्रिक भाषा सम्पूर्ण रोमी साम्राज्य भरि नै चल्तिमा थियो। त्यस समयमा धेरै यहूदीहरु प्रवासमा रहेका थिए भनौँ उनीहरु ईस्राएलको भूमि बाहिर बासोबास गरिरहेका थिए अनि  उनीहरुले बाइबलका हिब्रु अक्षरहरु पड्न सक्दैन थिए। यसैकारण उनीहरूले यो हिब्रु  बाइबललाई ग्रीकमा अनुवाद गरी उनीहरुका लागि उपलब्ध गराउने निर्णय गरे। यसै मार्फत अर्थात् ग्रीक भाषाकै माध्यमबाट परमेश्वरको वचनको सन्देश गैर यहूदीहरु तथा अन्य जातिहरु कहाँ  पुर्र्याउनलाई परमेश्वरले प्रयोग गर्नुभयो। ग्रीक भाषालाई प्रयोग गरेर नै आज परमेश्वरको बचनको सन्देश संसारभरि प्रचार प्रसार भएकोछ। अब मेरो भन्नुको अर्थ के हो भने प्रस्थान १७:८-९  पदमा जुन यहोशूको नाम उल्लेख छ त्यो हिब्रुको यहोशू नामलाई ग्रीकको सेप्तुअजिन्टमा “येशूस” भनेर अनुवाद गरिएको छ। यो अनुवाद गर्ने काम प्रभु येशूको जन्म हुनुभन्दा धेरै वर्ष पहिला नै अनुवाद भएकोथियो। यसकारण यस नामलाई ग्रीकमा येशूस भनिन्थ्यो भने अंग्रेजीमा जिजस भनिन्छ। उदाहरणका लागि मत्ती १:२१ लाई हेर्नुहोस जसलाई हामी पछि अझ विस्तृत रुपमा हेर्नेछौं।

 याद गर्नुहोस् कि यहोशूको नाम पनि वस्तवमा योसिया चाहिँ थियो जसको अर्थ उद्धार भन्ने हुन्थ्यो अनि त्यहि नामलाई पछि मोशाले बद्लाएर  यहोशू बनाएका थिए जसको अर्थ चाहिँ परमेश्वर उद्धार हुनुहुन्छ भन्ने हुन्छ ।गन्ति १३:१६-१७ मा हेर्नुहोस्। यी ती मानिसहरूको नाम हो,जसलाई मोशाले त्यस देशको जासुसी गर्न पठाए। अनि नुनका छोरा होशेको नाम मोशाले यहोशू राखे।यहि यहोशू नाम पूरानो नियमको अर्थात हिब्रु बाइबलको अन्ततिर उल्लेख भएको पाइन्छ।  तर यहाँ उल्लेख भएका व्यक्ति चाहिँ नूनका छोरा यहोशू थिएनन् तर एक मूख्य पूजाहारी थिए। कृपया जकरिया ३:१ पदलाई हेर्नुहोस्। अनि उहाँले मलाई परमप्रभुका दूतको सामु महापूजाहारी यहोशूलाई उभिरहेका, र उनकै दाहिने हातपट्टी उनलाई विरोध गर्न शैतानलाई उभिरहेको देखाउनुभयो।”  यस आध्यायका केही पदहरू पछि अर्थात अलि तल ९ पदमा यसरी लेखिएको छ,“किनभने मैले यहोशूको सामु राखिदिएको त्यो ढुंगा हेर! त्यस एउटा ढुंगामाथि सातवाटा आँखा छन्; हेर म त्यसको लेख खोपिदिनेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, अनि त्यस देशको अधर्म म एकै दिनमा हटाईदिनेछु।”  यी दुवै पदमा सेप्तुअजिण्ट (Septuagint) अनुवादमा हिब्रुको यहोशू नामलाई ग्रीकमा येशूस (IESOUS)  भनेर नै अनुवाद गरिएको छ जसलाई हामी अंग्रेजीमा जिजस (JESUS) भन्छौं। अन्तमा जकरिया ६:९-११मा  पनि यो नामको प्रयोग भएको पाउँछौं। “अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: कैदमा लगिएकाहरूबाट, जो बाबेलबाट आएका हुन्, अर्थात हेल्दै,तोबियाह र यदायाहबाट दान लेऊ ! अनि त्यहि दिन तिमी चाहिँ आऊ र सपन्यका छोरा योशियाको घर भित्र पस। तब चाँदी र सुन लेऊ, मुकुटहरू बनाऊ र यहोशादाका छोरा यहोशूको शिरमाथि लगाइदेऊ।”   यहाँ पनि पुरानो नियमको ग्रीक अनुवादमा यहि हिब्रुको यहोशू नामलाई येशूस (IEOUS) भनेर नै राखिएको छ। त्यहि हिब्रुको यहोशू ग्रीकमा अनुबाद गर्दा येशूस बनेको थियो अनि यसैलाई अंग्रेजीमा अनुबाद गर्दा JESUS भएको हो। यसरी नामलाई जसरी प्रयोग गरिएको भएतापनि व्यक्ति भने एउटै व्यक्तिलाई देखाइएको हो अर्थात एउटै एउटै व्यक्तिलाई संकेत गरिएको हो। यहाँ उल्लेखित नाम अथवा जकरियामा उल्लेख गरिको सन्दर्भ भने अलिक फरक व्यक्तिको बारेमा भनिएको थियो। यो मुख्य पुजारीको कुरा थियो। जकरियामा उल्लेख गरिएको यहोशू प्रभु यशुको नाम को अर्थ बाट अलग हो भन्ने बुझ्नुपर्छ। यसैकारण हाम्रा प्रभुको नाम पनि हिब्रुमा येशूआ थियो, त्यस नामलाई ग्रीकमा अनुवाद गर्दा येशूस (IESOUS) भयो अनि पछि अंग्रेजीमा अनुवाद गर्दा JESUS भनेर अनुवाद गरिएको छ । 

अब कतिले यसो भन्ने कडा अभिव्यक्ति दिएका छन् कि ख्रीष्टियनहरुले केवल येशूआ  भनेर मात्र सम्बोधन गर्नुपर्छ । येशूस, येशू र  जिजस भनेर होईन । यसैकारण यस कन्फरेन्समा हामी पवित्र शास्त्रसँग मिल्दो अभिव्यक्ति दिन चाहन्छौं अनि स्पष्ट र परमेश्वरको वचनमुताबिकको अभिव्यक्ति दिन चाहन्छौं ताकि यस्ता झूटा र गलत किसिमका अभिव्यक्तिहरूबाट हामी बाँच्न सकेका हौँ अनि यसबाट उत्पन्न भएका अनेक शंका र प्रश्नहरूलाई हाम्रा दिमागबाट हटाउन सकेका हौँ ।

 अब हाम्रो लक्ष्य भनेको फेरि पावलले दिएको अभिव्यक्तिलाई हेर्ने हो जो रोमी १०:९-१२  पदमा उल्लेख छ“यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौं भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्र्यौं भने, तिमीले मुक्ति पाउनेछौ । किनकि धार्मिक्ताका निम्ति हृदयले विश्वास गरिन्छ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ। किनकि पवित्र शास्त्रले भन्दछ : उहाँमाथि विश्वास गर्ने हरेक शर्मामा पर्ने छैन। किनकि यहूदी र ग्रीकमा कुनै भिन्नता छैन; किनकि उहाँ, जो सबका प्रभु हुनुहुन्छ, आफुलाई पूर्कार्नेहरूका निम्ति धनवान हुनुहुन्छ।” रोमी १०:९-१२  ले स्पष्ट ढंगले बताएको छ अनि यसलाई  अर्को शब्दमा भन्नुपर्दा यसलाई यसरी बुझ्न सकिन्छ कि ख्रीष्टमा  विश्वास गर्ने हरेक साँचो विश्वासीलाई चाहिँ उसले हृदयमा जे कुरालाई विश्वास गर्छ र आफ्नो मुखले स्वीकार गर्छ भन्ने कुराले चित्रण गरेको हुन्छ। यहाँ बाह्य जो  मुखको स्वीकार हो त्यो चाहिँ हृदयले विश्वास गर्ने भित्रि कुरासँग बिशेष सम्बन्ध राखेको हुन्छ । यसले शास्त्र भएको एउटा महत्वपूर्ण सिद्धान्तलाई प्रस्तुत गर्दछ। हाम्रो विश्वास भनेको मुखको स्वीकारले र हृदयको विश्वासले चिनिने कुराको सिद्धान्त यहाँ देखिन्छ। 

यद्यपि केही मानिसहरुले यस्तो अभिव्यक्ति दिन्छन् जुन अभिव्यक्तिले धेरैलाई दुःख दिएको छ जसले यसो भन्ने गरेका छन् कि येशूआ भनेर पुकारा गर्नेले मात्र मुक्ति पाउँछ।उनीहरूको भनाई अनुसार येशूआ  नभन्ने  कुनै पनि व्यक्ति बाँचेको छैन। उनीहरुले यसो पनि भन्ने गरेका छन् कि हामीले प्रभुलाई जहिले पनि येशूआ  भनेर नै सम्बोधन गर्नुपर्छ।हामीले हाम्रो मण्डलीका सभाहरुमा पनि उहाँलाई येशूआ नै भनेर सम्बोधन गर्नुपर्छ भन्छन्। यद्यपि यस्ता अभिव्यक्तिहरूले पवित्र शास्त्रको जाँचलाई उत्तिर्ण गर्दैनन् अर्थात यस्ता अभिव्यक्तिहरु पवित्र शास्त्र को मर्मसँग मेल खाँदैनन् ।अब तपाईंले नयाँ नियमबाट हेर्नुभयो भने यो देख्नुहुन्छ कि नयाँ नियम मत्ती १:१ बाट सुरु हुन्छ अनि मत्ती  एक अध्याय को अन्तमा हामी मसिहाको जन्मको बारेमा पढ्न पाउँछौं | अब्राहामका पुत्र, दाऊदका पुत्र येशू ख्रीष्टको वंशावलीको पुस्तक।” यस कुराको व्याख्या गर्ने क्रममा म मशिहा  नामको पनि चर्चा गर्न चाहन्छु।  मसाइया शब्द हिब्रुको मशिहा बाट आएको हो। यसलाई अंग्रेजीकरण गर्दा ग्रीकको समानरुप ख्रीष्टतोष (Christos) बाट ल्याइएको हो जसको अर्थ अभिषिक्त जन भन्ने हुन्छ। अभिषेकको बारेमा अर्को एउटा महत्वपूर्ण कुरालाई पनि हेरौं। नयाँ नियममा प्रभु येशूलाई बप्तिष्मा दिने यूहन्नाले बप्तिषमा दिएको समयमा नै प्रभु येशू  पवित्र आत्माबाट अभिषेक हुनुभएको थियो।पछि पत्रुसले यो अभिषेक कसरी भएको थियो भनेर विस्तृत विवरण दिएका छन्। नासरतका येशूलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो : उहाँ भलाई गर्दै र शैतानद्वारा सताइएका सबैलाई निको पार्दै चारैतिर घुम्नुभयो, किनकि परमेश्वर उहाँसँग हुनुहुन्थ्यो।” (प्रेरित १०:३८)  प्रभु येशूको मृत्यु र पुनरुत्थान भए लगत्तै  महिमामा विराजमान भएपछि फेरि अभिषेक हुनुभयो। अहिले उहाँ स्वर्गमा हुन्छ जसरी पत्रुसले प्रेरित २:३६ मा वर्णन गर्दछन्। “यसकारण इस्राएलको सर घरानाले यो कुरा जानोस्, कि जुन येशूलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, उहाँलाई नै परमेश्वरले ‘प्रभु’ र तुल्याउनुभएको छ ।” 

