Categories
Assembly Truth Devotionals Print Articles

तिमीहरू आपसमा शान्तिमा रहो ।

लेखक: F.C.Blount

 अनुबाद: केविन परियार  

“तिमीहरू आपसमा शान्तिमा रहो।”

“तिमीहरू आपसमा शान्तिमा रहो।” तर कति धेरै पटक हामी यो अमूल्य वचनको ठिक विपरित अवस्था मण्डलीहरूमा रहेको पाउँदछौं। हाम्रा मण्डलीहरूमा बारंबार डाहा र झैझगडाको अवस्था पाइन्छ। “यदि तिमीहरू आपसमा टोकाटोक र मारामार गर्दछौ भने, यो याद गर कि तिमीहरू आफै नाश हुनेछौ।” (गलाती ५:१५) नाश हुनेछौ भन्नुको अर्थ के हो भने तिमीहरू आफै खरानी हुनेछौ भनिएको हो। यसरी आफै नाश भएर खरानी भएका मण्डलीहरू आज हाम्रा दिनहरूमा छैनन् र? के यहाँ विश्वासीहरूको धूलो मात्र पाइन्छ होला? यो हामी बाहिरको शत्रुको कार्य होईन; यो त केवल हामी आफैबीचको आपसी नरसंहार हो। मण्डलीका एकभन्दा धेरै सदस्यहरूले यो घातक चरित्र बोकेका हुन्छन् जो झगडीय र आक्रमक हुन्छन् अनि एक भन्दा बढ्ता सन्तहरू घायल हृदय लिएर मर्ने गर्छन् । प्रभुले भन्नुभयो, “तिमीहरूलाई यस संसारमा दु:ख हुनेछ।” अब संसारमा दुख भए ता पनि, मण्डलीमा त हामीले असल कुराको अर्थात उत्तम कुराको आशा गर्न पाउनु पर्ने अधिकार हाम्रो रहेको छ।  अब के हाम्रो स्वार्थले, हाम्रो घमण्डले, अनि हाम्रो झैझगडाले संसारसँग बिरक्तिएकाहरूलाई शान्ति अनुभव गर्नबाट बन्चित गर्ने ? 

तिमीहरू आपसमा शान्तिमा रहो।” यरूशलेम शब्दको अर्थ “शान्तिमा बास गर्नु अर्थात शान्तिमा रहनु हो।” प्रत्येक मण्डलीका सभाहरू सानो यरूशलेम बनिनु आवश्यक छ। यो सानो शान्ति क्षेत्रमा आउने हरेकले “माथिबाटको बुद्धि जो पहिला शुद्ध हुन्छ, त्यसपछि शान्ति गराउने हुन्छ, त्यसलाई अनुभव गर्न सक्नु पर्दछ। तर जसले खराबीलाई ब्यबहार गर्नलाई खराबै आचरण देखाउँछ र आफुले बिरोध गरेको खराबीको बिरुद्धमा खराबी ढंगले ब्यबहार गर्दछ भने, उसले आफ्नो मैलो र धुलै धुलो हातले अर्को व्यक्तिको सफाई गर्न खोजिरहेको देखिन्छ। कसैले अलगीकरणको पानी प्रयोग गर्न चाहन्छ भने, त्यो व्यक्ति स्वयं शुद्ध हुनुपर्छ।” (गन्ती १९) यद्यपि यसो कहिले भनिएको छैन कि “माथिबाटको बुद्धिमा चाहिँ शुद्ध मात्र हुन्छ”, तर पहिला चाहिँ शुद्ध हुन्छ भनिएको छ। यसले निश्चय पनि अन्य धेरै असल गुणहरूलाई संकेत गर्दछ।यो मिलनसार हुन्छ; कोमल हुन्छ, मनाउदा मानीहाल्ने हुन्छ, दयालु र असल असल फलले भरिएको हुन्छ, ईत्यादी। मण्डलीमा शुद्धता र पवित्रताको दाबेदारहरू आफैमा यी कोमलता,कृपा र दयाका गुणहरूको आवश्यकता खड्किरहेको देखिन्छ। परमेश्वरले बुद्धि, पवित्रता, मिलनसार, कोमल, मनाउदा मान्ने र दयालाई एकसाथ गराउनुभएको छ। अब के हामीले ती कुराहरूलाई एक आपसबाट छुटानाम गराईदिने? सत्यताको साथी सद्गुण हुन्छ: “कृपा र सत्यताको साथले मात्र पाप र अधर्मलाई शुद्ध गर्न सकिन्छ। 

