A Gospel Tract: Writer Unknown
एक आइतबार दिउँसो म सुसमाचारका पर्चाहरू वितरण गर्दै समय विताइरहेको थिएँ, त्यहि बेला मैले दुई ठिटाहरू मतिर आउँदै गरेको देखेँ। हतार हतार दुईवटा पुस्तिकाहरू छानेर मैले दुवैका हातमा थमाई दिएँ । दुवैले पुस्तिका लिए र धन्यवाद भने । ती दुई ठिटाहरूमध्ये एक जना चाहिँ एक हटाकटा, जवान अनि सुन्दर मानिस थिए। तिनले त्यस पुस्तिकाको शिर्षक “ठिक समयमा” भनेर पढे।
“ठिक समयमा” भन्ने भनाईको गम्भीरताको भावनामा म आफै चुर्लुम्म दुबें, अनि तिनको अत्यन्तै हँसिलो र खुल्ला अनुहारलाई हेरेर मैले भने, “हो मेरा मित्र, सयाद तपाईं स्वर्गको निम्ति “ठिक समयमा” आउनुभयो। त्यस पछि म सिधा आफ्नो घर गएँ र “प्रभु यी मानिसलाई बचाउनुहोस्” भनेर प्रार्थना गरेँ।
मंगलबार राती, म मेरो कमारामा गएको मात्र के थिएँ, कसैले जोड्ले ढोका ढकढकक्यायो अनि मैले आतिएर ढोका खोल्दै को हुनुहुन्छ, भनेर सोधेँ। उसले अलिक आतिएको सोरमा भन्यो, “अस्ति आइतबार दिउँसो एक जना जवान मानिसलाई “ठिक समयमा” शिर्षकको पर्चा दिने व्यक्ति तपाईं नै हो” भन्दै सोध्यो। मैले भने, “हो, मैले नै दिएको थिएँ ।” उसले भन्यो ती व्यक्ति अहिले संकष्टमा परेका छन्, तपाईं मसँग जानु परयो।
संकष्ट
मैले हतार हतार गरेर कपडा पहिरिएँ अनि त्यो बर्खे रातमा ती मित्रको पछि लागेँ। बाटोमा जाँदै गर्दा उसले मलाई भन्यो कि उसका मित्रा त्यहि आइतबार दिउँसो एउटा मेसिन चल्ने ठाउँमा गाएका थिए, अचानक त्यो मेसिनमा कुनै कारणले तल झरेछन् र त्यहाँबाट तल झरेर मेसिनमा डरलाग्दो किसिमले चेप्टिएछन्। अहिले उनी त्यहाँ पस्रिरहेका छन् भनेर भन्दै गर्दा ऊ दु:खले भक्कानियो अनि केहि बोल्न नसकेर ठूलो सास फेरयो अनि बिस्तारै भन्यो, “अब उसको जिन्दगी विस्तारै हामीबाट दूर हुँदैछ।”
ती जवान मानिसले आफ्नो कथा भनेर सक्दा नसक्दा हामी त्यस घरमा पुगिसकेका थियौँ। बिडम्बना! मैले दुई दिन अघि भेटेका ती हटाकटा, बलवान र सुन्दर जवान मानिस आज त्यस अवस्थामा पस्रिरहेको थियो। म घरभित्र पसेर केहि बोल्न कोशिष गर्दै गर्दा उसले मलाई एकनास हेरिरहेको थियो।
मैले तिनलाई यो पद पढेर सुनाएँ, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो-उहाँमाथि विश्वास गर्ने कोहि पनि नष्ट नहोस्, तर उसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) मैले तिनलाई परमेश्वरको प्रेमको बारेमा बताएँ। ख्रीष्टको रगतको शक्तिद्वारा परमेश्वरले तिनलाई बचाउन चाहेको कुरा बताएँ। प्रभु येशूले तिनलाई खोजिरहनु भएको अनि तिनलाई आफ्नो पासमा लिन चाहनुभएको कुरा बताएँ । ख्रीष्टले तिनको उद्धारको निम्ति सबै काम गरी सिध्याउनु भएको र तिनका सारा पापलाई परमेश्वरको नजरबाट हटाईदिनुभएको महान सत्यतालाई पनि बताएँ। अब उहाँको अमूल्य रगतले तिनका सारा पापहरू धोइ दिने र तिनले प्रभु येशूद्वारा पापको क्षमा पाउने बारेमा बताएँ। मैले तिनलाई लूका १५ अध्यायको उडान्त पुत्र र तिनका प्रेमी बाबुको कथा पनि पढेर सुनाएँ। अनि लूका १८ अध्यायको फरिसी र महसुल उठाउनेको प्रार्थना पनि पढेर सुनाएँ। अनि “मकहाँ आउनेलाई म कुनै रीतिले त्याग्ने छैन” भन्ने पद चाहिँ घरी घरी दोहोर्याएर सुनाएँ।
आशा
यति भनिसक्दा तिनको अनुहार बद्लियो । तिनमा आशा जागेर आयो। तिनमा भएको निराशा हटेर गयो । यसै बेला तिनले पानी पिउन चाहेको संकेत गरे अनि तिनकी पत्नीले एक गिलास पानी तिनको मुखमा राखी दिईन । तिनले अलिकति पानी पिए अनि सबैलाई चकित पार्ने गरी स्पष्ट सोरमा बोले । अनि आफ्नो आँखा सिधा माथितिर उठाएर कुनै बिशेष व्यक्तिसँग बोलेझैं गरी भने, “ठीक समय” ख्रीष्टको खातिर, हे परमेश्वर म एउटा पापीप्रति कृपा गर्नुहोस्, आमेन।
सकिनसकि तिनले ती अन्तिम शब्दहरू बोलेका थिए ।यति भनिसक्दा नसक्दा तिनको शिर सिरानीमा झरयो अनि केहि लर्बरिएका शब्दहरू आउँदा आउँदै उनी गईसकेका थिए। “साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनेमाथि विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्ने छैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ।” (यूहन्ना ५:२४)
म त्यो दृष्यलाई कहिल्यै बिर्सन्न । यो दृष्यले धेरैका निम्ति एउटा चेतावनी प्रस्तुत् गरेकोछ। अनन्तताको किनाराबाट आएको यो एउटा चेतावनीपूर्ण दृष्य हो अनि परमेश्वरले धेरै मानिसहरूको आशिषको निम्ति प्रयोग गर्नुहुन्छ । तपाईंको निम्ति पनि यो दृष्य चेतावनी र आशिष दुवैका निम्ति होस् । यदि तपाईंले पनि अहिलेसम्म प्रभु येशूमा विश्वास गरी आफ्नो आत्माको उद्धार र मुक्ति पाउनुभएको छैन भने, यो दृष्य तपाईंका लागि एउटा सन्देश बनेको होस्।
“म र मेरो मृत्युबीचको अन्तर एक कदम मात्र छ।” (२ शामूएल २०:३)
“तर कोहि पनि नष्ट नहोस् तर सबैले पश्चताप गरुन् भन्ने इच्छा राख्नुहुन्छ।” (२ पत्रुस ३:९)
“हेर, ग्रणयोग्य समय अहिले नै छ, औ उद्धार दिन आज नै हो।” (२ कोरिन्थी ६:२)
“आज तिमीहरूले उहाँको आवाज सुन्यौ भने रिस उठाएको बेलामा गरेझैँ आफ्ना हृदयहरू कठोर नपार।” (हिब्रु ३:१५)
“भोलिको विषयमा घमण्ड नगर; किनकि भोलिको दिनले के ल्याउँछ, सो तिमी जाँदैनै) (हितोपदेश २७:१)