यो हप्ता प्राय सबैले क्रूसको कुरा गरेको सुनिन्छ अनि पुनरुत्थानको कुरा गरेको सुनिन्छ । यसै बिषयमा मैले पनि त्यहि क्रूसका कुरा गर्ने आँट गरेको छु अनि प्रभुको इच्छा भए दैनिक रूपले क्रूसको कष्टबाट बोलिएका सात वचनहरूलाई सबैमाझ बाँड्ने प्रयास गरेको छु । यो मेरो आफ्नै अध्यानको बिचार नभई मैले J.T.Mawson को पुस्तक Standing by the Cross को एउटा Address “Seven words on the Cross: His last will and Testament बाट लिएको हुँ । यो पूर्णरूपले अनुबाद गरिएको होईन तर त्यहाँको शिर्षक र भावलाई जस्ताको त्यस्तै राख्ने प्रयास गरेको छु ।
लेखक: nayasrishti_44uqfy
धन्यवाद तपाईंहरुसँग आज एकसाथ हुन पाउँदा म धेरै हर्षित भएको छु | तपाईंहरु धेरैलाई अनलाइनमा देख्न पाउँदा मलाई धेरै खुसी लागेको छ। मैले यस दिनका लागि धेरै प्रार्थना गरेको थिएँ र आज पनि प्रार्थना गर्दछु कि प्रभुले यस दिनलाई आशिष दिनुभएको होस्। आजको बिषयमा मैले दिन सक्ने सहयोग अर्थात सन्देशमा म येशूआ अर्थात येशू या JESUS बाट शुरू गर्न चाहन्छु। यस कन्फरेन्सको बिशेष उद्देश्य भनेको नै प्रभु येशूका केहि नामहरूको बारेमा चर्चा गर्ने रहेको हुनाले हामी येशूआ हमाशियाको बिषयमा हेर्नेछौं। यसको नामको अर्थ र यस सुन्दर नामलाई हामीले कसरी प्रयोग गर्ने भन्ने बारेमा रहेको छ| यसका लागि हामी केही परिचायात्मक वचनहरू हेर्नेछौं। प्रभु येशूको मृत्यु पुनःरूत्थान र स्वर्गमा महिमित भए लगत्तै प्रेरित पत्रुसले यहुदी धर्मगुरु अर्थात अगुवाहरू समक्ष केहि महत्वपूर्ण कुराहरू बताएका थिए ।तपाइले आफ्नो बाइबलमा हेर्न सक्नुहुनेछ। म अहिले प्रेरित ४:११-१३ पदसम्म पड्नेछु। बाइबलका पदहरू उद्दृत गर्ने क्रममा म प्राय जसो New King James Version बाट उद्धृत गर्ने गर्छु ।“यहाँ चाहिँ त्यहि ढुंगा हुनुहुन्छ, जसलाई तपाई डकर्मीहरूद्वारा रद्द गरिनुभएको थियो, जो कुनाको शिर हुनुभएको छ। न ता अरू कसैबाट मुक्ति छ; किनभने स्वर्गमुनी मानिसहरूमाको बीचमा अरू कुनै नाम दिएको छैन, जसद्वारा हामीले मुक्ति पाउनु पर्छ । तर जब तिनीहरूले पत्रुस र यूहन्नाको सहास देखे, र उनीहरू चाहिँ अनपड र अशिक्षित मानिसहरू रहेछन् भनी थाहा पाए, तब छक्क परे; अनि उनीहरूचाहिँ येशूका साथमा रहेछन् भनेर तिनीहरूले उनीहरूलाई चिने।” जब हामी प्रेरित ४:११-१३ पदलाई पड्छौ, त्यस खण्डमा पत्रुसले केहि महत्वपूर्ण कुराहरू बताएको पाउँछौ। प्रेरित पत्रुसले यहुदी धर्मगुरुहरूलाई यहि कुरा बताईरहेका थिए कि जुन ढुंगालाई उनीहरूले रद्द तुल्याए अहिले त्यहि ढुंगा मूख्य कुने ढुङ्गो बनेको कुरा बताए। यस बचनलाई उधृत गर्दा पत्रुसले भजनसंग्रह ११८ अध्याय लाई उधृत गरेका थिए तर तिनले आफ्नै शब्द र अर्थ लगाएर बुझाएका थिए। “जुन ढुंगालाई डकर्मीहरूले रद्द रगे, त्यहि नै कुनाको शिर ढुंगा हुनुभएको छ । यो परमप्रभुबाट भएको हो; हाम्रो दृष्टिमा यो अदभूत छ। यो दिन परमप्रभुले बनाउनुभएको हो; यसमा हामी रमाउनेछौँ र आनन्दित हुनेछौं।” (भजनसंग्रह ११८:२२-२४) कृपय यी पदहरूलाई तपाई आफैले आफ्नो बाइबलमा हेर्न र अध्ययन गर्न आग्रह गर्दछु। यहाँ पत्रुसले भजनका पुस्तकबाट उधृत गरेका थिए तर तिनले आफ्नै बिशेष शब्दहरू प्रयोग गरेर यी महत्वपूर्ण कुराहरू बताएका थिए। यहाँ पत्रुसले दिएको गवाही चाहिँ लूकाले दिएको वचनसँग मिल्दछ, किनकि लूका प्रभुका चेला थिए र उनी यहूदी थिएनन् | लूकाले नै प्रेरितको पुस्तक लेखेका हुन्। लूकाले यसरी लेखेका थिए कि जब तिनिहरूले पत्रुस र यूहन्नाको साहसलाई देखे तब तिनीहरू अनपड र अशिक्षित मानिसहरू रहेछन् भनेर थाहा पाए । तब तिनीहरू छक्कै परे; अनि उनीहरू चाहिँ येशूका साथमा रहेछन् भनेर तिनीहरूले उनीहरूलाई चिने। यहाँ पत्रुले दिएको गवाही चाहिँ लूकाले प्रभुका कुराहरूलाई कुन अर्थमा भनेका थिए, त्यहि मुताबिकको गवाही दिएका थिए । लूकाले यी कुरा लेख्दै गर्दा पत्रुस र यूहन्नाको गवाईमा यो कुरा प्रमाणित थियो कि उनीहरु येशूको साथमा थिए भन्ने महसुस गरेका थिए र यस विवरणबाट हामीलाई थाहा लाग्छ कि प्रभु येशूको नाम कति महत्वपूर्ण छ अनि यही महत्वपूर्ण नामको बारेमा आज हामी चर्चा गर्नेछौं । अब हामी पूराना नियमका केही खण्ड र पदहरुलाई हेर्नेछौं जसले हामीलाई येशू नामको बारेमा बुझ्नलाई सहायता गर्नेछ|
पहिला प्रस्थान १७:८-९ पदलाई हेर्नेछौं। “अब अमालेकीहरू आए र रपिदीममाईस्राएलीहरूसँग लडाईं गरे | अनि मोशाले यहोशूलाई भने; “हाम्रा निम्प्ति मानिसहरू चुन, र गएर अमलेकीहरूसँग लडाईं गर ! भोलि मा परमेश्वरको लौरो आफ्नो हातमा लिएर पहाडको टाकुरामा उभिनेछु।” पूरानो नियमको हिब्रु बाइबल ग्रीक भाषामा अनुवाद गरिएको थियो जसलाई सेप्तुअजिण्ट (Septuagint ) भनिन्छ। ई०स० ७० तिर नै अनुवाद भएको थियो किनभने इतिहासले बताउँछ कि करिब 70 जना विद्वानहरुले सकली हिब्रुको पूरानो नियमलाई त्यसबेलाको चल्ती भाषा ग्रीकमा अनुवाद गरेका थिए । ग्रिक भाषा सम्पूर्ण रोमी साम्राज्य भरि नै चल्तिमा थियो। त्यस समयमा धेरै यहूदीहरु प्रवासमा रहेका थिए भनौँ उनीहरु ईस्राएलको भूमि बाहिर बासोबास गरिरहेका थिए अनि उनीहरुले बाइबलका हिब्रु अक्षरहरु पड्न सक्दैन थिए। यसैकारण उनीहरूले यो हिब्रु बाइबललाई ग्रीकमा अनुवाद गरी उनीहरुका लागि उपलब्ध गराउने निर्णय गरे। यसै मार्फत अर्थात् ग्रीक भाषाकै माध्यमबाट परमेश्वरको वचनको सन्देश गैर यहूदीहरु तथा अन्य जातिहरु कहाँ पुर्र्याउनलाई परमेश्वरले प्रयोग गर्नुभयो। ग्रीक भाषालाई प्रयोग गरेर नै आज परमेश्वरको बचनको सन्देश संसारभरि प्रचार प्रसार भएकोछ। अब मेरो भन्नुको अर्थ के हो भने प्रस्थान १७:८-९ पदमा जुन यहोशूको नाम उल्लेख छ त्यो हिब्रुको यहोशू नामलाई ग्रीकको सेप्तुअजिन्टमा “येशूस” भनेर अनुवाद गरिएको छ। यो अनुवाद गर्ने काम प्रभु येशूको जन्म हुनुभन्दा धेरै वर्ष पहिला नै अनुवाद भएकोथियो। यसकारण यस नामलाई ग्रीकमा येशूस भनिन्थ्यो भने अंग्रेजीमा जिजस भनिन्छ। उदाहरणका लागि मत्ती १:२१ लाई हेर्नुहोस जसलाई हामी पछि अझ विस्तृत रुपमा हेर्नेछौं।
याद गर्नुहोस् कि यहोशूको नाम पनि वस्तवमा योसिया चाहिँ थियो जसको अर्थ उद्धार भन्ने हुन्थ्यो अनि त्यहि नामलाई पछि मोशाले बद्लाएर यहोशू बनाएका थिए जसको अर्थ चाहिँ परमेश्वर उद्धार हुनुहुन्छ भन्ने हुन्छ ।गन्ति १३:१६-१७ मा हेर्नुहोस्। “यी ती मानिसहरूको नाम हो,जसलाई मोशाले त्यस देशको जासुसी गर्न पठाए। अनि नुनका छोरा होशेको नाम मोशाले यहोशू राखे।” यहि यहोशू नाम पूरानो नियमको अर्थात हिब्रु बाइबलको अन्ततिर उल्लेख भएको पाइन्छ। तर यहाँ उल्लेख भएका व्यक्ति चाहिँ नूनका छोरा यहोशू थिएनन् तर एक मूख्य पूजाहारी थिए। कृपया जकरिया ३:१ पदलाई हेर्नुहोस्। “अनि उहाँले मलाई परमप्रभुका दूतको सामु महापूजाहारी यहोशूलाई उभिरहेका, र उनकै दाहिने हातपट्टी उनलाई विरोध गर्न शैतानलाई उभिरहेको देखाउनुभयो।” यस आध्यायका केही पदहरू पछि अर्थात अलि तल ९ पदमा यसरी लेखिएको छ,“किनभने मैले यहोशूको सामु राखिदिएको त्यो ढुंगा हेर! त्यस एउटा ढुंगामाथि सातवाटा आँखा छन्; हेर म त्यसको लेख खोपिदिनेछु, सेनाहरूका परमप्रभु भन्नुहुन्छ, अनि त्यस देशको अधर्म म एकै दिनमा हटाईदिनेछु।” यी दुवै पदमा सेप्तुअजिण्ट (Septuagint) अनुवादमा हिब्रुको यहोशू नामलाई ग्रीकमा येशूस (IESOUS) भनेर नै अनुवाद गरिएको छ जसलाई हामी अंग्रेजीमा जिजस (JESUS) भन्छौं। अन्तमा जकरिया ६:९-११मा पनि यो नामको प्रयोग भएको पाउँछौं। “अनि परमप्रभुको यसो भन्ने वचन मकहाँ आयो: कैदमा लगिएकाहरूबाट, जो बाबेलबाट आएका हुन्, अर्थात हेल्दै,तोबियाह र यदायाहबाट दान लेऊ ! अनि त्यहि दिन तिमी चाहिँ आऊ र सपन्यका छोरा योशियाको घर भित्र पस। तब चाँदी र सुन लेऊ, मुकुटहरू बनाऊ र यहोशादाका छोरा यहोशूको शिरमाथि लगाइदेऊ।” यहाँ पनि पुरानो नियमको ग्रीक अनुवादमा यहि हिब्रुको यहोशू नामलाई येशूस (IEOUS) भनेर नै राखिएको छ। त्यहि हिब्रुको यहोशू ग्रीकमा अनुबाद गर्दा येशूस बनेको थियो अनि यसैलाई अंग्रेजीमा अनुबाद गर्दा JESUS भएको हो। यसरी नामलाई जसरी प्रयोग गरिएको भएतापनि व्यक्ति भने एउटै व्यक्तिलाई देखाइएको हो अर्थात एउटै एउटै व्यक्तिलाई संकेत गरिएको हो। यहाँ उल्लेखित नाम अथवा जकरियामा उल्लेख गरिको सन्दर्भ भने अलिक फरक व्यक्तिको बारेमा भनिएको थियो। यो मुख्य पुजारीको कुरा थियो। जकरियामा उल्लेख गरिएको यहोशू प्रभु यशुको नाम को अर्थ बाट अलग हो भन्ने बुझ्नुपर्छ। यसैकारण हाम्रा प्रभुको नाम पनि हिब्रुमा येशूआ थियो, त्यस नामलाई ग्रीकमा अनुवाद गर्दा येशूस (IESOUS) भयो अनि पछि अंग्रेजीमा अनुवाद गर्दा JESUS भनेर अनुवाद गरिएको छ ।
अब कतिले यसो भन्ने कडा अभिव्यक्ति दिएका छन् कि ख्रीष्टियनहरुले केवल येशूआ भनेर मात्र सम्बोधन गर्नुपर्छ । येशूस, येशू र जिजस भनेर होईन । यसैकारण यस कन्फरेन्समा हामी पवित्र शास्त्रसँग मिल्दो अभिव्यक्ति दिन चाहन्छौं अनि स्पष्ट र परमेश्वरको वचनमुताबिकको अभिव्यक्ति दिन चाहन्छौं ताकि यस्ता झूटा र गलत किसिमका अभिव्यक्तिहरूबाट हामी बाँच्न सकेका हौँ अनि यसबाट उत्पन्न भएका अनेक शंका र प्रश्नहरूलाई हाम्रा दिमागबाट हटाउन सकेका हौँ ।
अब हाम्रो लक्ष्य भनेको फेरि पावलले दिएको अभिव्यक्तिलाई हेर्ने हो जो रोमी १०:९-१२ पदमा उल्लेख छ। “यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्यौं भने, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्र्यौं भने, तिमीले मुक्ति पाउनेछौ । किनकि धार्मिक्ताका निम्ति हृदयले विश्वास गरिन्छ, र मुक्तिका निम्ति मुखले स्वीकार गरिन्छ। किनकि पवित्र शास्त्रले भन्दछ : उहाँमाथि विश्वास गर्ने हरेक शर्मामा पर्ने छैन। किनकि यहूदी र ग्रीकमा कुनै भिन्नता छैन; किनकि उहाँ, जो सबका प्रभु हुनुहुन्छ, आफुलाई पूर्कार्नेहरूका निम्ति धनवान हुनुहुन्छ।” रोमी १०:९-१२ ले स्पष्ट ढंगले बताएको छ अनि यसलाई अर्को शब्दमा भन्नुपर्दा यसलाई यसरी बुझ्न सकिन्छ कि ख्रीष्टमा विश्वास गर्ने हरेक साँचो विश्वासीलाई चाहिँ उसले हृदयमा जे कुरालाई विश्वास गर्छ र आफ्नो मुखले स्वीकार गर्छ भन्ने कुराले चित्रण गरेको हुन्छ। यहाँ बाह्य जो मुखको स्वीकार हो त्यो चाहिँ हृदयले विश्वास गर्ने भित्रि कुरासँग बिशेष सम्बन्ध राखेको हुन्छ । यसले शास्त्र भएको एउटा महत्वपूर्ण सिद्धान्तलाई प्रस्तुत गर्दछ। हाम्रो विश्वास भनेको मुखको स्वीकारले र हृदयको विश्वासले चिनिने कुराको सिद्धान्त यहाँ देखिन्छ।
