Categories
Assembly Truth Devotionals

(श्रेस्थागीत १: १-५)

By: EC Hadley

Translated by: Kevin Pariyar

श्रेष्ठगीत, जो सुलेमानको हो । उहाँले मलाई आफ्ना मुखका चुम्बनहरूले चुम्बन गरून्! किनकि तपाईंको प्रेम दाख्मद्दभन्दा उत्तम छ । तपाईंका उत्तम तेलहरूको सुगन्धले गर्दा तपाईंको नाम खन्याइएको तेलजस्तै छ; यसैले कन्याहरूले तपाईंलाई प्रेम गर्छन् ।मलाई खिच्नुहोस् ! हामी तपाईंको पछि-पछि दगुर्नेछौं; राजाले मलाई आफ्ना कोठाहरूमा ल्याउनुभएको छ ; तपाईंमा हामी रमाउनेछौं र आनन्द गर्नेछौं ; हामी तपाईंको प्रेम दाख्मद्दभन्दा बढी सम्झना गर्नेछौं; तिनीहरूले तपाईंलाई सच्चारीतिले प्रेम गर्छन् । (श्रेष्ठगीत १:१-४) 

यो उत्कृष्ट गीत जो सुलेमानको गीत हो यसमा प्रशस्त सांकेतिक भाषा प्रयोग भएका छन्, जुन सांकेतिक भाषामा प्रशस्त आत्मिक अर्थहरू पाउन सकिन्छ । यस गीतलाई श्रेष्ठगीत भनिन्छ; त्यसको अर्थ यो एउटा यस्तो गीत हो जो यसको सुन्दरता र उत्कृष्टताका कारणले अन्य सबै गीतहरूभन्दा श्रेष्ठ छ । यो एउटा प्रेम गीत हो अनि अहिलेसम्म गाइएको अर्थात फेला परेको एउटा उत्तम गीत हो किनभने यस गीतले एउटा अत्यधिकरूपमा व्याक्त गरिएको एउटा प्रेम कहानीलाई बताउँदछ र अहिलेसम्म संसारले जानेको एक महान प्रेमीको बारेमा बताउँदछ । त्यो महान प्रेमी प्रभु येशू ख्रीष्ट स्वयं हुनुहुन्छ, जो परमेश्वरका पुत्र हुनुहुन्छ जसले आफ्ना निम्ति मानिसका सन्तानबाट एउटी दुलहीलाई आफुतर्फ आकर्षित गर्दै हुनुहुन्छ ।

यस गीतलाई यसको प्राथमिक अर्थमा हेर्दा यो गीत ख्रीष्टको अगमवाणी हो, जो ईस्राएल जातिका मसीह हुनुहुन्छ जसले यहूदी बचतभागबाट आफ्ना निम्ति एउटी दुलहीलाई आफूतिर आर्कर्षित गर्दैहुनुहुन्छ। आफ्नो स्वर्गीय दुलही मण्डलीलाई आफ्नो पासमा लागिसके पछि उहाँले आफ्नी धर्तिकी दुलही ईस्राएलजातिलाई पनि आफ्नो प्रेममा खिच्नुहुनेछ।

यो श्रेष्ठगीतलाई ईस्राएल जातिप्रति ख्रीष्टको सम्बन्धको बारेमा त्यसको भविष्यवाणिक अर्थमा अध्ययन गर्नु फैदाजनक हुनेछ अनि वस्तवमा भन्ने हो भने यस गीतमा उल्लेख भएका कतिपय पद र खण्डहरू इस्राएल जातिमा लागू हुने अर्थमा हेर्दा मात्र सहि अर्थमा बुझ्न सकिन्छ । तर जब हामीले उहाँकी धर्तिकी दुलही ईस्राएलप्रति उहाँको प्रेम कस्तो रहेकोछ भन्ने कुरालाई महसुस गर्दछौं तब हामीले उहाँकी स्वर्गीय दुलही मण्डलीप्रतिको उहाँको प्रेमलाई पनि अझ गहिरो अर्थमा बुझ्न सक्छौं । यस गीतका कुराहरूलाई हाम्रो आफ्नै जीवनमा लागू गर्दा हाम्रो आत्मिक जीवनमा अत्यधिक फाइदा हुन्छ । यसैकारण हामीले यो कुरा भुल्नु हुँदैन कि यहाँ प्रयोग भएका सबै सांकेतिक भाषाहरू अन्तिम दिनहरूमा बचतभागहरूमा लागू हुनेछ, तथापि यी सांकेतिक भाषाहरूले हाम्रो आत्मिक जीवनमा गहिरो र पूर्ण आत्मिक अर्थ राख्छन् । हामी उहाँकी स्वर्गीय दुलही मण्डलीका सदस्य भएका हुनाले यी सांकेतिक भाषाले हाम्रो व्यावहारिक जीवनका लागि प्रशस्त अर्थ बोकेका छन् । 

श्रेष्ठगीत, जो सुलेमानको हो । (श्रेष्ठगीत १:१) 

सुलेमान यस गीतका गीतकार हुन् । उनको नामको अर्थ शान्ति हो । उनको बारेमा यस्तो लेखिएको छ, “ यसरी राजा सुलेमानले धनसम्पति र बुद्धिमा पृथ्वीका सबै राजाहरूलाई उछिने ।(२ ईतिहास ९:२२) सुलेमान शान्तिका राजा हुन् तर उनी हाम्रा महान शान्तिका राजकुमारका एक दुर्बल प्रतिनिधि (नक्सा, रुप ) हुन् । उहाँ बिलकुलै सुन्दर (मनोहर) हुनुहुन्छ, “मानिसका सन्तानभन्दा सुन्दर हुनुहुन्छ”, जसलाई परमेश्वरले उहाँका साथीहरूलाईभन्दा बढी हर्षको तेलले अभिषेक गर्नुभएकोछ, “ जसलाई उहाँले सबै कुराहरूका हकवाला नियुक्त गर्नुभएको छ ।” ( श्रेष्ठगीत ५:१६; भजन ४५:२,७; हिब्रु १:२) उहाँलाई हाम्रो प्राणको (आत्माको) प्रेमीको रूपमा पाउन सक्नु कति उत्तम कुरा हो ? 

“उहाँले मलाई आफ्ना मुखका चुम्बनहरूले चुम्बन गरून् ! किनकि तपाईंको प्रेम दाख्मद् भन्दा उत्तम छ।” (श्रेष्ठगीत १:२) 

यस गीतको शुरुवात नै एकासीरूपले बगेका प्रेमका तिब्र शब्दहरूबाट भएको छ। कसैको गहिरो, मायालाई वर्णन गरिएकोछ। उनले आफ्ना प्रेमीलाई आँखाको साम्नेमा अनि हृदयको कुनामा राखेकी छिन। उहाँको सुन्दरता र आकर्षक अनुग्रहमा आकर्षित बनेर उनी आफ्नो प्रेमीप्रति मोहित बनेकी छिन्। उनको हृदय अन्तरंगित बनेकोछ र तिनको प्रेमलाई व्यक्त गर्न त्यस्ता घनिष्ट र तरंगले भरिएका शब्द र भाषा बोलिरहेकी छिन्। चुम्बनले कसैको घनिष्ट र तरंगित मायालाई अभिव्यक्त गर्दछ। जस कसैले प्रभुको प्रेमलाई चाखेको छ उसलाई थाहा हुन्छ कि मानिसको हृदयलाई पूर्ण सन्तुष्टि दिलाउने, प्रेमको मिठो क्षण अन्त कतै पाइन्दैन। मायाको मिठो पल भनेकै प्रभुको नजिकमा रहनु हो। प्रभुसँगको घनिष्टतामा रहनु हो। प्रभुको कोमल प्रेममा माग्न हुनु हो। प्रभुको प्रेमनै यस धर्तीका कुनै पनि माया प्रेमभन्दा उत्कृष्ट छ। “तपाईंको प्रेम दाख्मद्दभन्दा उत्तम छ।” दाखमद् चाहिँ भौतिक आनन्द, खुसी र चैनको प्रतिक हो। यस संसारले दिने कुनै पनि खुसी र आनन्दभन्दा धेरै उत्तम, मिठो र तृप्ति दिने आनन्द छ। हाम्रा आदरणीय मुक्तिदातासँग घनिष्ट प्रेमलाई साटा-साट गर्दा मात्र त्यो आनन्दको अनुभव गर्न सकिन्छ। उहाँको प्रेम मृत्युभन्दा पनि शक्तिशाली छ। उहाँले हाम्रा आत्मालाई प्रेम गर्नुभएको कारणले नै उहाँ मृत्युसम्म जानुभयो। तर अहिले उहाँ सर्वदाका निम्ति जीवित हुनुहुन्छ। उहाँको हृदयको धड्कन सारा ज्ञानलाई माथ गराउने प्रेमले हामीतिरै धड्किरहेको छ- त्यस्तो प्रेम जुन प्रेमले गर्दा नै उहाँले कलभरी क्रूसको मृत्युमा जानुभयो। उहाँ अहिले जीवित हुनुहुन्छ र उहाँको हृदयको प्रेम नै हाम्रा लागि अनन्तको सामर्थ बनेको छ। 

साँचो ख्रीष्टियनपन भनेको कुनै शिक्षा सम्बन्धिको दिमागी ज्ञान होइन तर जीवित प्रभु, परमेश्वरका प्रिय पुत्रसँगको घनिष्ट सम्बन्ध हो । घनिष्ट चिनाजानी हो । अफसोसको कुरा यहि छ धेरै ख्रीष्टियनहरू आफ्ना पापहरू प्रभु येशू ख्रीष्टको मृत्युद्वारा क्षमा भएका कुरामा मात्र सन्तुष्ट छन्, र परमेश्वरका पुत्रसँगको संगतिमा लागिरहन चुकेका छन् । प्रभुको प्रेम दाख्मद्दभन्दा उत्तम छ । कति धेरैले प्रभु येशूसँगको व्यक्तिगत संगतिलाई गुमाएका छन् । प्रभु येशू ख्रीष्टसँगको व्यक्तिगत संगतिको कमिको कारणले आएको हाम्रो जीवनको आत्मिक क्षतिलाई परिपूर्ति गर्ने केहि कुरा छैन । प्रभु येशू ख्रीष्टको रगतले धोइएको कुनै पनि आत्मालाई अन्य कुनै कुराले पनि सन्तुष्ट पार्न सक्तैन मात्र उहाँसँगको व्यक्तिगत संगतिले मात्र सन्तुष्ट पार्न सक्छ । जीवित प्रभु येशू ख्रीष्टसँग व्यक्तिगत संगति नगर्ने कुनै पनि ख्रीष्टियन आफ्नो जीवनमा तृप्त र  सन्तुष्ट बन्न सक्तैन । यो ख्याल गर्नुहोस् कि “उहाँले मलाई आफ्ना मुखका चुम्बनहरूले चुम्बन गरून्” भन्ने वचन कति व्यक्तिगत र घनिष्ट रहेकाछन् । 

“तपाईंका उत्तम तेलहरूको सुगन्धले गर्दा तपाईंको नाम खन्याइएको तेलजस्तै छ, यसैले कन्याहरूले तपाईंलाई प्रेम गर्छन् ।” यस पदलाई तपाईंले जे एन डारबीको अनुबादमा पड्न सक्नुहुनेछ । 

तेल अर्थात मलमले सुगन्धलाई बताउँदछ । “तपाईंका उत्तम तेलहरू” भनेर उल्लेख गरिएकोछ । हो, उहाँको अनुग्रह किसिम किसिमका छन् जो उहाँमा पाइन्छ । उहाँका एक-एक अनुग्रहका चालाले विशेष आकर्षण बोकेका हुन्छन् अनि ती सबै मिठा सुगन्धले भरिएका हुन्छन् । तेल अर्थात मलम चाहिँ सुगन्ध र बास्नाका लागि मात्र प्रयोग गरिँदैनथियो तर चंगाईका लागि पनि प्रयोग गरिने गरिन्थ्यो । ( यशैय १:६ ) उहाँको अनुग्रहको तेलले अर्थात मलमले चंगाई गर्न नसक्ने या निको पार्न नसक्ने कुनै त्यस्तो हृदयको पिडा र चोट छैन । तपाईंका सारा दु:खहरू, नैराश्यताहरू र व्याथाहरू लिएर प्रभु येशूकहाँ जानुहोस्, उहाँले तपाईंका सारा दुखलाई हल गर्नुहुनेछ, चोटहरूमा मलम लगाइदिनुहुनेछ र निराशामा आशा दिनुहुनेछ । 

