Categories
Gospel of Grace

तपाई नयाँ गरेर जन्मि नै पर्छ |

तपाई नयाँ गरेर जन्मि नै पर्छ |

हेरोल्ड एस मार्टिनदूवरा लिखित

नयाँ जन्म हाम्रो जीवनको मुख्य परिवर्त्तन हो,जसमा परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ, जब हामीले मुक्तिको सर्तलाई पूरा गर्दछौं | नयाँ जन्म भनेको कुनै वृक्षले पालुवा फेरे जस्तो होइन | नयाँ जन्म भनेको हाम्रो जीवनका आचरणलाई सुधार गर्नु वा भाषालाई शुध्द पार्नु होइन | नयाँ जन्म भनेको एउटा पश्चताप गर्ने पापीमा परमेश्वरको अनुग्रहको काम प्रकट हुनु हो | जब एउटा पापी मानिसले सुसमाचारको निम्तोलाई स्वीकार गर्दछ,उसमा परमेश्वरको अनुग्रहको काम प्रकट हुन्छ,अनि त्यसैमा नयाँ जीवनको लक्षण प्रष्ट हुन्छ |

प्रभु येशू लगायत उहाँका प्रेरितहरू,पत्रुस,याकूब र यूहन्नाले नयाँ जन्मलाई “आत्मिक पुनर्जन्म“भनेर भनेका छन् |(यूहन्ना३:५-७;१ पत्रुस १:३,२३; याकुब;१:१२;१ यूहन्ना ३:९) एउटा बिश्वास गरेर पश्चताप गर्ने व्यक्तिमा पबित्र आत्मा सुटुक्कै प्रवेश गर्नुहुन्छ र त्यस ब्याक्तिमा अद्भूत परिवर्त्तन ल्यउनुहुन्छ | यस परिवर्त्तनको सम्पूर्ण प्रक्रिया नै एक रहस्यमय छ | प्रभु येशू भन्नु हुन्छ “बतास जता इच्छा गर्छ,त्यातै बहन्छ | तिमी त्यसको आवज सुन्छौ,तर कहाँबाट आउँछ र कता जान्छ,त्यो  जान्दैनौ | आत्माबाट जन्मेको हरेक त्यस्तै हुन्छ |” यस पर्चामा हामी पबित्र शास्त्र बाइबलले नयाँ जन्मको बारेमा के बताउँदछ भन्ने बारेमा हेर्ने छौं |

१ ) नयाँ जन्मको आवश्याक्ता |

प्रभु येशूले निकोदेमस भन्ने एक शुध्द नैतिकता र समाजमा सम्मानित व्यक्तिलाई “तिमि नयाँ गरेर जन्मनै पर्छ” भनेर भन्नुभयो | यो नयाँ गरेर जन्म नै पर्छ भन्ने कुराले यो स्पष्ट गर्दछ कि नयाँ जन्मको कुनै विकल्प छैन | नयाँ जन्म नितान्त आवश्यक कुरा हो | परमेश्वरलाई रिझाउने हाम्रो आफ्नै क्षमता नभएको कारणले हामीलाई नयाँ जन्मको आवश्याक पर्दछ | पहिलो मानिस आदमले अनाज्ञकारिताको पाप गरेर एउटा पापी स्वभाव हासिल गरे र तिनको पापी स्वभाव आफ्ना सन्ततिमा सर्‍यो,फलस्वरुप हामी सबैमा पापी स्वभाव अवस्थित छ;जो स्वभाव धार्मिक परमेश्वरको बिरोध्दमा छ र यसले परमेश्वरलाई खुशी तुल्याउन सक्तैन I उत्पति ३ को चुकाउको घटना पछि सम्पूर्ण मानिस जातिलाई पापी अवस्थामा पाईन्छ र यस पापी अवस्थाबाट माथि हामी आफै उठ्न सक्तैनौ | हाम्रो प्राकृतिक जन्म अनुसार परमेश्वरका कुराहरूलाई उपभोग गर्न सक्तैनौ | यर्मिया अगमवक्ता भन्छन कि “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ,त्यो अति भ्रष्ट हुन्छ,त्यसलाई कसले जान्न सक्छ र ? (यर्मिया १७:९)