यद्यपि केही मानिसहरुले यस्तो अभिव्यक्ति दिन्छन् जुन अभिव्यक्तिले धेरैलाई दुःख दिएको छ जसले यसो भन्ने गरेका छन् कि येशूआ भनेर पुकारा गर्नेले मात्र मुक्ति पाउँछ।उनीहरूको भनाई अनुसार येशूआ नभन्ने कुनै पनि व्यक्ति बाँचेको छैन। उनीहरुले यसो पनि भन्ने गरेका छन् कि हामीले प्रभुलाई जहिले पनि येशूआ भनेर नै सम्बोधन गर्नुपर्छ।हामीले हाम्रो मण्डलीका सभाहरुमा पनि उहाँलाई येशूआ नै भनेर सम्बोधन गर्नुपर्छ भन्छन्। यद्यपि यस्ता अभिव्यक्तिहरूले पवित्र शास्त्रको जाँचलाई उत्तिर्ण गर्दैनन् अर्थात यस्ता अभिव्यक्तिहरु पवित्र शास्त्र को मर्मसँग मेल खाँदैनन् ।अब तपाईंले नयाँ नियमबाट हेर्नुभयो भने यो देख्नुहुन्छ कि नयाँ नियम मत्ती १:१ बाट सुरु हुन्छ अनि मत्ती एक अध्याय को अन्तमा हामी मसिहाको जन्मको बारेमा पढ्न पाउँछौं | “अब्राहामका पुत्र, दाऊदका पुत्र येशू ख्रीष्टको वंशावलीको पुस्तक।” यस कुराको व्याख्या गर्ने क्रममा म मशिहा नामको पनि चर्चा गर्न चाहन्छु। मसाइया शब्द हिब्रुको मशिहा बाट आएको हो। यसलाई अंग्रेजीकरण गर्दा ग्रीकको समानरुप ख्रीष्टतोष (Christos) बाट ल्याइएको हो जसको अर्थ अभिषिक्त जन भन्ने हुन्छ। अभिषेकको बारेमा अर्को एउटा महत्वपूर्ण कुरालाई पनि हेरौं। नयाँ नियममा प्रभु येशूलाई बप्तिष्मा दिने यूहन्नाले बप्तिषमा दिएको समयमा नै प्रभु येशू पवित्र आत्माबाट अभिषेक हुनुभएको थियो।पछि पत्रुसले यो अभिषेक कसरी भएको थियो भनेर विस्तृत विवरण दिएका छन्। “नासरतका येशूलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभयो : उहाँ भलाई गर्दै र शैतानद्वारा सताइएका सबैलाई निको पार्दै चारैतिर घुम्नुभयो, किनकि परमेश्वर उहाँसँग हुनुहुन्थ्यो।” (प्रेरित १०:३८) प्रभु येशूको मृत्यु र पुनरुत्थान भए लगत्तै महिमामा विराजमान भएपछि फेरि अभिषेक हुनुभयो। अहिले उहाँ स्वर्गमा हुन्छ जसरी पत्रुसले प्रेरित २:३६ मा वर्णन गर्दछन्। “यसकारण इस्राएलको सर घरानाले यो कुरा जानोस्, कि जुन येशूलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, उहाँलाई नै परमेश्वरले ‘प्रभु’ र तुल्याउनुभएको छ ।”
अझ धेरै कुरा चाहिँ हिब्रु १:९ मा भजनसंग्रह ४५ लाई उद्धृत गरिएको छ जहाँ यस विषयको महत्वलाई अझ धेरै जोड् दिएको छ। यद्यपि भजनका लेखकलाई उनले कसको बारेमा लेखेको उनलाई थाहा थिएन जब उनले यी कुराहरु लेखिरहेका थिए। तथापि यस वचनले महिमित मसीहको बारेमा बोलिएको भविष्यवाणीलाई पूरा गरेको थियो। तर यस कुराले उहाँ धर्तीमै महिमित हुने कुरा बताएको थिएन तर स्वर्गमा महिमित हुने कुरा बताएको थियो। तर एउटा समय आउनेछ जब उहाँ यस संसारमा पनि एउटा महिमित मशिह भएर आउनुहुनेछ। कलसी 3:4 “जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि महिमामा प्रकट हुनेछौ ।” अनि प्रकाश १९:११-१६ मा पनि यस्तो लेखिएको छ। “अनि मैले स्वर्ग खोलिएको देखें, अनि हेर -एउटा घोडा; अनि त्यसमाथि बस्नुहुनेचाहिँ विश्वासयोग्य र सत्य भानिनुहुन्छ, अनि उहाँले धार्मिक्तामा न्याय ल लडाईं गर्नुहुन्छ । उहाँका आँखाहरू आगोका ज्वाला जस्तै थिए, र उहाँको शिरमाथि धेरै मुकुटहरू थिए; जसलाई उहाँले बाहेक अरू कसैले जान्दैनथियो । अनि उहाँले रगतमा चोपिएको पोशाक पहिरिनुभएको थियो; अनि उहाँको नाम परमेश्वरको वचन भनिन्छ ।अनि सेता र शुद्ध मिहिन मलमलका बस्त्र पहिरेका स्वर्गमा भएका सेनाहरू सेता घोडाहरूमा उहाँका पछि लागे । अनि यहि तरवारले उहाँले जाति जातिलाई हिर्काउन भनेर उहाँको मुखबाट एउटा लाग्ने तरवार निस्कन्छ; अनि उहाँले फलामको डण्डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ; अनि उहाँले सर्वशक्तिमान परमेश्वरको भयानक रिस र क्रोधको मद्ध्यको कोल कुल्चिमिल्ची गर्नुहुनेछ । अनि उहाँको पोशाक र उहाँको तिघ्रा ‘राजाहरूका राजा, र प्रभुहरूका प्रभु’ भन्ने एउटा नाम लेखिएको छ ।” यसको अर्थ हामी पनि प्रभुसँग महिमित हुनेछौं अनि उहाँ स्वयं पनि सार्वजनिक रुपले महिमित हुनुहुनेछ। यो थियो ख्रीष्टको नामको महत्वको बारेमा छोटो जानकारी ।अब हामी मत्ती मै फर्केर जाओं।
अब मत्ती १ अध्याय को अन्तमा अर्थात १६ पदमा प्रभु येशूको वंशावलीको कुरा उल्लेख छ। “अनि मरियमका पति यूसूफलाई जन्माए, जुन मरियमबाट ख्रीष्ट भानिनुहुने येशू जन्मनुभयो ।” यस पदमा ग्रीकको स्त्रीवाचक नाम प्रयोग भएको छ जसले मरियमलाई संकेत गरेको थियो जसबाट ख्रीष्ट भनिने येशूको जन्म भएको थियो।यहाँ हामीले दुईवटा नामलाई पाउँदछौं। कृपय मत्ती १:१८-२५ लाई पनि पड्नुहोस। यहाँ मत्ती १:१८ मा येशूको जन्मको उल्लेख छ। “अब येशू ख्रीष्टको जनमा यस प्रकारले भयो -उहाँकी आमा मरियमको मगनी यूसुफसँग भएपछि, उनीहरू सँगै बस्नुभन्दा पहिल्यै उनीचाहिँ पवित्र आत्माबाट गर्भवती भएकी थिइन् ।तर उनका पति युसुफ एक धर्मी मानिस भएका हुनाले र जनताका सामु उनलाई प्रकट गर्न नचाहेका हुनाले उनलाई गुप्तमै त्यागि दिने बिचार गरे।तर जब तिनले यी कुराहरू बिचार गर्दै थिए, तब हेर, सपनामा प्रभुका दूत तिनीकहाँ यसो भन्दै देखा परे; यूसुफ दाऊदका छोरा, आफ्नी पत्नी मरियमलाई आफूकहाँ ल्याउनलाई नडराऊ, किनकि जो उनको गर्भमा हुनुहुन्छ उहाँ चाहिँ पवित्र आत्माबात हुनुहुन्छ । अनि उनले पुत्र जन्माउनेछन र तिमीले उहाँको नाम येशू राख्नु किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापबाट मुक्त गर्नुहुनेछ । अब प्रभुले भविष्यवक्ताद्वारा भन्नुभएको कुरा पूरा होओस् भनेर यो सब भएको थियो।हेर कन्य गर्भवती हुनेछिन् र एउटा पुत्र जन्माउनेछिन्, अनि तिनीहरूले उहाँको नाम इम्मनुएल राख्नेछन् जसको अर्थ हो, ‘परमेश्वर हामीसित ।” यो वचन यशैया ७:१४ बाट उद्धृत गरिएको हो। फेरि एकपटक म तपाईंहरूको ध्यान मत्ती १:२१ मा खिच्न चाहन्छु।जहाँ यसरी लेखिएको छ, “उनले पुत्र जन्माउनेछन र तिमीले उहाँको नाम येशू राख्नु किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापबाट मुक्त गर्नुहुनेछ। उहाँले उद्धार गर्नुहुनेछ अर्थात बचाउनुहुनेछ भन्ने अर्थ राख्ने हिब्रुको शब्द योशिया हो। यसकारण शब्दहरूले कस्तो अर्थ राख्छन् भनेर ध्यान दिनु पनि एउटा चाखलाग्दो बिषय नै हो। हिब्रुमा उहाँको नाम येशूआ हो अनि उहाँको कामको अर्थ जनाउने शब्द चाहिँ योशिया हो। यसरी यी दुवै शब्दहरू आपसमा धेरै नजिकको सम्बन्ध राख्ने शब्दहरू हुन्। यहाँ येशूआ नामपद हो भने योशिया क्रिया पद हो ।यसरी प्रभु येशूको नाम र जन्म दुवै एउटा अदभूत घट्नाक्रम थियो। यो कुरा वस्तवमा उत्पति ३:१५ मा जुन भविष्यवाणी गरिएको थियो त्यसैको पूर्णता थियो ।किनभने उत्पतिमा यस्तो लेखिएको थियो : “अनि तेरो र त्यस स्त्रीको बीचमा, अनि तेरो सन्तान र त्यसको सन्तानको बीचमा म दुश्मनी हाल्नेछु; उसले तेरो टाउको कुच्याउनेछ, र तैले त्यसको कुर्कुच्छो दस्नेछस् ।” यो भविष्यवाणी ४००० बर्ष पछि पूरा भयो जब प्रभु येशूले मरियमको कोखमा एक अदभूत जन्म लिनुभयो र मशिहाको जन्ममा यो कुरा पूरा भएको देख्छौं। अब हामी फेरी मत्ती १:२४-२५ लाई हेरौं जहाँ यसरी लेखिएको छ। “तब यूसुफले निन्द्राबाट बिउँझेर प्रभुका दूतले तिनलाई आज्ञा दिएमुताबिक गरे, र आफ्नी पत्नीलाई आफूकहाँ ल्याए। अनि जबसम्म उनले आफ्ना जेठा छोरालाई जन्माइनन्, तबसम्म उनीसँग सहबास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।” कृपय मैले अघि भनेका कुराहरूलाई ध्यान दिनुहोस् कि प्रभु येशूको नाम येशूआ अर्थात येशूस र JESUS हो । यी नामहरू बिभिन्न भएता पनि अर्थात बिभिन्न भाषामा भिन्न भिन्नै किसिमले भने त पनि यी नामहरू एउटै व्यक्तिलाई दिएका नाम हुन् र यी सबै नामले उही एउटा व्यक्ति प्रभु येशूलाई देखाउँने र बुझाउने नाम हुन् । यी नामको फरकरुप भए पनि उहाँ उही व्यक्तिलाई संकेत गरिएको हो।
अब हामीले पडेको अदभूत कथा जो हामीले मत्ती १ अध्यायमा पढेकाछौं त्यो कथा मत्ती २ अध्यायमा निरन्तर हुन्छ, किनभने मत्ती २:१ मा हामी यसो भनेर लेखिएको पाउँछौं। “अब हेरोद राजाको समयमा यहूदियाको बेथलहेममा येशू जन्मनुभएपछि हेर, पूर्वबाट ज्योतिषीहरू यरूशालेममा यसो भन्दै आए: यहूदीहरूका राजा, जो जन्मनुभएको छ, कहाँ हुनुहुन्छ ? किनभने पूर्वमा हामीले उहाँको तारा देख्यौं र उहाँलाई दण्डवत गर्न आएकाछौं।” यहाँ हामी देख्दछौं कि प्रभु येशू जन्मदै यहूदीहरूका राजा भएर जन्मनु भएको थियो। सामान्यतय राजाको पदमा राज्यभिषेक हुनलाई पहिला राजकुमार भएर जन्मनु पर्छ ।त्यस पछि उनलाई राजा घोषणा गरिन्छ। यसरी बेबिलोनबाट आएका ज्योतिषीहरू अर्थात ज्ञानी मानिसहरूले दानिएलको पुस्तक पढेर राजाको जन्म कहाँ हुन्छ र कुन समयमा हुन्छ भनेर समय र स्थान दुवै थाहा पाएका थिए। पड्नुहोस् दानिएल ९:२४-२६ पदलाई। “तिम्रा मानिसहरू र तिम्रो पवित्र शहरका निम्ति सत्तरी हप्ता तोकिएकाछन् -अपराध समाप्त गर्न, पापहरूको अन्त गर्न, अधर्मका निम्ति प्रायश्चित गर्न, अनन्त धर्मिक्ता ल्याउन र परमपवित्रलाई अभिषेक गर्नका निम्ति । यसकारण जानिराख, र बुझ: यरूशलेमलाई पुनस्थापित गर्ने र निर्माण गर्ने आज्ञा निस्केको समयदेखि मसीह ती प्रधानको समयसम्म सात हप्ता र बासठी हप्ता हुनेछन् ; अहँ ती संकष्टका समयहरूमा सडक र पर्खाल फेरी बनाईनेछ । अनि बासठी हप्तापछि “मसिह” काटिनुहुनेछ तर आफ्नो निम्ति होइन; अनि त्यस आउनेवाला प्रधानका मानिसहरूले यो शहर र यो पवित्रस्थान नाश गर्नेछन्; अनि त्यसको अन्तचाहिँ बाडद्वारा हुनेछ, र लडाईंको अन्तसम्म उजाड नै उजाड तोकिएकाछन् ।” यस पदले उहाँको आगमनको समयलाई सनत गरेको थियो। तपाईलाई थाहा छ होला कि एउटा समय थियो एउटा समय थियो जतिखेर दानिएलले धेरै ज्ञानी मानिसहरूको ज्यान बचाएका थिए। दानिएल १ र २ अध्यायमा यो कुरा उल्लेख छ । यसकारण यी ज्योतिषीहरू जो बेबिलोनबाट आएका थिए, उनीहरूलाई दानिएलले मसीहको जन्म कहाँ र कहिले हुनेछ भनेर पूर्ण जानकारी दिएका थिए । उनीहरूले पूर्वमा तारा देखे अनि त्यहाँबाट निश्चित गरेको कि दानिएलले लेखेको भविष्यवाणी पूरा भएको देखे किनभने दानिएल ९ अध्यायबाट यो त्यहि समयको कालखण्डमा थियो भनौ त्यहि अवधिमा मसिह को जन्म हुने कुरा उनीहरूले बुझेका थिए।यसैकारण उनीहरूले नयाँ गरेर जन्मनुभएको राजालाई दण्डवत गर्ने निर्णय गरे। तर त्यसको ठीक बिपरित कुरा चाहिँ के थियो भने यहूदी धर्मगुरुहरू जसले धर्मशास्त्र जानेका थिए र इस्राएलका राजाको जन्म बेथलहेममा हुन्छ भनेर बुझेका थिए तर पनि उहाँलाई दण्डवत भने गर्न चाहेनन् ।