तर पवित्रताको सुरक्षा र उहाँको महिमालाई कायम गर्ने प्रयासमा उहाँले नै जोड्नुभएको कोमलता, विनम्रता र कृपालाई चाहिँ परित्याग गर्नु हो र? निश्चय पनि त्यसो होइन।

“कृपाले पूर्ण” भन्ने कुरालाई कहिल्यै नभुल्नुहोस्। पवित्रता नै यहोवाको घरलाई सुहाउँछ भन्ने कुराको दाबेदारहरूले खराबीलाई सहनु हुँदैन। उहाँको महिमालाई कायम गर्नै पर्छ। तर पवित्रताको सुरक्षा र उहाँको महिमालाई कायम गर्ने प्रयासमा उहाँले नै जोड्नुभएको कोमलता, विनम्रता र कृपालाई चाहिँ परित्याग गर्नु हो र? निश्चय पनि त्यसो होइन। यदि एउटा भाईले आफ्नो सहनशीलता गुमाएर चिडिञ्छ र दुई जोड दुई चार हुन्छ भन्दै झ्वाँकिन्छ भने, त्यो उसको ठुलो गल्ति हो, किनकि दुई जोड दुई चार हुन्छ भन्ने त हामी सबैलाई थाहा भएकै कुरा हो। हामीले यहाँ कुनै अर्थहीन प्रस्तावलाई तेर्स्याईरहेका छैनौ। यस सन्दर्भमा हाम्रो विवेक र हृदय दुवै संलग्न हुनुपर्दछ अनि परमेश्वरको सामु हामी कसरी ब्यबहार गर्दछौं भन्ने कुराले अत्यन्तै महत्वपूर्ण स्थान राख्दछ । यसलाई कहिले पनि हल्कारूपले लिनु हुँदैन। यो कसैको गल्ति प्रमाण गर्ने सवाल होईन, तर यो कुरा एउटा आत्मासँगको ब्याबहारको सवाल हो जसमा परमेश्वरको महिमालाई ध्यानमा राखिन्छ अनि त्यस व्यक्तिलाई शुद्ध गर्न चाहनेहरूको मार्गमा भनौ उनीहरूले ब्याबहार गर्ने तडिकामा निर्भर रहन्छ। अनि शुद्ध हुन चाहनेको ब्याबहारमा पनि निर्भर रहन्छ। जसले गल्ति गर्र्यो उसले त अघि नै परमेश्वरलाई अनादर गरेको छ तर उसलाई सुधार गर्न प्रयास गर्ने क्रममा हाम्रो तुच्छ ब्याबहारले परमेश्वरलाई अनादार पुर्यायौं भने चाहिँ के हुन्छ? प्रिय दाज्युभाई दिदीबहिनीहरू, परमेश्वरको घरको शुद्धतालाई कायम गर्न धेरै जोसिला भएकाहरूले आफैलाई पहिला जाँच गर्नु पर्ने आवश्यक छ; नभए त्यसको दोष हामी आफैलाई लाग्नेछ। दुष्टको चाललाई वास्ता नगरेको कारणले नै आजका दिनमा धेरै अन्योलता सृजना भएको छ। पापसँग ब्याबहार गर्ने सन्दर्भमा दुष्टले हामीलाई सत्यताभन्दा धेरै टाडा लान सक्छ र हामीले पाप बिरुद्ध गरेको कारबाहीलाई नाश गर्न सक्छ। अनि हामी त्यस सन्दर्भमा चुक्यौं भने दुष्टले त्यसमाथि विजय हाँसिल गर्दछ।

