Brian Reynolds
लिऊ वाइट हिब्रु मूलशाब्दिक (Hebrew Roots) शिक्षाका धेरै शिक्षकहरूमध्येका एक शिक्षक हुन्। यस शिक्षाका शिक्षक उनी मात्र होइनन् तर यस्तो किसिमको शिक्षालाई एक स्तरदेखि अर्को स्तरसम्म पुर्र्याएर शिक्षा दिने शिक्षकहरू धेरै छन्- यस्ता शिक्षकहरूले एउटा गतिविधि मात्र सृजना गरेकाछन् तर कुनै कठोर संस्था अथव साम्रदयसँग आवद्द रहेका हुँदैनन्। तर लिऊ वाइटको शिक्षाले भने यस गतिविधिको समस्त प्रतिनिधित्व गर्दछ। यस शिक्षाको बिभिन्न स्तर रहेकाछन् भने थोरैले यी कुरालाई बढुवा दिने गरेकाछन् | कतिले चाहिँ यस्ता किसिमका सम्पूर्ण शिक्षालाई सिकाउँछन्। उनिहरू सबैले एउटै कुरा त सिकाउँदैनन् तर यस्ता किसिमका शिक्षा मिसाएर आ-आफ्नो व्याख्या दिने गरेकाछन्।
तर हामीले चाहिँ JESUS लाई येशूआ मात्र भनेर भन्नुपर्छ भन्ने शिक्षा कहाँबाट आएको हो भनेर त्यसको पृष्ठभूमि र स्रोतलाई जान्न अत्यन्तै जरूरीछ। अनि फेरी पनि म यहि दोहोर्याउन चाहन्छु कि यस्ता शिक्षाका शिक्षकहरू कुनै पनि सस्थासँग आवद्द हुँदैनन् र उनीहरू सबैले एउटै कुरा सिकाउँदैनन् त्यसैले यो एउटा गतिविधि मात्र हो। यो एउटा मिसावटले भरिएको झोला मात्र हो, तर यस्तो शिक्षाको स्रोत के हो त्यो कुरालाई औंल्याउनु चाहिँ महत्वपूर्ण कुरा हो। येशूको साँचो नाम भन्ने शिक्षा चाहिँ हिमशिलाको थुप्रो मात्र हो-भन्नुको अर्थ पानीमाथि बगेको हिउँको थुप्रो देखिन्छ तर पानीभित्र के छ सो कसैलाई थाहा हुँदैन।
आजको सभामा म ईश्वरीय नामको शब्द विन्यास अर्थात हिज्जे कस्तो हुनुपर्छ भन्ने बारेमा हेर्नेछैन अथव मुक्तिदाताको नामलाई कसरी उचारण गर्नुपर्छ भन्ने बारेमा हेर्नेछैन किनभने मैले चाहिँ यसको पाखण्डतालाई हेर्ने कोशिस गरेकोछु जसले यस्ता शिक्षाको स्रोतमा लान्छ। अनि मलाई लाग्छ कि यो कुरा बुझ्नु अत्यन्तै जरूरी छ। ख्रीष्टको नामलाई कसरी उचारण गर्ने भनेर उठाएको सवाल केवल एउटा छल र चलाकी मात्र हो जसले गर्दा विश्वासीहरूलाई त्यसका झूटा शिक्षामा खिच्न सक्दछन्। अनि त्यहि भईरहेको हामीले देखेका छौं।
उनीहरूले के सिकाउँछन् ।
१) हिब्रु मूलशाब्दिक गतिविधिलाई अनुसरण गर्नेहरूले (जहाँसम्म प्राय सबैले बुझेका छन्) भन्ने गरेका छन् कि ख्रीष्टियनमत भनेको एउटा ग्रीक मूर्तीपूजक आविस्कार हो। उनीहरू यसो भन्छन् कि ख्रीष्टियनमत एउटा ग्रीक आविष्कार भएको कारण हिब्रुको नयाँ नियम हिब्रुदेखि ग्रीकमा सारिएको अनुमान गरिएको छ भनेर भन्ने गरेकाछन्। उनीहरूको सिद्धान्त के हो भने ग्रीक मूर्तिपूजकहरूले हिब्रु मूलशाब्दिक धर्मलाई मास्ने प्रयास गरेका थिए; र मसिहको साँचो शिक्षालाई अन्योलता हालीदिए भन्ने सोचेका थिए। तर मत्तीको पुस्तक पहिला ग्रीकमा लेखिएको थियो र ३००- ४०० बर्ष पछि ग्रीकमा अनुबाद भएको थियो भन्ने कुनै अक्षरस प्रमाण छैन। (कति विद्वानहरूले मत्तीको पुस्तक चाहिँ मौलिकरूपले हिब्रुमै लेखिएको थियो र पछि त्यसलाई ग्रीकमा अनुबाद गरिएको थियो भनेर बिश्वास गर्छन् । यद्यपि त्यस कुरालाई पुष्टि गर्ने त्यस्तो कुनै हिब्रु पाण्डुलिपि संसारको कुनै पनि ठाउँमा फेला परेको छैन।)
पावल, पत्रुस र यूहन्नाले बोल्ने ग्रीकभाषामा नै केहि फरकपन थियो, किनभने उनीहरूले आ-आफ्नै शैलीमा प्रस्तुत गरेकाछन्। त्यो मात्र होइन, तर उनीहरू हरेकको भाषाशैलीमा एकरुपता पनि रहेको देखिन्छ। (प्रत्येक लेखकले आफ्नै लेखनशैलीलाई कायम गरेकाछन्। यसले पवित्र आत्माको प्रेरणाबाट लेखिएको पवित्र शास्त्र भन्ने हाम्रो सिद्धान्तलाई कम्जोर बनाउँदैन। जब पानी पाइपभित्र बग्छ त्यसबेला पानीले पाइपको आकार लिएर बग्छ तर पनि पानी पानी नै हो। त्यसै गरी लेखकको लेख्ने शैली जस्तो भए पनि उही पवित्र आत्माले प्रेरणा दिएर लेखेका हुन्। जस कसैले नयाँ नियमलाई पढेका छन् उनीहरूले थाहा गर्दछन् कि यूहन्नाका लेखहरू पावलका लेखहरूभन्दा फरकछन्। त्यस जमानामा ग्रीकभाषाका क्षेत्रीय भाषाहरू हुन्थे; जस्तो ब्रिटिस इंगलिस अमेरिकन इंगलिसभन्दा