अझ धेरै कुरा चाहिँ हिब्रु १:९ मा भजनसंग्रह ४५ लाई  उद्धृत गरिएको छ जहाँ यस विषयको महत्वलाई अझ धेरै जोड्  दिएको छ। यद्यपि भजनका लेखकलाई उनले कसको बारेमा लेखेको उनलाई थाहा थिएन जब उनले यी कुराहरु लेखिरहेका थिए। तथापि यस वचनले महिमित मसीहको बारेमा बोलिएको भविष्यवाणीलाई पूरा गरेको थियो। तर यस कुराले उहाँ धर्तीमै  महिमित हुने कुरा बताएको थिएन तर स्वर्गमा महिमित हुने कुरा बताएको थियो। तर एउटा समय आउनेछ जब उहाँ यस संसारमा पनि एउटा महिमित मशिह भएर आउनुहुनेछ। कलसी 3:4 “जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि महिमामा प्रकट हुनेछौ ।” अनि प्रकाश १९:११-१६ मा पनि यस्तो लेखिएको छ। “अनि मैले स्वर्ग खोलिएको देखें, अनि हेर -एउटा घोडा; अनि त्यसमाथि बस्नुहुनेचाहिँ विश्वासयोग्य र सत्य भानिनुहुन्छ, अनि उहाँले धार्मिक्तामा न्याय ल लडाईं गर्नुहुन्छ । उहाँका आँखाहरू आगोका ज्वाला जस्तै थिए, र उहाँको शिरमाथि धेरै मुकुटहरू थिए; जसलाई उहाँले बाहेक अरू कसैले जान्दैनथियो । अनि उहाँले रगतमा चोपिएको पोशाक पहिरिनुभएको थियो; अनि उहाँको नाम परमेश्वरको वचन भनिन्छ ।अनि सेता र शुद्ध मिहिन मलमलका बस्त्र पहिरेका स्वर्गमा भएका सेनाहरू सेता घोडाहरूमा उहाँका पछि लागे । अनि यहि तरवारले उहाँले जाति जातिलाई हिर्काउन भनेर उहाँको मुखबाट एउटा लाग्ने तरवार निस्कन्छ; अनि उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ; अनि उहाँले सर्वशक्तिमान परमेश्वरको भयानक रिस र क्रोधको मद्ध्यको कोल कुल्चिमिल्ची गर्नुहुनेछ । अनि उहाँको पोशाक र उहाँको तिघ्रा ‘राजाहरूका राजा, र प्रभुहरूका प्रभु’ भन्ने एउटा नाम लेखिएको छ ।”  यसको अर्थ  हामी पनि प्रभुसँग महिमित हुनेछौं अनि उहाँ स्वयं पनि सार्वजनिक रुपले महिमित हुनुहुनेछ। यो थियो ख्रीष्टको नामको महत्वको बारेमा छोटो जानकारी ।अब हामी मत्ती मै फर्केर जाओं।

 अब मत्ती १ अध्याय को अन्तमा अर्थात १६ पदमा प्रभु येशूको  वंशावलीको कुरा उल्लेख छ। “अनि मरियमका पति यूसूफलाई जन्माए, जुन मरियमबाट ख्रीष्ट भानिनुहुने येशू जन्मनुभयो ।” यस पदमा ग्रीकको स्त्रीवाचक नाम प्रयोग भएको छ जसले मरियमलाई संकेत गरेको थियो जसबाट ख्रीष्ट भनिने येशूको जन्म भएको थियो।यहाँ हामीले दुईवटा नामलाई पाउँदछौं। कृपय मत्ती १:१८-२५ लाई पनि पड्नुहोस। यहाँ मत्ती १:१८ मा येशूको जन्मको उल्लेख छ। अब येशू ख्रीष्टको जनमा यस प्रकारले भयो -उहाँकी आमा मरियमको मगनी यूसुफसँग भएपछि, उनीहरू सँगै बस्नुभन्दा पहिल्यै उनीचाहिँ पवित्र आत्माबाट गर्भवती भएकी थिइन् ।तर उनका पति युसुफ एक धर्मी मानिस भएका हुनाले र जनताका सामु उनलाई प्रकट गर्न नचाहेका हुनाले उनलाई गुप्तमै त्यागि दिने बिचार गरे।तर जब तिनले यी कुराहरू बिचार गर्दै थिए, तब हेर, सपनामा प्रभुका दूत तिनीकहाँ यसो भन्दै देखा परे; यूसुफ दाऊदका छोरा, आफ्नी पत्नी मरियमलाई आफूकहाँ ल्याउनलाई नडराऊ, किनकि जो उनको गर्भमा हुनुहुन्छ उहाँ चाहिँ पवित्र आत्माबात हुनुहुन्छ । अनि उनले पुत्र जन्माउनेछन र तिमीले उहाँको नाम येशू राख्नु किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापबाट मुक्त गर्नुहुनेछ । अब प्रभुले भविष्यवक्ताद्वारा भन्नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो।हेर कन्य गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, अनि तिनीहरूले उहाँको नाम इम्मनुएल राख्नेछन् जसको अर्थ हो, ‘परमेश्वर हामीसित ।” यो वचन यशैया ७:१४ बाट उद्धृत गरिएको हो। फेरि एकपटक  म तपाईंहरूको ध्यान मत्ती १:२१ मा खिच्न चाहन्छु।जहाँ यसरी लेखिएको छ, “उनले पुत्र जन्माउनेछन र तिमीले उहाँको नाम येशू राख्नु किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापबाट मुक्त गर्नुहुनेछ। उहाँले उद्धार गर्नुहुनेछ अर्थात बचाउनुहुनेछ भन्ने अर्थ राख्ने हिब्रुको शब्द योशिया हो। यसकारण शब्दहरूले कस्तो अर्थ राख्छन् भनेर ध्यान दिनु पनि एउटा चाखलाग्दो बिषय नै हो। हिब्रुमा उहाँको नाम येशूआ हो अनि उहाँको कामको अर्थ जनाउने शब्द चाहिँ योशिया हो। यसरी यी दुवै शब्दहरू आपसमा धेरै नजिकको सम्बन्ध राख्ने शब्दहरू हुन्। यहाँ येशूआ नामपद हो भने योशिया क्रिया पद हो ।यसरी प्रभु येशूको नाम र जन्म दुवै एउटा अदभूत घट्नाक्रम थियो।  यो कुरा वस्तवमा उत्पति ३:१५ मा जुन भविष्यवाणी गरिएको थियो त्यसैको पूर्णता थियो ।किनभने उत्पतिमा यस्तो लेखिएको थियो : “अनि तेरो र त्यस स्त्रीको बीचमा, अनि तेरो सन्तान र त्यसको सन्तानको बीचमा  म दुश्मनी हाल्नेछु; उसले तेरो टाउको कुच्याउनेछ, र तैले त्यसको कुर्कुच्छो दस्नेछस् ।” यो भविष्यवाणी ४००० बर्ष पछि पूरा भयो जब प्रभु येशूले मरियमको कोखमा एक अदभूत जन्म लिनुभयो र मशिहाको जन्ममा यो कुरा पूरा भएको देख्छौं। अब हामी फेरी मत्ती १:२४-२५ लाई हेरौं जहाँ यसरी लेखिएको छ। “तब यूसुफले निन्द्राबाट बिउँझेर प्रभुका दूतले तिनलाई आज्ञा दिएमुताबिक गरे, र आफ्नी पत्नीलाई आफूकहाँ ल्याए। अनि जबसम्म उनले आफ्ना जेठा छोरालाई जन्माइनन्, तबसम्म उनीसँग सहबास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।” कृपय मैले अघि भनेका कुराहरूलाई ध्यान दिनुहोस् कि प्रभु येशूको नाम येशूआ अर्थात येशूस र JESUS हो । यी नामहरू बिभिन्न भएता पनि अर्थात बिभिन्न भाषामा भिन्न भिन्नै किसिमले भने त पनि यी नामहरू एउटै व्यक्तिलाई दिएका नाम हुन् र यी सबै नामले उही एउटा व्यक्ति प्रभु येशूलाई देखाउँने र बुझाउने नाम हुन् । यी नामको फरकरुप भए पनि उहाँ उही व्यक्तिलाई संकेत गरिएको हो। 