अब मसिहको आगमन र जन्मको बारेमा हेरिसकेपछि हामी अलि अगाडि बढौं। यस अदभूत घटनाक्रम पछि भनौ ३० वर्षपछि जब प्रभु येशूले आफ्नो सार्वजनिक सेवालाई शुरू गर्नुभयो, त्यस समयमा उहाँले बप्तिष्मा दिने यूहन्नाबाट बप्तिष्मा लिनुभयो र पवित्र आत्मा बाट अभिषिक्त हुनुभयो। मत्ती ३:१६ “ अनि बप्तिष्मा लिएर येशू तुरून्तै पानीबाट माथि निस्किनुभयो; अनि हेर उहाँका निम्ति स्वर्ग खोलियो, अनि उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैँ ओर्लदै गर्नुभएको र आफूमाथि आउँदै गर्नुभएको देख्नुभयो ।” यस खण्डले हामीलाई अर्को विषयको परिचय दिन्छ अनि म प्रभु येशूको पुत्रत्वको बारेमा केहि कुरा बताउन चाहन्छु।
पुत्रको व्यक्तित्व
यसकारण हामीले यो ख्याल गर्नुपर्छ कि उहाँको सिद्ध मानवतालाई उहाँको ईश्वरत्वबाट कहिले पनि अलग गर्न सकिन्दैन, किनभने मत्ती ३:१७ मा हामी यसरी लेखिएको पाउँदछौं । “अनि हेर, स्वर्गबाट एउटा आवाज आयो, जसले भन्यो, ‘यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अत्यन्तै प्रशन्न छु।” यसरी परमेश्वरका पुत्रको वस्तविकतालाई पछि पावलले पुष्टि गरेका छन्, जब उनले फिलिप्पीका विश्वासीहरूलाई ईश्वरीय रहस्यको बारेमा पत्र लेखे। फिलिप्पी २:६-११ “जसले परेश्वर कै स्वरूपमा हुनुभएकोले परमेश्वर संग बराबरी हुनलाई लूटको माल सम्झनुभएन, तर आफैलाई रित्तो पार्नुभयो, र दासको रुप धारण गरेर मानिसहरूको समानतामा हुनुभयो; अनि मानिसजस्तो रूपमा प्रकट भएर उहाँले आफुलाई नम्र तुल्याउनुभयो; र मृत्युसम्म, अहँ क्रूसको मृत्युसम्म आज्ञाकारी हुनुभयो । यसैकारण परमेश्वरले पनि उहाँलाई अति उच्च पार्नुभयो, जो हरेक नामभन्दा उच्च छ; र स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि हुनेहरूको हरेक घुँडा येशूको नाममा तेकिनुपर्छ; र पिता परमेश्वरको महिमाका लागि हरेक जिब्रोले ‘येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ’ भनी स्वीकार गर्नुपर्छ ।” यसलाई अर्को अर्थमा भन्ने हो भने येशू नै परमेश्वर हुनुहुन्छ उहाँ सधै नै परमेश्वरको स्वरुपमा अवस्थित हुहुनहुन्थ्यो। जब उहाँ मानिस बनेर आउनुभयो जो पहिला कहिल्यै पनि मानिस भन्नुभएको थिएन त्यस समयमा पनि उहाँले आफ्नो ईश्वरत्वलाई कहिल्यै गुमाउनु भएन। उहाँ अनन्तसम्म परमेश्वर र मानिसको व्यक्तित्वमा एक व्यक्ति भएर रहनुहुनेछ किनभने यूहन्ना १:१४ ले हामीलाई यसरी बताउँदछ कि “अनि वचन शरीर हुनुभयो, अनि हाम्रा माझमा अनुग्रह र सत्यताले पूर्णभएर वास गर्नुभयो, अनि हामीले पिताको एक मात्र जन्माइएको पुत्रको महिमाजस्तो उहाँको महिमा देख्यौं।” उहि व्यक्तिको आगमनको बारेमा लूकाको सुसमाचारमा अझ धेरै विस्तृत जानकारी दिएको छ। म तपाईंलाई खण्डमा राम्ररी ध्यान लगाउनलाइ आग्रह गर्दछु। गाब्रिएल स्वर्गदूतले कन्या मरियमलाई भने, “नडराऊ, मरियम; किनकि तिमीले परमेश्वरबाट कृपा पाएकी छौ । अनि हेर, तिमीले गर्भधारण गर्नेछौ, र एउटा छोरा जन्माउनेछौ, र तिमीले उहाँको नाम येशू राख्नु । उहाँ महान हुनुहुनेछ र परमप्रधानका पुत्र कहलिनु हुनेछ; अनि प्रभु परमेश्वरले उहाँलाई उहाँका पिता दाऊद सिंहासन दिनुहुनेछ ।” उहाँको जन्म र मरण अर्थात दु:ख बारेमा धेरै विवरणहरू उल्लेख छन् तर अहिले लूका २:२१ लाई हेर्नछौं। …. “अनि बालकको खतना हुनका निम्ति आठदिन पूरा भए पछि उहाँको नाम येशू राखियो, जो चाहिँ उहाँ गर्भमा आउनुभन्दा पहिला नै स्वर्गदूतद्वारा राखिएको थियो ।” यसकारण यस नाममा अर्थात यस नामको प्रयोगमा कुनै गल्ति भएको छैन जो पूरानो नियम मै उल्लेख थियो । यस नामलाई येशूआ भने पनि येशूस भने पनि JESUS भने पनि कुनै गल्ति हुँदैन किनभने यसलाई पूरानो नियमको हिब्रु बाइबलको ग्रीक अनुबादमा पनि यसरी नै येशूस भनेर राखिएको छ।
अब म केहि निष्कर्षका वचनहरू बोलेर बन्द गर्नेछु ।
जब हामी JESUS अथव येशूआ भनेर कुरा गर्दछौं, त्यसबेला हामीले यो ख्याल गर्नु पर्दछ कि हामीले त्यस समयमा परमेश्वरका पुत्रको बारेमा कुरा गरिरहेका हुन्छौं जो परमेश्वरका अनन्त पुत्र हुनुहुन्छ । गलातीका विश्वासीहरूलाई यहूदीमतको कुरा सिकाएर भड्काउने अगुवाहरूको बारेमा पावलले यसरी लेखेकाछन्। “तर जब समय पूराभयो, तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनुभयो, जो स्त्रीद्वारा जन्मनुभयो ,व्यवस्थाको अधीनतामा जन्मनुभयो -हामी धर्मपुत्र हुन पाओं भनेर यस व्यवस्थाको अधिनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनालाई जन्मनुभयो । अनि तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले ‘हे अब्बा ,हे पिता भन्दै पूकारने आफ्नै पुत्रको आत्मा तिमीहरूका हृदयभित्र पठाउनुभएको छ ।” (गलाती ४:४-६) यी अगुवाहरूले आजका दिनका मानिसहरूले जस्तै हामीले पनि येशूआ नाम मात्र प्रयोग गर्नुपर्छ भनेजस्तै यहूदीमतका कति कुरा पालन गरेर मात्र हाम्रो मुक्ति हुन्छ भनेका थिए । यहाँ पावलले हाम्रो अदभूत प्रकाश र सौभाग्यको विवरण दिंदै पावलले हिब्रु शब्द ‘अब्बा’ लाई प्रयोग गरेकाछन् अनि यस्ता हिब्रु शब्दहरूलाई प्रयोग गर्नुहुँदैन भनेर बन्देज लगाएका छैनन् तर त्यसको लगत्तै उनले ग्रीक शब्द पातर अर्थात अंग्रेजीमा फादर भनेर पनि प्रयोग गरेका छन् जो हाम्रो नेपाली भाषामा पिता भनेर अनुबाद गरिएको छ। यसरी हिब्रु, ग्रीक र अंग्रेजीका शब्दहरूलाई एकैसाथ प्रयोग गरिन सकिने यो एउटा बिशेष उदाहरण हो । तर कुनै पनि भाषाको शब्दावली र भाषालाई नै बहिष्कार गर्नुहुँदैन अथव निषेधित गर्नुहुँदैन । यसको अर्को अर्थमा भन्नुपर्दा आजका दिनमा पनि त्यहि सिद्धान्त लागू हुँदछ जब हामीले हाम्रा मुक्तिदाताको नामको बारेमा कुरा गर्दा हामीले येशूआ भन्न सक्छौं, येशूस भन्न सक्छौं अनि JESUS भन्न सक्छौं। परमेश्वरको अनुग्रह हामी सबैकहाँ देखा परेकोछ जुन अनुग्रहको युगले अहिलेको समय अवधिलाई चित्रण गरेको छ। प्रेरित २ अध्यायमा जब पवित्र आत्मा आउनुभयो र मण्डलीको समय सुरुभयो त्यस समयदेखि अहिलेसम्म अवस्थित रहेकोछ। यो अनुग्रहको समय प्रभुको आगमनसम्म जानेछ र प्रभुको आगमनले यस समयलाई बन्द गर्नेछ। (१ थिस्सलोनी ४:१४-१८) यसमा अझ थप कुरा के छ भने परमेश्वरको अनुग्रहले परमेश्वरको सत्यतालाई कायम गरेको छ। यसले कहिल्यै पनि कुनै कुरामा सम्झौता गरेको छैन। यसैकारण परमेश्वरको सत्यातालाई अनुग्रहले सम्हाली राखेको हुनुपर्छ । “किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूकहाँ देखा परेको छ र हामीलाई यो सिकाउँछ- अभाक्ति र सांसारिक अभिलाषाहरू ईन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मासंयम, धार्मिक्ता र भक्तिसाथ जिउनुपर्छ; र त्यस धन्यको आशाको, र हाम्रा महान परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ ।” (तितस २:११-१३)
हिब्रुको पत्रिमा JESUS नाम ( ग्रीकको येशूस ) १४ पटक जति दोहोरिएको छ, जुन नामले एउटा समयमा मोशाका दास यहोशूलाई देखाएको थियो । (हिब्रु ४:८) अनि अरू समयमा चाहिँ यस नामले हाम्रा प्रभु येशू ख्रीष्टलाई देखाउँदछ। यसले यो पनि संकेत गरेकोछ कि ग्रीकको येशूसले भिन्न भिन्न व्यक्तिलाई संकेत गरेको पनि देखाउँछ। तर सन्दर्भलाई हेरेर मात्र हामीलाई थाहा लाग्छ कि कुन नाम कुन व्यक्तिको बारेमा बताइएको हो भनेर। जस्तो हामीले प्रस्थान र जाकारियको पुस्तकबाट अघि नै हेरिसकेका छौं। उचारण फरक भयो भन्दैमा एउटा भाषाको शब्दलाई भनौ अरू भाषाको प्रभुको नाम JESUS लाई अयोग्य ठहराउन मिल्दैन र येशूआ मात्र भनेर भन्नुपर्छ भनेर दाबी पनि गर्नु हुँदैन । किनभने यी सबै नामहरू JESUS / येशूस अर्थात येशूआ नामले एउटै व्यक्तिलाई संकेत गरेकोछ। येशूआ हामाशिया भनेको येशू मसिह भनेको हो । येशू परमेश्वरका पुत्र भनिएको हो। हामीले यस्ता भिन्नताहरू खडा गरेर परमेश्वरका मानिसहरूमाझमा बिभाजन सृजना गर्न दिनुहुँदैन । हामीले यो ख्याल गर्नुपर्दछ कि पवित्र आत्माले जहिले पनि परमेश्वरको बिचार अनुसार मेलमिलाप गर्न चाहनुहुन्छ। एक गराउन चाहनुहुन्छ। तर शरीरले बिभाजन ल्याउँदछ । यसकारण हामीले आफैलाई सुरक्षा गर्नुपर्दछ र आफैलाई हामी सबैमा ती कनानी स्त्रीको जस्तो बिश्वास हुनु जरूरीछ। “तब ऊ आई, र यसो भन्दै उहाँलाई दण्डवात् गरी, “प्रभु मलाई सहायता गर्नुहोस्।” तर उहाँले जवाफ दिएर भन्नुभयो: नानीहरूको रोटी लगेर कुकुरहरूलाका सामु फ्याँकीदिनु उचित होइन।” अनि उसले भनी: ज्यू प्रभु, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूको टेबलबाट खसेका टुक्राहरू खान्छन् ।” (मत्ती १५:२५-२६ )
अर्को निष्कर्ष के हो भने नामहरु र शब्दहरु जुन विभिन्न भाषामा प्रयोग भएका छन् एउटा भाषाको शब्दलाई सत्य मानेर अर्को भाषाको त्यही शब्दलाई नकार्ने कार्य गर्नुहुँदैन। प्रभु येशूको नामले उहाँको अदभूत व्यक्तित्वलाई दर्शाउँछ अनि उहाँ परमेश्वरका प्रिय पुत्र हुनुहुन्छ भनेर दर्शाउँछ। यसरी नामको बारेमा हामीले छलफल गरेका कुराले हामीलाई सहयोग पुग्यो भन्ने मैले आशा लिएको छु । यस बारेमा अरू भाईहरूले पनि धेरै बताउनेछन्। पछि हाम्रो प्रश्न उत्तर कार्यक्रमको समयमा सबैलाई भेट्ने आशा लिएका छौं । प्रभु येशू हाम्रो आशा हुनुनुहुन्छ । उहाँलाई नै हेरौं । प्रभुले तपाईहरूलाई आशिष दिएका हुन् ।
Lectures by Alfred Bouter- New England Fall Conference 2020.