फरक हुन्छ। तथापि ती आपसमा बुझ्न सकिने हुन्छन् र कहिलेकाहिँ त शब्दहरू पनि फरकरुपले प्रयोग गरिएको पाइन्छ । ग्रीकको दुनियामा पनि यस्तै फरकरुप थियो।) सुसमाचार यूहन्नाको लेखकको लेखन शैली उनका पत्रीहरूसँग मिल्छन्। त्यसै गरी पावलका पत्रीहरूमा पनि एकरुप र एउटै शैली पाइन्छ। यो पनि एउटा प्रमाण हो कि उनीहरूले यी पत्रीहरू ग्रीकमा नै लेखेका थिए। यस्तो कसरी भयो? एक अनुवादक जसले हिब्रुबाट अनुवाद गरेकै थियो भने पनि उसले यस्ता बिभिन्न लेखहरूलाई लगातार किसिमले एकरुपता दिन सक्तैन-यसैकारण यहाँ कुनै जालसाजी हुने सम्भावना थिएन;नयाँ नियमका प्रत्येक लेखकका फरक-फरक लेखन शैलीलाई उनीहरू प्रत्येकको शैली अनुसार नै राखिनुले स्पष्ट पर्दछ छ कि नयाँ नियम ग्रीकमा नै लेखिएको थियो-स्पष्ट प्रमाण यहि छ कि पावल, यूहन्ना, पत्रुस र अन्य लेखकहरूले पवित्र आत्माद्वारा प्रेरणा भएको पवित्र शास्त्रलाई ग्रीकमा नै लेखेका थिए तर हिब्रुमा लेखिएको थिएन।
२) नयाँ नियम हिब्रुमा लेखिएको थिएन र त्यसलाई ग्रीकमा अनुवाद गरिएको थिएन भन्ने अर्को प्रमाण के हो भने हिब्रुमा लेखिएका नयाँ नियमका पाण्डुलिपिहरू अहिलेसम्म पाईएका छैनन् भने ग्रीकमा लेखिएका पाण्डुलिपिहरू शुरूमै देखा परेका थिए। यदि निश्चितरूपले नयाँ नियम हिब्रुमा लेखिएका थिए भने, त्यसको प्रमाण कतै न कतै भेटिने नै थियो। त्यसका पाण्डुलिपि अझै पाउन सकिन्थ्यो। अन्याजातिहरूले जालसाजी गरेर हिब्रुका पाण्डुलिपिलाई ग्रीकमा अनुवाद गर्ने बितिक्कै नास गरेका थिए भन्ने जुन आरोप छ त्यो सरासर झूटा आरोपहरू हुन् र त्यस्तो भएको थियो भन्ने कुनै सम्भावना देखिँदैन। यसरी हिब्रुको नयाँ नियमलाई अन्यजाति ग्रीकहरूले आफ्नो भाषा ग्रीकमा अनुवाद गरिसके पछि नास गरे भन्ने आरोप किन झूटा हो भने ती दस्तावेजहरू त्यसबेलाको रोमी साम्राज्यभरी छरिएका थिए होलान, सबै मण्डलीहरूमा वितरण गरिएका थिए होलान्। सबै दस्ताबेजलाई नष्ट गर्नका लागि त ती छरिएका दस्ताबेजहरू सबैलाई भेला गर्नु पर्ने थियो। के देशभरी छरिएका दस्तावेजहरूलाई उनीहरूले भेला पारेर नष्ट गरे होलान् त? ती दिनमा यात्रा गर्न पनि त्यति सजिलो थिएन र आपसमा सम्पर्क गर्न पनि सजिलो थिएन। यसको वस्तविकता के हो भने, हिब्रुका पाण्डुलिपिहरू वस्तवमै अवस्थित थिएनन् र शुरूमा पनि ती देखा परेका थिएनन्। जब नयाँ नियमका लेखकहरूले ख्रीष्टको नाम लेखे, उनीहरूले ग्रीकमा येशूस भनेर लेखेका थिए जसलाई अंग्रेजीमा JESUS भनिन्छ ।
३) कन्स्टेण्टाईनको यूगभन्दा धेरै पहिला नै नयाँ नियम लेखिएको थियो; हिब्रु मूलशब्दका दाबेदारहरूले के भन्ने गरेका छन् भने कन्स्टेण्टाईनको जमानामै हिब्रुको मूल दस्तावेजलाई ग्रीकमा बदलिएको थियो। त्यो दाबी पनि सत्य ठहरिंदैन किनभने नयाँ नियम कन्स्टेण्टाइनको जमानाभन्दा धेरै पहिला लेखिएको थियो ।
जब प्रेरितहरूले पूरानो नियमका वचनहरूलाई नयाँ नियममा उधृत गर्दथे, उनीहरूले पूरानो नियमको हिब्रु संस्करणबाट उधृत गरेका थिएनन् तर ग्रीकको सेप्तुआजेन्ट संस्करणबाट उधृत गरेका थिए। (सेप्तुआजिन्ट पूरानो नियमको ग्रीक संसकरण थियो जसलाई ख्रीष्ट आउनुभन्दा सयौं बर्ष पहिला नै यहूदीहरूले प्रयोग गर्ने गर्दथे र ख्रीष्ट आए पछि पनि धेरै वर्षसम्म यो प्रयोगमा थियो। यरूशलेमका यहूदीहरूले अरामिक र हिब्रु बोल्दथे तर संसारभरीकै अधिकांश यहूदीहरूले हिब्रु बुझ्न छोडेका थिए किनभने उनीहरू संसारभरी तितरबितर भएका थिए (अशूर देशमा, बेबिलोनमा र अन्तमा महान अलेक्जनडारको समय पछि सारा संसारमा छरिएका थिए जहाँ ग्रीक भाषाले प्रभुत्व जमाएको थियो : यसैकारणले गर्दा उनीहरूको पूरानो नियमलाई ग्रीकमा अनुवाद गरिएको थियो ताकि उनीहरूले पड्न र बुझ्न सकुन् भनेर । सेप्तुआजिन्ट भनेको “सत्तरी” भनिएको हो किनभने अलेक्जनड्रिय ईजिप्ट (मिश्र) का सत्तरीजना विद्वानहरूले पूरानो नियमलाई ग्रीकमा अनुबाद गरेका थिए भनेर बिश्वास गरिएको छ । कतिपटक अंकहरू लेख्दा पनि रोमी अंकमा लेखिन्छ LXX ।) उदाहरणका लागि प्रेरित मत्तीले आफ्नो सुसमाचारमा पूरानो नियमका धेरै पदहरू उधृत गरेकाछन्। (पूरानो नियमका पदहरूलाई उधृत गरेर येशू नै मसिह हुनुहुन्छ भन्ने कुरालाई प्रमाण गरेकाछन्) तर ती पदहरूलाई सिधै सेप्तुआजिन्ट संस्करणबाट उधृत गरिएका थिए। त्यस समयको बिकसित र सुसंस्कृत संसारमा ग्रीक नै सर्वत्र चलाइने भाषा थियो, जस्तो आजका दिनमा अंग्रेजीलाई सर्वत्र चल्ने भाषा मानिन्छ। यसैकारण ग्रीक भाषामै सुसमाचार सर्वत्र फैलिएको थियो भनेर मान्न सकिन्छ। अनि वस्तवमा यसरी नै अन्यजाति दुनियाँमा ग्रीक भाषाको माध्यमबाट संसारभारी पुरर्याउने परमेश्वरको योजना भयो। यसैकारण नयाँ नियम ग्रीक मै लेखिएको थियो भन्ने कुरा चाहिँ यसको यथार्थता र शुद्धताले प्रमाण गर्दछ। नयाँ नियम पूरानो नियमभन्दा उत्तम छ किनभने यो यथार्थ र शुद्ध रहेकोछ ।
उदाहरणका लागि यहोशू नामलाई तपाईले पूरानो नियममा हेर्नुभयो भने, ग्रीकको सेप्तुआजिन्टमा येशूस भनेर लेखिएको छ। त्यहि नामलाई अंग्रेजीमा भाषान्तर गर्दा JESUS बनेको हो। यसैकारण हिब्रुको मूलशब्दबाट हामीलाई टाडा लैजानलाई कसैले षड्यन्त्र गरेको थिएन। तर यो एउटा अभ्यास हो जसलाई त्यस साम्प्रदायले मान्ने गरेकाछन्। यो साम्प्रदाय जेहोवा विट्नेस जस्तै हो जसले तपाईको ढोकामा आएर “ख्रीष्टमस मूर्तीपूजक चाड हो” भनेर भन्छन्। उनीहरूको त्यस्तो अभिव्यक्तिमा सत्यता त रहेको छ किनभने ख्रीष्टमस एउटा मूर्तिपूजक चाडबाट नै शूरुवात भएकोथियो। तर पछि उनीहरूले तपाईलाई यसो पनि भन्ने छन् कि “त्रिएकता” को शिक्षा पनि मूर्तिपूजक संस्कारबाट नै आएको हो। यो एउटा चिनी मिसाएको बिसको चक्की जस्तो हो जसलाई खाँदा जिब्रोमा गुलियो लाग्छ निलेपछि भने पेटमा तितो भएर आउँछ ।
(अन्योलमा परेका अगुवाहरू पनि यस्तै नै हुन्छन्)
१) यसै सन्दर्भमा भन्नुपर्दा उत्पति ३:५ मा दुष्टले पूर्णरुपले झूटा बोलेको थिएन तर जति बोल्यो त्यसैले हव्वालाई छल गर्नलाई काफी भयो। हो, सर्पले भनेअनुसार तिनीहरूको आँखा खुल्नेथियो; र तिनीहरूले असल र खराबको ज्ञान पाउनेथिए।” (अन्योलमा परेका अगुवाहरू पनि यस्तै नै हुन्छन्) तर झूटा चाहिँ के थियो भने दुष्टले तिमीहरू निश्चय नै मर्नेछैनौ भनेर भनेको थियो। बिसको चक्की खासमा त्यहि नै थियो। उदाहरणका लागि एक व्यापारीले आफ्नो दोकानमा एउटा दुईटा सामानको मूल्य सस्तो रहेको बिज्ञापन गरेछ। उसको उद्देश्य भनेको ग्राहक निम्त्याउने मात्र थियो। सस्तो किसिमको सुप किन्न बजार गएको मान्छे धेरै toilet paper र सबै सौदा गरेर आएको जस्तो पो भयो। भनौ थोरै कुराले धेरै कुरामा फसाउँछ। अन्योलमा परेका अगुवाहरूलाई पनि यसै दृष्टान्तले चित्रण गर्न सकिन्छ ।
हिब्रुमूलशाब्दिक गतिविधिकाहरू ठीक यस्तै हुन्: उनीहरूले यसो भन्ने गरेका छन्, हिब्रुहरूले त येशूआ पो भन्छन् त JESUS भन्दैनन् भन्ने के तपाईलाई थाहा छैन? त्यसो भन्नु पनि ठिकै हो-तर यो कुरा ठिकै हो भनेर जब तपाई उनीहरूको कुरा सुन्न थाल्नुहुन्छ नि तब उनीहरूको वस्तविक शिक्षाहरू बिस्तारै घुस्न थाल्छन्। उनीहरूले यसो पनि भन्ने गरेका छन्: “यसको अर्थ के हो भने, ग्रीक एउटा अन्याजातिको (मूर्तिपूजक) भाषा हो अनि तपाईले त्यहि ग्रीकका शब्दावलीहरूलाई प्रयोग गर्नुभयो भने, तपाई हिब्रुको मूलशब्दलाई गुमाउनुहुनेछ अर्थात त्यसबाट टाडा हुनुहुनेछ, इत्यादि ।
२) उनीहरूले सबै विश्वासीहरूले तोरामा उल्लेखित व्यवस्थालाई पालन गर्नैपर्छ भनेर सिकाउँछन्, र बिश्राम दिन र लेवी २३ अध्यायमा उल्लेखित सबै यहूदी चाडहरूलाई मान्नुपर्छ भनेर सिकाउँछन्। (उनीहरूले व्यवस्थाका सम्पूर्ण कुराहरूलाई त सिकाउँदैनन् तर समग्रहमा यहि कुरा सिकाईरहेका हुन्छन् कि सबै विश्वासीहरूले व्यवस्थाका अधिनमा रहेका हुन्छन्। तर उनीहरूले नै ती व्यवस्थालाई पालन गरिरहेका हुँदैनन्। याकुब २:१० मा हेनुहोस्: “किनकि जसकसैले सम्पूर्ण व्यवस्था गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ ।” उदाहरणका