अब हामीले पडेको अदभूत कथा जो हामीले मत्ती १ अध्यायमा पढेकाछौं त्यो कथा मत्ती २ अध्यायमा निरन्तर हुन्छ, किनभने मत्ती २:१ मा हामी यसो भनेर लेखिएको पाउँछौं“अब हेरोद राजाको समयमा यहूदियाको बेथलहेममा येशू जन्मनुभएपछि हेर, पूर्वबाट ज्योतिषीहरू यरूशालेममा यसो भन्दै आए: यहूदीहरूका राजा, जो जन्मनुभएको छ, कहाँ हुनुहुन्छ ? किनभने पूर्वमा हामीले उहाँको तारा देख्यौं र उहाँलाई दण्डवत गर्न आएकाछौं।”  यहाँ हामी देख्दछौं कि प्रभु येशू जन्मदै यहूदीहरूका राजा भएर जन्मनु भएको थियो। सामान्यतय राजाको पदमा राज्यभिषेक हुनलाई पहिला राजकुमार भएर जन्मनु पर्छ ।त्यस पछि उनलाई राजा घोषणा गरिन्छ। यसरी बेबिलोनबाट आएका ज्योतिषीहरू अर्थात ज्ञानी मानिसहरूले दानिएलको पुस्तक पढेर राजाको जन्म कहाँ हुन्छ र कुन समयमा हुन्छ भनेर समय र स्थान दुवै थाहा पाएका थिए। पड्नुहोस् दानिएल ९:२४-२६ पदलाई। तिम्रा मानिसहरू र तिम्रो पवित्र शहरका निम्ति सत्तरी हप्ता तोकिएकाछन् -अपराध समाप्त गर्न, पापहरूको अन्त गर्न, अधर्मका निम्ति प्रायश्चित गर्न, अनन्त धर्मिक्ता ल्याउन र परमपवित्रलाई अभिषेक गर्नका निम्ति । यसकारण जानिराख, र बुझ: यरूशलेमलाई पुनस्थापित गर्ने र निर्माण गर्ने आज्ञा निस्केको समयदेखि मसीह ती प्रधानको समयसम्म सात हप्ता र बासठी हप्ता हुनेछन् ; अहँ ती संकष्टका समयहरूमा सडक र पर्खाल फेरी बनाईनेछ । अनि बासठी हप्तापछि “मसिह” काटिनुहुनेछ तर आफ्नो निम्ति होइन; अनि त्यस आउनेवाला प्रधानका मानिसहरूले यो शहर र यो पवित्रस्थान नाश गर्नेछन्; अनि त्यसको अन्तचाहिँ बाडद्वारा हुनेछ, र लडाईंको अन्तसम्म उजाड नै उजाड तोकिएकाछन् ।”  यस पदले उहाँको आगमनको समयलाई सनत गरेको थियो। तपाईलाई थाहा छ होला कि एउटा समय थियो एउटा समय थियो जतिखेर दानिएलले धेरै ज्ञानी मानिसहरूको ज्यान बचाएका थिए। दानिएल १ र २ अध्यायमा यो कुरा उल्लेख छ । यसकारण यी ज्योतिषीहरू जो बेबिलोनबाट आएका थिए, उनीहरूलाई दानिएलले मसीहको जन्म कहाँ र कहिले हुनेछ भनेर पूर्ण जानकारी दिएका थिए । उनीहरूले पूर्वमा तारा देखे अनि त्यहाँबाट निश्चित गरेको कि दानिएलले लेखेको भविष्यवाणी पूरा भएको देखे किनभने दानिएल ९ अध्यायबाट यो त्यहि समयको कालखण्डमा थियो भनौ त्यहि अवधिमा मसिह को जन्म हुने कुरा उनीहरूले बुझेका थिए।यसैकारण उनीहरूले नयाँ गरेर जन्मनुभएको राजालाई दण्डवत गर्ने निर्णय गरे। तर त्यसको ठीक बिपरित कुरा चाहिँ के थियो भने यहूदी धर्मगुरुहरू जसले धर्मशास्त्र जानेका थिए र इस्राएलका राजाको जन्म बेथलहेममा हुन्छ भनेर बुझेका थिए तर पनि उहाँलाई दण्डवत भने गर्न चाहेनन् । 

अब मसिहको आगमन र जन्मको बारेमा हेरिसकेपछि हामी अलि अगाडि बढौं। यस अदभूत  घटनाक्रम पछि भनौ ३० वर्षपछि जब प्रभु येशूले आफ्नो सार्वजनिक सेवालाई शुरू गर्नुभयो, त्यस समयमा उहाँले बप्तिष्मा दिने यूहन्नाबाट बप्तिष्मा लिनुभयो र पवित्र आत्मा बाट अभिषिक्त हुनुभयो। मत्ती ३:१६ “ अनि बप्तिष्मा लिएर येशू तुरून्तै पानीबाट माथि निस्किनुभयो; अनि हेर उहाँका निम्ति स्वर्ग खोलियो, अनि उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैँ ओर्लदै गर्नुभएको र आफूमाथि आउँदै गर्नुभएको देख्नुभयो ।”  यस खण्डले हामीलाई अर्को विषयको परिचय दिन्छ अनि म प्रभु येशूको पुत्रत्वको बारेमा केहि  कुरा बताउन चाहन्छु। 

पुत्रको व्यक्तित्व 

यसकारण हामीले यो ख्याल गर्नुपर्छ कि उहाँको सिद्ध मानवतालाई उहाँको ईश्वरत्वबाट कहिले पनि अलग गर्न सकिन्दैन, किनभने मत्ती ३:१७ मा हामी यसरी लेखिएको पाउँदछौं । “अनि हेर, स्वर्गबाट एउटा आवाज आयो, जसले भन्यो, ‘यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्तै प्रशन्न छु।”  यसरी परमेश्वरका पुत्रको वस्तविकतालाई पछि पावलले पुष्टि गरेका छन्, जब उनले  फिलिप्पीका विश्वासीहरूलाई ईश्वरीय रहस्यको बारेमा पत्र लेखे। फिलिप्पी २:६-११ “जसले परेश्वर कै स्वरूपमा हुनुभएकोले परमेश्वर संग बराबरी हुनलाई लूटको माल सम्झनुभएन, तर आफैलाई रित्तो पार्नुभयो, र दासको रुप धारण गरेर मानिसहरूको समानतामा हुनुभयो; अनि मानिसजस्तो रूपमा प्रकट भएर उहाँले आफुलाई नम्र तुल्याउनुभयो; र मृत्युसम्म, अहँ क्रूसको मृत्युसम्म आज्ञाकारी हुनुभयो । यसैकारण परमेश्वरले पनि उहाँलाई अति उच्च पार्नुभयो, जो हरेक नामभन्दा उच्च छ; र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि हुनेहरूको हरेक घुँडा येशूको नाममा तेकिनुपर्छ; र पिता परमेश्वरको महिमाका लागि हरेक जिब्रोले ‘येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ’ भनी स्वीकार गर्नुपर्छ ।” यसलाई अर्को अर्थमा भन्ने हो भने येशू नै परमेश्वर हुनुहुन्छ उहाँ सधै नै परमेश्वरको स्वरुपमा अवस्थित हुहुनहुन्थ्यो। जब उहाँ मानिस बनेर आउनुभयो जो पहिला कहिल्यै पनि मानिस भन्नुभएको थिएन त्यस समयमा पनि उहाँले आफ्नो ईश्वरत्वलाई कहिल्यै गुमाउनु भएन। उहाँ अनन्तसम्म परमेश्वर र मानिसको व्यक्तित्वमा एक व्यक्ति भएर रहनुहुनेछ किनभने यूहन्ना १:१४ ले  हामीलाई यसरी बताउँदछ कि अनि वचन शरीर हुनुभयो, अनि हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्णभएर वास गर्नुभयो, अनि हामीले पिताको एक मात्र जन्माइएको पुत्रको महिमाजस्तो उहाँको महिमा देख्यौं।  उहि व्यक्तिको आगमनको बारेमा लूकाको सुसमाचारमा अझ धेरै विस्तृत जानकारी दिएको छ। म  तपाईंलाई खण्डमा राम्ररी  ध्यान लगाउनलाइ आग्रह गर्दछु। गाब्रिएल स्वर्गदूतले कन्या मरियमलाई भने, “नडराऊ, मरियम; किनकि तिमीले परमेश्वरबाट कृपा पाएकी छौ । अनि हेर, तिमीले गर्भधारण गर्नेछौ, र एउटा छोरा जन्माउनेछौ, र तिमीले उहाँको नाम येशू राख्नु । उहाँ महान हुनुहुनेछ र परमप्रधानका पुत्र कहलिनु हुनेछ; अनि प्रभु परमेश्वरले उहाँलाई उहाँका पिता दाऊद सिंहासन दिनुहुनेछ ।”  उहाँको जन्म र मरण अर्थात दु:ख बारेमा धेरै विवरणहरू उल्लेख छन् तर अहिले लूका २:२१ लाई हेर्नछौं। …. अनि बालकको खतना हुनका निम्ति आठदिन पूरा भए पछि उहाँको नाम येशू राखियो, जो चाहिँ उहाँ गर्भमा आउनुभन्दा पहिला नै स्वर्गदूतद्वारा राखिएको थियो ।” यसकारण यस नाममा अर्थात यस नामको प्रयोगमा कुनै गल्ति भएको छैन जो पूरानो नियम मै उल्लेख थियो । यस नामलाई येशूआ भने पनि येशूस भने पनि JESUS भने पनि कुनै गल्ति हुँदैन किनभने यसलाई पूरानो नियमको हिब्रु बाइबलको ग्रीक अनुबादमा पनि यसरी नै येशूस भनेर राखिएको छ। 

अब म केहि निष्कर्षका वचनहरू बोलेर बन्द गर्नेछु ।

जब हामी JESUS अथव येशूआ भनेर कुरा गर्दछौं, त्यसबेला हामीले यो ख्याल गर्नु पर्दछ कि हामीले त्यस समयमा परमेश्वरका पुत्रको बारेमा कुरा गरिरहेका हुन्छौं जो परमेश्वरका अनन्त पुत्र हुनुहुन्छ । गलातीका विश्वासीहरूलाई यहूदीमतको कुरा सिकाएर भड्काउने अगुवाहरूको बारेमा पावलले यसरी लेखेकाछन्। तर जब समय पूराभयो, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीद्वारा जन्मनुभयो ,व्यवस्थाको अधीनतामा जन्मनुभयो -हामी धर्मपुत्र हुन पाओं भनेर यस व्यवस्थाको अधिनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनालाई जन्मनुभयो । अनि तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले ‘हे अब्बा ,हे पिता भन्दै पूकारने आफ्नै पुत्रको आत्मा तिमीहरूका हृदयभित्र पठाउनुभएको छ ।” (गलाती ४:४-६) यी अगुवाहरूले आजका दिनका मानिसहरूले जस्तै  हामीले पनि येशूआ नाम मात्र प्रयोग गर्नुपर्छ भनेजस्तै यहूदीमतका कति कुरा पालन गरेर मात्र हाम्रो मुक्ति हुन्छ भनेका थिए । यहाँ पावलले हाम्रो अदभूत प्रकाश र सौभाग्यको विवरण दिंदै पावलले हिब्रु शब्द ‘अब्बा’ लाई प्रयोग गरेकाछन् अनि यस्ता हिब्रु शब्दहरूलाई प्रयोग गर्नुहुँदैन भनेर बन्देज लगाएका छैनन् तर त्यसको लगत्तै उनले ग्रीक शब्द पातर अर्थात अंग्रेजीमा फादर भनेर पनि प्रयोग गरेका छन् जो हाम्रो नेपाली भाषामा पिता भनेर अनुबाद गरिएको छ। यसरी हिब्रु, ग्रीक र अंग्रेजीका शब्दहरूलाई एकैसाथ प्रयोग गरिन सकिने यो एउटा बिशेष उदाहरण हो । तर कुनै पनि भाषाको शब्दावली र भाषालाई नै बहिष्कार गर्नुहुँदैन अथव निषेधित गर्नुहुँदैन । यसको अर्को अर्थमा भन्नुपर्दा आजका दिनमा पनि त्यहि सिद्धान्त लागू हुँदछ जब हामीले हाम्रा मुक्तिदाताको नामको बारेमा कुरा गर्दा हामीले येशूआ भन्न सक्छौं, येशूस भन्न सक्छौं अनि JESUS भन्न सक्छौं। परमेश्वरको अनुग्रह हामी सबैकहाँ देखा परेकोछ जुन अनुग्रहको युगले अहिलेको समय अवधिलाई चित्रण गरेको छ। प्रेरित २ अध्यायमा जब पवित्र आत्मा आउनुभयो र मण्डलीको समय सुरुभयो त्यस समयदेखि अहिलेसम्म अवस्थित रहेकोछ। यो अनुग्रहको समय प्रभुको आगमनसम्म जानेछ र प्रभुको आगमनले यस समयलाई बन्द गर्नेछ। (१ थिस्सलोनी ४:१४-१८)  यसमा अझ थप कुरा के छ भने परमेश्वरको अनुग्रहले परमेश्वरको सत्यतालाई कायम गरेको छ। यसले कहिल्यै पनि कुनै कुरामा सम्झौता गरेको छैन। यसैकारण परमेश्वरको सत्यातालाई अनुग्रहले सम्हाली राखेको हुनुपर्छ । “किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूकहाँ देखा परेको छ र हामीलाई यो सिकाउँछ- अभाक्ति र सांसारिक अभिलाषाहरू ईन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मासंयम, धार्मिक्ता र भक्तिसाथ जिउनुपर्छ; र त्यस धन्यको आशाको, र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ ।” (तितस २:११-१३) 