“तपाईंको नाम खन्याइएको तेलजस्तै छ।” 

एक विश्वासीका कानमा 

कति मिठासपूर्ण ढंगले येशू नाम गुन्जिन्छ 

यसले दुखलाई शान्त गराउँछ, घाऊलाई निको पार्दछ 

अनि डरलाई भगाउँदछ । 

यसले घायल आत्मालाई सकल बनाउँदछ 

बिचलित हृदयलाई शान्त गराउँदछ 

यो भोका आत्माका लागि मन्ना हो 

थाकेकाहरूका लागि बिश्राम हो । 

येशूको नाम यति धेरै सुगन्ध र बास्नाले भरिएको मात्र छैन तर पवित्र शास्त्रमा उहाँका धेरै नामहरू छन् र ती प्रत्येक नामले बिशेष आफ्नै सुगन्ध र बास्ना दिन्छन् । यी बिभिन्न नामहरूले दिने मिठो बास्नाका बारेमा चर्चा गर्न हामीलाई समयले अनुमति दिंदैन । 

“तपाईंको नाम खन्याइएको तेलजस्तै छ,यसैले कन्याहरूले तपाईंलाई प्रेम गर्छन् ।” “हामी उहाँलाई प्रेम गर्दछौं किनभने उहाँले हामीलाई पहिला प्रेम गर्नुभयो ।” (१ यूहन्ना ४:१९) उहाँको प्रेमले नै हाम्रो हृदयलाई उहाँतर्फ खिच्दछ अनि जति धेरै हामी उहाँद्वारा भरिन्छौं र उहाँले हामीप्रति गर्नुभएको प्रेमले भरिन्छौं, त्यति नै धेरै हामी उहाँलाई प्रेम गर्न सक्दछौं । मेरो जीवनमा त ख्रीष्टप्रतिको प्रेम धेरै कम छ भनेर शोक गरेर अर्थात प्रेमको ज्वाला चम्काउन प्रयास गरेर कुनै फाइदा हुँदैन । तपाईं आफै आफ़ुदेखि फर्किनुहोस् र ख्रीष्टकहाँ जानुहोस् र उहाँलाई आफ्नो हृदयको साम्नेमा राख्नुहोस् । हामी आफै, आफ्नै कम्जोरताहरूले भरिँदै गयौं भने त्यसले कहिले पनि ख्रीष्टप्रतिको स्नेहलाई बढाउँदैन तर ख्रीष्ट स्वयंले भरिने काम गर्र्यौं भने उहाँप्रतिको हाम्रा प्रेम अझ बढ्नेछ । हुन त हामीले हाम्रो अल्छिपना, ख्रीष्टप्रतिको प्रेममा सुस्ततालाई महसुस गर्नु पर्छ तर आफुमा उत्पन्न भएको चिसोपनाका लागि शोक र विलाप गरेर होइन उहाँको प्रेममा ध्यान गरेर मात्र हाम्रा हृदयहरू उहाँमा तेजिला बन्छन् । यस बिषयलाई यसरी हेर्नु अत्यन्तै महत्वपूर्ण कुरा हो । यसैकारण तपाईंको हृदयको अवस्था चिसो बनेको कुराबाट फर्केर उहाँको प्रेम र स्नेहको चमकतिर फर्किनुहोस्। अनि मात्र तपाईंले आफ्नो हृदय तेजिलो बनेको महसुस गर्नुहुनेछ ।  

हामीमा त्यस्तो कुनै बिशेष आकर्षण नभए पनि उहाँले हामीलाई प्रेम गर्नुहुन्छ । प्रेम गर्नु उहाँको स्वभाव हो । उहाँको प्रेमको हृदयले आफुले प्रेम गर्ने बिशेष वस्तु पाएन भने कहिले सन्तुष्ट हुँदैन। हामी उहाँलाई प्रेम गर्दछौं किनभने उहाँ “असाध्य सुन्दर हुनुहुन्छ।” उहाँमा सौन्दर्य र आकर्षणको कति पनि कमि छैन, तर हाय ! हामी कति सजिल्यै उहाँले मात्र पाउनु पर्ने स्थानमा अन्य कुराहरूलाई निम्त्याउन ईच्छुक र उन्मुख छौं । हाम्रो अर्को पदमा पाइने एउटा उत्सुक र उत्कट चाहानाले भरिएको प्रार्थना हाम्रा लागि कति धेरै आवश्यक छ । “मलाई खिच्नुहोस् ! हामी तपाईंको पछि पछि दगुर्नेछौं।” (४ पद) तर यी वचनहरूलाई हाम्रो हृदयको ईमान्दार संकल्पले साथ दिएको होस् । “हामी तपाईंको पछि पछि दगुर्नेछौं” भन्ने उत्कट चाहनामा हामी साँचै नै ईमान्दारिताका लागौं । 