लागि यदि कुनै मानिसले विश्राम दिनमा दाउरा बटुल्यो भने गन्ति १५:३२-३६ अनुसार उसलाई ढुंगाले हान्नुपर्दथियो। तर आजका दिनमा हिब्रु मूलशब्द मान्ने एक व्यक्तिले आफ्नो छिमेकीले आफ्नो घरको आँगनमा पत्ता सोर्दै गरेको देख्यो भने उसले त्यसलाई ढुंगाले हान्छ होला र? यदि हानेन भने त उसले मोशाको व्यवस्थालाई भंग गरेको हुन्छ। यदि तपाइले एउटा व्यवस्था पालन गर्नुभएन भने सम्पूर्ण व्यवस्थालाई पालन नगरेकै सरह हो भनेर याकूबले बताएका छन्। कृपय १ तिमोथी १:७ पदलाई पनि हेर्नुहोस् : “तिनीहरू व्यवस्थाका गुरु हुने ईच्छा गर्दछन्; तर जुन कुरा तिनीहरू गर्दछन्, र जुन बिषयमा ठोकेर भन्दछन्, तिनलाई तिनीहरू बुझ्दैनन् ।” यहाँ पावलले व्यवस्थाका गुरु बन्न चाहनेहरूको बारेमा कुरा गरेकाछन् तर उनीहरूले के बिषयमा कुरा गरेको हो सो आफै बुझ्दैनन् भनेर भनेका छन्। हिब्रु मूलशब्दका दाबेदारहरू पनि ठीक यस्तै किसिमका मानिसहरू हुन्।
व्यवस्था, यहूदीमत र हिब्रु मूलशब्दले कसैको आत्मिक उन्नति गर्दैनन्; तर केवल ख्रीष्ट जो हाम्रो शिर हुनुहुन्छ उहाँमा रहँदा मात्र हाम्रो आत्मिकी उन्नति हुन्छ। कलस्सी २:१६-१९ लाई मनन् गर्दा मात्र हाम्रो साँचो उन्नति हुन्छ। अब यहि वचनलाई पनि कतिले गलत अर्थ लगाएर व्यख्य गर्ने गरेकाछन् र भन्ने गरेकाछन् कि “हामीले व्यवस्था र बिश्राम दिन पालन गर्ने कोशिष गरेकोमा हामीलाई न्याय नगर्नुहोस्।” यसो भन्नु उक्त पदमा पावलले भनेका कुराको ठीक विपरित कुरा हो।
३) यस्ता शिक्षकहरूले बंग्याएको अर्को पद चाहिँ मत्ती ५:१७ पद हो। उनीहरूले भन्ने गरेका छन् कि हरेक ख्रीष्टियनहरूले व्यवस्थालाई पालन गर्नुपर्दछ। तर सबै व्यवस्थालाई ख्रीष्टले पूरा गरिसक्नुभएको छ ! यसको अर्थ यहि हो, यसले ख्रीष्टको अवाईलाई संकेत गरेको थियो जो समयमा पूरा भयो। यहूदीहरू ती व्यवस्था पालना गर्नुपर्दथियो तर पावल भन्छन् कि हाम्रो धार्मिक्ता व्यवस्था पालन गरेर प्राप्त हुँदैन। रोमी ६:१४; रोमी ७:६; १०:४ यस पदको अर्थका लागि तपाइले मेरो YOUTUBE भिडियो हेर्न सक्नुहुन्छ जहाँ मैले गलत ढंगले बुझिएक शास्त्रका पदहरू शिर्षकमा केहि सन्देशहरू बाँडेकोछु। हामी व्यवस्थाको अधिनमा छैनौ किनभने हामी व्यवस्थाप्रति मरेकाछौं। (रोमी ७:६ )
४) तिनीहरूमध्ये कतिले यस्तो पनि सिकाउने गरेकाछन् कि प्रभुभोज भनेको वस्तवमा निस्तार चाड हो र हामीले निस्तार चाडको पालना गर्नुपर्छ। तर लूका २२:१४-२० लाई हेर्नुहोस्। (लूका २२-७-१८ मा निस्तार चाडको बारेमा उल्लेख गरिएको छ; अनि १९-२० मा प्रभुभोजको बारेमा उल्लेख छ- जो बिलकुल नयाँ कुरा हो । ख्याल गर्नुहोस् कि यहाँ नयाँ नियमको करारको उल्लेख छ। निस्तार चाड पूरानो करारको एउटा चाड थियो। ख्रीष्टियनहरू नयाँ करार र पूरानो करार दुबैकोमुनि रहन सक्तैनन् -कि त नयाँ करारकोमुनि हुनुपर्छ कि पूरानो करारकोमुनि। दुबैलाई संगसँगै कायम गर्न सकिँदैन।) जहाँ प्रभु येशूले निस्तार चाडलाई बदलिनुभएको छ जसलाई पावलले पछि १ कोरिन्थी ११:२३-२६ मा बताएका छन् । निस्तार चाड एउटा यस्तो चाड थियो जुन चाड चाहिँ इस्राएलीहरूले उनीहरूका शत्रु मिश्रीहरू र फिराऊनको बन्धनबाट छूटकारा पाए पछि मनाएका थिए। यो चाड उनीहरूको भौतिक छूटकारा पछि मनाइएको उत्सव थियो । तर प्रभुभोजले ख्रीष्टले क्रूसमा सिद्ध गर्नुभएको कार्यलाई हेर्दछ र हाम्रो आफ्नै पापको दण्ड र शैतानको शक्तिबाट छुट्कारा पाएको कुरालाई हेर्दछ । यो ख्याल गर्नुहोस् कि १ कोरिन्थी १०:१४-२२ पदमा तीन किसिमका वेदीहरूको कुरा गरिएकोछ । यहाँ ख्रीष्टियान वेदीको, यहूदीको वेदी र मूर्तिपूजकहरूको वेदीको कुरा गरिएको छ। अब उप्रान्त यहूदीहरूको वेदी खडा छैन-प्रभु येशूको मृत्यु पछि, यरूशलेम र त्यहाँको मन्दिर पूर्णरूपले ध्वस्त भयो। मूर्तिपूजकहरूको वेदी कति मूर्तिपूजक देशहरूमा प्रचलित छन् जस्तै हिन्दुवादमा मूर्तिको पूजा गर्ने चलन छ। तर हिब्रुमूलशाब्दिक शिक्षकहरूले हामीलाई फेरी यहूदीहरूको वेदीमा लान खोजिरहेकाछन्; उनीहरूले ख्रीष्टियनमत पनि एउटा मूर्तिपूजक धर्म हो भन्ने गरेकाछन् जो बिल्कुल झूटा दाबी हो।