 हिब्रुको पत्रिमा JESUS नाम ( ग्रीकको येशूस ) १४ पटक जति दोहोरिएको छ, जुन नामले एउटा समयमा मोशाका दास यहोशूलाई देखाएको थियो । (हिब्रु ४:८) अनि अरू समयमा चाहिँ यस नामले हाम्रा प्रभु येशू ख्रीष्टलाई देखाउँदछ। यसले यो पनि संकेत गरेकोछ कि ग्रीकको येशूसले भिन्न भिन्न व्यक्तिलाई संकेत गरेको पनि देखाउँछ। तर सन्दर्भलाई हेरेर मात्र हामीलाई थाहा लाग्छ कि कुन नाम कुन व्यक्तिको बारेमा बताइएको हो भनेर। जस्तो हामीले प्रस्थान र जाकारियको पुस्तकबाट अघि नै हेरिसकेका छौं। उचारण फरक भयो भन्दैमा एउटा भाषाको शब्दलाई भनौ अरू भाषाको प्रभुको नाम JESUS लाई अयोग्य ठहराउन मिल्दैन र येशूआ मात्र भनेर भन्नुपर्छ भनेर दाबी पनि गर्नु हुँदैन । किनभने यी सबै नामहरू JESUS / येशूस अर्थात येशूआ नामले एउटै व्यक्तिलाई संकेत गरेकोछ। येशूआ हामाशिया भनेको येशू मसिह भनेको हो । येशू परमेश्वरका पुत्र भनिएको हो। हामीले यस्ता भिन्नताहरू खडा गरेर परमेश्वरका मानिसहरूमाझमा बिभाजन सृजना गर्न दिनुहुँदैन । हामीले यो ख्याल गर्नुपर्दछ कि पवित्र आत्माले जहिले पनि परमेश्वरको बिचार अनुसार मेलमिलाप गर्न चाहनुहुन्छ। एक गराउन चाहनुहुन्छ। तर शरीरले बिभाजन ल्याउँदछ । यसकारण हामीले आफैलाई सुरक्षा गर्नुपर्दछ र आफैलाई हामी सबैमा ती कनानी स्त्रीको जस्तो बिश्वास हुनु जरूरीछ। तब ऊ आई, र यसो भन्दै उहाँलाई दण्डवात् गरी, “प्रभु मलाई सहायता गर्नुहोस्।” तर उहाँले जवाफ दिएर भन्नुभयो: नानीहरूको रोटी लगेर कुकुरहरूलाका सामु फ्याँकीदिनु उचित होइन।” अनि उसले भनी: ज्यू प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूको टेबलबाट खसेका टुक्राहरू खान्छन् ।” (मत्ती १५:२५-२६ ) 

अर्को निष्कर्ष के हो भने नामहरु र शब्दहरु जुन विभिन्न भाषामा प्रयोग भएका छन् एउटा भाषाको शब्दलाई सत्य मानेर अर्को भाषाको त्यही शब्दलाई नकार्ने कार्य गर्नुहुँदैन। प्रभु येशूको नामले उहाँको अदभूत व्यक्तित्वलाई दर्शाउँछ अनि उहाँ परमेश्वरका प्रिय पुत्र हुनुहुन्छ भनेर दर्शाउँछ। यसरी नामको बारेमा हामीले छलफल गरेका कुराले हामीलाई सहयोग पुग्यो भन्ने मैले आशा लिएको छु । यस बारेमा अरू भाईहरूले पनि धेरै बताउनेछन्। पछि हाम्रो प्रश्न उत्तर कार्यक्रमको समयमा सबैलाई भेट्ने आशा लिएका छौं । प्रभु येशू हाम्रो आशा हुनुनुहुन्छ । उहाँलाई नै हेरौं । प्रभुले तपाईहरूलाई आशिष दिएका हुन् । 

Lectures by Alfred Bouter- New England Fall Conference 2020.

Categories
Assembly Truth Devotionals The Message to Young People

प्रोत्साहनका पुत्र-बर्णबास

परिचय-

बर्णबास नयाँ नियमको मण्डलीका एक प्रारम्भिक चेला थिए,जो भूमध्य सागरको साइप्रस भन्ने एक टापुका बासिन्दा थिए| साइप्रस टापु इज्राएल देशदेखि करिब ६० माएल्स टाडाको दूरीमा पर्दथियो| पावलको दोस्रो सुसमचारीय यात्रामा बर्णबास पावलकासाथ साइप्रस गएका थिए भने पछि मर्कूससँग पनि गएका थिए| उनको खास नाम चाहिँ “यूसूफ” थियो,तर पछि प्रेरितहरूले नै उनको नाम “बर्णबास”भनि कहलाएका थिए जसको अर्थ “प्रोत्साहनका पुत्र” हो | प्रेरित ४:36

बर्णबास एक असाधारण आत्मिक गुणहरूले भरिएका ब्याक्ति थिए | उनीसँग परमेश्वरप्रति अटल भरोसा थियो | उनको बारेमा पबित्र शास्त्र बाईबलले यसरी बताउँदछ | “बर्णबास ती व्यक्ति थिए जसले आफ्नो जग्गा जमिन बेचेर सबै पैसा प्रेरितहरूको चरणमा राखेका थिए |” प्रेरित ४:३६-३७ जब येरुशलेमका चेलाहरू शावलदेखि डराईरहेका थिए,त्यसबेला बर्णबासले नै शावललाई चेलाहरूसँग मेल गराएका थिए | प्रेरित ९:२६,२७ 

जब एन्टीओकमा अन्यजातिहरू बिश्वास गरेर प्रभुमा परिवर्तन भइरहेको थिए त्यसबेला बर्णबासलाई नै सेवाका लागि यरुशलेमबाट एन्टीओकमा पठाइएको थियो | एन्टीओकमा विश्वासीहरूको साँचो परिवर्त्तन र वास्तविक बिश्वासलाई देखेर तिनी ज्यादै रमाए र उनीहरूलाई सधै नै प्रभुमा लागि रहन उत्साहा गरे | बईबालले उनलाई “पबित्र आत्मा र विश्वासले भरिपूर्ण भएका एक असल मानिस” थिए भनेर भन्दछ |  प्रेरित ११:२२-२४ 

बर्णबासले नै पावललाई खोजेर एन्टीओकमा ल्याएका थिए जहाँ उनीहरू दुवैले एक बर्षसम्म सेवा गरे | उनीहरू एकसाथ यरूशलेमका विश्वासीहरूलाई भेट्न गएका थिए | (प्रेरित ११:२३-३०) यसरी एन्टीओक अन्याजातिहरूका लागि सुसमाचार प्रचार गर्ने मुख्य केन्द्र भयो जहाँ पबित्र आत्माले भन्नुभयो “मेरो निम्ति बर्णबास र शावललाई त्यस कामको निम्ति छुट्याओ,जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु |” प्रेरित १३:२ प्रोत्साहनका पुत्र बर्णबासको छोटो परिचयका साथै अब हामी प्रोत्साहन गर्ने ब्याक्ति बर्णबासमा देखिएका प्रोत्साहनका अनमोल गुणहरूको बारेमा चर्चा गर्ने छौं ताकि हामीले पनि प्रोत्साहन गर्ने गुणहरूको विकास गर्ने प्रोत्साहन पाउन सकौं |