अनन्तता -Eternity
अनन्तता
अनन्तता चाहिँ कति लामो समयको हुन्छ? अनन्तताको अन्त हुने कुरा जनाउनलाई देखाउने त्यस्तो कुनै दृश्य छैन ! यसको कुनै अन्त्य छैन ! यो हमेशा-हमेशाका लागि रहिरहने समय हो। यो कति चकित पार्ने वचनहरू हुन्। परमेश्वरले मानिसमा फुकिदिनुभएको जीवनको सासले मानिसलाई अनन्त जीव बनाएको छ-जुन जीवनको कुनै अन्त छैन।
दश लाख वर्ष (१ करॊड) लाई त मानिसले बुझ्न सक्तैन भने अनन्ततालाई झन् कसरी बुझ्न सक्छ र? तर यो अनन्ततालाई बुझ्न यस्तो एउटा कोशिष गरौं। एक हजार वर्ष त हाम्रा आदिकालका पूर्खाहरूको आयुभन्दा दशगुणा बढी हुन्छ भने १०००x १००० लाई गुणा गर्दा दश हजार वर्ष (१ करोड) हुन्छ। यति लामो समयले पनि अनन्तताको कुनै ज्ञान दिन सक्दैन भने, दश हजार वर्षलाई अनन्तताबाट घटाउँदा अनन्ततालाई एक रति पनि घटाउँदैन।
यस पुस्तिकामा हामी सुसमाचारको सभा, सन्डे स्कूल र बालबालिकाहरूका निम्ति गरिने सभाको बारेमा हेर्ने उद्देश्य राखेका छौं । यस्ता सुसमाचारिय सभाहरू अत्यन्तै महत्वपूर्ण हुन्छन् र यो कार्य हरेक मण्डलीको क्रियाकलापको मूख्य भाग बनिनु पर्दछ। यस्ता कार्यलाई मण्डलीले नै बहन गर्नु पर्दछ भन्ने होईन, तर प्रभुबाट बुलावट पाएका व्यक्तिहरुले व्यक्तिगतरूपले यस कार्यलाई बहन गर्नुपर्दछ अनि मण्डलीले चाहिँ यस्ता सभाहरूलाई प्रोत्साहन दिनुपर्दछ र प्रार्थना अनि भौतिक सामग्रीहहरूको सहयोग दिएर यस्ता कार्यलाई समर्थन दिनुपर्दछ ताकि अन्तमा उनीहरू उद्धारबिहिन मानिसहरूकहाँ पुगेर उनीहरूलाई उद्धारको मार्गको सन्देशमा ल्याउन सकेका हुन् र ती उद्धारबिहिन मानिसहरू पनि बाँच्न सकेका हुन् ।
सुसमाचारिय सभालाई अघि नै उल्लेख गरिएका अन्य सभाहरूको पंक्तिको अन्तिममा राखेर हामीले ती अघि हेरेका सभाहरूभन्दा कम महत्वको सभाकोरूपमा बर्गिकरण गरेका होईन अर्थात यो सभा चाहिँ कम महत्वको हो भन्न खोजेका होइनौ । कुरा यति मात्रै हो कि हामीले ती अन्य सभाहरूलाई अघिनै हेरिसकेका छौं र अब हामी यस सुसमाचारिय सभालाई पनि हेर्ने प्रयास गरिरहेका छौं जुन सभा चाहिँ वास्तवमा मण्डलीले नभएर मण्डलीमा रहेका व्यक्तिहरुले सुसमाचारको बोजले भरिएर यसतो सभाको भार उठाउन चाहन्छन् भने त्यसलाई पनि प्रोत्साहन गर्नुपर्छ भन्ने हैसियतले यस बिषयलाई अझ जोड़ दिन यो बिषयलाई यहाँ राख्न उचित ठानेका छौं । यो सुसमाचारिय सभा चाहिँ पहिला उद्धार नपाएकाहरू अर्थात् नबाँचेकाहरूका निम्ति हो र दोश्रो चाहिँ उद्धार पाएकैहरूका निम्ति पनि हो ताकि यी दुवै पक्षलाई सत्यातामा शिक्षा दिन सकिएको होस् । यो कार्य चाहिँ प्राथमिकरूपले प्रचारकको वरदान पाएकाहरूले गर्दछन् अनि उनीहरूको कार्य क्षेत्र चाहिँ संसार हो । यो कार्य मण्डली भित्रभन्दा पनि ज्यादा चाहिँ मण्डली बाहिर गरिन्छ ।
यद्दपि हरेक मण्डलीले सुसमाचारिय सभा र सन्डे स्कूलको सभाको निम्ति एउटा निर्धारित समय छुट्याएकै हुनुपर्छ ताकि जवान र बृद्धा दुबैमा सुसमाचार प्रचार गरियोस्। हरेक मण्डली चाहिँ पूर्णरूपले एउटा सुसमाचारिय मण्डली हुनुपर्दछ भन्ने कुरालाई शास्त्रले हामीलाई सिकाएको कुरालाई हामी दृड बिश्वास गर्दछौं। सुसमाचार प्रचारका निम्ति न्यानो हृदय लिएर जीवनको वचन प्रचार गर्दै उद्धारबिहिनहरूकहाँ पुग्ने हुनुपर्दछ। थिस्सालोनीको मण्डलीलाई पावलले यसरी लेखेका थिए: “किनकि तिमीहरूबाटै परमेश्वरको वचन म्यासिडोनिय र अखैयामा मात्र सुनिएको होईन,तर हरेक ठाउँहरूमा परमेश्वरप्रतिको तिमीहरूको बिश्वास टाडा टाडासम्म फैलिएको छ।” ( १ थिसालोनी १:८ ) मण्डली नै सुसमाचार वितरणको मूख्य स्थान र आधार हुनुपर्दछ जहाँबाट सुसमाचार यस अन्धकारपूर्ण संसारमा पुग्न सक्दछ अनि मण्डलीबाट नै प्रचारकहरू र प्रभुका खेतालाहरू अर्थात कार्यकर्ताहरू निस्किएर सडक र राजमार्गतिर उद्धारको संदेश लिएर निस्किन्छन्। यस्ता प्रचारकहरू र प्रभुका कार्यकर्ताहरू मण्डलीको संगति, प्रार्थना र प्रोत्साहनदूवारा उत्साहित बनेर सुसमाचार प्रचारको कार्यलाई निरन्तरता दिन्छन् ।
जसरी चारवटा सुसमचारले नयाँ नियमको जग निर्माण गरेको छ त्यसै गरी ख्रीष्टियन जीवनको जग पनि सुसमाचारको स्वीकार नै हो। यसैकारण सुसमाचार प्रचारले हरेक मण्डलीको साक्षीको जग निर्माण गरेको हुनुपर्दछ।सुसमाचार प्रचार गर्ने मन र हृदय नभएको कुनै पनि मण्डली निश्चय पनि शास्त्रमा उल्लेख भएको ईश्वरीय मण्डलीको नमूना अनुसारको मण्डली होईन। फिलिप्पीहरूलाई पावलले लेखेको पत्रिले हामीलाई बताउँदछ कि फिलिप्पीको मण्डली सुसमाचार फैलाउनमा कति उत्साहित थिए भनेर। “तिमीहरूले पहिलो दिनदेखि नै सुसमाचार फैलाउनका निम्ति दिएको सहयोगको निम्ति परमेश्वरलाई धन्यबाद चडाएका थिए। (फिलिप्पी १:३,४ ) अनि सुसमाचारको रक्षा र समर्थनमा सबै अनुग्रहको सहभागी भएका थिए भनि उनले भन्न सकेका थिए। ( फिलिप्पी १:७ )
यदि कसैले सुसमाचार प्रचार गरेर आत्माहरूलाई कुनै न कुनै किसिमले ख्रीष्टकहाँ ल्याउने प्रयास गर्दैन भने उसको आफ्नै आत्मिक अवस्था ठिक हुँदैन अनि कुनै पनि मण्डलीका सदस्यहरूले परमेश्वरको अनुग्रहको सुसमचार मानिसहरूकहाँ पुर्र्याउने प्रयास गर्नमा इच्छुक हुँदैनन् भने त्यो ख्रीष्टियन मण्डली पनि उचित आत्मिक अवस्थामा हुँदैन। सबै विश्वासीहरू सुसमाचार प्रचार गर्न सक्षम त हुँदैनन् तर सबैले आत्माहरू बाँचुन अर्थात आत्माहरूको उद्धार होस् भनेर प्रार्थना गर्न सक्छन् र सुसमाचारको घोषणा गर्नेहरूको निम्ति प्रार्थना गर्न सक्छन्। सबैले कुनै न कुनै व्यक्तिलाई सुसमाचारको सभामा ल्याउने प्रयास गर्न सक्छन्। सबैले आत्माहरूलाई मुक्तिदाता ख्रीष्टको गवाही दिन सक्छन्, र सुसमाचारका पर्चाहरू बितरण गर्न सक्छन्। यस कार्यमा कुन व्यक्तिको कस्तो वरदान रहेको छ भन्ने कुनै मतलब हुँदैन अर्थात उसित् कुनै प्रमूख वरदान नै किन नहोस्, त्यसको कुनै सरोकार हुँदैन, तर उसले पनि अरूको आत्माको उद्धारको निम्ति हृदयमा उत्कट चाहना राखेको हुनुपर्छ।
यदि मण्डलीहरू अनि त्यहाँका व्यक्तिहरू हप्तौं, महिनौं र वर्षौंसम्म पनि सुसमाचार प्रचारको लागि सिंगो प्रयास नगरी बस्छन् अनि एउटा आत्माले नयाँ जन्म नपाउँदा पनि सन्तुष्टकासाथ रहन सक्छन् भने ती मण्डलीहरू र त्यहाँका व्यक्तिहरूको आत्मिक स्तर अवश्य पनि धेरै तल झरेको हुनुपर्छ ।अर्कोतर्फ, जुन मण्डलीहरू र व्यक्तिहरू सुसमाचार प्रचार र आत्माहरूको उद्धारका निम्ति गम्भीररूपले प्रार्थाना गर्नलाई आकर्षित भएका हुन्छन्, त्यस मण्डलीमा आत्माको नवीनता महसुस गर्न सकिन्छ अनि त्यहाँ आत्माहरूप्रति साँचो जोस जागेर आएको हुन्छ, फलस्वरूप त्यहाँ आशिषका खोलाहरू बग्न थाल्दछन् । नयाँ आत्मा अर्थात् नयाँ गरेर परिवर्त्तन भएको व्यक्ति अनि साँचोरूपले नयाँ गरेर जन्मिएका व्यक्तिहरू मण्डलीका निम्ति नौलो आनन्दको श्रोत हुन् अनि उनीहरूले मण्डलीमा नयाँ जीवन ल्याउँदछन् । जहाँ सुसमाचारको निम्ति कुनै प्रयास अघि सारिएको हुँदैन अनि त्यहाँ कुनै पनि नयाँ आत्माको नयाँ जन्म हुँदैन भने त्यहाँका विश्वासीहरूमा मृत अवस्था र बोधोपना मात्र पाइन्छ । अनि त्यहाँ मर्न लागेको अवस्था आउन कर लाग्दछ,किनभने त्यहाँ सुसमाचार लिएर बाहिर जाने कार्य भएको छैन ।
सुसमाचारका तरिकाहरू- हामीले पवित्र शास्त्र बाइबललाई अध्यायन गर्नु आवश्यक छ र प्रेरितहरूले गरेको प्रचारको तरिककालाई ध्यान दिनु जरूरी पर्दछ । सुसमाचार प्रचार गर्नका लागि गरिने संसारिक ढंगको उत्ताउलो र उत्तेजक तरिका जो आजको कति ईशाईहरूमा देखिन्छ त्यस तरिकालाई नहेरेर हामीले प्रेरितहरूले गरेको प्रचारलाई अनुसरण गर्नुपर्दछ । आजका यस्ता प्रचारकहरूले प्रभुको काम संसारको तरिकामा गर्ने प्रयास गरेको देखिन्छ । हामीलाई मानिसको काम थोरै र परमेश्वरको काम धेरै चाहिएको छ । हाम्रो प्रचार चाहिँ ख्रीष्टको प्रेमप्रति ज्यादै खिचिएको हुनुपर्छ अनि आत्माहरूलाई परमेश्वरसित मिलाप गर्न विवश गराउने हुनुपर्छ । अनि हामीले प्रचार गर्ने सन्देशमा पवित्र आत्माले शक्ति दिएको हुनुपर्छ ताकि त्यस सन्देशले एउटा नबाँचेको आत्मालाई पश्चाताप गरी सुसमाचारलाई बिश्वास गर्ने बनाएको होस् । हामीले पश्चातापको प्रचार गर्न भुल्नु हुँदैन । मानिस पतन र बिनाशमा गईरहेकोछ भन्ने कुरा प्रचार गर्नु पर्छ तर मानिसको त्यस्तो अवस्थाको निम्ति परमेश्वरले प्रबन्ध गर्नुभएको उद्धारको उपायको प्रचार गर्नु पर्दछ। अनि त्यो उपाय चाहिँ केवल हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रहको सुसन्देशमा पाइन्छ।
हामीले सुसमाचारको चिरस्थायी परिणामहरूको निम्ति यी वचनहरूलाई सम्झना गर्नु पर्दछ । “नता बलले, न शक्तिले, तर मेरो आत्माले भनी सेनाहरूका यहोवा भन्नुहुन्छ ।” (जकरिया ४:६ ) याकूब ५:७,८ लाई पनि सम्झौ : “हेर पृथ्बीका बहुमूल्य फलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्ष नहुन्जेल धैर्य धारण गरेर पर्खी रहन्छ । तिमीहरूले पनि धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनभने प्रभुको आगमन नजीकै छ ।” उहाँको आगमनले महान कटनीको दिन ल्याउनेछ अनि बहुमूल्य आत्माहरूको उद्धारको निम्ति गरिएको प्रचार र उहाँको निम्ति गरिएको परिश्रमको फल प्रकट गरिनेछ । यसका साथै संसारको जताततै छरिएका जवान र बृद्धाहरूको हृदयमा उत्सुक्ताका साथ् सुसमाचारको असल बिउ छर्ने काम गरौँ अनि त्यो बिउ उम्रेर फल फलेको हेर्नलाई धैर्यताकासाथ प्रतिक्षा गरौँ; यो ख्याल गरौँ कि साँचोरूपले परिवर्त्तन भएको एउटा आत्मा नै मानिसको उपायदूवारा केवल नामको निम्ति प्राप्त गरेका पवित्र आत्माको वास्तविक् काम नभएका हजारौं नामधारी आत्माहरूभन्दा उत्तम हो ।