आजको दिनमा यो संसार धेरै कुराको पछि दगुरी रहेकोछ, अनि यसै गरी हामी ख्रीष्टियनहरू पनि यस संसारका यो कुरा र त्यो कुराको पछि दगुरिरहेका हुन्छौं तर ख्रीष्टको पछि दगुरेका हुँदैनौ । फलस्वरूप हाम्रो आनन्दमा घटी आउँदै जान्छ अनि हाम्रो ज्योति मधुरो बन्दै जान्छ र हामी चाँडै बेचैन र व्याकुलताको सागरमा आफ्नो आत्मा डुबेको अवस्थामा पाउँछौ । यो संसार जुन कुराको पछि लागेको छ, त्यसले हाम्रो अजिव आत्मालाई कहिल्यै पनि सन्तुष्ट दिन सक्दैन किनभने हाम्रो आत्मा उच्च कुराका निम्ति सृजिएको हो । परमेश्वरले हामीलाई उहाँका पुत्र येशू ख्रीष्टको संगतिमा बोलाउनुभएको छ ।(१ कोरिन्थी १:९) अनि उहाँले हामीलाई एउटा आत्मिक क्षमता र सामर्थ्य दिनुभएको छ किनभने उहाँले हामीलाई उहाँको ईश्वरीय स्वभावको सहभागी बनाउनु भएको छ जसद्वारा हामी उहाँलाई उपभोग गर्न सक्छौं र माथिका कुरामा आनन्दित र खुसी बन्न सक्छौं जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ विराजमान हुनुहुन्छ । एकै क्षणका लागि तपाईं अत्यन्तै हर्षित र खुसी भएको एउटा बिगतको  पललाई सम्झाना गर्नुहोस् । मलाई निश्चय थाहा छ कि तपाईंले ख्रीष्टका निम्ति दिनुभएको समय नै थियो जतिखेर तपाईंले ख्रीष्टलाई आफ्नो हृदय र विचारको साम्नेमा राख्नुभएको थियो । जब तपाईंले ख्रीष्टलाई आफ्नो नजिकमा महसुस गर्नुभएको थियो । के त्यस्तो कहिले भएको थियो ? निश्चय नै थियो यदि तपाईं एक सच्चा विश्वासी ख्रीष्टियन हुनुहुन्छ भने । यदि त्यस्तो अनमोल समयलाई जीवनमा कहिल्यै महसुस गर्नुभएको छ भने अब किन फर्केर त्यहि ठाउँमा नजाने त ? कृपा गरेर फेरी त्यहि ठाउँमा फर्केर जानुहोस् र तपाईंले त्यो आनन्द र खुसीको समयलाई फिर्ता पाउनुहुनेछ।हामी के कुराको पछि दौडिरहेकाछौं त्यस बारेमा धेरै होसियारी बनौं । यी वचनहरू नै तपाईंका जीवनका उत्सुक प्रार्थाना र हृदयको संकल्प बनून् । 

“राजाले मलाई आफ्ना कोठाहरूमा ल्याउनुभएको छ ।” (४ पद) 

यहाँ प्रेमको चरमोत्कर्ष देखिन्छ जब प्रभु स्वयंले नै आफ्नी प्रिय दुलहीलाई आफैकहाँ लानुहुनेछ। प्रभु स्वयंले नै “म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जानेछु” भनेर भन्नुभयो। अनि “यदि म गएर तिमीहरूका निम्ति ठाउँ तयार पारेँ भने म फेरी तिमीहरूलाई लिन आउनेछु र तिमीहरूलाई मकहाँ लैजानेछु ; र म जहाँ हुनेछु त्यहाँ तिमीहरू पनि हुनेछौ ।” (यूहन्ना १४:२,३) अनि जहिलेसम्म हामी त्यस महिमित दिनलाई पर्खिरहनेछौं, उहाँ हाम्रोसाथमा आत्मामा भएर रहनुहुनेछ । यसैकारण हामी यसो भन्न सकौं, “तपाईंमा हामी रमाउनेछौँ, र आनन्द गर्नेछौं; हामी तपाईंको प्रेम दाखामद्दभन्दा बढी सम्झना गर्नेछौं । (४ पद) 

“तपाईंमा हामी रमाउनेछौँ, र आनन्द गर्नेछौं ।”

यहाँ खुसीयालीको वसन्त छाएको छ र त्यो खुसीयालीको वसन्तमा कहिल्यै पनि शिशिरको सुखापन आउनेछैन- आनन्दको श्रोतमा कहिल्यै खडेरी पर्ने छैन । यो आनन्दको मुहान हो जसबाट हामी निरन्तर पिउन सक्छौं । हाम्रो जीवनको जस्तै परिस्थितिबाट  भएर जानु परेता पनि त्यो खुसीको मूहान हाम्रा लागि कहिल्यै सुक्ने छैन । एक दुखी पापीका लागि यस्तो आनन्द कहिल्यै उपलब्ध छैन किनभने ऊ आफै यस संसारको बदलिँदो परिस्थितिबाट जानु पर्ने उसको बाध्यता छ। तर एउटा ख्रीष्टियनका लागि भने आनन्दको मूहान छ । ख्रीष्टमा आनन्दको ईनार छ जुन मूहान र ईनारलाई यस संसारको बदलिँदो परिस्थितिले कहिल्यै छुन सक्तैन ताकि उसले निरन्तररूपले आनन्दित र हर्षित बन्न सक्छ । १ थिस्सालोनी ५:१६ र फिलिप्पी ४:४ मा प्रेरित भन्छन्- सँधै आनन्दित रहो; प्रभुमा सँधै आनन्द गर, फेरी पनि म भन्छु अनान्द गर।” 

यदि तपाईं आनन्दित हुनुहुन्न भने निश्चय पनि तपाईंले आफ्नो जीवनमा प्रभुलाईभन्दा जीवनका परिस्थितिहरूलाई निम्त्याउनु भएको छ । प्रभु तपाईंको जीवनको परिस्थितिभन्दा महान हुनुहुन्छ अर्थात तपाईंको जीवनको परिस्थितिमाथि हुनुहुन्छ । उहाँले सँधै नै तपाईंलाई आफ्नो असिमित प्रेमले माथिबाट हेर्नुहुन्छ । उहाँका हातमा असिमित आशिषका स्रोतहरू छन् र उहाँले तपाईंको वस्ता र ख्याल गर्नुहुन्छ । यसकारण, यो आनन्द र सन्तुष्टिको रहस्य पत्ता लागाउनुहोस् । साँचो आनन्द केवल ख्रीष्टमा पाइन्छ । 