प्रोत्साहन गर्नेहरू उदार मनका दानी हुन्छन्-बर्णबास एक उदार मनका दाता थिए |

जब हामीले प्रेरित ४ अध्यायमा पहिलो पटक बर्णबासको बारेमा पड्दछौं,उनको नाम यूसुफ थियो भन्ने जान्दछौं,तर चेलाहरूले उनलाई बर्णबास भनेर बोलाउँथे किनकि अरामिक भाषामा बर्णबासको अर्थ “प्रोत्साहनका पुत्र” हो | प्रेरित ४:३७ बाट हामी यो जान्दछौं कि बर्णबास केहि जग्गा जमिनका धनी थिए | खास गरेर लेवि कूलका मानिसहरूले आफ्नो हिस्साकोरूपमा कुनै जग्गा जमिन राख्न नहुने ब्यबस्था थियो | तर अचम्म लाग्ने कुरा यो छ कि बर्णबास एक लेवी कूलका थिए र पनि आफ्नो नाममा जग्गा जमिन राखेका रहेछन् | यर्मिया अगमवक्ता पनि पूजाहारी परिवारका अर्थात् लेवी कूलकै थिए तर सम्पतिका मालिक थिए | (यर्मिय ३२:७-१४) यहाँबाट स्पष्ट हुन्छ कि यो लेवीका घरानाले सम्पति हासिल गर्न नहुने व्यवस्था सँधै लागु भएको थिएन रहेछ | बर्णबास एक आर्थिक श्रोत भएका व्यक्ति रहेछन | उनको बिबाह भएको र बालबच्चा थिए भन्ने कुनै उल्लेख छैन | उनले आफ्नो जमिन बेचेर कति चाहिँ प्रेरितहरूलाई दिने भनेर केहि बेर सोचे होलान,तर बाईबलमा स्पष्ट लेखिएको छ कि “उनले सबै नै प्रेरितहरूको चरणमा राखिदिए |” यरूसलेमका गरिब विश्वासीहरूको सहयोगका लागि उनले सबै पैसा दिईहाले | बर्णबास एक उदार मनका दाता थिए|  यरूसलेममा मण्डली तिब्र गतिले बढिरहेको थियो | हजारौं मानिसहरू प्रभुमा आउन थाले पछि धेरै आर्थिक सहयोगको खाँचो थियो | बर्णबाससँग जग्गा जमिन थियो | उनले आफ्नो जमिन बेच्ने निर्णय गरे र त्यसको सम्पूर्ण पैसा यरूसलेमका प्रेरितहरूलाई दिने अठोट गरे | बर्णबास एक उदार मनका दाता थिए जसले आर्थिकरूपले शुरूका मण्डलीका बिश्वसीहरूको आवश्यकतालाई पूरा गर्न सहयोग गरे | वस्तवमा यो उनको प्रभुप्रतिको विश्वास र नयाँ गरेर विश्वासमा आउने विश्वासीहरूप्रतिको प्रेमको संकेत थियो | यसरी बर्णबासको उदार मन आदिकालका विश्वासीहरूका लागि एक उदाहरण थियो | एउटा प्रेरणाको श्रोत थियो |  

प्रोत्साहन गर्नेहरू कर्यवान हुन्छन् कप्टी हुँदैनन्-बर्णबास कर्यवान थिए कप्टी थिएनन | 

प्रेरितको पुस्तकले हामीलाई पहिलो शताब्दीका विश्वासीहरूको सबै कुरा साझा हुन्थ्यो भनेर मात्र भनेको छैन,तर उनीहरूले आफ्ना सबै सम्पति बेचेर सबैलाई बाँडथे र खाँचोमा परेकाहरूलाई दिने गर्दथे भनेर भनेको छ | (प्रेरित २:४५) अनि त्यसको ज्वलन्त उदाहरण चाहिँ बर्णबास नै थिए कि उनले आफ्नो अचल सम्पति बेचेर मण्डलीको वृद्धिका लागि अर्पिदिए | यसरी आदि कालका विश्वासीहरूको माझमा खाँचोमा खड्किनेहरू कोहि थिएनन,किनकि धनीहरूले सबै आफ्नो सम्पति बेचेर गरिबहरूको खाँचोलाई पूरा गर्दथे | यसरी प्रोत्सानका पुत्र बर्णबासले ब्याबहारिकरूपले नै प्रिय जनहरूलाई प्रोत्सान पुरयाए | प्रोत्सान गर्नेहरू काम गर्छन तर कप्टीहरू बहाना गर्छन | बर्णबासको दानको कथासँग जोडिएको एक दम्पति छ जसको नाम हननिया र सफिरा थियो | उनीहरुले पनि मण्डलीलाई दान दिने कोशिष गरे,तर उनीहरू वस्ताविक कार्यवान थिएनन-कप्टी थिए | बहाना गर्ने मात्र थिए | 

हननिय र सफिरा जस्ता धेरै मानिसहरू आज हाम्रा मण्डलीहरूमा पाइन्छ | उनीहरूलाई दिने दाता हुन् भनेर पहिचान गरिएको चाहान्छन तर आवश्यक कार्य भने गर्दैनन् | उनीहरूले बर्णबासले जस्तो पूर्णरूपको बलिदान ल्याएका थिएनन्-तर उनीहरूलाई बर्णबासको दर्जा चाहिएको थियो | उनीहरूले दान गरेको नकल गरे तर पैसाको केहि भाग आफ्ना लागि राखे | उनीहरूले देखाएको प्रेमको कार्य वस्ताविक थिएन | यो प्रेमको कार्यलाई उनीहरूमा भएको छल र स्वार्थले कुरूप बनाएको थियो | यहि कारणले गर्दा उनीहरू माथि कठोर न्याय खनियो | पत्रुसले यसलाई “पबित्र आत्मालाई छल गरेको” भनेर भन्दछन् | (प्रेरित ५:३ पद) यस्तो छल गरेर उनीहरूले पाउने सबै आशिष गुमाए किनकि उनीहरूले कार्य गरेनन्-कप्टी गरे | बर्णबासले चाहिँ ठीक यो दम्पतिको विपरितमा काम गरे | उनले सबै पैसा प्रेरितहरूको चरणमा राखे | यसरी प्रोत्सान गर्ने ब्याक्तिहरू कप्टी र बहना गर्ने हुदैनन् तर कार्यावन हुन्छन् | बर्णबास कप्टी थिएनन्,कार्यवान थिए |  

बर्णबास एक विश्वासयोग्य मित्र थिए | (प्रेरित ९:२६,२७)

शावल (जो पछि गएर पावल भए) दमीशक जाँदै गर्दा अचानक परिवर्तन भएका थिए | उनको चमत्कारी परिवर्तन र बप्तिष्मा पछि दमीशकमा नै रहे र सभाघरहरूमा प्रचार गर्दै रहे | (प्रेरित ९:२०) यद्ध्यापी केहि यहूदीहरूले तिनलाई मार्ने मतो गरेका थिए | (प्रेरित ९:२३) त्यसैले उनी दमीशकदेखि भागे | जब शावललाई सुरक्षितरूपले दमीशकदेखि भगाइयो,तब उनी यरूशलेम      फर्किए | (प्रेरित ९:२६ पद) यरूशलेम पुगेर तिनले भाईहरूसँग सामेल हुने प्रयत्न गरे | निश्चय नै तिनले बिगतमा आफुले मण्डलीहरूलाई सताएको र प्रभुका जनहरूलाई मार्ने धम्कि दिएको कुरा स्वीकार गरे होलान र आफु दमीशकको बाटोमा परिवर्त्तन भएको कथा सुनाए होलान,तर पनि त्यहाँका भाईहरूले तिनीमाथि विश्वास गरेनन्| तिनले मण्डलीलाई सताएको र नयाँ विश्वासीहरूलाई मार्ने धम्कि दिएको धेरै भएको थिएन | यरूशलेमका चेलाहरू शावलसँग डराएका थिए,त्यसैले उनी ख्रीष्टका साँचो अनुयायी हुन् भन्ने कुरा पत्त्याएनन् | यद्ध्यापी ठूलो हृदय भएका बर्णबासले शावललाई प्रेरितहरूकहाँ लिएर गए (प्रेरित ९:२६ पद) र शावलको जीवन कसरी बद्दलिएको थियो र तिनले कसरी सहाससँग दमीशकमा प्रचार गरेका थिए भन्ने कुरा बताए | यसरी बर्णबासले शावलको जीवन बद्दलिएको गवाही भाईहरुलाई दिएपछि मात्र यरूशलेममा शावलले स्वतन्त्रपूर्बक ईशाई संगतिको घेरामा पस्न सके | (प्रेरित ९:२८ पद) 

बर्णबासले नै शावललाई यरूशलेमका अरू दुई अगुवाहरूकहाँ पुरयाएका थिए र शावललाई त्यहाँको संगतिमा सारिक हुन मदत्त गरेका थिए | शावल त्यहाँका ग्रीक भाषी यहूदीहरूसँग चाडै नै घोलमेल भइहाले | (प्रेरित ९:२९ पद) शावल त्यहाँ त्यति धेरै समय रहेनन् किनकि भाईहरुले तिनलाई तार्ससमा पठाईहाले जहाँ तिनले सात-आठ बर्षसम्म सेवा गरे अनि एन्टिओकका मण्डलीमा काम गर्नका लागि तिनी एन्टिओकमा गए | यहाँबाट हामीलाई स्पष्ट हुन्छ कि बर्णबास एक उदार मनका दाता मात्र थिएनन तर एक विश्वासी मित्र थिए जसले शावलसँग मिलेर काम गर्ने जोखिम उठाए | एक असल मित्र जसले शावलमा भएको परमेश्वरको कामलाई देखे र तिनमा भएको क्षमतालाई कदर गरे | शावलका लागि बर्णबास एक सल्हाकार थिए जसको अगुवाई र प्रेरणाका कारण शावल (जो पछि पावल भए) ईशाई मण्डलीहरूमा एक प्रमुख पात्र बने | 

प्रोत्साहन गर्नेहरू भाईहरुमा समस्या होइन सक्षमता देख्छन्-शावल एक समस्या थिएनन्,तर एक सक्षम र सम्भावित ब्याक्ति थिए | 

प्रेरित पावललाई यति उच्च स्थानमा ल्याउने ब्याक्ति बर्णबासनै थिए भन्ने कुरा हाम्रो अध्यानले देखाई सकेको छ | पावलको यति उच्चतासम्मको यात्राको कहानी वस्तवमा दमीशकको बाटोबाट शुरू भएको थियो | एउटा चम्किलो ज्योति,स्वर्गबाट आएको आवज र जमिनमा ढलेको दृश्यले शावलको हृदयमा पबित्र आत्माको साँचो कामलाई स्पष्ट देखाएको छ | उनको जीवन परिवर्त्तनको बिन्दु यहि थियो | यस्तो चमत्कारी बद्दलाउ पछि प्रभुका चेलाहरूलाई खेदो गर्नुको साटो बरू उनीहरूसँग मिल्न चाहे ….“जब तिनी यरूशलेममा आए,तब त्यहाँका चेलाहरूसित तिनी मिल्न प्रयत्न गरे,तर उनी चेला हुन् भन्ने पत्यार नपर्दा सबै तिनीसँग डराए |” (प्रेरित ९:२६) प्रेरित पावलको पूरानो पृष्ठभूमिलाई राम्ररी नबुजी प्रेरित ९:२६ लाई बुझ्न कठिन हुन्छ | हामीलाई थाहा छ कि शावलले मण्डलीहरूलाई खेदो गर्दथिए | घर-घरमा प्रवेश गरी मानिसहरूलाई रथमा घिसार्दै कैद्सम्मा लगेका थिए | (प्रेरित ८:३) यस्तै त्रास फैलाउँदै शावल दमिशकका मूख्य पूजहाहारीकहाँ विश्वासीहरू सबैलाई जेलमा हाल्न पाउने अनुमति पत्र लिन गईरहेका थिए | (प्रेरित ९:९-२) 