यो पनि यहाँ थप्नु उचित होला कि प्रचारक अनि सुसमाचारको काम गर्ने व्यक्तिलाई उसको सुसमाचार प्रचार गर्ने तरिका जुन लिएर अगाडी बढ्दछ, उसलाई त्यसमै स्वतन्त्र छोडीदिनु पर्छ, किनभने ऊ आफ्नो व्यक्तिगत र आफ्नो बिश्वासको शक्ति अनुसार अगाडी बढेको हुन्छ, अनि ख्रीष्टको निम्ति मात्र आफ्नो व्यक्तिगत जिम्मेवारीको धरातलमा उभिएको हुन्छ । “ त्यो त आफ्नै मालिकको निम्ति खडा हुन्छ अथवा पतित हुन्छ ।” (रोमी १४:४ ) यसकारण हामीले अर्को मानिसको दासलाई जाँच गर्नु हुँदैन । उसलाई कुनै नियमहरू र ब्यबस्थापनहरूले बाँध्नु हुँदैन नता कुनै संकीर्ण मन भएका मानिसहरूले बाधा पुर्याउनु नै हुन्छ । त्यस्ता मानिसहरू जो हरेक कुराहरूप्रति असहमति प्रकट गर्छन्,जुन तिनीहरूको आफ्नै बिचारसँग उपयुक्त ठहरिंदैन । सुसमाचार प्रचार गर्ने कार्यकर्ताहरूलाई कुनै पनि नियम र व्यबस्थाको निश्चित घेरामा थुन्नु हुँदैन र कसैले नियन्त्रण गर्नु हुँदैन । निश्चित नियम र क्रमहरू आराधनाको सभाका निम्ति उपयुक्त हुन्छन् ।
एउटा बिशाल हृदय भएको प्रचारकले आफ्नो प्रभु र मालिकका साम्नेमा धेरै कामहरू गर्न सिद्धरूपले स्वन्तन्त्रता मनिरहेहो हुन सक्छ यद्यपि मण्डलीमा रहेका धेरैले त्यसलाई कदर गर्न नसक्लान अर्थात उनको सेवाको ढाँचा अरूको सोच विचारसँग नमिल्ला । उसले बोल्ने एउटा तरिका अपनाउन सक्छ, अथवा काम गर्ने एक किसिमको ढाँचा अपनाउन सक्छ, तर यस्तो कार्य सम्पूर्ण ढंगले मण्डली बाहिरै गर्न सक्छ । तर जहाँसम्म उसले शास्त्रका मौलिक सिद्धान्तहरूलाई भंग गर्दैन भने, उसले गर्ने काममा हामीले हस्तक्षेप गर्ने र उनलाई दोषी ठान्ने अधिकार छैन । उसको आफ्नै तरिकामा र प्रभुप्रतिको व्यक्तिगत जिम्मेवारीमा स्वतन्त्ररूपले काम गर्न छोडीदिनु पर्दछ । कसैले प्रभुको निम्ति छुट्टै किसिमले काम गर्न चाहन्छ भने त्यस कामको लागि मण्डली जिम्मेवार रहँदैन । “तब यसैले हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ ।” (रोमी १४:१२)
प्रभुले यो आदेश दिनुभयो, “सारा जगतमा गएर हरेक प्राणीलाइ सुसमाचार प्रचार गर ।” तर यो कुन तरिका या ढाँचामा गरिनु पर्ने हो भनेर उहाँले उल्लेख गर्नुभएन । यसैकारण सुसमाचार प्रचार गर्न कस्तो तरिका र ढाँचा अपनाउनु भन्ने कुराको जिम्मेवारी उहाँले हरेक व्यक्तिको हातमा छोड्नुभएको छ अनि यो बदलिँदो परिवेश र परिस्थिति कस्तो ढाँचाको जरूरी पर्दछ, त्यहि अनुरुप गर्नु पर्दछ । यस बदलिँदो युगमा बेग्ला बेग्लै किसिमको राष्ट्रिय प्रथाहरू र अवस्थाहरू रहेको ठाउँमा पवित्र आत्माले जसरी अगुवाई गर्नुहुन्छ, त्यहि अनुरुप कसै कसैले काम गर्दै जान्छन् । प्रेरित पावल भन्दछन् , “ कुनै किसिमले कसै कसैलाई बचाईहालूँ भनेर सबैका निम्ति म सब कुरा भएँ ।” (१ कोरिन्थी ९:२२) “ जसले आत्माहरू जित्छन्, उनी ज्ञानी हुन् ।” (हितोपदेश ११:३०)
सन्डे स्कूल- प्रभु येशूले भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक,किनभने स्वर्गको राज्य यस्तैहरॊको हो ।” अनि जब उहाँले “ एकजना सानो बालकलाई आफूकहाँ बोलाउनु भयो र चेलाहरूको माझमा उभ्याउनुभयो, तब उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, यदि तिमीहरू पनि बदलिएर यी साना बालकहरू जस्तै भएनौ भने,तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ ।” अनि जसले यस्ता साना बालकहरूलाई मेरो नाममा ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ ….यसकारण होसियार बस, र यस्ता बालकहरूलाई तुच्छ नठान ।” ( मर्कूस १०:१४;मत्ती १८:२,३,५,१०) यसैकारण हाम्रा देशका बालबालिकाहरूलाई हाम्रो सुसमचारिया प्रयासमा कहिल्यै बिर्सिनु हुँदैन ।
हो, बालबालिकाहरूले नै सुसमाचारको कार्यको निम्ति अत्यन्तै फालदायिक क्षेत्र निर्माण गर्दछन्, किनभने उनीहरूको हृदय अझै कलिला हुन्छन् र ख्रीष्टको वचनदूवारा गरिने स्वर्गीय बुलावटप्रति धेरै कोमल र सम्वेदनशील हुन्छन् । उनीहरूको हृदय अझैसम्म पापको कारणले कठोर भएको हुँदैन । उनीहरू आफ्नो जीवनलाई निर्माण गर्ने क्रममै हुन्छन्, जतिबेला उनीहरूको आचरण परिवर्त्तन हुन्छ र आफ्नो नियति निर्माण गरिरहेका हुन्छन् । एक वैज्ञानिक अर्थात मनोविशेसज्ञले भनेका छन्: “एक जना व्यक्तिले आफ्नो शीलस्वभावलाई आफु बयस्क (प्रौड) भएपछि कमै मात्रमा बदल्न सक्छ।” अनि यो कुरा अनुमान लगाईएको छ कि हजारमा एक जना मात्र आफ्नो उमेर २० वर्ष पुगे पश्चात परिवर्त्तन भएको छ। एक पटक १५०० प्रचारकहरूलाई उनीहरू परिवर्त्तन हुँदाको उमेर सोधेर प्रश्न पठाईएको थियो, अनि त्यस अनुसन्धानले यहि प्रमाणित गर्यॊ कि उनीहरूको औसत उमेर प्राय १२ वर्ष थियो । ब्रूक्लिन न्यू योर्कका एकजना न्याधिशले भनेका थिए कि उनको कोर्टमा ल्याईएका २७०० ठिटाहरू मध्ये एक जना पनि सन्डे स्कूलका विद्यार्थी थिएनन् ।
यी सबै तथ्यांकहरूले यूवाहरू र बालबालिकाहरूमाझ सुसमचारिया सेवा कति धेरै महत्वपूर्ण छ भन्ने देखाउँदछ । सन्डे स्कूलको उद्देश्य भनेको बालबालिकाहरूलाई बाईबलका अमूल्य सत्यताहरू सिकाउनु हो । बालबालिकाहरूलाई मानिसको पाप र ख्रीष्ट येशूमा उद्धारको बारेमा सिकाउनु हो ।अनि यस संसारमा एउटा ख्रीष्टियनले हिँड्ने बाटो र उसले गर्नु पर्ने कामको बारेमा सिकाउनु हो । उनीहरूलाई यी कुराहरू सिकाएर मात्र काफी हुँदैन, तर हामीले उनीहरूको हृदयलाई ख्रीष्ट निम्ति जित्ने कोशिस गर्नु पर्दछ र उनीहरूको जीवन परिवर्त्तनका लागि प्रार्थना गर्नु पर्दछ ।
सन्डे स्कूलको बारेमा लेख्ने क्रममा, एक जना प्रसिद्ध प्रभुका दास सी.एच.मेकिन्तोषदूवारा लेखिएको पत्रलाई उल्लेख नगरी हाम्रो यो बिषय अपूरो नै रहनेछ भन्ने महसुस गरेका छौं । यो पत्र धेरै बर्ष पहिला लेखिएको थियो । त्यस पत्रलाई नै हामी यहाँ उल्लेख समाबेश गर्न चाहन्छौं ।
प्रिय मित्र,
तपाईहरूले सन्डे स्कूलको सभा शुरू गर्नु भएको कुरामा हामी साँचोरूपले धन्यबादी भएका छौं, अनि यस सन्डे स्कूलको र त्यसलाई संचालन गर्ने तरिकाको बारेमा केहि सल्लाह र सुझावका वचनहरू राखी दिन तपाईले गर्नुभएको अनुरोधलाई स्वीकार गर्दै यस पत्रलाई अगाडी बढाउन चाहन्छु ।
हामी जति धेरै बाँचछौं, त्यति नै धेरै सन्डे स्कूलको शिक्षाको कामलाई मूल्यवान ठान्दछौं । हामी यसलाई अत्यन्तै चाखलाग्दो र हर्षको बिषयको रूपमा हेर्दछौं; अनि हामी बिश्वास गर्दछौं कि प्रभु येशूको नाममा भेला हुने हरेक मण्डलीहरूले यस्ता कामहरूलाई प्रार्थना र सहानुभूति दिएर समर्थन गर्नुपर्दछ ।
कोहि कोहि छन्, जसका बारेमा कुरा गर्दा मलाई धेरै दु:ख लाग्दछ, उनीहरूले यस बिषयमा धेरै निराशा अर्थात चिसो न तातोपन देखाएका छन्, र यस्तो कार्यलाई पूर्णरूपले रोक लगाउन खोजेका छन् । उनीहरूको दृष्टिमा, सन्डे स्कूलले प्रभुमा बाबु आमाले आफ्ना बालबालिकाहरूलाई अर्ती उपदेश दिने कर्तब्यमाथि सिधा हस्तक्षेप हुन्छ भन्ने रहेको छ । हामीले सन्डे स्कूल गर्नु अर्थ बाबु आमाहरूलाई आफ्ना बालबालिकाहरूलाई प्रभुमा अर्ति उपदेश दिने जिम्मेवारीबाट बन्चित गराउनु हो र उनीहरूलाई यस्ता जिम्मेरवारीबाट गिराउनु हो भन्ने उनीहरूको तर्क रहेको छ । यस्तो आरोपको निम्ति उनीहरूसँग दरिलो आधार थियो भने त यो गहकिलो आरोप हो भनी हामी ठान्ने थियौं; तर त्यसो होइन,किनभने सन्डे स्कूल चाहिँ कसैको जिम्मेवारीमाथि हस्तक्षेप गर्नलाई निर्माण गरिएको होइन, तर उनीहरूलाई नै सहयोग गर्न, बाबु आमाहरूले दिन नसकेको अर्थात दिन नजानेको शिक्षा र तालिम दिलाउनका निम्ति निर्माण गरिएको हो । हजारौं प्रिय बालबालिकाहरू आज गल्लीहरूतिर, बाटोतिर, र ठुल्ठुला शहरको चौकहरूतिर भौंतारि रहेका छन् जसका कि त बाबु आमा छैनन्, कि त उनीहरूका बाबु आमाले उनीहरूलाई शिक्षा दिन सकेका छैनन् कि त उनीहरूले शिक्षा दिन चाहेका छैनन् । यस्तै अवस्थामा सन्डे स्कूलका शिक्षकहरूले आफ्नो भलाईपूर्ण आँखा लगाउन सक्छन् । शंका छैन, जब यस्ता बालबालिकाहरूले उनको कक्षाको बेञ्च (खटिया ) हरू भरिदिन्छन् तब उनलाई धेरै हर्ष लाग्दछ; तर जो गरिब छ, बेहाल छ, र त्यगिएको छ, त्यस्ताहरू नै उनको सेवाको बिशेष लक्ष्य बनिन्छन् ।
सन्डे स्कूलको शिक्षकको कामको फल कहिले र कहाँ देखिन्छ भनेर भन्न असम्भव छ । सायद त्यो कामको फल अफ्रिकाको कुनै पतपति तातिएको बालुवामा देख्न सकिन्छ होला, कि त उत्तरको हिम जमेको क्षेत्रमा देख्न सकिन्छ । सयाद त्यसको फल मध्ये बनमा देखिन्छ कि त समुन्द्रको छालहरूमा देख्न सकिन्छ ; त्यो कामको फल अहिले वर्त्तमान युगमै देख्न सकिन्छ अथवा ती कार्यकर्ता महिमामा उठाइएको धेरै वर्ष पछि देख्न सकिन्छ । तर, यो फल जहाँ सुकै देखिए पनि फल निश्चय नै प्राप्त हुनेछ, जब बिश्वाससहित बिऊ छरिन्छ र प्रार्थनादूवरा मलजल गरिन्छ ।
यस्तो पनि हुन् सक्छ कि सन्डे स्कूलको एउटा बिद्यार्थी पछि गएर अति नै दुष्ट यूवक बन्न सक्छ-एउटा दुष्ट मानिस बनिन सक्छ; उसले सबै असल, पवित्र र सत्य कुराहरू भुलेको देखिएला-उसको पापपूर्ण अभ्यासले गर्दा उसमा भएका हरेक पवित्र स्वभाव छापहरू हराएर गएको देखिएला; यद्दपि, यी सबै कुराहरू हुँदा हुँदै पनि, उसको हृदयको कुनै कुनामा पवित्र शास्त्रका अमूल्य खण्ड र पदहरू रहेका हुन सक्छन् । उसको स्मरणको गहिराइमा मिठा भजनका श्लोक र शब्दहरू गडेर रहेका हुन्छन् । उसको मूर्खता र अबिश्वास्ताको मुनि यी वचन र भजनहरू रहिरहेका हुन्छन् । अनि यी शाश्त्रका वचन र भजनहरू कुनै बेला ऊ एकान्तमा रहेका बेला उसका मनमा आउन सक्छन् या त उनको मृत्युशैयामा छटपट्टाई रहेको बेलामा उसका मनमा आउन सक्छन् अनि पवित्र आत्माले यी नै वचन र भजनहरूलाई उसको आत्मा बचाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसैकारण, जवान छँदै , बालिकाहरूमा स्वर्गीय कुराहरू हाली दिनु पर्छ भन्ने कुराको महत्वलाई ब्याख्य गर्न कसले पो आँट गर्ला र ?