५) उनीहरूले ख्रीष्टियनहरूको परम्परालाई मूर्तिपूजक परम्परा भनेर निन्दा गर्ने गरेका छन्। तर पावलले यस्ता पारम्पारिक चलनहरूप्रति संवेदनशिल हुन जरूरी छ भनेर रोमी १४ अध्यायमा उल्लेख गरेकाछन्। पावल भन्छन् कि कसैले कुनै दिनलाई पवित्र मान्दछ भने उसले मानोस् भनेर भनेका छन् तर कसैले मान्दैन भने मान्नेले त्यसलाई केहि नभनोस् भनेर भनेका छन्। हामीले एक आपसमा अनुग्रह देखाउनुपर्छ तर हाम्रा दाजुभाईहरूमा कठोरता लाध्नु हुँदैन। उदाहरणका लागि कृपय यो पनि हेर्नुहोस् कि एकपटक प्रभु येशू समर्पणको चाडमा उपस्थित हुनुहुन्थ्यो: (यूहन्ना १०:२२-२३) अर्थात जब यहूदीहरूले पुरिम भन्ने चाड मनाईरहेका थिए; यो चाड कहिले र कसरी मनाइन्छ भन्ने बारेमा पवित्र शास्त्रमा उल्लेख छैन तथापि प्रभु त्यस चाडमा उपस्थित हुनुहुन्थ्यो। तर यसभन्दा अझ बिशाल कुरा चाहिँ के हो भने हिब्रुमूलशब्दका शिक्षकहरूले यसरी पनि सिकाएका छन् कि ख्रीष्टियनमतलाई ग्रीकहरूले प्रारम्भ (शुरू) गरेका हुन् त्यसैले हामीले आफैलाई ख्रीष्टियन हौं भनेर चिनाउनु हुँदैन भनेर भन्छन् । तर १ पत्रुस ४:१६ लाई हेर्नुहोस्। ख्रीष्टियन शब्दमा कुनै पनि गल्ति छैन। यो नाम हो- कसैले दिएको नाम हो । यसमा कुनै गलत अर्थ छैन र यो नाम हामीले पाउनुमा कुनै गल्ति भएको छैन।
६) यस्ता कतिले त त्रि-एकताको शिक्षालाई समेत मान्दैनन् किनभने तिनीहरूले त्रि-एकताको शिक्षा समेत मूर्तिपुजक हो भनेर भन्ने गरेका छन् । अनि कतिले चाहिँ ख्रीष्टको ईश्वरत्वलाई समेत इन्कार गर्ने गरेकाछन् । तर हामीले यो ख्याल गर्नुपर्छ त्रि-एकताको शिक्षा भनेको ख्रीष्टियनमतको आधारभूत शिक्षा हो । यसरी यस्ता मान्छेहरूको शिक्षालाई हेदै जानुभयो भने तपाईले थाहा पाउनुहुनेछ कि यस्ता धेरै पाखण्डी झूण्ड र धर्म साम्प्रादायहरूले पनि यो त्रि-एकताको शिक्षालाई ईन्कार गरेकाछन् । (जस्तै जेहोवा विट्नेस र मोर्मोनहरूले त्यसो गर्छन) । यूहन्ना १ अध्याय र अन्य धेरै खण्डहरूबाट यो स्पष्ट हुँदछ कि पुत्र नै पिता बराबरी र पिता समान अनन्त हुनुहुन्छ । यस बारेमा तपाईलाई कुनै प्रश्न भएमा “येशू नै यहोवा हुनुहुन्छ” भन्ने मैले एउटा पुस्तक लेखेको छु त्यस पुस्तकलाई पड्नुहोस् । यो पुस्तक Believers Bookshelf मा उपलब्ध छ ।
७) हिब्रु मूलशब्दका शिक्षकहरूले प्रेरित १५:१९-२० लाई ब्याख्य त गर्ने गरेका छन् तर त्यसको खास अर्थबाट धेरै टाडिएर ब्याख्या गरेकाछन्; यद्यपि पछि २८-२९ पदमा उनीहरूले प्रेरितहरूले तयार पारेको चिठीलाई देख्छन् जहाँ: “तर हामी(यहूदीहरू) विश्वास गर्दछौं-प्रभु येशू ख्रीष्टको अनुग्रहद्वारा हामीहरूले मुक्ति पाउनेछौं, त्यसरी नै उनीहरूले पनि।” (११ पद) यहूदी हुँदैमा प्राथमिक्ता पाउने र विशेष अनुग्रह प्राप्त गर्ने भन्ने कुरा छैन किनभने प्रेरितहरूले भनेका छन् कि जुन किसिमले यहूदीहरूले मुक्ति पाएकाछन् त्यहि किसिमले अन्यजातिहरूले पनि मुक्ति पाउँछन्। त्यो मुक्ति अनुग्रहद्वारा आएको हो । हिब्रु मूलशब्दका शिक्षकहरूले तपाईलाई व्यवस्थातिर लैजान्छन्। (मोशाका पाँच पुस्तकमा उल्लेखित व्यवस्थातिर लैजान्छन्) तर प्रेरितहरू भन्छन्, “त्यसो होइन,अन्याजातिहरू कहिले पनि व्यवस्थाको अधिनमा हुँदैनन् ।हिब्रु मूलशब्दका शिक्षकहरूले यस अध्यायलाई यता र उता बंग्याएका छन् र यस अध्यायको खास अर्थबाट पर लगेर व्याख्या गर्ने गरेकाछन्। कृपय यस अध्यायलाई राम्ररी अध्यान गर्नुहोस्। यस्ता शिक्षकहरूबाट आफै सुरक्षित हुनुहोस्।
८) कतिले त (सबैले त होइन) पावलका पत्रीहरूलाई खारेज नै गरिदिएका छन् अनि पावल एक झूटा प्रेरित थिए भनेर भन्ने गरेकाछन् । जस्तो प्रकाश २:२ मा उल्लेख छ । मैले एकजना मानिससँग यस बिषयमा बात गरेको थिएँ अनि उसले मलाई मेरै साम्नेमा प्रेरित पावल झूटा शिक्षक थिए भनेर भनेको थियो। किनभने पावलले ख्रीष्टियनहरूलाई तोरादेखि टाडा लागेको भन्ने उसको आरोप थियो।