यस घटनाबाट थाहा लाग्छ किन ख्रीष्टका साँचो चेलाहरूले शावलमाथि शंका गरेका थिए भनेर | यस्तो अवस्थामा उनलाई संगतिमा लिन सक्ने त सम्भावना नै देखिएन | सबैले समस्या देखे भने बर्णबासले चाहिँ शावलमा ठूलो सक्षमता र सम्भावना देखे | निश्चय नै बर्णबासले शावलको गवाही पहिला नै सुनेका थिए | यहाँ बर्णबासले शावलमाथि भएको परमेश्वरको काममा बिश्वास गरे-शावलमाथि खन्याईएको प्रभुको अनुग्रहमा भरोसा गरे| यसैकारण बर्णबासले शावललाई यरूशलेमका भाईहरूकहाँ ल्याउने र उनको जीवन कसरी एक चमत्कारी ढंगले दमीशकको बाटोमा बदलिएको थियो भन्ने गवाही भाईहरूलाई दिने आँट गरे | “ बर्णबासले शावललाई भाईहरूकहाँ ल्याए र उनले कसरी दमीशकको बाटोमा प्रभुलाई देखे र येशूको नाममा सहाससँग दमीशकमा प्रचार गरेका थिए भन्ने गवाही दिए |” (प्रेरित ९:२७-२८) 

प्रेरणा दिने ब्याक्तिको अर्को अमूल्य गुण त्यो हो कि उसले अरूले समस्या देखेको ठाउँमा सक्षमता देख्दछ | बर्णबासले शावलको जीवन गवाहीको आधारमा उनको बचन प्रचारको खुबीलाई देखे | उनीमाथि खन्याइएको प्रभुको अनुग्रहलाई देखे अनि शावलमा समस्या होइन सम्भावना र सक्षमता देखे | बर्णबास कति बुद्धिमानी ब्याक्ति थिए | आजका दिनमा हामी भाईहरूमाथि शंका गर्न कति छिटो छौं | हामी भाईहरुलाई बिगतका जीवन शैलीको आधारमा मूल्यांकन गर्छौँ | बिगतलाई हेरेर भाईहरूलाई संगतिमा लिन धेरै गाह्रो गर्छौँ तर त्यसको अर्को पाटोलाई हेर्न चाहिँ भुलिहाल्छौँ | कोहि ब्याक्ति बिगतमा समस्यपूर्ण हुन सक्छ तर त्यसको अर्को पाटोमा प्रभुको अनुग्रह उसमाथि प्रशस्त खन्याइएको हुन सक्छ,उसको जीवनमा पबित्र आत्माको काम भएको हुन सक्छ | धैर्यताका साथ् कसैको जीवनको अर्को पाटोलाई पल्टाउन सकिएन भने असाधारण क्षमता भएका भाई बहिनीहरू गुम्न सक्छन –दृश्यबाट लोप हुन सक्छन | यसैले अरूको जीवनमा भएको प्रभुको कामलाई पहिचान गर्न सक्ने आत्मिकपन हामीलाई चाहिएको छ-बर्णबास जस्ता बुद्धिमानी र आत्मिक दाजुभाई दिदीबहिनीको खाँचो छ | बर्णबास यहाँ शावलको पक्षमा खडा छन्–मिलाप गराउन तत्पर छन् | यहाँदेखि उसो शावललाई संगतिको घेरामा लिएर प्रभुको कामलाई फैल्याउन उत्साह दिने काम गर्दैछन | निश्चय नै पावलको सेवाको जग बर्णबासको प्रेरणा नै थियो | हामी सबैलाई प्रेरणा चाहिन्छ | प्रेरणा भनेको बल,तागत र शक्ति हो | आवश्यकरूपले प्रेरणा मार्ग दर्शक हो | 

एक पूराना दाज्यु नरमन एण्डरसनले बर्णबासको बारेमा यसरी लेख्नु हुन्छ :“हामीलाई थाहा छ कि हाम्रा प्रभु येशूले हाम्रा लागि मध्यस्तकर्ताको सेवा गर्नु हुन्छ जुन सेवामा सधै नै अनुग्रह,सहायता र उद्धार पाइन्छ | कति चोटी हामी बिश्वासीहरूको सेवा चाहिँ ठीक यसको बिपरितमा पाइन्छ| तर खुसीको कुरा यहाँ छ कि आत्माको शक्तिमा हिड्ने बर्णबासले हाम्रा धन्यका प्रभुले देखाउनु भएको आशिषमय मार्गको अनुशरण गरिरहेको हामी देख्न सक्छौं | हामी जे कुरामा संलग्न हुन्छौं,त्यसैको विशेषता देखाउँछौं,जसरी शान्त्वनाका पुत्र बर्णबासको हृदय चाहिँ परमेश्वरको दाहिने बहुलीपट्टी विराजमान हुनुहुने महिमित प्रभुको सेवामा संलग्न थियो–उनले प्रभुको अनुग्रही,दयालु र उद्धार दिने अमूल्य गुणहरुलाई आफ्नो जीवनमा लिइरहेका छन् र ती गुणहरू प्रेरणाका पुत्र बर्णबासमा स्पष्ट देखिरहेका छन् | उनको सेवाको मुख्य पाटो भनेको परमेश्वरका जनहरूलाई एकसाथ मिलाउने थियो | उनले मेल गराउँदै परमेश्वरका जनहरूलाई एक साथ् राख्ने काम गर्दाथे | के हाम्रो सेवा यस शेत्रमा काफी छ ? यो सेवाको पाटोलाई हामी कतिले अंगालेका छौं ? आज का दिनहरू कति कठिनपूर्ण छन्,जहाँ पबित्र जनहरूबीच फाटो,झैँझगडा,फूट र बेमेल छ | परमेश्वरले हाम्रा बीचमा यस्ता धेरै बर्णबासहरू खडा गरेका होउन् |”

बर्णबास एक प्रतिबद्ध प्रोत्साहक थिए (प्रेरित ११:२२-२६) 

सतावटका कारण केहि ख्रीष्टीयनहरू तितर-बितर भएर एन्टिओकको उत्तरी भागतिर गएका थिए | एन्टिओक रोमी साम्राज्यको मूख्य शहर थियो|  बर्णबासले एन्टिओक र एलेकजेन्द्रिया हुँदै आसपासका शहरहरूका यहुदीहरूलाई सुसमाचार प्रचार गरे | “अनि प्रभुको बहुली उनीहरूमाथि रह्यो” (प्रेरित ११:२१ ) र एन्टिओकमा भइरहेको कामको शुभसन्देश यरूशलेमको मण्डलीको कानमा    पुग्यो | (प्रेरित ११:२२) यरूशलेमका अगुवाहरूले चाहिँ अन्यजातिहरूलाई सुसमाचार प्रचार गर्नु उचित हो कि होइन भनेर चिन्ता गरिरहेका थिए,त्यसैले उनीहरूले बर्णबासलाई एन्टिओक्सम्मै जानु भनेर पठाए | जब बर्णबास एन्टिओकमा आईपुगे,तब त्यहाँ परमेश्वरको अनुग्रह देखेर खुसी भए र तिनीहरू सबैलाई हृदयको संकल्पले प्रभुमा लागिरहनु पर्छ भनेर उत्साहपूर्ण प्रोत्सहन दिए | बर्णबास पूर्णरूपले प्रभुमा समर्पित थिए कि उनी प्रभुमा बिश्वास गर्ने जो कोहिलाई देख्दा धेरै हर्षित हुन्थे | बर्णबासले एन्टिओकका विश्वासीहरूलाई प्रभुमा साँचोरूपले लागिरहन उत्साह गरे | (प्रेरित ११:२६) यहाँ उल्लेख भएको खण्डले स्पष्ट बताउँछ कि जब तिनी यरूशलेममा आए र परमेश्वरको अनुग्रहको प्रमाण देखे उनी खुसीले रमाए र सबै विश्वासीहरूलाई “हृदयको संकल्पले प्रभुमा लागिरहनु पर्छ भनेर उत्साहपूर्ण अर्ति दिए |” यो उत्साह भन्ने क्रियापद अपूर्ण कालमा उल्लेख छ जसले तिनले एकपटक मात्र उत्साह गरेका थिएनन् तर घरि विश्वासीहरूलाई परमेश्वरप्रति बफादार बनिरहन पर्छ भनेर प्रेरणा दिएका थिए | जब बर्णबासले एन्टिओकका विश्वासीहरूलाई ‘प्रभुमा लागिरहनु भनेका थिए,उनले तिनीहरूलाई बिना छलकपटसहित साँचोरूपले प्रभुमा रहिरहन उत्साह गरेका थिए | 

बर्णबासले विश्वासीहरूलाई खेलकुद र मनोरन्जनमा लागिरहन उत्साह गरेनन् तर प्रभुको भक्तिमा दृद्ता र धैर्यताका साथ् लागिरहनु भनेका थिए | गुड्स्पीड अनुवादले “प्रभुको भक्तिमा दृद्ता र धैर्यताकासाथ लागिरहनु” भनेर राखेको छ भने लिभिंग बाईबल अनुबादले यसलाई “ बर्णबासले विश्वासीहरूलाई “जस्तै परीक्षा र जोखिम आउँदा पनि प्रभुको नजिकमा रहिरहन आग्रह गरे” भनेर राखेको छ | एन्टीओक शहरको उत्तरी भागमा परमेश्वरको अनुग्रहको काम भैरहेको देखेर बर्णबास खुसीले रमाए र बिश्वासीहरूलाई सामर्थी र निर्धक्क बनाउन सक्दो प्रयास गरे | प्रेरित ११:२३-२४ ले हामीलाई यस कुराको स्पष्ट स्मरण दिलाउँछ | यदि मलाई मेरो मृत्यु कहिले हुन्छ र म कहिले प्रभुको पासमा जानेछु भन्ने थाह हुनु थियो र मलाई अन्तिम पटकका लागि बचन प्रचार गर्ने अवसर दिनु हो भने,यो प्रेरित ११:२३ पद नै म मेरो सन्देशको लागि छान्ने थिएँ | हरेक युगका परमेश्वरका जनहरूलाई प्रेरणा दिनलाई यी अथाह बचनहरू हुन् |

प्रेरित ११:२४ पदमा बर्णबासलाई बर्णन गरे अनुसार बर्णबासको जस्तो महान मानवरूप अन्या कुनै मानिसमा देखिएको छैन | प्रेरित कर्मका लेखकले बर्णबासलाई “पबित्र आत्मा र विश्वासले भरपूर्ण भएका एक असल मानिस थिए” भनेर भन्दछन् | 