“तपाईंमा हामी रमाउनेछौँ, र आनन्द गर्नेछौं; हामी तपाईंको प्रेम दाखमद्दभन्दा बढी सम्झाना गर्नेछौं ।” यदि हामीले उहाँमा आनन्दित हुनुछ भने हाम्रो पनि हृदय सिधा र ईमान्दार हुनु जरूरी छ। यदि तपाईंको हृदय सिधा र ईमान्दार छैन र तपाईंको सम्बन्ध प्रभुसँग ठीक छैन भने तपाईंको विवेकले तपाईंलाई कहिले पनि उहाँको साम्नेमा सहज महसुस गर्न दिदैन । उहाँमा आनन्दित हुनुको सट्टा अझ तपाईं प्रभुको उपस्थितिबाट पछि पर्दै जानुहुनेछ । तपाईंले आफ्नो अवस्थालाई जाँच नगरेसम्म तपाईंले प्रभुमा आनन्दित बन्ने अवसर गुमाउनुहुनेछ । आज धेरै ख्रीष्टियन बेचैन र असन्तुष्ट हुने एउटा कारण के हो भने, उनीहरूले प्रभु र आफ्नो आत्माबीचमा अन्य कुराहरू आउन दिन्छन् । उनीहरूले अरू मानिसहरूसँग राम्रो सम्बन्ध कायम गर्दैनन् । उनीहरूले आफुमा यस्तो कुरा भएको कहिले स्वीकार गर्दैनन् र त्यसलाई सुधार गर्न चाहँदैनन् । यदि तपाईं प्रभुमा आनन्दित हुन चाहानुहुन्छ भने, तपाईं उहाँको साम्नेमा सिधा र ईमान्दार हुनुपर्छ । प्रभु येशू ख्रीष्ट र तपाईंको आत्मा बीच कुनै पनि कुरालाई आउन नदिनुहोस् । कुनै बेला आफ्नै लापरबाहीका कारणले कुनै कुरा आए पनि, तुरुन्तै उहाँको सामने प्रार्थानामा जानुहोस् र त्यस कुरालाई समाधान गरिहाल्नुहोस् । जब तपाईं यसरी प्रभुकहाँ जानुहुन्छ, प्रभुले अतिनै मायालु हिसाबले तपाईंलाई ग्रहण गर्नुहुनेछ । उहाँले तपाईंलाई खुसीरहेको देख्न चाहनुहुन्छ अनि उहाँमा मात्र तपाईं खुसी रहन सक्नुहुन्छ भन्ने कुरा उहाँलाई थाहा छ । उहाँसँगको संगतिमा कुनै कुराले पनि तपाईंलाई बाधा गरेको उहाँले चाहानुहुन्न । उहाँ तपाईंलाई पूर्ण आनन्द दिन चाहनुहुन्छ। 

“हे यरूशलेमका छोरी हो, म काली त छु, तर सुन्दरी छु -केदारका पालहरूजस्तै सुलेमानका पर्दाहरू जस्तै ।” (५ पद) 

सुलेमानको यस सुन्दर गीतलाई ध्यान लगाएर अध्यायन गर्दा यो गीत बिशेष खण्ड र भागमा विभाजित भएको पाइन्छ । अनि हरेक खण्ड र भागको आफ्नै बिषय र प्रसंग रहेको पाइन्छ । यसको कुनै खण्ड र बिषयलाई अध्यायन गर्दै बिकास गरेर चरमविन्दुमा पुग्दा त्यसको बिशेष आत्मिक अर्थ लगाउन सकिन्छ भने यस गीतका कति खण्डले हजार वर्षमा यहूदी बचतभागले पाउने आशिष र सौभाग्यलाई बुझ्न सकिन्छ । 

यस अध्यायको २ पद देखि ४ पदसम्म हेर्दा यो खण्ड आफैमा पूर्ण छ । यस खण्डमा हुनेवाला दुलाहीमा देखिएको प्रेमको जागरणबाट शुरू भएको छ र राजाको राजकीय कोठाहरूसम्म पुगेर पूर्ण आनन्द प्राप्त गरेको अवस्था छ । राजाको उपस्थितिमा पूर्ण आनन्द महसुस गरेको अवस्थाछ । यस खण्डले वस्तवमा सम्पूर्ण पुस्तकको परिचय दिएकोछ । यस खण्डले घरी घरी देख्न सकिने प्रत्येक भागको अर्थ भनेकै हजार वर्षको राज्यको महिमाको उत्कर्षलाई उजागर गरेको पाइन्छ । तर हरेक खण्डलाई बिभिन्न दृष्टिकोणबाट, बिभिन्न शूरुवातका बिन्दुबाट यी प्रत्येक खण्ड र भागको अर्थ लगाउन सकिन्छ । 

“हे यरूशलेमका छोरी हो, म काली ता छु, तर सुन्दरी छु -केदारका पालहरूजस्तै सुलेमानका पर्दाहरू जस्तै ।” (५ पद) 

यस पदले एउटा नयाँ खण्डलाई शुरू गरेको छ जुन खण्डको अन्त पनि राजकीय महलमा पुगेर टुङ्गिएको छ ।  यस खण्डलाई १७ पदले अन्त गरेको छ । 

यो खण्डले उनी स्वभावले कस्ति थिइन् भन्ने खुल्ला र सरल स्वीकारबात शुरू भएकोछ। उनले “म काली छु” भन्ने कुरालाई स्वीकार गरेकी छिन् । तर तिनको स्वीकारसँग बिश्वासको निश्चयताद्वारा अनुग्रहको कार्यले “सुन्दरी बनेकी ” छु भन्ने कुरा पनि जोडिएको छ । स्वभावैले त उनी केदारका पालहरू जस्तै थिइन् तर अनुग्रहले तिनलाई सुलेमानका पालहरू जस्तै सुन्दर बनाएको छ । केदारका पालहरू चाहिँ बाख्राका काला भूतलाबाट बनिएका थिए र ती पालहरू मरुभूमीको चर्को घामको किरणमा कालै भएर चम्किन्थे । केदारका पालहरूले हामी स्वभावैले कस्ता थियौं भन्ने कुरालाई जनाउँदछ – हाम्रो पापी अवस्थालाई जनाउँदछ; तर सुलेमानका मन्दिरका पालहरू चाहिँ नरम सुतीका धागो र सुनका डोरीले बुनिएका निला र बैजनी कपडाले बनिएका थिए ।  यसले पहिला प्रभु येशू ख्रीष्टको व्यक्तित्वको सिद्धता र सुन्दरतालाई देखाउँदछ भने परमेश्वरको नजरमा प्रत्येक विश्वासीहरू कस्ता भएका छन् भन्ने कुरालाई देखाउँदछ । परमेश्वरले आफ्नो पुत्रमा बिश्वास गर्ने प्रत्येक विश्वासीलाइ कस्तो देख्नुहुन्छ भन्ने कुरा पनि जनाउँदछ । हामी विश्वासीहरूलाई प्रभु येशू ख्रीष्टको सौन्दर्य र सिद्धताको बस्त्र पहिराइएको सत्यतालाई जनाउँदछ । उहाँको कार्य र व्यक्तित्वको सुन्दरताले हामी ढाकिएका छौं भन्ने कुरा दर्शाउँदछ । 