९) उनीहरूले हिब्रुका शब्द र तिनका हिज्जे कसरी गरिन्छ भनेर सिकाउँछन् र हिब्रु शब्दलाई कसरी उचारण गरिन्छ भनेर सिकाउँछन्: उदाहरणका लागि शभातको सट्टामा शब्बात भनेर भन्नुपर्छ भन्दछन्। हिब्रु शब्दलाई उचारण गर्नलाई कुनै समस्य छैन। स्वाभाविक हिसाबले हिब्रु शब्दलाई त्यसको उचारण अनुसार उचारण गर्नुमा कुनै गल्ति पनि हुँदैन। तर यसलाई नै मूख्य मान्नु र त्यसलाई प्रयोग गर्दा बिशेष आशिष पाइन्छ भनेर भन्नु चाहिँ गल्तिको कुरा हो। अनि कट्टरपन्थी बनेर सन्तहरूलाई त्यहि कुरा लाध्नु चाहिँ गल्ति हो।
अन्याजातीहरूले (जुनै देशका मानिसहरू भए पनि) हिब्रुका शब्दका उचारणहरूलाई नै प्रयोग गर्नुपर्छ भनेर भन्नु एउटा असभाविक कुरा मात्र होइन, तर यसले छल गर्छ र तपाईलाई त्यहि शब्दहरूले भर्ने गर्दछ तर ख्रीष्टको कुराले होइन। “शिरलाई पक्रिराखेर” भनेर कलस्सी २:१९ मा लेखिएको छ । यसैकारण पावलले यस बिषयमा कडा चेतावनी दिएका छन्: “प्रभुको सामुन्ने कडा आज्ञा दिँदै उनीहरूलाई यी कुराहरूको सम्झना गरेदेऊ-उनीहरूले शब्दहरूको बारेमा तर्क-वितर्क नगरून्, जसबाट केहि फाईदा हुँदैन, तर सुन्नेहरूको बरबादी हुन्छ ।” यस्तो रडाको मचाएर ख्रीष्टको अनुग्रह र ज्ञानमा निरन्तर वृद्धि हुँदै जाने काम हुँदैन। बरू यसले तपाइको जीवनलाई पूर्णरूपले ओगट्ने काम गर्छ । यस्तो शिक्षा “मन्ना” होइन। यो पनि एउटा मूर्तिपूजाकोरुप हो जसले ख्रीष्टको भन्दा धेरै शब्द र उचारणको चर्चा गर्छन्। पवित्र शास्त्रको शिक्षा र सिद्धान्तभन्दा धेर हिब्रु शब्दका कुरा गर्छन् । उनीहरूको प्रयास भनेको हामीलाई यहूदी र हिब्रु बनाउने हो। वस्तवमा भाषा भनेको एउटा आदान प्रदानको माध्यम मात्र हो। तर महत्वपूर्ण कुरा चाहिँ के हो भने त्यो शब्दलाई कसरी उचारण गर्ने भन्दा पनि त्यो शब्दले दिने अर्थ के हो सो बुज्नु जरूरी हो। हिब्रुको कुनै शब्दलाई अंग्रेजीमा भाषान्तर गरेर ठिक त्यसरी नै भन्दैमा हाम्रो आत्मिकतामा कुनै नौलो कुरा थपिंदैन किनभने अनुग्रहद्वारा हामीमा त्यो आत्मिक जीवन आइसकेको छ । “किनभने उहाँमा नै ईश्वरत्वको सारा परिपूर्णताले शारीरिक रूपमा वास गर्छ ।” (कलस्सी २:९)
गलातीको पत्री
गलातीको पत्रिलाई अध्यायन गर्दा झूटा हामीले जहिले पनि झूटा शिक्षाको दृष्टिकोणबाट अध्ययन गर्नुपर्छ र पावलले झूटा शिक्षालाई कसरी ब्याबहार गरेका थिए भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ। पावलका झूटा शिक्षाहरू आजका दिनमा पनि ब्याप्त छन् तर त्यो शिक्षाले नयाँ रुप र नयाँ नाम लिएर आजका दिनमा आएकोछ। शैतानले वस्तवमा कुनै नौलो कुरा सृजना गर्दैन तर उसका पूराना खराबीहरूलाई नै दोहोर्याई दोहोर्याई ल्याउने गर्छ र त्यसलाई नयाँ कपडामा राख्ने गर्दछ।
गलाती १:६-१० पदमा “अर्को सुसमाचारको” कुरा गरेकाछन्। त्यो अर्को सुसमाचारले चाहिँ अन्याजातिहरूलाई यहूदी बनाउने काम गर्छ अर्थात मुक्ति पाउनका लागि यहूदी धर्म मान्नुपर्छ भनेर भन्छन् अनि त्यहि गल्तिलाई मान्नका लागि यी झूटा शिक्षकहरूले गलातीहरूलाई मान्न लगाईरहेका थिए। पावलले त्यस्ता व्यवस्थाका झूटा शिक्षा ल्याउनेहरूलाई “श्रापित” हुन् भनेर दुई पटक भनेकाछन्। यो अत्यन्तै गम्भीर कुराहरू हुन् र अहिले हाम्रा बीचमा चलिरहेको माहोल र गतिविधिलाई ध्यानमा राखेर यस्ता कुरालाई बिचार गर्नुपर्छ। यस्ता शिक्षाले हामीलाई यहूदीमत पालन गर्नतिर धकेल्छ। यस्तो किसिमको शिक्षाले गलातीहरूलाई एकोर्याएको थियो र यहाँका अन्याजाति विश्वासीहरूलाई यहूदी बनाउने कोशिश भएको थियो। अनि मोशाको व्यवस्थाको अधिनमा राख्ने कोशिष गरेको थियो तर ख्रीष्टको अधिनमा होईन। (गलाती ३:१)