यो खुट्टा धुने कामलाई परबाट गर्न सकिंदैन, जस्तो एउटा झाडुको फेदमा समातेर त्यसको टुप्पाले परैबाट सफा गरे जस्तो  हुँदैन। उसलाई सफा गर्नलाई त तपाई उसको पाउमा निहुरिनु पर्छ अनि मात्र सफा गर्न सक्नुहुन्छ

एउटा लौराले तपाईले कहिले पनि एउटा भाईको खुट्टा धुन सक्नु हुँदैन । यो लौराले तपाईले त्यस भाईलाई कालो र निलो चाहिँ बनाउन सक्नुहुन्छ, तर कहिले पनि तपाईले उसलाई सफा पार्ने काम गर्न सक्नु हुन्न। यो खुट्टा धुने कामलाई परबाट गर्न सकिंदैन, जस्तो एउटा झाडुको फेदमा समातेर त्यसको टुप्पाले परैबाट सफा गरे जस्तो  हुँदैन। उसलाई सफा गर्नलाई त तपाई उसको पाउमा निहुरिनु पर्छ अनि मात्र सफा गर्न सक्नुहुन्छ। अनि तौलियाको कामलाई कहिल्यै नभुल्नुहोस्। तौलियाले सफा गरेको ठाउँलाई ओबानो गराउने अर्थात पूर्ण सफा गर्ने काम गर्छ। तौलिया चलाउने कार्यले यो निश्चय गर्छ कि अब त्यो भाईलाई अझ धुने जरूरी छैन। तौलियाले नपुछेसम्म उनी पूर्ण शुद्ध भए भन्ने कुरा निश्चय गर्न सकिंदैन अनि केहि शंका र उपशंको खाल्डो अर्थात अन्तराल अझै बाँकी रहिरहन्छन्। एक जना भाईले यसो भन्दै गरेको मैले सुनेको थिएँ,“म यो भाईमाथि भरोसा गर्न सक्दिन।” यो कुरा सुनेर मैले उनलाई सोधेँ, “भाई तपाई आफैलाई भरोसा गर्न सक्नुहुन्छ?” यो सत्य हो कि कसैलाई दोष र आरोप लगाउँदा त्यस कार्यको दोषी धार आफैतिर फर्किन्छ। भनिन्छ छ नि, कसैलाई एउटा औंलाले दोषी ठहराउँदा चार औंलाले आफैलाई देखाउँछ। 

“ हे भाईहरू हो, यदि कुनै मानिस अपराधमा पक्रा परयो भने, तिमीहरू जो आत्मिकी छौ, त्यसलाई नम्रताको आत्माले उठाओ, र कहीं तिमी आफै पनि परिक्षामा पर्छौ कि भनेर आफूलाई विचार गर।” (गलाती ६:१) 