बर्णबास एक पवित्र आत्माले भरिपूर्ण मानिस थिए:-बर्णबासले सेवा र साक्षीका लागि पवित्र आत्माको शक्ति पाएका थिए | उनी कहिले पनि आफ्नो व्यक्तिगत अहंकार र स्वार्थपूर्तिका लागि अघि बढेनन् | उनी काम गर्न इच्छुक थिए तर त्यस कामको कदर अरुले पाउन् भन्ने चाहन्थे | 

बर्णबास विश्वासले भरिपूर्ण व्यक्ति थिए:-बर्णबासले परमेश्वरको बचनको सत्यतामाथि बेजोड बिश्वास र पूर्ण भरोसा राख्दथिए | विश्वास र पश्चाताप सहित प्रभुकहाँ  आउने हरेक व्यक्तिलाई परमेश्वरले बद्लाउन सक्नुहुन्छ भन्ने कुरा बिश्वास गर्दथे |

बर्णबास एक असल मानिस थिए :– बर्णबास एक दयालु र कोमल मनका ब्याक्ति थिए | एक सिद्ध चरित्र र उच्च नैतिक स्तरका ब्याक्ति थिए | बर्णबास एक सम्माननीय,आदरणीय र नैतिक दृष्टिले एक राम्रा मानिस थिए | 

प्रोत्सान गर्नेहरूले आफ्नो खुबीको सीमालाई महसुस गर्छन् | 

मण्डलीको बृध्दि हुने क्रममा विश्वासीहरू ख्रीष्टको शरीरमा थपिँदै गइरहेका थिए | मण्डलीका लागि थप सेवा गर्ने ब्याक्तिको खाँचो थियो | बर्णबासकालागि एन्टिओकमा ज्यादा काम बढेको कारण उनी शावललाई खोज्न तार्ससमा गए | तार्सस एन्टिओकको उत्तर-पश्चिम भागको करिब १२५ माइएल टाडा थियो | शावललाई फेला पारे पछि तिनलाई लिएर एन्टीओकमा गए | (प्रेरित ११:२६ पद) यहाँ एउटा कुरालाई ख्याल गर्नु असल हुन्छ कि कुनै पनि अगुवाले आफ्नो खुबीको सीमालाई महसुस् गर्छन र आफ्नो सहयोगका लागि सहकर्मी ल्याउँछन् | यस्तो कार्यले उनको बुध्दि र निस्वार्थ आत्माको प्रमाण गर्दछ | उनीहरू दुबैले पूरा एक वर्षसम्म एकसाथ एन्टीओकमा शिक्षा दिँददै रहे | त्यस समय देखि उसो चेलाहरूलाई “ख्रीष्टीयन” भनेर कहलाइयो | (प्रेरित ११:२६)

यस भन्दा अघि चेलाहरूलाई भाईहरू-(प्रेरित १:१६); चेलाहरू-प्रेरित (६:१);सन्तहरू-(प्रेरित ९:१३) र विश्वासीहरू (प्रेरित १०:४५) भनेर कहलाएका थिए | अहिले उनीहरू ख्रीष्टीयन कहलाइएका छन्,कारण उनीहरूले घरी ख्रीष्टको बारेमा चर्चा गरिरहेका थिए | विश्वासीहरूको ब्याबहार र कार्यले पनि त्यहाँका छर-छेमेकीहरूलाई स्पष्ट पारिरहेको थियो कि यी मानिसहरू पूर्णरूपले ख्रीष्टमा लागिरहेका थिए भन्ने | यसैले उनीहरूले ती बिश्वसीहरूमा जे देखे त्यहि अनुरुप नामकरण गरिदिए | 

यो “ख्रीष्टियन”भन्ने शब्द नयाँ नियममा जम्मा तिन पटक मात्र उल्लेख गरिएको छ | पहिलो पटक यहि (प्रेरित ११:२६) मा बाहिरका मानिसहरूले चेलाहरूलाई ख्रीष्टियन भनेर कहलाए | दोश्रो पटक अग्रिपाले पावललाई भने “थोरै कुराले मलाई ख्रीष्टियन बनाउन कोशिष गर्छस् ? |” (प्रेरित २६:२८ ) अनि तेस्रो पटक प्रेरित पत्रुसले (१ पत्रुस ४:१६) मा “यदि कसैले ख्रीष्टियन जस्तो भएर दु:ख भोग्छ भनेता त्यसले शर्म नमानोस्,तर त्यहि चाहिँ नाममा परमेश्वरलाई धन्यबाद      चढाओस |” यहाँबाट स्पष्ट हुन्छ कि यो ख्रीष्टियन भन्ने शब्द प्राय जसो बाहिरका मानिसहरूले प्रयोग गरेको शब्द रहेछ र विश्वासीहरूले चाहिँ त्यति चल्तिमा नल्याएको शब्द रहेछ भन्ने    देखिन्छ | प्रेरित ११ अध्यायमा बर्णबास र शावललाई सेवाका लागि छुट्याउने र सुसनाचारको सन्देश लिएर सारा साम्राज्यभरि जानु भन्ने आदेश भयो | बर्णबास र शावल मर्कूसलाई लिएर साइप्रसको टापुतिर आफ्नो पहिलो सुसमाचारको यात्रामा गए | सायद त्यहाँ बर्णबासका आफन्त र साथीहरू थिए | बर्णबासले आफ्ना आफन्ता र मित्रहरूलाई पनि वचन प्रचार गरे होलान् | जब उनीहरू पाम्फिलिया क्षेत्रमा पुगे मर्कूस चाहिँ त्यहिँबाट फर्केर घर जाने निर्णय गरे | 

प्रोत्साहन गर्नेहरू प्रतिष्ठा होइन प्रेमको पछि लाग्छन् |

बर्णबासको प्रोत्साहन गर्ने प्रवृति त हामीले प्रेरित ११ अध्यायमा नै हेरिसक्यौं | हामीलाई थाहा छ कि बर्णबासलाई यरूशलेमको मण्डलीले एन्टीओकको मण्डलीमा सेवा गर्नलाई खटाएको थियो र जब उनी एन्टीओकमा पुगे तब उनले आफुले सँधै गर्दै आएको एउटा काम गरे-तिनले एन्टीओकको मण्डलीका विश्वासीहरूलाई हृदयको संकल्पसाथ् प्रभुमा लागिरहन प्रोत्साहन गरे | (प्रेरित ११:२३) केहि समय पछि जब बर्णबास त्यहि एन्टीओकको मण्डलीमा गए,तिनी अझ पनि त्यहि प्रेरणाको पानामा थिए | “अनि चेलाहरूका आत्मालाई स्थिर गराउँदै तिनीहरूलाई विश्वासमा रहिरहेर अनेक कष्ट सही परमेश्वरको राज्यमा पस्नै पर्छ भन्ने तिनीहरूलाई उत्साह गरे |” (प्रेरित् १४:२२) बर्णबासको प्रेरणाको ज्वाला सर्बत्र फैलिरहेको थियो र फलस्वरूप मानिसहरू मण्डलीमा थपिरहेका थिए | (प्रेरित ११:२४) यो त बर्णबासका लागि ठूलो सफलता थियो र मलाई अचम्म लाग्ने कुरा के छ भने बर्णबास कहिले पनि आफुले पाएको सफलताको सिंडी चढेनन् बरू आफुले पाएको सफलताको सिंडी चढनुको साटो पावललाई खोज्नलाई तार्ससतिर लागे | जब तिनले पावललाई भेटे,तब तिनलाई लिएर एन्टीओकमा गए र त्यहाँ रहेर करिब एक बर्षसम्म संगसँगै मानिसहरूलाई शिक्षा दिँदै रहे | (प्रेरित ११:२७)

यहाँ बर्णबासलाई प्रतिष्ठाको पछि लाग्नु थिएन तर मण्डलीमा बृद्दी भएका मानिसहरूप्रतिको प्रेम चाहिँ उनको जीवनको प्राथमिकता थियो | यसैले उनीहरूका लागि एक सक्षम शिक्षक उपलब्ध गराउनु उनको जीवनको मूख्य चाहना थियो | यस्तो शिक्षक जसले उनीहरूलाई बाइबलको साँचो शिक्षा सिकाउन सक्छ र उनीहरूको आत्मिक बृद्दी गर्न सक्छ | यसरी प्रोत्साहन गर्नेहरू प्रतिष्ठाको पछि होइन तर प्रेमको पछि लाग्छन् | आज कति भाईहरू बर्णबासको बाटोमा हिड्न चाहन्छन्    होला ? कति भाई बहिनीहरू दुनियाको ध्यान आफूमा केन्द्रित गर्नुको साटो,दृश्यको पछि भएर काम गर्न चाहान्छन होला ? प्रभुलाई धन्यबाद होस् किनकि यस्ता अमूल्य गुणका धनीहरूलाई प्रभुले सम्हाली राख्नु भएको छ जहाँ उनीहरूले कुनै किसिमको पहिचान र नामलाई अस्वीकार गरेका छन् र दृश्य बाहिर कदरयोग्य कामहरू गरिरहेका छन् | उनीहरूका लागि सामाजिक प्रतिष्ठाभन्दा पबित्र जनहरूप्रतिको प्रेम नै उनीहरूको उत्प्रेरणा हो |

बर्णबासको जीवनको अर्को एउटा चाखलाग्दो प्रसंग छ | यतिका समयसम्म बर्णबास एक अगुवाको स्थानमा छन् | यी दुई ब्याक्तिको विषयमा “बर्णबास र पावल” भनेर उल्लेख गरिन्थ्यो,तर यस समयदेखि अर्थात प्रेरित १४:१४ देखि उसो यसको क्रम ठीक उल्टो भएको छ र यहाँदेखि उता चाहिँ “पावल र बर्णबास” भनेर उल्लेख भएको पाईन्छ | म निश्चित छु कि यो क्रम बर्णबासका लागि उपयुक्त थियो,किनकि बर्णबास प्राथमिकताको पछि थिएनन् | बर्णबास कामको पछि थिए,दर्जाको पछि थिएनन् | यो क्रम बद्लिएकोमा बर्णबासलाई कुनै गुनासो भएको छैन | उनले यो क्रमलाई सहर्ष स्वीकार गरे किनकि यो क्रमलाई पबित्र आत्माले नै लागु गर्नु भएको थियो | त्यसैले यहाँदेखि उसोको यात्रामा उनीहरुलाई यहि क्रम अनुसार उल्लेख गरेको पाइन्छ | बर्णबासले यो क्रमलाई स्वीकार गर्नुमा दुई मूख्या कारण देखिन्छ | पहिलो: बर्णबासले आफ्नो क्षमताको सिमा बुझेका  थिए| दोश्रो:बर्णबासले अरूको क्षमताको कदर गर्न सिकेका थिए | यसरी प्रोत्साहन गर्नेहरूले अरूको क्षमतालाई कदर गर्छन् | 