यहूदी कट्टरपन्थीहरूले पावलको बिरोध गर्दछन् किनभने पावलले अन्याजाति र यहूदीहरूलाई एउटै दर्जामा राखिदिएकाछन्, ख्रीष्टको कार्यद्वारा पाईने धार्मिक्ताको आधारमा दुबैलाई एउटै स्थानमा खडा गरेकाछन्। तर यहूदी कट्टरपन्थीहरूले अन्याजातिहरूले पनि खतना गरेर यहूदी बन्नुपर्छ भनेर भनेका थिए। उनीहरूले ख्रीष्टियनमत एउटा नौलो र स्वर्गीय कुरा हो भनेर मानेनन् तर ख्रीष्टियनमत यहूदीमतकै निरन्तरता हो भनेर भनेकाछन् । (यहूदीमत भनेको यहूदी धर्मलाई मान्नु हो -प्रेरित २८:२२) यहि कारणले गर्दा उनीहरूले पावललाई निरन्तररूपले खेदो र सतावट गरे : तिनले अनुग्रहको शिक्षालाई प्रचार गरे र अन्याजातिहरू प्रभु येशू ख्रीष्टमा स्वतन्त्र रहेको कुरा बताइदिए। रोमी ११: १६-२४ लाई लिएर कतिले यस्तो सवाल उठाएका छन् कि के ख्रीष्टियनमत यहूदीमतबाट आएको होइन र? के हामी जैतुनको बोटमा कलमी गरिएका होइनौ र भनेर कडा प्रश्न गर्ने गरेका छन् । परमेश्वरले यहाँ के देखाईरहनु भएको छ भने, उहाँले इस्राएल जातिसँग अझै पनि काम गर्न छोड्नुभएको छैन। उहाँले तिनीहरूलाई कहिले पनि त्याग्नुहुने छैन। यहाँ पावलले के चाहिँ देखाईरहेका छन् भने अन्याजातिहरू पनि परमेश्वरका यस धर्तीका मानिसहरू जो यहूदीहरू हुन् तिनीहरूकै प्रतिज्ञा र सौभाग्यमा ल्याइएका छन् । यसमा हामीले घमण्ड गर्नुपर्ने कुरा केहि छैन-किनभने हामी अस्वाभाविक हाँगाहरू हौं-हामी कलमी गरिएका हाँगाहरू मात्र हौं। इस्राएल चाहिँ स्वाभाविक हाँगा हुन् । अन्याजातिहरूलाई बचाउने कार्य सकिएपछि अन्तमा इस्राएलीहरू बाँच्ने छन् । (रोमी ११:२४-२५) यहाँ उनले मण्डलीको बारेमा बताईरहेका छैनन् अथव मण्डलीको स्वर्गीय बुलावटको कुरा पनि गरेका छैनन् तर यस वास्तविकतालाई जनाईरहेकाछन् कि अहिलेको समयमा परमेश्वरले बिशेषरूपले अन्यजातिहरूलाई बचाउने काम गरिरहनुभएको छ भने भविष्यमा फेरी उहाँ इस्राएलीहरूतर्फ नै फर्किनुहुनेछ । यहाँ पावलले कहिले पनि हामीलाई हिब्रु मूलशब्दतिर फर्किनु पर्छ भनेर भनेका छैनन् । हिब्रु मूलशब्दको अभियान चलाएर त्यतैतिर फर्किनुपर्छ भनेर भनेका छैनन् । वस्तवमा गलातिमा यसको ठिक बिपरित कुरा उल्लेख छन् ।
गलाती ५:९ मा खराब शिक्षाको खमीरको कुरा गरीएको छ । १ कोरिन्थी ५:६ अनुसार खमीरले नैतिक भ्रष्टतालाई देखाउँदछ । यदि खमीरलाई फालिएन भने त्यसलाई सम्पूर्ण शरीरलाई खमीरी बनाउँदछ । यसको ब्याबहारिक उपाय भनेकै यसको स्रोतलाई बन्द गर्नुपर्छ। उदाहरणका लागि यदि झूटा शिक्षालाई बडुवा दिने र त्यसलाई फैलाउनेहरू तपाइका सामाजिक संजालमा जोडिएका छन् भने उनीहरूलाई वस्ता नगर्नु अर्थात मित्रता नै बन्द गरिदिनु ।
गलाती ६:१५ अनुसार मुक्तिका हकदार बन्नका लागि यहूदी (खतनाका हुनु) अथव अन्याजाति (बेखतने) भैरहनु पर्दैन तर ऊ नयाँ सृष्टि हुनुपर्छ। नयाँ शिक्षा जो अहिले हामीले यहाँ जाँच गरिरहेका छौं त्यो शिक्षा यहाँ पावलले भनिरहेका कुराको ठिक बिपरितमा छन् । यहूदीमतमा अथव हिब्रु शब्दमा जोड दिने कार्यले कसैलाई पनि फाइदा पुग्दैन। यो बेफाइदाको कुरा हो । के चाहिँ महत्वपूर्ण कुरा हो भने “ख्रीष्टमा रहनु” चाहिँ महत्वपूर्ण कुरा हो। ख्रीष्टमा रहनु चाहिँ नयाँ सृष्टि भएर हिँड्नु हो जुन हिंडाईले यस्ता नयाँ शिक्षासंग कुनै पनि सरोकार राख्दैनन्।
हिब्रुको पत्रि
हिब्रुको पत्रि पनि ग्रीकमै लेखिएको थियो किनभने त्यस पत्रलाई पड्ने पाठकहरू सबै नै ग्रीकभाषी यहूदीहरू थिए (हेल्लेनैनी यहूदीहरू) -अनि वस्तवमा भन्नुपर्दा हिब्रुका लेखक पावलले पूरानो नियमका वचनहरूलाई उधृत गर्दा सबै नै सेप्तुआजिन्ट ७० बाट उधृत गरिएको पाइन्छ। यो एउटा महत्वपूर्ण पत्रि हो किनभने यस पत्रिमा अन्याजाति ख्रीष्टियनहरूलाई सम्बोधन गरेर लेखिएको छैन, जस्तो गलातीको पत्रिमा गरिएको थियो, जो हिब्रुभाषी ख्रीष्टियनहरू थिए जसलाई (मसियानिक यहूदी) थिए । तर निश्चय नै उनीहरूलाई छाउनी बाहिर जानलाई बोलावट गरिएको थियो । यहाँ छाउनीबाहिर जाओ भनेर भन्नुको अर्थ के थियो भने उनीहरू यहूदीहरूको बलिदान चडाउने प्रथा, मन्दिर र बिदाका दिनहरूलाई छोडेर बाहिर जानु भनिएको थियो । अर्को अर्थमा भन्ने हो भने, जो पनि चाहे त्यो अन्याजाति होस् या यहूदी होस् हामी सबैले यहूदीमतलाई छोड्नुपर्छ भनेर भनिएको हो!
