लेखक: F.C.Blount
अनुबाद: केविन परियार

“तिमीहरू आपसमा शान्तिमा रहो।”
“तिमीहरू आपसमा शान्तिमा रहो।” तर कति धेरै पटक हामी यो अमूल्य वचनको ठिक विपरित अवस्था मण्डलीहरूमा रहेको पाउँदछौं। हाम्रा मण्डलीहरूमा बारंबार डाहा र झैझगडाको अवस्था पाइन्छ। “यदि तिमीहरू आपसमा टोकाटोक र मारामार गर्दछौ भने, यो याद गर कि तिमीहरू आफै नाश हुनेछौ।” (गलाती ५:१५) नाश हुनेछौ भन्नुको अर्थ के हो भने तिमीहरू आफै खरानी हुनेछौ भनिएको हो। यसरी आफै नाश भएर खरानी भएका मण्डलीहरू आज हाम्रा दिनहरूमा छैनन् र? के यहाँ विश्वासीहरूको धूलो मात्र पाइन्छ होला? यो हामी बाहिरको शत्रुको कार्य होईन; यो त केवल हामी आफैबीचको आपसी नरसंहार हो। मण्डलीका एकभन्दा धेरै सदस्यहरूले यो घातक चरित्र बोकेका हुन्छन् जो झगडीय र आक्रमक हुन्छन् अनि एक भन्दा बढ्ता सन्तहरू घायल हृदय लिएर मर्ने गर्छन् । प्रभुले भन्नुभयो, “तिमीहरूलाई यस संसारमा दु:ख हुनेछ।” अब संसारमा दुख भए ता पनि, मण्डलीमा त हामीले असल कुराको अर्थात उत्तम कुराको आशा गर्न पाउनु पर्ने अधिकार हाम्रो रहेको छ। अब के हाम्रो स्वार्थले, हाम्रो घमण्डले, अनि हाम्रो झैझगडाले संसारसँग बिरक्तिएकाहरूलाई शान्ति अनुभव गर्नबाट बन्चित गर्ने ?