तर हामीलाई, सायद यस्तो प्रश्न पनि गरिन्छ होला, कि सन्डे स्कूलको शिक्षकले अर्थात सुपेरिभेक्षकले गर्ने बिशेष कार्यको बारेमा नयाँ नियममा कहाँ चाहिँ उल्लेख गरिएको छ अथवा यस्तो कार्य गर्ने अधिकार चाहिँ हामीलाई कहाँ दिएको छ ? त्यस्तो प्रश्न गर्नेहरूलाई हामी यसरी उत्तर दिन्छौं कि सन्डे स्कूल भनेको उद्धार नपाएकाहरूलाई सुसमाचार प्रचार गर्ने र परमेश्वरका बालबालिकाहरूलाई पवित्र शास्त्रलाई ब्याख्या गरिदिने यो एउटा अर्को माध्यम मात्र हो । यसलाई अझै स्पष्टरूपले भन्नु पर्दा, सन्डे स्कूल एउटा सुसमचारिया कामको हाँगा हो अनि हामी यसलाई नहिच्किच्याई भन्न सक्छौं कि सन्डे स्कूल र अन्य सुसमचारिया कदमहरू चलाउनका लागि नयाँ नियमका पानाहरूमा प्रशस्त अधिकार दिएको पाउँदछौं ।
तर, हाय ! दु:ख लाग्दो कुरा यहि छ कि हामीहरू माझमा धेरै यस्ता मानिसहरू छन्, जसको सुसमाचारको कुनै पनि हाँगा अर्थात शाखामा पटक्क मन छैन । उनीहरू जवानहरूका माझमा पनि काम गर्न मन पराउँदैनन्, नता बृद्ध-बृद्धाहरू माझमा काम गर्न चाहन्छन् । यस्तो काम गर्नलाई उनीहरूले अवहेलाना मात्र गर्दैनन् तर यस्तो आशिषमय काम गर्न चाहनेहरूमाथि चिसो पानी खन्याई दिन्छन् । अनि कति पटक यस्तो पनि हुन्छ कि जसकसैले सन्डे स्कूलको कामप्रति चाहिँ आपति जनाउँछन् तर सुसमाचारको कार्य चाहिँ गर्नु पर्छ भनेर भन्छन् भने ती मानिसहरू धेरै चतुर रहेछन् भनेर बुझ्नु पर्छ र यस्ताहरूले जवान जवानीहरूसँग कसरी बात गर्छन् , त्यसलाई राम्ररी ओजन गर्नुपर्छ ।
तर तपाईलाई चाहिँ, प्रिय मित्र, हामी यहि भन्न चाहन्छौं कि तपाईले गर्न लाग्नु भएको काम जो सन्डे स्कूलको काम हो त्यो काम गर्न तपाईलाई कुनै कुराले पनि निरास नबनाओस । यो एउटा असल काम हो, अनि अनेक बिरोधका बाबजुद पनि तपाई अगाडी बढ्नुहोस । किनभने हामीलाई हरेक असल कामको निम्ति तयार रहन आज्ञा गरिएको छ, र “यदि भलाई गर्न थाकेनौ भने,ठीक समयमा हामी त्यसको कटनी गर्नेछौं ।” (गलाती ६:९)
अब सन्डे स्कूल चलाउने बिधि र तरिकाको सम्बन्धमा भन्नु पर्दा, हामी यहि कुरा स्मरण गराउन चाहन्छौं कि यो एउटा व्यक्तिगत सेवा हो र यो काम प्रभुप्रतिको व्यक्तिगत जिम्मेवारीमा गर्ने गरिन्छ ।शंका छैन कि यो सेवा अत्यन्तै महत्वपूर्ण छ र यो काम गर्नलाई तपाइका संगतिका संगी कार्यकर्ताहरू र संगतिका दाज्युभाईहरूसँगको पूर्ण संगतिमा रहेर यो काम गर्नु पर्दछ; तथापि सन्डे स्कूलको शिक्षक अर्थात सुपेरिभेक्षकको काम चाहिँ प्रभुप्रतिको व्यक्तिगत जिम्मेवारीमै गर्नु पर्दछ अनि आफुलाई दिएको अनुग्रहको वरदानका आधारमा गर्नु पर्दछ । यस कार्यका लागि मण्डली जिम्मेवार रहँदैन र अरू कसैको व्यक्तिगत सेवामा मण्डली सहभागी बन्नु पर्छ भन्ने छैन । आइतबार बेलुकीको प्रचार सभा, घरेलु सेवा, कुनै लेक्चर अर्थात प्रवचनको सेवा अर्थात बाईबल अध्ययनको सेवामा सम्पूर्ण मण्डली सहभागी बनिनु पर्छ भन्ने छैन । यद्दपि, निश्चितरूपले, यदि मण्डली आत्मिक अवस्थामा बढेको छ र आत्मिक अवस्थामा स्वस्थ मण्डली छ भने, मण्डलीले निश्चय पनि सन्डे स्कूलको काममा अनि अन्य कुनै पनि व्यक्तिगतरूपले गरिने सेवामा संगति गर्न सक्छ अर्थात ती सभाहरूमा आफ्नो संगति रहेको जनाउन सक्छ ।
तपाईले यो पनि थाहा पाउनु हुनेछ,र हामीले गल्ति गरेनौ भने, यो स्पष्ट देखिन्छ कि सन्डे स्कूललाई प्रभावकारी ढंगले संचालन गर्नलाई हामीलाई एउटा सक्षम सुपेरिभेक्षकको जरुरत पर्दछ । एउटा यस्तो व्यक्ति जो जाँगरिलो छ, ब्यबस्थित र अनुसाशित छ, त्यस्तो व्यक्ति चाहिन्छ । एउटा पूरानो कथन छ, “जे सबैको जिम्मेवारमा छ,त्यो कसैको पनि जिम्मेवारमा छैन ।” यो कथन बिशेष गरेर यहाँ लागू हुन्छ । सन्डे स्कूललाई राम्ररी व्यवस्था नगरिएकाले धेरै सन्डे स्कूलहरू धूलोमा पुगेको पनि हामीले देखेका छौं । कसैले केहि समयका लागि सन्डे स्कूलको काम शुरू गर्छ र पछि त्यतिकै छोडिदिन्छ ।यस्तो गरियो भने सन्डे स्कूलले कहिल्यै भलो गर्न सक्दैन ।सन्डे स्कूलका सुपेरिभेक्षक, शिक्षक र भिजिटर अर्थात आगन्तुकहरूले आफ्नो पूरा समर्पणमा यस कार्यमा प्रवेश गर्नु पर्दछ । राम्रो भए चलाउने, नभए छोडिदिने हेतुले यो काम शुरू गर्नु हुँदैन । यो काम गर्नलाई धैर्यतासहितको जाँगर चाहिन्छ अनि त्यस काममा प्रवेश गरे पछि हृदयमा साँचो उद्देश्यकासाथ अगाडीमा बढाउनु पर्दछ ।प्रभुले नै बालबालिकाहरूको हृदयमा काम गर्नुहुन्छ भन्ने बहाना बनाएर सुपेरिभेक्षक र शिक्षकले सन्डे स्कूलको काम छोड्ने काम गर्नु हुँदैन ।सन्डे स्कूलका सुपेरिभेकक्षक उसको गोलपोस्टमा रहिरहनु पर्छ । आफु बिरामले असक्त भएमा अर्थात कुनै कारणले अनुपस्थित हुने भएमा, आफ्नो बदलीमा उपयुक्त व्यक्ति राखेर मात्र छोड्नु पर्दछ ।
यो अत्यन्तै महत्वपूर्ण कुरा हो कि सन्डे स्कूलका हरेक कामका हाँगालाई नयाँ जोश, हृदयबाट कै बोझकासाथ् गर्नुपर्दछ अनि आफ्नो व्यक्तिगत भक्तिपूर्ण जीवनले गर्नुपर्दछ । अनि जसरी हामी प्रार्थना सेवा र अन्य कन्फरेन्सहरूमा सहभागी बन्न चाहाना राख्दछौं, त्यस्तै यो सन्डे स्कूलको सभालाई पनि त्यतिकै महत्वकासाथ हेर्नुपर्दछ । सन्डे स्कूल गर्छु भनेर सन्डे स्कूल शुरू गर्नेहरूकै लापरवाहीले, परिश्रम र लगनशिलाताको कमीले सन्डे स्कूलको काम सडेर गयो भने,त्यो जति दु:ख लाग्दो र लाजमर्दो अवस्था अर्को केहि हुँदैन । बाधा र वेवधानहरू आइनै हाल्छन् ,त्यसमा कुनै शंका छैन; अनि यो काम पनि धेरै कठिन र निरासाजनक नै छ; तर, यदि हामीले बोलेका वचनमा केहि ओजन अर्थात अर्थ हुन्छ भने, सन्डे स्कूल जस्तो अमूल्य सेवामा संलग्न रहेकाहरूलाई हामी हृदयबाट नै जोड दिएर भन्न चाहन्छौं, कि तपाईको काम अथवा जोशलाई कुनै कुराले पनि नामारोस् । उहाँको कामको निम्ति तापाईमा जागृत भएको जुन जोशको गरम बाफ छ, त्यसलाई कुनै कुराले पनि ओस्याउने अर्थात चिसो बनाउने काम नगरोस् । यो कार्यलाई लिएर तपाई अगाडी बढ्नुहोस! अगाडी बढ्नुहोस ! अनि फसलका मालिक प्रभुले नै तपाईको प्ररिश्रमको फल दिएका हुन् र तपाईको कामलाई प्रशस्त आशिषहरू दिएका हुन् ।
हामीले यो टिपणी गरिराख्नु जरूरी त थिएन ता पनि हामी यो उल्लेख गर्न चाहन्छौं कि एउटा नयाँ गरेर नजन्मिएको व्यक्ति भनौं अपरिवर्त्तित व्यक्तिले सन्डे स्कूलको काममा भाग लिन हुन्छ भनेर हामी सोच्दैनौ । शिक्षक आफैलाई थाहा नभएको अनि ऊ आफैले अनुभव नगरेको कुरा उसले अरूलाई सिकाउँछ भन्ने कुरामा हामी बिश्वास राख्दैनौ । यदि कुनै ठाउँमा यस्तो गरिएको छ भने यसले दु:ख लाग्दो परिणाम ल्याउँछ भन्ने हामी सोच्दछौं । शंका छैन कि परमेश्वरले आफ्नो सार्वभौमिक्तामा एउटा उद्धार नपाएको व्यक्तिको ऒठबाट आएका वचनलाई पनि प्रयोग गरेर अरूमा काम गर्न सक्नुहुन्छ; तथापि त्यस्ता व्यक्तिलाई प्रयोग गर्नुको अर्थ चाहिँ त्यहाँका विश्वासीहरूको सुस्तता र दुर्बल्ता हो । त्यस्ता व्यक्तिहरूलाई सन्डे स्कूलको कार्यमा स्वीकार गर्नु र कामका निम्ति अनुमति दिनु हुन्छ भनेर हामी एकरति पनि सोच्दैनौ । यदि कुनै व्यक्तिमा सन्तुष्टरूपको उद्धार अर्थात परमेश्वरप्रति परिवर्त्तनको प्रमाण छैन भने त्यस्ता व्यक्तिलाई सन्डे स्कूलको काममा नियुक्त गर्नु गलत कार्य हो । त्यसो गरेर हामीले उसको आफ्नै घातक भ्रमलाई समर्थन गर्नेछौं ।
अन्तमा हामी यहि भन्न चाहन्छौं कि सन्डे स्कूललाई मण्डलीका सभाघरका कमाराहरूमा मात्र नगरेर अन्य धेरै ठाउँहरूमा गर्न सकिन्छ । सम्भव भए सम्म हामीले बिभिन्न ठाउँहरूलाई प्रयोग गर्नु पर्दछ ।नानीहरूको सभालाई हामीले हप्ताभरिका दिनहरूमा गर्न सक्छौं । यस्ता सभाहरूलाई हामीले हाम्रा घरहरूमा गर्न सक्छौं अनि ढोका खुल्ला रहेका कुनै पनि ठाउँमा गर्न सक्छौं । बर्खे छुट्टीमा बाईबल स्कूल गर्न सक्छौं । यो समयमा नानीहरूलाई परमेश्वरको बचन र सुसमाचार पुर्याउने यो राम्रो समय रहेको प्रमाणित भएको छ । नानीहरू र यूवाहरूका लागि बाईबल क्याम्प पनि अत्यन्तै महत्वपूर्ण बाटो ठहरिएको छ । प्रभुले यस्ता जवान जवानीहरूलाई ख्रीष्टको निम्ति जित्न र उनीहरूलाई वचन सिकाउन धेरै पारिश्रमिक कार्यकर्ताहरू खडा गर्नुभएको होस् ।
तपाई नयाँ गरेर जन्मि नै पर्छ |
तपाई नयाँ गरेर जन्मि नै पर्छ |