यहूदीमत एउटा धर्तीको धर्म थियो जसलाई संसारिक मन्दिर भनेर चिनिन्छ। अनि पूरानो नियमको व्यवस्था भनेको शारीरिक मान्छेका लागि दिएको करार हो; हिब्रु ३:१। हामी चाहिँ स्वर्गीय मानिसहरू हौं यस धर्तीका होइनौ । हामी यस पत्रिमा निम्न कुराहरू देख्दछौं :
- स्वर्गीय बुलावट हिब्रु ३:१
- स्वर्गीय देश हिब्रु ११:१६
- स्वर्गीय यरूशलेम हिब्रु १२:२२
यहि समयमा यरूशलेम र यहूदीमतका सारा व्यवस्थाहरू ध्वस्त हुन लागेका थिए अनि यो कुरा इस्वी सम्बत ६८-६९ तिर ग्रीकमा लेखिएको थियो। यरूशलेमको मन्दिर त्यतिबेलै ध्वस्त पारियो अनि ईस्वी सम्बत ७० मा यारूश्लेमका यहूदीहरू संसारभरी तितर-बितर पारिए।
हिब्रु १०:३८-३९ मा यी ख्रीष्टियनहरूलाई “पछि फर्केर जाने” खतराको बारेमा चेतावनी दिएकोछ। पापमा फर्केर जाने खतरा होइन अथव मूर्तिपूजामा फर्केर जाने खतरा होइन (किनभने उनीहरू पहिला मूर्तिपूजक थिएनन्) तर यहूदीमततिर फर्केर जाने खतराको बारेमा चेतावनी दिएको छ। यहाँ प्रेरितले भनेका छन् कि यहूदीमतमा फर्केर जाने कसैप्रति पनि उनका मन खुसी हुने छैन भनेर भनेका छन् । यस पदलाई धेरै गम्भीररूपले बिचार गर्नुपर्छ। (हिब्रु १०:३९ )
हिब्रु १३:१३ को छाउनी भनेको कुनै गिर्जाघर, संसारिक र धार्मिक गान र ख्रीष्टियनमतको पादरीचलन बाहिर जानु भनेको होइन तर यहूदीमतमा फर्काइ लैजाने कुनै पनि शिक्षा बाहिर जानु भनिएको हो। अनि अहिलेको माहोलले पनि त्यहि किसिमले विश्वासीहरूलाई यहूदीमततिर लाने काम गरिरहेकोछ । यस गतिविधिले अन्यजाति विश्वासीहरूलाई यहूदीमा लाने काम गरिरहेका छन् जो पहिला कहिले पनि यहूदीमतमा थिएनन्। यो यहूदी धर्म हो जो मसियानिक यहूदीको भेषमा यहूदी धर्ममा लाने काम गर्दछन्।
ईश्वरीय नामको बिषयमा केहि टिपणी:
पूरानो नियममा ईश्वरीय नामलाई यावे YHWH भनिन्थ्यो किनभने यो नामलाई चार अक्षरमा मात्र लेखिन्थ्यो । यी अक्षरहरू हिब्रुका स्वरबर्णहरू हुन् र यसमा व्यंजन बर्णको प्रयोग हुँदैन किनभने इस्राएलका मानिसहरूले यस नामलाई अति पवित्र मान्दथे। अचम्म र अनौठो लाग्ने कुरा के छ भने मसियानिक ख्रीष्टियनहरूले जब अंग्रेजी शब्द God लाई प्रयोग गर्दा G-D मात्र लेख्छन् र पूरानो यहूदीहरूकै सिको गर्ने प्रयास गर्छन्। यस नामले वस्तवमा यावे (YAHWEH) अथव JEHOVA लाउनुको तात्पर्य यहि हो कि उनीहरूले स्वरवर्णलाई कायम गर्न सकून भनेर हो। डार्बीको फ्रेन्च बाईबल संस्करणले उचारणका भाषान्तर गर्ने कोशिष गरेको छैन तर अर्थ जस्ताको त्यस्तै राख्ने कोशिष गरेको छ। यसमा L’Eternal (The Eternal) भन्ने अर्थमा प्रयोग गरेकोछ । अंग्रेजीका अधिकांश बाईबलहरूले “LORD” प्रयोग गरेकाछन् जसले ईश्वरीय नामलाई प्रतिनिधित्व गर्दछ।
जब मोशाले परमेश्वरलाई जलिरहेको पोथ्रामा भेट गरे त्यसबेला परमेश्वरले आफ्नो नाम “म नै हुँ” भनेर बताउनुभयो । यसो भन्नुको अर्थ पनि यावे भनेकै हो किनभने हाया भनेको मेरो अस्तित्व अर्थात म नै हुँ भनिएको हो। योहन्ना ८:५८
हुन त हामीले यस नामलाई उत्पतिका केहि शुरूका अध्यायहरूमा पाउँछौ तर यस नाममार्फत उहाँले आफ्ना मानिसहरूसँग पहिला कहिल्यै प्रकट गर्नुभएको थिएन तर प्रस्थान ६:३ मा चाहिँ उहाँले यस नाममार्फत प्रकट गर्नुभएको देख्छौं । यो नाम पनि यस अर्थमा चाहिँ प्रकट गरिएको थियो कि यावे भनेको इस्राएलजातिसँगको करारको नाम थियो जो प्रस्थानभन्दा पहिला ईस्राएललाई एउटा जाति भनेर नामकरण गरिएको थिएन । यसभन्दा पहिला उहाँले आफैलाई सर्वशक्तिमान परमेश्वर भनेर आफैलाई चिनाउनुभएको थियो । सर्वशक्तिमान परमेश्वरलाई हिब्रुमा एलशदाई भनिन्छ ।
परमेश्वरलाई हिब्रुमा एलोहीम भनिन्छ जसले सामर्थी र शक्तिशाली भन्ने अर्थ दिन्छ । एलएल्योन (सर्वोच्च) भन्ने नाममा बिभिन्नरुपहरू हुन्छन् । यद्यपि ख्रीष्टियनहरू चाहिँ यहि परमेश्वरसँग एउटा पिताको सम्बन्धमा रहेकाछन् जसद्वारा उनीहरूले परमेश्वरलाई अब्बा र पिता भनेर पूकारा गर्न सक्छन् । अब्बा भनेको यहूदी बालबच्चाले आफ्ना बाबुलाई आदरकासाथ बोलाउने शब्द हो । (गलाती ४:६; रोमी ८:१५-१६ ) उहाँका पुत्र येशू ख्रीष्टद्वारा हाम्रो संगति परमेश्वरसँग रहेको छ । साँचै नै हाम्रो संगति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ। …यी कुराहरू हामी तिमीहरूलाई लेख्दछौँ ताकि हाम्रो आनन्द पूरा हुन सकोस् । (१ यूहन्ना १:३-४)
अन्तमा म यहि कुरा जोड दिन चाहन्छु कि मैले शूरूमै पनि भनेको छु कि यी हिब्रु नामका दाबेदारहरूको शिक्षामा एकरूपता भने पटक्कै छैन र यसलाई विश्वव्यापि ढंगले स्वीकारिएको पनि छैन। यिनीहरू मध्ये कसैले पनि एउटै कुरा सिकाउँदैनन् तर उनीहरूको शिक्षा भने हिब्रु मूलशब्दका घेरामा व्यापक वितरण गर्ने चलन छ । यसको स्रोत यहि हो र यस गतिविधिले निकै उच्चाई लिइरहेकोछ । म तपाईलाई भन्न चाहन्छु कि यो पूर्णरूपको एउटा पाखण्डी कदम हो । यस कदमलाई म ख्रीष्टियन कदम मान्दिन ।