यदि कहीं एउटा यस्तो ठाउँ छ जहाँ हामीले हाम्रो आफ्नै आत्मिक्तालाई धोका दिन सक्छौं, त्यो ठाउँ त्यहि हो जहाँ हामीले अपराधमा पक्रा परेको भाईलाई पु:नस्थापन गर्न सक्दैनौ। म यो कुरा गम्भीररूपले बिश्वास गर्छु कि प्रभु यस्तो आचरणको बिरोधमा हुनुहुन्छ। यस्तो खराब आचरण देखाउन हामी अरूलाई पनि अनुमति दिन्छौं अनि मण्डलीका समस्यहरूलाई सामादन गर्ने क्रममा, हामी आफैले त्यस्ता अपराधमा पक्रा परेकाहरूप्रति क्रोध र आक्रोसको आत्मा प्रदर्शन गरिहाल्छौं। यस सन्दर्भमा हामीले परमेश्वर स्वयंको आचारण कस्तो रहेको छ भनेर हेर्नु अत्यन्तै असल हुनेछ। “यहोवा दयालु र अनुग्रही हुनुहुन्छ, रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ। उहाँले सँधै हप्काईरहनु हुन्न, न ता सँधैभरि आफ्नो रिस नै राखिरहनुहुन्छ। उहाँले हामीसँग हाम्रा पापहरू अनुसार व्यावहार गर्नुभएको छैन न ता हाम्रा अधर्मअनुसार हामीलाई बद्ला दिनुभएको छ। किनकि पृथ्वीमाथि आकाश जति उच्च छ, उहाँको डर मान्नेहरूप्रति उहाँको करुणा पनि उतिनै महान छ। पश्चिमदेखि पूर्व जति टाडो छ, त्यति नै उहाँले हाम्रा अपराधहरू हामीदेखी टाडा हटाउनुभएको छ। जसरी बाबुले आफ्ना छोराछोरीहरूलाई टिठाउँछन्, त्यसरी नै यहोवाले आफ्नो डर मान्नेहरूलाई टिठाउँनुहुन्छ। किनकि उहाँले हाम्रो बनावट जान्नुहुन्छ; हामी धूलो हौँ भन्ने कुरा उहाँले सम्झनुहुन्छ।” (भजन १०३:८-१४) सत्यतालाई नगुमाउनुहोस्। स्थिर रहनुहोस् र पक्री राख्नुहोस् तर जसरी तपाई आफ्नो भाईको गल्तीलाई ज्योतिमा ल्याउनलाई ताम्सिनु भएको छ त्यसरी नै परमेश्वरको ज्योतिले तपाईभित्रको गल्तीलाई देखाईदिने ठाउँमा खडा रहनुहोस्। सत्यतालाई पक्रिराख्नुहोस्, अनि त्यो सत्यता चाहिँ प्रभु येशूआ मशिहमा मात्र  पाईन्छ। प्रभु येशूआ  हृदयमा अत्यन्तै बिनम्र र कोमल हुनुहुन्छ। उहाँ एक महान मेलमिलाप गराउने व्यक्ति हुनुहुन्थ्यो अनि यो मेलमिलाप गराउने बाटो हिंड्दा उहाँले धेरै ठूलो मूल्य चुकाउनु परेको थियो। अब हामीलाई उहाँ यसो भन्नुहुन्छ : “धन्य मेलमिलाप गराउनेहरू।”  शान्ति कायम गर्नलाई हामीले मूल्य नै चुकाउनु पर्ला, तर त्यसैमा हामी धन्य कहलिने छौं। 

 यो सत्यतालाई हामीले हाम्रो जीवनमा कति धेरै गुमाएका छौं। तर “मशिहको शान्तिले हाम्रो हृदयमा राज्य गर्नै पर्छ अनि त्यो शान्ति अरूमा पनि फैलाउनु पर्छ। (कलसी ३:१५) “अनि मेलमिलाप गराउनेहरूका निम्ति धार्मिक्ताको फल मेलमिलापमा छरिन्छ।” (याकूब ३:१५) के तपाई मेलमिलाप गराउने हुनुहुन्छ, कि कलह र बिसंगित फैलाउने व्यक्ति हुनुहुन्छ? अब मशिह स्वयं हाम्रा अघि रहनुभएको हुनाले हामीले यो निश्चय गर्नुपर्छ हामीले पनि ख्रीष्टको कृपालाई त्यहि अनुरुप अरूमा प्रकट गर्न सकेका हौँ। हाम्रा हृदयमा बृहत र गाडारूपले “यहोवा प्रशस्त कृपाको परमेश्वर हुनुहुन्छ” भन्ने कुराले बास पाओस ।अब यो कृपा हामी पापिहरूमाथि नआएको भए अर्थात हामी सन्तहरूमा नरहेको भए हाम्रो हालत के हुने थियो होला? यसले हामी आफैमा भएको खराबी र अरूमा भएको खराबीलाई सहनलाई प्रोत्सान गरेको छैन। तर जसलाई बिश्वासयोग्य ढंगले अनुशासन गरिएको छ, त्यस व्यक्तिप्रति हाम्रो यस्तो आचरण हुनुपर्छ। “किनकि जब जब मैले उसको बिरोधमा बोलेँ, तब-तब म अझै उसलाई झन् बढी सम्झना गर्छु।” (यार्मिया ३१:२०) 