परमेश्वरको निर्वाद शुध्दताको कारणले गर्दा पनि हामीमा नयाँ जन्मको आवश्याक्ता हुन्छ |  परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा अलिकति पनि अन्धकार छैन | परमेश्वर अनादिकालदेखि हुनुहुन्छ र उहाँको नाम “पबित्र” हो | (यशैया ५७:१५ ) उहाँ सँधै नै भनौ अनन्तसम्म पापलाई घृणा गर्ने परमेश्वर हुनुहुन्छ र पापसँग शत्रुता कायम गर्नुहुन्छ | पवित्रता भन्ने बितिकै अशुध्द कुरादेखि अलग रहनु भन्ने बुझिन्छ |  परमेश्वरले हामीलाई पवित्र भएको चाहनुहुन्छ,किनभने उहाँ पवित्र हुनुहुन्छ |  (१ पत्रुस १:१५-१६) जब हामी विगतका पापी चरित्रहरूलाई सम्झिन्छौ,हामी निरन्तर रूपले नै हाम्रा हर इच्छा,चाहनाहरू ती पापी स्वभावतिर नै ढल्किरहेको पाउँछौ | यसले यो प्रमाण गर्दछ कि हामी परमेश्वरले राख्नु भएको धार्मिक स्तरमा पुगेक छैनौ | परमेश्वरको पवित्रताले हामीमा एक आमूल परिवर्त्तनको माग गर्दछ | यसैले हाम्रो जीवन परिवर्त्तन नभएसम्म परमेश्वर र हाम्रोबीच ठूलो अन्तर कायम रहनेछ |

२) नयाँ जन्मको प्रकृति |

यदि नयाँ जन्म यस्तो आवश्याक हुन्छ भने यो नयाँ जन्म भनेको चाहिँ के हो त ? नयाँ जन्मलाई हामी कसरी ब्याख्य गर्छौं ? यो नयाँ जन्म पाउनका लागि हामी कहाँ जानुपर्छ ? 

“नयाँ जन्म”भन्ने भनाईले एउटा भित्री तर नैतिक परिवर्त्तनलाई बताउँछ जुन परिवर्त्तनले कसैको बाहिरको जीवन शैलीलाई प्रत्याक्ष परिवर्त्तन गर्दछ | प्रेरित पावलले यसलाई “नयाँ सृष्टिको स्नान” भनेका छन् | (तितस ३:५) प्रेरित पत्रुसले यसलाई “ईश्वरीय स्वभावको सहभागि हुनु” भनेका छन् | (२ पत्रुस १:४) भने प्रेरित यूहन्नाले चाहिँ यसलाई “मृत्युदेखि जीवनमा पार हुनु” भनेका छन् |  (१ यूहन्ना ३:१४ ) 