हाम्रो आफ्नै प्रयास र कोशिशले त हामीले यो स्थान ख्रीष्टमा पाएको होईन, तर परमेश्वरको सार्वभौमिक अनुग्रहको कार्यले हो । “ तर उहाँद्वारा (परमेश्वरद्वारा) नै तिमीहरू ख्रीष्ट येशूमा छौ, औ परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि, धार्मिक्ता, पवित्रता र छुट्कारा ठहरिनुभएकोछ।” (१ कोरिन्थी १:३०) लूका १५ अध्यायको पश्चातापी उडान्त पुत्रले आफ्ना लागि उत्तम बस्त्र पहिरन पाउने कुनै त्यस्तो कार्य गरेको थिएन । उसले त केवल थाङ्ग्ना र झत्ते कपडा मात्र लगाएको थियो तर उसले खुलेर पश्चताप गरयो, पिता मैले तपाईंको बिरुद्धमा पाप गरेको भनेर भन्यो अनि म तपाईंको छोरो कहलाईने योग्यको छैन भनेर भन्यो ।” “तर तिनका बाबुले पश्चताप गरेको तुरून्तै उत्तम कपडाहरू ल्याएर लगाईदिन आज्ञा गरे ।” (लूका १५:२१,२२) तर यदि उसले नयाँ बस्त्र पहिरेर पनि, त्यस पश्चातापी उडान्त पुत्र आफ्नो पूरानै थाङ्ग्ना र झत्ते कपडाका लागि पश्चाताप गर्दै म त राम्रो लूगा लगाको छैन भन्दै भन्यो भने के त्यस कुराले तिनका बाबुको अपमान हुने थिएन र ? तर तिनले त्यसो गरेनन् तिनले आफु त्यो सुन्दर र उत्तम बस्त्र लगाउने योग्यको छैन भन्ने महसुस गरे जसले आफ्ना बाबुको अनुग्रह र प्रेमलाई अझ धेरै तारिफ गर्ने बनायो । यस्ता सुन्दर बस्त्र पहिराइदिएकोमा आफ्ना बाबुको माया र अनुग्रहलाई अझ धेरै महसुस गर्न सके र आफ्ना बाबुलाई अझ धेरै आदर गर्न सके । 

विश्वासीहरूले जहिले पनि  स्वभावले आफु कस्तो छु भन्ने कुरालाई महसुस गर्नुपर्छ र “म काली” छु भन्न सक्नुपर्छ; तर उसले कहिले पनि यो कुरा भुल्नु हुँदैन कि परमेश्वरले उसलाई सुन्दर देख्नुहुन्छ र ती सुन्दर बस्त्र पहिराईएको अवस्थामा देख्नुहुन्छ । उहाँ आफैले आफ्ना पुत्रको बलिदानको कार्यद्वारा ती धार्मिक्ताका बस्त्र पहिराईएको अवस्थामा देख्नुहुन्छ । त्यस बस्त्रमा कुनै पाप र पापका दागहरू देखिने छैनन् किनभने एकचोटी बगाईएको ख्रीष्टको रगतले हामीलाई सदाका लागि शुद्ध पार्नुभएको छ । 

विश्वासीहरूले यो सत्यतालाई स्पष्ट बुझ्नु अत्यन्तै महत्वपूर्ण कुरा हो । त्यसो भएन भने उसले ख्रीष्टमा पाईने शान्तिलाई गुमाउदछ र हृदयको चैनबाट बन्चित हुन सक्छ । अनि आफ्नो आत्मालाई अनेक अन्योलताका खाडलमा परेको अनुभव गर्न थाल्छ । 

हामी प्रत्येकले अर्को महत्वपूर्ण तथ्यलाई बुझ्नु पर्ने कुरा यो पनि हो कि हाम्रो पूरानो स्वभाव कहिल्यै बदलिँदैन । “हृदय ता सबै कुराहरूभन्दा बढी छली हुन्छ, र त्यो असाध्य दुष्ट हुन्छ; कसले जान्न सक्छ र ?” ( यर्मिया १७:९ ) अनि यो अवस्था हामी यस नास्तिक शरीरमा रहुन्जेल भईनै रहन्छ । हामी शरीरमा रहेको कारणले हाम्रो स्वभाव उस्तै रहन्छ र परमेश्वरको आज्ञा मान्नका लागि बदलाउन सकिन्न र यसलाई तालिम दिएर परमेश्वरप्रति आज्ञाकारी बनाउन सकिंदैन । शरीरले परमेश्वरको व्यवस्थालाई मान्दैन न ता यसलाई कर गर्न सकिन्छ । बिश्वासीले आफ्नो जीवनलाई जाँच गरेन भने शरीरका काम गर्ने निश्चित छ । जब विश्वासीले आत्मामा हिड्न छोड्छ र शरीरका कार्यलाई मार्न सक्तैन तब उसमा शरीरका कार्य झल्किने सम्भावना औधि हुन्छ । तथापि परमेश्वरको सामु उसको खडा हुवाई भने सँधै सिद्ध रहेको हुन्छ अनि यो अवस्था कहिल्यै बदलिंदैन किनभने यो कुरा ख्रीष्टको सिद्ध बलिदानमा आधारित छ र ख्रीष्टले हाम्रा सबै पापका प्रश्न र विश्वासीहरूका चुकाऊका सवालहरूलाई पूर्णरूपले समदान गरिसक्नु भएको छ । अब उप्रान्त विश्वासीका जिवानमा कुनै पाप र चुकाऊ आउने छैन । ख्रीष्टको बलिदानले यी सबै सदाका लागि समादन भएका छन् । अनि परमेश्वरले एउटा विश्वासीलाई ख्रीष्टको सिद्ध कार्यको सिद्धतामा देख्नुहुन्छ जो कार्य सबैको पापको प्रायश्चितका लागि गरिएको छ । 