कसैले बोल्छ भने खुलेरै बोलोस्, निडर भएर बोलोस्, किनकि हामी उहाँको नजरमा पारदर्शी र बिना डरभयको हुनुपर्छ। आजको दिनमा कति माण्डलिक सभाहरूको हालत रित्तो भाँडो भएको छ जहाँ कुनै जीवन छैन किनकि हाम्रो आफ्नै स्वार्थ र शारीरिकपनाले गर्दा सभाहरू फुटेर टुक्रा टुक्रा भएका छन्। के यो हाम्रो आफ्नै घमण्ड र शारीरिकपनको परिणाम होईन र? कति पटक सामाजिक भेदभावले गर्दा परमेश्वरका जनहरूमा ठूलो भिन्नता सृजना गरेको छ। यस्तो हो भने कहिले पनि परमेश्वरको महिमा हुँदैन। यस सन्दर्भमा याकूब २ अध्यामा एउटा सामाजिक भेदभाव र भिन्नताको कुरा गरिएको छ। यस्तो कुरा परमेश्वरका जनहरूमा बिद्द्यमान हुन्छ भनेर नै पवित्र आत्माले यो कुरा उल्लेख गर्नुभएको हो। मान्छेको हैसियत जस्तै भए पनि प्रभुको उपस्थितिमा म केहि होइन भन्ने सोच मैले राख्नु पर्छ। एउटा दासले आफ्नो मालिकलाई मालिक ठाने पनि उसलाई एउटा भाई भनेर सम्मान गर्नुपर्छ।मण्डलीमा आएका कुनै पनि व्यक्तिहरू अनुग्रहदूवारा बाँचेका हुन् र उनीहरू सबै नै त्यहि महिमाको हकदार हुन्। कोहि महलमा बस्लान त कोहि झुपडीमा बस्लान तर हामी सबै नै त्यहि महिमाको हकदार हौँ। हाम्रो सामाजिक हैसियत अनुसार हामी जसरी बाँचेको भए ता पनि हाम्रो अस्तित्व अर्थात् खडा हुवाइ मशिहमा एउटै हो । कमारा र फुक्का दुवै एकै हुन्। कति मिठो तरिकाले यो उल्लेख छ कि “मशिह नै सर्वस्व हुनुहुन्छ।” हामीभन्दा तल्लो दर्जाकाहरू पनि यहाँ चम्किन सक्छन्। दाऊदका शक्तिशाली मानिसहरूको नामावलीमा योआबको नाम पाइन्दैन तर उनको नाम उनको हाईहतियार बोक्नेको नाम उल्लेख छ। त्यो व्यक्ति एउटा तल्लो दर्जाको हुन सक्ला तर मशिहको शरीरमा उसले एउटा महत्वपूर्ण सेवाको अभिभारा निभाईरहेको हुन सक्छ। यो मानिस परमेश्वरमा अत्यन्तै सुव्यवस्थित भएको हुन सक्छ। यसले हाम्रो क्रुद्ध मानिसिक स्तरलाई तोडदछ। तर के कुराले हामीलाई पवित्र राख्दछ ? 

         कति पटक हाम्रो व्यक्तिगत भावनाहरूलाई उहाँको महिमाको नाममा साट्फ़ेट गरिन्छ। तर यो ख्याल गर्नुपर्छ कि प्रभुले उहाँका भाईहरूलाई गरेको निन्दा र खेदोको ख्याल गर्नुहुन्छ र उहाँ प्रकट हुँदा तिनीहरू सरममा पर्नेछन्। 