नयाँ जन्म भनेको हृदयको भित्रि परिवर्त्तन हो | यो “आत्माबाट जन्मिनु” हो | जब कुनै ब्याक्तिले सुसमचारको सन्देशलाई बिश्वास गर्दछ,पबित्र आत्माले त्यस ब्यक्तिलाई नयाँ जीवन दिनुहुन्छ-जुन जीवन चाहिँ परमेश्वरको जीवन हो I नयाँ जीवनको प्रक्रियालाई “पबित्र आत्माबाटको पुनर्जीवन” भनेर उल्लेख गरिएको छ | (तितस ३:५)  नयाँ जन्म एउटा अत्यान्तै महत्वपूर्ण आत्मिक परिवर्त्तन हो जसलाई पवित्र आत्माले मानव हृदयमा ल्याउनुहुन्छ | नयाँ जन्म भनेको बिगतका पापको क्षमा मात्र होइन तर पूर्णरूपले नयाँ पारिनु हो | परमेश्वरले आफ्नो अनुग्रहले मानिसको स्वभावमा परिवर्त्तन ल्याउने मौका दिनुहुन्छ I यदि हाम्रो हृदयको परिबर्त्तन निर्णायक नै हुन्छ भने पापको शक्ति त्यसमा फेरी प्रभावशाली हुँदैन | नयाँ जन्म एउटा रहस्यमय प्रकृया हो जसलाई सजिलै ब्याख्या गर्न सकिंदैन र कसैले ब्याख्या गर्न पनि सकेको छैन | नयाँ जन्मलाई बिश्वास गर्ने व्यक्तिको हृदयमा पवित्र आत्माले परिवर्त्तन ल्याउनुहुन्छ | जब कसैको हृदयले निम्न तीन कुराहरूलाई स्वीकार गर्दछ,तब पवित्र आत्माले त्यस व्यक्तिमा नयाँ परिवर्त्तन ल्याउनुहुन्छ |

१ ) सर्बप्रथम हामीले हाम्रो पापी र विनाशी अवस्थालाई थाहा पाएको हुनुपर्छ | हामीले साह्रै हल्कारूपले पापलाई ब्याख्या गर्ने गर्छौ, तर पापदूवारा परमेश्वरलाई कति दुखी परेका छौं भन्ने कुरा बुझ्न चुकेका  छौं |

२) हाम्रो बिगतको पापी अवस्थाप्रति हामी पश्चतापी हुनुपर्छ |  पश्चताप गर्नु चाहिँ हाम्रो स्वभावको बिपरित कार्य हो | जसले पश्चाताप गर्छ उसले पापप्रति आफ्नो आचरण बद्लिन्छ | पश्चताप गर्ने मानिसहरूले आफ्ना जीवनका सारा कार्यहरूलाई जाँच गर्छन् र आफ्नो शिरलाई झुकाएर दु:खित् हुँदै बिगतका दन्त्यकथा, मूर्खसवाल, अनैतिक र छाडा कुराहरूमा आफू संलग्न भएकोमा पश्चताप गर्छन् | पश्चाताप गर्नेहरूले परमेश्वरतिर आफ्नो जीवन फर्काउँछन् |पश्चाताप गर्नेहरूले बिशेष ख्रीष्टलाई यतिका समयसम्म अस्वीकार गर्ने काम गरेकोमा दु:खित् हुन्छन् | पश्चाताप गर्नेहरूले आफ्नो जीवनका ब्याबहारहरूलाई बदल्छन् | आफ्नो गल्तिको बचाऊ गर्नुको साटो उनीहरू आफ्नो गल्तिप्रति दु:खित हुन्छन् र आफ्नो अयोग्यतालाई थाहा गर्छन् | पश्चताप गर्नु भनेको पापप्रति दु:खित हुनु हो र सम्पूर्ण हृदयबाट नै पापदेखि फर्किने निर्णय गर्नु हो |

३) प्रभु येशूले कलभरी क्रूसमा सिध्याउनु भएको उद्धारको कार्यलाई हामीले विश्वास गर्नै पर्छ | जब प्रभु येशूले निकोदेमसलाई नयाँ जन्मको बारेमा बताउनुभयो,उहाँले आफू क्रूसमा झुन्डिने बिषयमा पनि बताउनु भयो I (यूहन्ना ३:१४ ) उहाँले यो निस्कर्ष दिनुभयो “जसले उहाँमा बिश्वास गर्दछ,उ नाश हुँदैन,तर त्यसले अनन्त जीवन पाउनेछ |” (यूहन्ना ३:१५) “जसले विश्वास गर्दछ”भन्ने एउटा वर्तमानकाल जनाउने वाक्य हो, यसले अहिले भइरहेकोरहेको यथार्थतालाई प्रष्ट पार्दछ | यसले बिश्वास गरिरहनु पर्ने आवश्यकतालाई जनाउँदछ | यहाँ कुनै बेला तपाईंमा उत्पन्न हुने विश्वासकोको कुरा गरिरहेको छैन,तर प्रभु येशूमा निरन्तररूपमा आशा,बिश्वास र समर्पण गर्नुपर्ने अवश्यकतालाई जनाउँदछ | पानीको बप्तिषमा गरेपछि उसले प्रभुलाई पछ्याउन शुरु गर्दछ | बाइबलका शिक्षाहरूलाई सहीरूपले सिक्ने र पालन गर्ने मण्डलीको खोजी गर्दछ र दिनौ प्रभु येशूको साथ, साथ हिड्ने संकल्प गर्दछ |

