“यसकारण तिमीहरू प्रिय वालकहरूझैँ परमेश्वरका देखासिकी गर्नेहरू होओ; र प्रेममा हिँड, जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो, र मिठो बास्ना दिने सुगन्ध हुनाका लागि बलिदानकोरूपमा आफैलाई हाम्रा निम्ति परमेश्वरकहाँ अर्पण गर्नुभयो।” (एफिसी ५:१-२)
उक्त उल्लेखित पदहरूले एउटा जीवन मार्गको अवधारणालाई व्यक्त गर्दछन् : “प्रेममा हिँड” भन्ने कुराले साधारण हिसाबले भेला हुँदा र भेटघाट हुँदा देखाईने प्रेमलाई दर्शाउँदैन तर वास्तवमा हामी आपसी प्रेममा रहेका छौं कि छैनौ भन्ने ठूलो प्रश्न खडा गर्दछ। प्रेममा हिँड्ने मानिसका पाऊहरू तेलमा चोपिएका हुन्छन् -व्यवस्था ३३:२४ अर्थात आत्माको भरिपूरीमा हिँडेका हुन्छन् –“यदि हामी आत्मामा जिउँछौं भने हामी आत्मामा हिँडौ।” (गलाती ५:२५) आत्मामा हिँड्ने मानिसको हिँड़ाई अरूकोभन्दा धेरै फरक हुन्छ अनि “येशूलाई हिंड्दै गर्नुभएको देखेर”-यूहन्ना १:३६ भने झैँ उसले आफ्नो हिंड़ाईलाई येशूको हिँड़ाई जस्तो बनाउने प्रयास गर्दछ। येशूलाई नै आफ्नो हिँड़ाईको प्रतिरूप र नमूना बनाउँछ -अनि ऊ आफै प्रेममा हिँडदछ। ख्रीष्टले आफ्नो हिँड़ाईमा पूर्णरूपले परमेश्वरलाई रिझाउनु भएको थियो अनि त्यसै गरी हामी पनि उहाँको पाईलामा टेकेर हिँड्नुपर्छ र परमेश्वरलाई रिझाएर हिँड्नुपर्छ। यो भन्दा उच्च सौभाग्य हाम्रा निम्ति अरू केहि पनि छैन। ख्रीष्टको पाईलामा टेकेर हिँड्ने सौभाग्य हामीलाई यस संसारमा दिएको छ, जुन संसारको बाटो भएर मुक्तिदाता स्वयंले यात्र गर्नुभयो अनि उहाँका चेलाहरू र प्रेरितहरूले पनि आफ्ना प्रभुको पाईलामा टेकेर हिँडेका कारण परमेश्वरका निम्ति प्रशन्नताको पात्र बनेका थिए अनि परमेश्वरलाई रिझाएका थिए ।