बर्णबास एक क्षमाशील भाई थिए | (प्रेरित १५:३६-४१)

अबको हाम्रो अध्ययनमा हामी पावलले बर्णबाससँग पहिला प्रचार गरेका ठाउँहरूका भाईहरुलाई पु:न भेटघाट गर्न जाने बारेमा सल्हा गरेको बिषयमा हेर्नेछौं | पावललाई नयाँ विश्वासीहरूको उन्नतिको बारेमा गम्भीर चासो थियो त्यसैले तिनले उनीहरूलाई भेटेर के कसो गर्दैछन् सो जान्ने मनसाय गरे | बर्णबासले खुल्ला हृदयले यो सल्हालाई स्वीकार गरे,तर मर्कूसलाई पनि साथमा लिएर जाने इच्छा गरे | (प्रेरित १५:३७ पद) तर पावललाई त्यो कुरा उचित लागेन | (प्रेरित १५:३७-३८) किनभने मर्कूसले पहिलो सुसमचारिया यात्रामै उनीहरूलाई धोका दिएका थिए | पावलले मर्कूसलाई साथमा लिएर जानु हुँदैन भनेर जिध्दी गरे तर बर्णबास मर्कूसप्रति कोमल मनका हुने इच्छा गरे | यसरी उत्पन्न भएको मत्तभेदका कारण ती बिशाल आत्मिक ब्याक्तिहरूमा फूट आयो | बर्णबासको बुझाइमा मर्कूसले बिगतको गल्तिलाई महसुस् गरिसकेका छन् र तिनलाई पुनःअर्को मौका दिनु पर्छ भन्ने धारणा थियो भने पावलले चाहिँ उनीहरूलाई एक भरपर्दो ब्याक्तिको खाँचो थियो जो चाहिँ जस्तै कठिनाइ र खेदोहरूमा पनि खडा रहन सक्छ भन्ने धारणा थियो | 

सम्भवत दुवै जना आफ्नो अडानमा कडारूपले प्रस्तुत भए | यहाँ बर्णबासले आफ्नो भान्जा मर्कूसलाई छोड्न सकेनन नता पावलले मर्कूसप्रतिको अविश्वासलाई छोड्न सके | यहाँबाट नै उनीहरूको बाटो फाट्यो-दुवै आ-आफ्नो बाटो लागे | तर यहाँ दुबैको बाटो आशिषमय भयो किनकि दुबैले आफ्नो दिशामा सुसमाचार प्रचार गर्दै गए | पावल र सिलास सिरिया र सिलिसियातिर लागे (प्रेरित १५:४१) भने बर्णबास र मर्कूस साइप्रसतिर फर्के | (प्रेरित १५:३९) 

बर्णबासले मर्कूसलाई उत्साह गर्न चाहे किनकि त्यतिबेला मर्कूसका धेरै साथीहरू थिएनन् | बर्णबासले मन मनै यसो भने “मर्कूस यूहन्नालाई मेरो आवश्यकता छ,यदि मैले यिनलाई सहयोग गरिन भने उनी कहिल्यै प्रभुमा बढ्न सक्दैनन् |” यसैकारण बर्णबासले मर्कूसलाई आफ्नो साथ् लिएर गए र पहिलो सुसमचारिया सेवामा स्थापित भएका मण्डलीहरूमा फेरी भेटघाट गर्दै गए-त्यहाँको पारम्पारिक इतिहाँसले बताउँछ कि बर्णबास जीवनको अन्तिम क्षणसम्म साइप्रस टापुमै बसोबास गरे | 

यो ख्याल गर्नु जरूरी छ कि बर्णबास र शावलका बिचमा कुनै नचाहिँदो घोर झगडा भएन | पावलले पछि गएर बर्णबासको बिषयमा बढो सद्भावपूर्णरूपले बोल्दछन् | “के मलाई र बर्णबासलाई मात्र कामबाट फरक रहने अधिकार छैन ?” (१ कोरिन्थी ९:६ ) अनि यतिका समयसम्म मर्कूस पनि एक अनुभवी र परिपक्क भाई भईसकेका थिए भन्ने कुरामा पावल पनि निर्धक्क भएका थिए | यसैकारण पावलले तिमोथीलाई आफूकहाँ जेलमा भेट गर्न आउँदा “मर्कूसलाई पनि लिएर आउनु किनकि तिनी सेवाको कामका लागि फलदायक भएका छन्” भनेर लेख्छन् | (२ तिमोथी ४:११) 

पावल र बर्णबासबिचको मतभेदको बिषयमा एक प्रख्यात लेखक एच० ए० आइरनसाइड यसरी     लेख्छन्| “यति खेर पावल र बर्णबास दोश्रो सुसमचारिया यात्रामा थिए | अनि पावल र बर्णबास चाहिँ प्रभुको वचन सिकाउँदै र सुसमाचार प्रचार गर्दै अरू धेरै जनाका साथ् एन्टीओकमा रहे |” (प्रेरित १५:३५) केहि दिन पछि पावलको हृदयमा फेरी अर्को यात्रामा जाने मनसाय जाग्यो | तर पहिलो सुसमचारिया यात्रामा जस्तो पवित्र आत्माले खटाएको काम थियो भन्ने यहाँ कुनै उल्लेख छैन | पहिलो सुसमचारिया यात्रामा पवित्र आत्माले प्रमाणितरूपले यसो भन्नु भएको थियो| “ मेरो निम्ति बर्णबास र शावललाई त्यस कामको निम्ति छुट्याओ,जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु | तब सारा मण्डलीले उपबास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि हात राखेर उनीहरूलाई बिदा दिए |” (प्रेरित १३:२,३) निश्चितरूपले यहाँ पवित्र आत्माको अगुवाई भएको देखिँदैन,तर यसो भनिएको छ कि, “केहि दिन पछि पावलले बर्णबासलाई भने,लौ जुन शहरमा हामीले बचन प्रचार गरेका थियौं ती शहर पिच्छे फर्केर गई भाईहरूलाई भेट गरौँ र तिनीहरू के कस्ता छन् हेरौं |” (प्रेरित १५:३६) यहाँबाट स्पष्ट हुन्छ कि यो योजना चाहिँ पवित्र आत्माको अगुवाइमा नभएर पावलको आफ्नै इच्छाबाट उत्पन्न भएको योजना थिएछ | आश्चर्य लाग्ने कुरा यही छ कि यो योजनाको सुरूबाट नै अन्योलता आयो र यी महान प्रभुका दासहरूलाई गलत ठाउँमा पुरायो | बर्णबासले मर्कूसलाई साथमा लिएर जाने धारणा राखे तर पावलले बिगतलाई सम्झे र पहिलाको जस्तै मर्कूसले बाटोमै छोड्छन् भन्ने सोचले गर्दा लान मानेन् | यी दुई मूख्य ब्याक्तिहरूमा मतभेद निकै बढ्यो र अन्त्यमा बाटो नै छुट्यो | दुवै आ-आफ्नो दिशा तिर लागे |

प्रभुका यी दुई भक्त प्रेरितहरूको मतभेदको दृश्यलाई पड्दा धेरै दु:ख लाग्छ | पबित्र शास्त्र बाईबलले कहिल्यै पनि प्रभुका दासहरूको गल्तीलाई छुपाएर राखेको छैन | यो धेरै संसारिक मान्छेहरूको जीवनी भन्दा धेरै फरक प्रस्तुति हो | धेरैले आफ्ना अगुवा अथवा नायक चाहिँ हरेक कुरामा सिद्ध हुन्छन् भन्ने सम्झन्छन्;तर परमेश्वरको बचनको ज्योतिले सबै चुकाउहरूलाई देखाउँछ र उनीहरूको चुकाऊको लेखा राख्दछ | परमेश्वरको वचनले उनीहरूको सफलताको लेखा राखे जस्तै उनीहरूको चुकाउको पनि लेखा राखेको छ | यो दृश्य हाम्रो चेतावनी र प्रेरणा दुवैका लागि उल्लेख गरिएको छ | “चित्त दुखाएको भाईलाई मनाउनु किल्ला लिनुभन्दा गाह्रो हुन्छ,यस्तो झगडा किल्लाका बारहरूजस्तै बलियो हुन्छ |” (हितोपदेश १८:१९) 

बर्णबासले मर्कूसलाई पु:न अर्को मौका दिएकोमा हामी धन्यवादी हुनुपर्छ भन्ने मलाई लाग्छ | ख्रीष्टियन जीवनको यात्रामा बिशेष गरि सुरुमा चुक्ने धेरै जवान भाईबहिनीहरु हुन्छन्,तर त्यस्ता चुकाउहरूको कारणले उनीहरूलाई प्रभुको दाखबारीमा काम गर्न सक्ने सम्भावनालाई कम गर्न सक्दैन | हामी उमेर र अनुभवमा पाकाहरुले यस्ता जवानहरूलाई निन्दा गर्न होशियार हुनुपर्छ | बर्णबासले मर्कूसलाई साथ् दिए;यद्यपी भाईहरुले पावलको पक्ष लिए किनभने उनीहरूलाई पावलले ठिक गरे भन्ने लाग्यो | तर पछि गएर मर्कूसले धेरै असल फल फलाए |”

बर्णबास, तिनको उदार मन र तिनले शूरूको मण्डलीहरूमा पुरयाएको सेवाको ठूलो कदर र प्रशंसा पाउने योग्यका ब्याक्ति छन् | बर्णबासको निस्वार्थ चासो नभएको भए यरूशलेमका भाईहरूले  पावललाई सायद कहिल्यै ग्रहण गर्ने थिएनन् होला,मर्कूसले सायद प्रभुलाई छोडेर भड्किने थिए होलान् | हेर्नु होस् बर्णबासको निस्वार्थ सेवाले पावल जस्ता ब्याक्तिको आगमन भयो जसले १३ वटा पत्र लेखे भने मर्कूस जस्ता भाई संगतिमा अडिए जसले एउटा महान सुसमाचार लेखे| बर्णबास एक दयालु व्यक्ति थिए-कोमल हृदय र दानपूर्ण हात भएका ब्याक्ति थिए | बर्णबास एक विश्वासयोग्य मित्र,प्रतिबद्ध प्रोत्सानकर्ता,क्षमाशील भाई र उदार मनका दाता थिए | “उदारचित्तले गरिबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ,उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ | (हितोपदेश १९:१७)