यसैले नयाँ जीवन भनेको भित्रि नैतिक परिवर्त्तन हो जहाँ पवित्र आत्माले हाम्रो जीवनमा प्रवेश गर्नुहुन्छ,तर यो परिवर्त्तनलाई अनुभव गर्नका लागि एउटा मानवीय स्वीकारको जरुरी पर्दछ | नयाँ जन्म हुँदाखेरि कोहि पनि रूँदैन,कराउँदैन र चिच्याउँदैन |  प्रभु येशूले भन्नुभयो कि नयाँ जन्म वस्तवमा एउटा बतास जस्तो हुन्छ (यूहन्ना ३:८) अनि हामी सबैलाई थाहा छ कि वतास संधै एक दिशातर्फ    बहँदैन | कोहि बेला बतास चल्दा घमासान हुरी,हुन्नरी,चक्रपात व आँधी आउँछ |तर ती सबै भएता पनि बतास साँझमा अति मन्द हावा भएर आउँछ I यसरी नै हाम्रो जीवनको परिवर्त्तनको अनुभव पनि त्यस्तै नै हुन्छ | यद्यपि यो ब्याक्ति ब्याक्तिमा फरक पर्दछ | कतिको जीवन एउटा चक्र जस्तै गरि बदलिएको हुन्छ त कतिको जीवन हुरी बतास र बिजुलीको चमक जस्तो गरी बदलिएको हुन्छ |

प्रेरित पावल दमीशकको बाटोमा जाँदै गर्दा अचानक स्वर्गबाट ज्योति चम्क्यो र स्वर्गबाट एउटा आवज आयो | तर अरूको चाहिँ अत्यान्तै कम्ति नाटकिय ढाचाको परिवर्त्तन हुन्छ I आफू सानो हुँदा कतिका धेरै भक्ति गर्ने आमा बाबुहरू हुन्छन् जसले आफ्ना परिवारका सबैलाई एकसाथ राखेर एउटा पारिवारिक वेदी अर्थात फ्यामिली क्लास,कायम गर्दछन्,फलस्वरूप उनीहरूले परमेश्वरको वचन सुनेका र बुझेका हुन्छन्-तथापि उनीहरू पापी अवस्थामा जन्मिन्छन् र उनीहरूको पापप्रति लगाव राख्ने स्वभाव हुन्छ | शूरूका वर्षहरूमा त् झन् बढ्ता स्वार्थी र आरिसे अवस्थाहरू आउँछन्-तर यी सबै कुरामा अत्यान्तै अचम्मको परिवर्त्तनहरू देखा पर्छन्,जहाँ जीवनको परिवर्त्तन एउटा वर्षा ॠतुको मन्द वतास जस्तै तपाईको जीवनमा देखा पर्दछ I यस्तो परिवर्त्तन अचानक तपाईमा देखा पर्न सक्छ र त्यो परिवर्त्तन वास्ताविक हुनसक्छ | आफ्नो जीवनलाई पापमा कैयौं वर्ष डुबाएर राख्ने एक ब्याक्तिमा देखिने आवश्यक परिवर्त्तनलाई स्वयं ब्याक्तिले नै अनुभव गरेकोहुन्छ |