पाप र चुकाऊ आएका बेला विश्वासीको हृदय कहिले पनि परमेश्वरका साम्नेमा आनन्दित हुन सक्तैन । जबसम्म त्यसलाई मानिलिएर स्वीकार गरिँदैन तबसम्म उसले कहिले पनि परमेश्वरको उपस्थितिमा आनन्दको महसुस गर्न सक्तैन । अनि यदि त्यसो हो भने, किन हामीले आफ्नो चुकाऊहरूलाई खुलेर परमेश्वरको सामनेमा स्वीकार गर्न ढिलो गर्नु र, जब हामीलाई थाहा छ कि परमेश्वरले हाम्रा सबै कम्जोरता र दुर्बलताहरू जान्नुहुन्छ र हाम्रा सबै पाप र अपराधका निम्ति नै उहाँले आफ्ना प्रिय पुत्रलाई दिनुभएको हो, अनि उहाँले हाम्रा सबै दुर्बलताहरूलाई आफ्नो बलिदान मार्फत समादान गरिसक्नु भएकोछ । यसरी उहाँले हामीलाई उहाँका साम्नेमा सँधै ग्रहणयोग्य तुल्याउनुभएकोछ अनि हामी ख्रीष्ट प्रायश्चित गर्ने मृत्युमार्फत ती सुन्दर बस्त्रहरूले सजिएका छौं । अब हामीलाई पछि पार्ने कुनै कुरा छैनन् नता पवित्र परमेश्वरको आँखाबाट लुकेका कुनै कुरा छन् किनभने जसले हाम्रो कालोपना देख्नुहुन्छ उहाँले नै हामीलाई ख्रीष्टको धर्मिक्ताका सुन्दर बस्त्रले पहिराउनु भएकोछ । 

आफैलाई “म काली छु” भनेर स्वीकार गर्नु अत्यन्तै बिनम्र कार्य हो, तर म काली छु भनेर स्वीकार गर्न नसक्ने कुनै पनि व्यक्ति परमेश्वरसँगको उचित संगतिमा रहन सक्तैन जबसम्म उसले आफ्नो वास्तविक अवस्थालाई स्वीकार गर्दैन । कति मानिसहरू आफुमा भएका अनेक दुष्ट कार्यका निम्ति दुखी बन्दछन् र आफुमा निहित खराबी र दुष्टताको बारेमा क गर्ने हो भनेर अलमल्ल परिरहेका हुन्छन् । तर किन त्यस्तो भएको त ? केवल त्यहि कारणले हो किनभने उनीहरूले आफ्नो गल्तीलाई स्वीकार गरेका हुँदैनन् र प्रेरित पावलले जीवनमा अनुभव गरेको सत्यतालाई अनुभव नगरेको कारणले हो । प्रेरित पावलले पनि “म काली छु” भन्न सिकेका थिए र खुलमखुल्लारूपले त्यसलाई स्वीकार गरेका थिए । “किनकि म जान्दछु, मभित्र अर्थात मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन ; किनकि ईच्छाले मसित हाजिर छ , तर जे असल छ त्यस कुरालाई पूरा गर्ने चाहिँ म पाउँदिन ।” (रोमी ७:१८) अब उप्रान्त यो तथ्यलाई स्वीकार गर्नुहोस् कि तपाईंको स्वभावमा देखिएको नयाँ कुरा के हो भनेर अलमल्ल नपर्नुहोस्, किनकि त्यो तपाईंको पूरानो स्वभाव हो । अब तपाईं आफैमा जे हुनुहुन्छ त्यो भन्दा फरक कुरा आफुमा आशा पनि नगर्नुहोस् ; तर म काली छु भनेर स्वीकार गर्नुभयो भने तपाईं आफै आफूबाट फर्केर परमेश्वरकहाँ जानुहुनेछ किनकि तपाईंलाई थाहा छ कि तपाईंमा कुनै असल कुराले बास गर्दैन । यसकारण प्रभुका लागि कुनै फल फलाउनु छ भने आफैलाई बदलाउने शक्तितिर फर्किनुहोस् । यहि कुरा प्रेरित पावलले पनि जीवनमा सिकेका थिए र त्यहि कुरा उनले हामीलाई गलाती २:२० मा बताएका छन् । “ म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु; त्यसो भए पनि म ता होईन तर ख्रीष्ट मभित्र  जिउनुहुन्छ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरका पुत्रको बिश्वासद्वारा जिउँछु , जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो ।” ( गलाती २:२० ) 

“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु ।”

त्यसको अर्थ यहि हो कि उनले खुलेर स्वीकार गरेका छन् कि तिनको पूरानो स्वभाव अब उप्रान्त परमेश्वरको नजरमा जिउन अयोग्य छ , अनि यसले अघि नै मृत्यु दण्ड पाईसकेको छ र आफ्नो पूरानो स्वभावलाई ख्रीष्टसँग क्रूसमा टाँगिएको वास्तविक्तालाई सहर्ष स्वीकार गरेका छन्, जो ख्रीष्ट उनको बदलीमा क्रूसमा टाँगिनु भएको थियो । अब उप्रान्त उनले आफ्नो पूरानो जीवन शैली र स्वभावलाई परमेश्वरको दृष्टिबाट हेर्न थालेका छन् र त्यो पूरानो जीवन शैली र स्वभावमा परमेश्वरलाई मन पर्ने केहि नभएको तथ्यलाई मानिलिएका छन् । उनले आफैलाई मृत्युबाट पार भएर जीवनमा सरेको महसुस गरेका छन् । उनले आफ्नो पूरानो स्वभावको बिरुद्धमा मृत्यु दण्ड दिएका छन् । 

प्रेरित पावलको यति सुन्दर भक्तिमय ख्रीष्टको जस्तै जीवनको स्रोत के थियो त ? त्यस स्रोतको बारेमा तिनले अझ यसरी स्पष्ट गर्दै जान्छन्: “तरै पनि म जिउँछु; त्यसो भए पनि म ता होईन तर ख्रीष्ट मभित्र  जिउनुहुन्छ।” अब उप्रान्त उनको पूरानो “म” थिएन, उनको पूरानो स्वभाव थिएन, जसले तिनीमा यस्तो प्रभाव पारेको थियो, तर ख्रीष्ट स्वयं नै त्यो नयाँ जीवनको स्रोत र शक्ति बनेर उनको हृदयमा आउनुभएको थियो जसले तिनमा यस्तो प्रभाव पार्न सकेको थियो । तिनले नयाँ जीवान प्राप्त गरेका थिए जो पूर्णरुपले ख्रीष्टको जीवन थियो तर उनको पूरानो स्वभाव विलकुल थिएन। 