सामाजिक हिसाबले हामीबीच हुने भेदभावको बारेमा मैले सक्दो उल्लेख गर्ने प्रयास गरेको छु। तर जब हामीले अरूको साना गल्तीहरूलाई केलाउन थाल्छौं हाम्रा आफ्नै व्यावहारका ठूला ठूला गल्तिहरू प्रदर्शन हुन सक्छन्। अनि मण्डलीमा गरिएका व्यावहारमा हाम्रो आफ्नै नियतको पर्दाफास हुन्छ जो वस्तवमा उहाँको नामको महिमाका लागि हुँदैन। यस बिषयमा मैले पाप गर्ने र त्यसको कटानी गर्नेहरूलाई सहनु पर्छ भनेर भन्न खोजेको होईन तर थाहा नपाईकन हाम्रो आफ्नै स्वधार्मिक्ताले गर्दा त्यस पाप गर्ने व्यक्तिको सुधार र उन्नतिमा पुर्र्याउने ठूलो असरको नाङ्गो चित्र कोर्न खोजिरहेको छु जसले उहाँको नामको निन्दा हुनबाट जोगाउनुको सट्टा उल्टा उहाँको नामको निन्दा गर्ने काम गर्दछ। यस्तो व्यावहारले मण्डलीलाई अन्योलतामा हाल्दछ र संगति प्रेमको बग्नबाट रोक लगाउँदछ। अनि सन्तहरूलाई शान्तिमा बस्नबाट बन्चित गर्दछ।

 यस्तो अवस्थामा, हाम्रो दुर्बलता र कमजोरीमाथि प्रभुले हामीलाई कृपा गरेका होऊन्। हामीले हाम्रो शिर झुकाउन सकौं र हृदयलाई चूर्ण पारेर उहाँको ईच्छा के हो सो बुझ्न सकेका हौं। हामीले त्यो आचरणको विकास गर्न सकेका हौं जसले सैयौं पापहरूलाई पनि ढाक्न सक्छ। अरूको गल्तीलाई पर्दाफास गर्नुको सट्टा प्रेमसहित त्यसलाई ढाक्न सकौं। अरूको गल्ति चाहिँ देख्न नसक्नु तर आफ्नो चाहिँ पटक्क देख्न नसक्नुले एउटा ठूलो दुरघटना निम्त्याउँछ। 

यो कसैको गल्ति प्रमाण गर्ने सवाल होईन, तर यो कुरा एउटा आत्मासँगको ब्याबहारको सवाल हो जसमा परमेश्वरको महिमालाई ध्यानमा राखिन्छ अनि त्यस व्यक्तिलाई शुद्ध गर्न चाहनेहरूको मार्गमा भनौ उनीहरूले ब्याबहार गर्ने तडिकामा निर्भर रहन्छ।

   साँचो प्रेम हुनुपर्छ। केवल देखावटी प्रेम हुनुहुँदैन। यसले हरेक उद्देश्यको आकार बदल्दछ। यसले सबैको लागि आशिष खोज्दछ तर आफ्नो उद्देश्य पूर्ति गर्ने बाटो खोज्दैन। तर ढिलापन अर्थात शिथिलतालाई वैधानिकता वा व्यावस्थाले बाँधनु हुँदैन। जब तिमोथीले आफ्नो सहास गुमाए, देमास फर्केर संसारतिर गयो र पावललाई त्याग्यो। यसैकारण पावलले तिमोथीलाई लेख्दै भन्छन्, “मशिह येशूआमा भएको अनुग्रहमा बलियो होऊ।” जसले उनीहरूलाई अन्तसम्म प्रेम गर्नुभयो, उहाँले नै भन्नु भयो, “मैले तिमीलाई नुहाईदिन भने, तिम्रो मसँग कुनै भाग हुँदैन।” उहाँले मण्डलीलाई प्रेम गर्नुभएको छ, र त्यसको निम्ति आफैलाई सुम्पनु भएको छ। तर यस्तो चुकाउहरूको बिचमा पनि उहाँ सँधै नै उनीहरूको रक्षाका लागि तत्पर हुनुहुन्छ, किनकि उहाँको प्रेमले हामीलाई सँधै नै सम्हाली राख्दछ। प्रभु जो सबै कुरा जान्ने हुनुहुन्छ उहाँले नै हामीलाई शान्तिमा रहन सहायता गर्नुभएको होस्।