हेरोल्ड एस मार्टिनदूवरा लिखित
नयाँ जन्म हाम्रो जीवनको मुख्य परिवर्त्तन हो,जसमा परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ, जब हामीले मुक्तिको सर्तलाई पूरा गर्दछौं | नयाँ जन्म भनेको कुनै वृक्षले पालुवा फेरे जस्तो होइन | नयाँ जन्म भनेको हाम्रो जीवनका आचरणलाई सुधार गर्नु वा भाषालाई शुध्द पार्नु होइन | नयाँ जन्म भनेको एउटा पश्चताप गर्ने पापीमा परमेश्वरको अनुग्रहको काम प्रकट हुनु हो | जब एउटा पापी मानिसले सुसमाचारको निम्तोलाई स्वीकार गर्दछ,उसमा परमेश्वरको अनुग्रहको काम प्रकट हुन्छ,अनि त्यसैमा नयाँ जीवनको लक्षण प्रष्ट हुन्छ |
प्रभु येशू लगायत उहाँका प्रेरितहरू,पत्रुस,याकूब र यूहन्नाले नयाँ जन्मलाई “आत्मिक पुनर्जन्म“भनेर भनेका छन् |(यूहन्ना३:५-७;१ पत्रुस १:३,२३; याकुब;१:१२;१ यूहन्ना ३:९) एउटा बिश्वास गरेर पश्चताप गर्ने व्यक्तिमा पबित्र आत्मा सुटुक्कै प्रवेश गर्नुहुन्छ र त्यस ब्याक्तिमा अद्भूत परिवर्त्तन ल्यउनुहुन्छ | यस परिवर्त्तनको सम्पूर्ण प्रक्रिया नै एक रहस्यमय छ | प्रभु येशू भन्नु हुन्छ “बतास जता इच्छा गर्छ,त्यातै बहन्छ | तिमी त्यसको आवज सुन्छौ,तर कहाँबाट आउँछ र कता जान्छ,त्यो जान्दैनौ | आत्माबाट जन्मेको हरेक त्यस्तै हुन्छ |” यस पर्चामा हामी पबित्र शास्त्र बाइबलले नयाँ जन्मको बारेमा के बताउँदछ भन्ने बारेमा हेर्ने छौं |
१ ) नयाँ जन्मको आवश्याक्ता |
प्रभु येशूले निकोदेमस भन्ने एक शुध्द नैतिकता र समाजमा सम्मानित व्यक्तिलाई “तिमि नयाँ गरेर जन्मनै पर्छ” भनेर भन्नुभयो | यो नयाँ गरेर जन्म नै पर्छ भन्ने कुराले यो स्पष्ट गर्दछ कि नयाँ जन्मको कुनै विकल्प छैन | नयाँ जन्म नितान्त आवश्यक कुरा हो | परमेश्वरलाई रिझाउने हाम्रो आफ्नै क्षमता नभएको कारणले हामीलाई नयाँ जन्मको आवश्याक पर्दछ | पहिलो मानिस आदमले अनाज्ञकारिताको पाप गरेर एउटा पापी स्वभाव हासिल गरे र तिनको पापी स्वभाव आफ्ना सन्ततिमा सर्यो,फलस्वरुप हामी सबैमा पापी स्वभाव अवस्थित छ;जो स्वभाव धार्मिक परमेश्वरको बिरोध्दमा छ र यसले परमेश्वरलाई खुशी तुल्याउन सक्तैन I उत्पति ३ को चुकाउको घटना पछि सम्पूर्ण मानिस जातिलाई पापी अवस्थामा पाईन्छ र यस पापी अवस्थाबाट माथि हामी आफै उठ्न सक्तैनौ | हाम्रो प्राकृतिक जन्म अनुसार परमेश्वरका कुराहरूलाई उपभोग गर्न सक्तैनौ | यर्मिया अगमवक्ता भन्छन कि “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ,त्यो अति भ्रष्ट हुन्छ,त्यसलाई कसले जान्न सक्छ र ?” (यर्मिया १७:९)
परमेश्वरको निर्वाद शुध्दताको कारणले गर्दा पनि हामीमा नयाँ जन्मको आवश्याक्ता हुन्छ | परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अलिकति पनि अन्धकार छैन | परमेश्वर अनादिकालदेखि हुनुहुन्छ र उहाँको नाम “पबित्र” हो | (यशैया ५७:१५ ) उहाँ सँधै नै भनौ अनन्तसम्म पापलाई घृणा गर्ने परमेश्वर हुनुहुन्छ र पापसँग शत्रुता कायम गर्नुहुन्छ | पवित्रता भन्ने बितिकै अशुध्द कुरादेखि अलग रहनु भन्ने बुझिन्छ | परमेश्वरले हामीलाई पवित्र भएको चाहनुहुन्छ,किनभने उहाँ पवित्र हुनुहुन्छ | (१ पत्रुस १:१५-१६) जब हामी विगतका पापी चरित्रहरूलाई सम्झिन्छौ,हामी निरन्तर रूपले नै हाम्रा हर इच्छा,चाहनाहरू ती पापी स्वभावतिर नै ढल्किरहेको पाउँछौ | यसले यो प्रमाण गर्दछ कि हामी परमेश्वरले राख्नु भएको धार्मिक स्तरमा पुगेक छैनौ | परमेश्वरको पवित्रताले हामीमा एक आमूल परिवर्त्तनको माग गर्दछ | यसैले हाम्रो जीवन परिवर्त्तन नभएसम्म परमेश्वर र हाम्रोबीच ठूलो अन्तर कायम रहनेछ |
२) नयाँ जन्मको प्रकृति |
यदि नयाँ जन्म यस्तो आवश्याक हुन्छ भने यो नयाँ जन्म भनेको चाहिँ के हो त ? नयाँ जन्मलाई हामी कसरी ब्याख्य गर्छौं ? यो नयाँ जन्म पाउनका लागि हामी कहाँ जानुपर्छ ?
“नयाँ जन्म”भन्ने भनाईले एउटा भित्री तर नैतिक परिवर्त्तनलाई बताउँछ जुन परिवर्त्तनले कसैको बाहिरको जीवन शैलीलाई प्रत्याक्ष परिवर्त्तन गर्दछ | प्रेरित पावलले यसलाई “नयाँ सृष्टिको स्नान” भनेका छन् | (तितस ३:५) प्रेरित पत्रुसले यसलाई “ईश्वरीय स्वभावको सहभागि हुनु” भनेका छन् | (२ पत्रुस १:४) भने प्रेरित यूहन्नाले चाहिँ यसलाई “मृत्युदेखि जीवनमा पार हुनु” भनेका छन् | (१ यूहन्ना ३:१४ )
नयाँ जन्म भनेको हृदयको भित्रि परिवर्त्तन हो | यो “आत्माबाट जन्मिनु” हो | जब कुनै ब्याक्तिले सुसमचारको सन्देशलाई बिश्वास गर्दछ,पबित्र आत्माले त्यस ब्यक्तिलाई नयाँ जीवन दिनुहुन्छ-जुन जीवन चाहिँ परमेश्वरको जीवन हो I नयाँ जीवनको प्रक्रियालाई “पबित्र आत्माबाटको पुनर्जीवन” भनेर उल्लेख गरिएको छ | (तितस ३:५) नयाँ जन्म एउटा अत्यान्तै महत्वपूर्ण आत्मिक परिवर्त्तन हो जसलाई पवित्र आत्माले मानव हृदयमा ल्याउनुहुन्छ | नयाँ जन्म भनेको बिगतका पापको क्षमा मात्र होइन तर पूर्णरूपले नयाँ पारिनु हो | परमेश्वरले आफ्नो अनुग्रहले मानिसको स्वभावमा परिवर्त्तन ल्याउने मौका दिनुहुन्छ I यदि हाम्रो हृदयको परिबर्त्तन निर्णायक नै हुन्छ भने पापको शक्ति त्यसमा फेरी प्रभावशाली हुँदैन | नयाँ जन्म एउटा रहस्यमय प्रकृया हो जसलाई सजिलै ब्याख्या गर्न सकिंदैन र कसैले ब्याख्या गर्न पनि सकेको छैन | नयाँ जन्मलाई बिश्वास गर्ने व्यक्तिको हृदयमा पवित्र आत्माले परिवर्त्तन ल्याउनुहुन्छ | जब कसैको हृदयले निम्न तीन कुराहरूलाई स्वीकार गर्दछ,तब पवित्र आत्माले त्यस व्यक्तिमा नयाँ परिवर्त्तन ल्याउनुहुन्छ |
१ ) सर्बप्रथम हामीले हाम्रो पापी र विनाशी अवस्थालाई थाहा पाएको हुनुपर्छ | हामीले साह्रै हल्कारूपले पापलाई ब्याख्या गर्ने गर्छौ, तर पापदूवारा परमेश्वरलाई कति दुखी परेका छौं भन्ने कुरा बुझ्न चुकेका छौं |
२) हाम्रो बिगतको पापी अवस्थाप्रति हामी पश्चतापी हुनुपर्छ | पश्चताप गर्नु चाहिँ हाम्रो स्वभावको बिपरित कार्य हो | जसले पश्चाताप गर्छ उसले पापप्रति आफ्नो आचरण बद्लिन्छ | पश्चताप गर्ने मानिसहरूले आफ्ना जीवनका सारा कार्यहरूलाई जाँच गर्छन् र आफ्नो शिरलाई झुकाएर दु:खित् हुँदै बिगतका दन्त्यकथा, मूर्खसवाल, अनैतिक र छाडा कुराहरूमा आफू संलग्न भएकोमा पश्चताप गर्छन् | पश्चाताप गर्नेहरूले परमेश्वरतिर आफ्नो जीवन फर्काउँछन् |पश्चाताप गर्नेहरूले बिशेष ख्रीष्टलाई यतिका समयसम्म अस्वीकार गर्ने काम गरेकोमा दु:खित् हुन्छन् | पश्चाताप गर्नेहरूले आफ्नो जीवनका ब्याबहारहरूलाई बदल्छन् | आफ्नो गल्तिको बचाऊ गर्नुको साटो उनीहरू आफ्नो गल्तिप्रति दु:खित हुन्छन् र आफ्नो अयोग्यतालाई थाहा गर्छन् | पश्चताप गर्नु भनेको पापप्रति दु:खित हुनु हो र सम्पूर्ण हृदयबाट नै पापदेखि फर्किने निर्णय गर्नु हो |
३) प्रभु येशूले कलभरी क्रूसमा सिध्याउनु भएको उद्धारको कार्यलाई हामीले विश्वास गर्नै पर्छ | जब प्रभु येशूले निकोदेमसलाई नयाँ जन्मको बारेमा बताउनुभयो,उहाँले आफू क्रूसमा झुन्डिने बिषयमा पनि बताउनु भयो I (यूहन्ना ३:१४ ) उहाँले यो निस्कर्ष दिनुभयो “जसले उहाँमा बिश्वास गर्दछ,उ नाश हुँदैन,तर त्यसले अनन्त जीवन पाउनेछ |” (यूहन्ना ३:१५) “जसले विश्वास गर्दछ”भन्ने एउटा वर्तमानकाल जनाउने वाक्य हो, यसले अहिले भइरहेकोरहेको यथार्थतालाई प्रष्ट पार्दछ | यसले बिश्वास गरिरहनु पर्ने आवश्यकतालाई जनाउँदछ | यहाँ कुनै बेला तपाईंमा उत्पन्न हुने विश्वासकोको कुरा गरिरहेको छैन,तर प्रभु येशूमा निरन्तररूपमा आशा,बिश्वास र समर्पण गर्नुपर्ने अवश्यकतालाई जनाउँदछ | पानीको बप्तिषमा गरेपछि उसले प्रभुलाई पछ्याउन शुरु गर्दछ | बाइबलका शिक्षाहरूलाई सहीरूपले सिक्ने र पालन गर्ने मण्डलीको खोजी गर्दछ र दिनौ प्रभु येशूको साथ, साथ हिड्ने संकल्प गर्दछ |
यसैले नयाँ जीवन भनेको भित्रि नैतिक परिवर्त्तन हो जहाँ पवित्र आत्माले हाम्रो जीवनमा प्रवेश गर्नुहुन्छ,तर यो परिवर्त्तनलाई अनुभव गर्नका लागि एउटा मानवीय स्वीकारको जरुरी पर्दछ | नयाँ जन्म हुँदाखेरि कोहि पनि रूँदैन,कराउँदैन र चिच्याउँदैन | प्रभु येशूले भन्नुभयो कि नयाँ जन्म वस्तवमा एउटा बतास जस्तो हुन्छ (यूहन्ना ३:८) अनि हामी सबैलाई थाहा छ कि वतास संधै एक दिशातर्फ बहँदैन | कोहि बेला बतास चल्दा घमासान हुरी,हुन्नरी,चक्रपात व आँधी आउँछ |तर ती सबै भएता पनि बतास साँझमा अति मन्द हावा भएर आउँछ I यसरी नै हाम्रो जीवनको परिवर्त्तनको अनुभव पनि त्यस्तै नै हुन्छ | यद्यपि यो ब्याक्ति ब्याक्तिमा फरक पर्दछ | कतिको जीवन एउटा चक्र जस्तै गरि बदलिएको हुन्छ त कतिको जीवन हुरी बतास र बिजुलीको चमक जस्तो गरी बदलिएको हुन्छ |