यस्तो सुन्दर र महिमित परिवर्तनको कथा सबै विश्वासीको आफ्नै सत्य कथा हो । जब आफ्नो पापी अवस्थामा हामीले बिश्वासद्वारा ख्रीष्टलाई अपनायौं, हामीले उहाँमा एउटा नयाँ जीवन प्राप्त गर्यौं अर्थात हामीले त्यस्तो स्वभाव प्राप्त गरेका छौं जुन स्वभाव विलकुलरूपले हाम्रो पूरानो स्वभावभन्दा फरक छ । ख्रीष्टमा हामीले पाएको नयाँ स्वभाव हाम्रो प्राकृतिक जन्मबाट पाएको स्वभावभन्दा विलकुल फरक छ । यद्यपि हरेक विश्वासीमा पूरानो स्वभाव र नयाँ स्वभाव दुवै निहित हुन्छन् । एउटा पूरानो स्वभाव जो पूरानो म हो अर्थात म खुद हो । मेरो स्वार्थ हो । अर्कोतर्फ हामीसँग नयाँ स्वभाव छ जो ईश्वरीय जीवनको स्वभाव हो अर्थात त्यो जीवन र स्वभाव जसको स्रोत र शक्ति ख्रीष्ट स्वयं नै हुनुहुन्छ । 

अब यहाँ एउटा व्यावहारिक प्रश्न खडा हुन्छ, हामी यस नाश्मान शरीरमा बाँचुन्जेल अर्थात शरीरमा रहुन्जेल कसरी हामी यो नयाँ जीवनको चाला अनुसार जिउनु जब कि हामीसँग त्यो पूरानो स्वभाव अझ खडा छ ? यसको महान रहस्य यहि छ, जुन रहस्यको बारेमा पावलले अझै बताईरहेकाछन्, “अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरका पुत्रको बिश्वासद्वारा जिउँछु , जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो ।” यसो भन्न सक्ने शक्ति बिश्वासमार्फत आएको थियो । यो शक्ति उनको आफ्नै बल र बुद्धिले आएको थिएन ; तर आफै असाहय बनेको महसुस गरेर, आफैले आफुलाई केहि गर्न नसक्ने देखेर उनले आफैलाई हेर्न छोडिदिए, अनि परमेश्वरको पुत्रलाई हेर्न थाले, जसले तिनलाई नयाँ जीवन दिनुभएको थियो र यस नयाँ जिवानको हरेक कदममा, हरेक वचनमा अनि कार्यमा शक्ति र सामर्थ मात्र उहाँबाट आउँछ भनेर उहाँमा नै आँखा उचाले । 

यूहन्ना १५: १-८ सम्म उल्लेख गरिएको दाखको बोटको उखानमा ख्रीष्टले आफ्ना चेलाहरूलाई यस महत्वपूर्ण सत्यताको बारेमा बताउनुभएको थियो । “दाखको बोट म नै हुँ, तिमीहरू चाहिँ हाँगा हौ । जो म मा रहन्छ, अनि म उसमा, उसैले धेरै फल फलाउँछ; किनभने मबाट अलग भएर तिमीहरूले केहि पनि गर्न सक्दैनौ ।” यो कुरा कति साधारण छ ! कति व्यवहारिक छ ! जसरी हाँगाले आफै नै फल फलाउँदैन तर दाखको बोटमा रहेर र बोटबाट पाईने सारा शक्ति र उर्जालाई लिएर मात्र फल फलाउन सक्दछ । यसै गरेर एउटा विश्वासीले पनि परमेश्वरका निम्ति फल फलाउका लागि स्वयं ख्रीष्टबाट शक्ति र उर्जा प्राप्त गर्नुपर्छ । 

त्यस पछि प्रेरित पावलले उनको जीवनको मूख्य प्रभावको रहस्य बताउँछन्, बिशेष गरेर ख्रीष्टको विवस पार्ने प्रेमको शक्तिको बारेमा बताउँछन् । जति उनले परमेश्वरका पुत्रलाई हेर्दथिए त्यति नै उनि ख्रीष्टको विवस पार्ने प्रेमले भरिन्थे र उहाँले आफैलाई तिनका निम्ति अर्पण गर्नुभएको सत्यतालाई सम्झन्थे र त्यहि बलिदानको कार्यले गर्दा उनी परमेश्वरको सामु सिद्ध ठहरिन सकेको वस्तविक्तालाई सम्झिन्थे । उनलाई परमेश्वरका सामु ग्रहण हुने मध्यम केवल ख्रीष्ट बलिदान हो भनेर मान्दथे । ख्रीष्टको बलिदानको कार्य बाहेक अन्य कुनै कुराले तिनले परमेश्वरमा ग्रहण हुन् नसक्ने कुरालाई मान्दथे । तिनको जीवनका सारा पाप र चुकाऊहरूलाई ख्रीष्टको बलिदानको कार्यले क्षमा र सिद्धता दिएको मान्दथे । त्यसैले उनले अर्को पदमा यसो भन्छन्, “परमेश्वरको अनुग्रहलाई म व्यार्थको तुल्याउँदिन; किनकि व्यवस्थाद्वारा धार्मिक्ता आउँदो हो ता ख्रीष्ट व्यर्थमा मर्नुभयो ।” (गलाती २:२१) 

हाम्रो अध्यानको क्रममा श्रेष्ठगीत १:५ पदमा गरिएको स्वीकारको बिषयमा हामीले थोरै चर्चा गर्यौं किनभने यो स्वीकार गर्ने कार्य हामी सबै विश्वासीहरूका लागि अत्यन्तै व्यवहारिक महत्वको कुरा हो। अनि यो स्वीकार गर्ने सत्यतालाई राम्ररी बुझिएन र पक्डिएन भने कसैले पनि आफ्नो आत्मिक जीवनमा धेरै उन्नति गर्न सक्तैन नता उसले यस पछि उल्लेख गरिने सुन्दर पद र त्यसका सांकेतिक अर्थहरूलाई नै बुझ्न सक्छ । यहाँदेखि उसोका कुराहरू जो यस श्रेष्ठगीतका पुस्तकमा उल्लेख छन् ती कुरालाई समेत बुझ्न सक्तैन । 

E.C Hadley