प्रेरित पावल दमीशकको बाटोमा जाँदै गर्दा अचानक स्वर्गबाट ज्योति चम्क्यो र स्वर्गबाट एउटा आवज आयो | तर अरूको चाहिँ अत्यान्तै कम्ति नाटकिय ढाचाको परिवर्त्तन हुन्छ I आफू सानो हुँदा कतिका धेरै भक्ति गर्ने आमा बाबुहरू हुन्छन् जसले आफ्ना परिवारका सबैलाई एकसाथ राखेर एउटा पारिवारिक वेदी अर्थात फ्यामिली क्लास,कायम गर्दछन्,फलस्वरूप उनीहरूले परमेश्वरको वचन सुनेका र बुझेका हुन्छन्-तथापि उनीहरू पापी अवस्थामा जन्मिन्छन् र उनीहरूको पापप्रति लगाव राख्ने स्वभाव हुन्छ | शूरूका वर्षहरूमा त् झन् बढ्ता स्वार्थी र आरिसे अवस्थाहरू आउँछन्-तर यी सबै कुरामा अत्यान्तै अचम्मको परिवर्त्तनहरू देखा पर्छन्,जहाँ जीवनको परिवर्त्तन एउटा वर्षा ॠतुको मन्द वतास जस्तै तपाईको जीवनमा देखा पर्दछ I यस्तो परिवर्त्तन अचानक तपाईमा देखा पर्न सक्छ र त्यो परिवर्त्तन वास्ताविक हुनसक्छ | आफ्नो जीवनलाई पापमा कैयौं वर्ष डुबाएर राख्ने एक ब्याक्तिमा देखिने आवश्यक परिवर्त्तनलाई स्वयं ब्याक्तिले नै अनुभव गरेकोहुन्छ |
नयाँ जीवनको प्रमाणहरू |
नयाँ जन्म यस्तो परिवर्त्तन हो जसलाई कसैले लुकाउन सक्तैन | यदि कुनै ब्याक्ति वास्तविकरूपमै नयाँ गरि जन्मिएको छ भने,उसका जीवन र चरित्रमा प्रस्ट परिवर्त्तनहरू देखा पर्छन् | मानिसको हृदयमा परमेश्वरले रहस्यमय तडीकाले काम गर्नु भएको हुनाले हाम्रो जीवनको चाहना शीलस्वभाव र चालमा बिशेष परिवर्त्तनहरू देखा पर्छन् | भविष्यप्रति हाम्रो सारा आशा बदलिन्छन् अनि हाम्रो जीवनको परिवर्त्तनका प्रमाणहरू अनेकौं क्षेत्रमा देखा पर्छन् |
क ) मानव जाति प्रति नौलो प्रेम जागृत हुन्छ | तपाईको हृदयमा तपाईका शत्रुहरूप्रति पनि प्रेम उत्पन्न हुन्छ |किनभने बाइबलले बताउँछ कि “प्रेम गर्ने हरेक परमेश्वरबाट जमिएको हुन्छ |”(१ यूहन्ना ४:७ ) यसको अर्थ यो होइन कि आफ्नो बालकलाई प्रेम गर्ने हरेक आमाहरू परमेश्वरबाट जन्मिएका हुन्छन्,अथवा हरेक जवान मानिसहरू जसले आफ्ना प्रेमिकालाई प्रेम गर्छन्,उनीहरू परमेश्वरबाट जन्मिएका हुन्छन् भन्ने हुँदैन | यस्ता किसिमका माया प्रेमलाई ब्याख्य गर्ने केहि ग्रीक शब्दहरू छन् | तर जुन प्रेमको बिषयमा प्रेरित यूहन्नाले लेखिरहेका छन् त्यो प्रेम चाहिँ १ कोरिन्थी १३ मा उल्लेख गरिएको छ | प्रेमले धैरर्य गर्छ,प्रेम दयालु हुन्छ र रिसाउदैन | यसरी प्रेम गर्ने हरेक ब्याक्ति चाहिँ परमेश्वरबाट जन्मिएको हुन्छ | हामीसँग बेकायदासँग चल्ने मानिसहरूप्रति हामी कसरी ब्याबहार गर्छौ,त्यसैमा हाम्रो प्रेमको जाँच हुन्छ | अनि त्यसको जाँच यहि हो कि त्यसलाई येशूले क्रुसमा प्रकट गर्नु भयो | उहाँले आफूलाई क्रुसमा टाँग्ने मानिसहरूका खुनी हातहरूलाई क्रूसबाट हेर्नुभयो र भन्नुभयो,”हे पिता यिनीहरुलाई क्षमा दिनुहोस,किनभने यिनीहरूले के गरिरहेकाछन् सो जान्दैनन् |” (लुका २३:३४) स्तिफनसले पनि आफूलाई ढुंगाले लोहोरयाउनेहरूका लागि प्रार्थना गरेर भने,”हे प्रभु यसको पाप यिनीहरू माथि नपरोस् |”(प्रेरित ७:६०) यसैले नयाँ जन्मको एउटा प्रमाण चाहिँ आफूलाई घृणा गर्नेहरूलाई पनि प्रेम गर्न सक्नु हो |
ख ) परमेश्वरका आज्ञाहरूलाई भक्तिसहित पालना गर्न शुरू हुन्छ | प्रेरित यूहन्नाले १ यूहन्ना ५:३ मा यसो भनेका छन् कि “परमेश्वरबाट जन्मेको हरेक ब्याक्तिलाई परमेश्वरका आज्ञाहरू “बोझपूर्ण हुदैनन् |
आजकाल कति समाजमा”आज्ञाकारिता”भन्ने शब्दलाई एक फोहोर शब्दकोरूपमा लिने गरिन्छ | यदि कसैले पवित्र शास्त्र बईबलका आज्ञाहरूको बारेमा कुरा गर्यो भने ,तपाईले त स्वर्ग जाने बाटो बनाउन कोशिष गरेको जस्तो पो लाग्यो,भनेर भन्छन् | तर बाईबलका आज्ञाहरू पालन गरेर हामी स्वर्ग जाने कोशिश गरेको होइन | हामी त वस्तवमा विश्वासद्वारा परमेश्वरको अनुग्रहले प्रभु येशूमा बचाइएका छौं | हाम्रा असल कर्महरूले त होइनI असल कर्म र आज्ञाकारितामा भिन्नता छ | असल कर्म वस्तवमा परमेश्वरप्रतिकै असल आचरणबाट उत्पन्न प्रेमका न्याना कार्यहरू हुन् | असल कर्मले अरूको सेवामा समर्पित हुने कुरालाई बताउँछ | आज्ञाकारिता चाहिँ अरू कसैको अर्ती उपदेशलाई इमान्दारिताकासाथ पालना गर्नु हो | आज्ञाकारिता वस्तवमा एक स्वीकृति हो | कामद्वारा हाम्रो मुक्ति हुन्छ भन्ने सैधान्तिक त्रुटीबाट उम्किनलाई कतिले त आज्ञाकारिता बिनाको मुक्तिको प्रचार गर्दछन् | विश्वासले सॅधैनै आज्ञाकारितामा डोर्याउँछ | आज्ञाकरितामा नडोर्याउने विश्वासलाई बाईबलले मान्यता दिँदैन | हिब्रु ५:९ लाई हेर्नुहोस् | आफ्नो मुक्ति भएको छ भनेर जसले सोच्दछ,तर पवित्र शास्त्र बाइबलका वचनहरूलाई पालना गर्न वस्ता गर्दैन भने,उसले अझ राम्ररी विचार गर्नुपर्छ |लेखिएको छ कि विना बिश्वास परमेश्वरलाई रिझाउन सकिँदैन |
बाइबलले भन्छ कि विश्वासीहरूले नयाँ चेलाहरूलाई प्रभुका सबै आज्ञाहरूलाई पालन गर्न सिकाउनु पर्छ |”मलाई प्रभु,प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्दैनन्,तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्ने मात्र स्वर्गको राज्यामा प्रवेश गर्नेछन् | (मत्ती ७:२१) नयाँ गरेर जन्मिएका सबैले परमेश्वरको वचन सुन्ने इच्छा मात्र गर्दैनन्,तर परमेश्वरको इच्छा पालन गर्दछन् |
ग) पाप गर्ने प्रवृत्तिप्रति सुनियोजित अस्वीकार उत्पन्न हुन्छ | हामी १ यूहन्ना ३:९ मा यस्तो लेखिएको पाउँछौं कि “परमेश्वरबाट जन्मिएको हरेकले पाप गर्दैन |” ग्रीकमा यो पाप गर्दैन भन्ने वाक्यले वस्तवमा एक वर्तमानकाल जनाउँने वाक्य हो र त्यसले निरन्तररूपले पाप गर्ने बानीलाई त्याग गर्ने स्वभावलाई संकेत गर्दछ | नयाँ गरेर जन्मिएका ब्याक्तिहरूमा निरन्तर पाप गर्ने बानी हुँदैन | परमेश्वरबाट जन्मिएका हरेक ब्याक्तिहरू पापमा जिउँदैनन् | नयाँ गरेर जन्मेका हरेक ब्याक्तिले नयाँ स्वभाव पाएका हुन्छन्,जुन स्वभावले पापलाई घृणा गर्दछ | नयाँ गरेर जन्मेका ब्याक्तिहरुले हरेक किसिमका पापहरूलाई तिरस्कार गर्दछन् | उनीहरूले पवित्र शास्त्र बाइबललाई ज्यादा प्रेम गर्छन् र निरन्तर प्रार्थनामा लागिरहन्छन् | उनीहरू दैनिकरूपले प्रभुको अनुग्रहमा बढ्दै जान्छन् र एक सकारात्मक ब्याक्ति बनिन्छन् | नयाँ गरी जन्मिएको ब्याक्ति सँधै नै आत्मिक परिपक्कतातिर अघि बढदछ र पापका मार्गहरूमाथि संधै नै विजयता हाँसिल गर्दछ |
नास्तिकहरूको एउटा समूहले बाइबलको आलोचना गरिरहेका थिए | ती मध्य एउटाले सृष्टिको बिषयमा बोल्यो Iउसले भन्यो,हजारौं बर्ष पहिले परमेश्वर स्वयं यस धरातलमा ओर्लिएर एक मुठी माटोलाई सास दिएर मानिसमा बदलाए भनेर कुन चाहिँ चेतनशील मानिसले विश्वास गर्ला र ? त्यसै बेला एउटा नयाँ गरेर जन्मिएको एक ख्रीष्ट्यानले त्यसको बात् सुन्यो र यसो भन्ने जवाफ दियो | “सृष्टि सम्बन्धिका सबै प्रश्नहरूको उत्तर म अहिले दिन सक्तिन तर यो कुरा चाहिँ म निश्चय जान्दछु कि परमेश्वर स्वयं एक रात यस धरातलमा ओर्लनुभयो र शहरको एक अति नै मैला माटोको टुक्रालाई टिप्नु भयो र त्यसमा आफ्नो आत्मा फुकिदिनुभयो जसले एक जुवाडे,जड्या,चोर ब्याविचारी र श्रापितलाई शान्ति प्रेमी परमेश्वरको जन बनाउनु भयो I अनि म नै त्यो ब्याक्ति हुँ | अनि यसरी नै प्रिय मित्र,परमेश्वरले अरूको जीवन बद्लाए झैँ तपाईको पनि जीवन बद्लाउन सक्नुहुन्छ |
हामी सबैको भविष्य अनिश्चित छ | समय चाँडै बितेर जाँदैछ | अहिले पाएको मौका जस्तै तपाईले अर्को मौका पाउनु हुनेछैन | प्रिय मित्र,दिन निश्चय आउनेछ, जहाँ नयाँ जन्म नपाएकाहरूले बरू भौतिक जन्म नै नभएको भए असल हुने थियो भनेर बिलाप गर्नेछन् | अनन्त उद्धारको बाटो दिलाउनका लागि नै येशू ख्रीष्ट मर्नुभयो-आज नै येशूलाई बिश्वास र ग्रहण गरि उहाँको आज्ञा किन पालन नगर्ने? चेलापनको मार्गमा हिड्नलाई संकल्प गर्नुहोस,दैनिक उहाँको पथमा हिंड्नलाई खोज्नु होस् |