नयाँ जीवनको प्रमाणहरू |

नयाँ जन्म यस्तो परिवर्त्तन हो जसलाई कसैले लुकाउन  सक्तैन | यदि कुनै ब्याक्ति वास्तविकरूपमै नयाँ गरि जन्मिएको छ भने,उसका जीवन र चरित्रमा प्रस्ट परिवर्त्तनहरू देखा पर्छन् | मानिसको हृदयमा परमेश्वरले रहस्यमय तडीकाले काम गर्नु भएको हुनाले हाम्रो जीवनको चाहना शीलस्वभाव र चालमा बिशेष परिवर्त्तनहरू देखा पर्छन् | भविष्यप्रति हाम्रो सारा आशा बदलिन्छन् अनि हाम्रो जीवनको परिवर्त्तनका प्रमाणहरू अनेकौं क्षेत्रमा देखा    पर्छन् |

क ) मानव जाति प्रति नौलो प्रेम जागृत    हुन्छ |  तपाईको हृदयमा तपाईका शत्रुहरूप्रति पनि प्रेम उत्पन्न हुन्छ |किनभने बाइबलले बताउँछ कि “प्रेम गर्ने हरेक परमेश्वरबाट जमिएको हुन्छ |”(१ यूहन्ना ४:७ ) यसको अर्थ यो होइन कि आफ्नो बालकलाई प्रेम गर्ने हरेक आमाहरू परमेश्वरबाट जन्मिएका हुन्छन्,अथवा हरेक जवान मानिसहरू जसले आफ्ना प्रेमिकालाई प्रेम गर्छन्,उनीहरू परमेश्वरबाट जन्मिएका हुन्छन् भन्ने हुँदैन | यस्ता किसिमका माया प्रेमलाई ब्याख्य गर्ने केहि ग्रीक शब्दहरू छन् | तर जुन प्रेमको बिषयमा प्रेरित यूहन्नाले लेखिरहेका छन् त्यो प्रेम चाहिँ १ कोरिन्थी १३ मा उल्लेख गरिएको     छ | प्रेमले धैरर्य  गर्छ,प्रेम दयालु हुन्छ र रिसाउदैन | यसरी प्रेम गर्ने हरेक ब्याक्ति चाहिँ परमेश्वरबाट जन्मिएको  हुन्छ | हामीसँग बेकायदासँग चल्ने मानिसहरूप्रति हामी कसरी ब्याबहार गर्छौ,त्यसैमा हाम्रो प्रेमको जाँच     हुन्छ | अनि त्यसको जाँच यहि हो कि त्यसलाई येशूले क्रुसमा प्रकट गर्नु भयो | उहाँले आफूलाई क्रुसमा टाँग्ने मानिसहरूका खुनी हातहरूलाई क्रूसबाट हेर्नुभयो र भन्नुभयो,”हे पिता यिनीहरुलाई क्षमा दिनुहोस,किनभने यिनीहरूले के गरिरहेकाछन् सो     जान्दैनन् |” (लुका २३:३४) स्तिफनसले पनि आफूलाई ढुंगाले लोहोरयाउनेहरूका लागि प्रार्थना गरेर भने,”हे प्रभु यसको पाप यिनीहरू माथि नपरोस् |”(प्रेरित ७:६०) यसैले नयाँ जन्मको एउटा प्रमाण चाहिँ आफूलाई घृणा गर्नेहरूलाई पनि प्रेम गर्न सक्नु हो |

ख ) परमेश्वरका आज्ञाहरूलाई भक्तिसहित पालना गर्न शुरू  हुन्छ प्रेरित यूहन्नाले १ यूहन्ना ५:३ मा यसो भनेका छन् कि “परमेश्वरबाट जन्मेको हरेक ब्याक्तिलाई परमेश्वरका आज्ञाहरू “बोझपूर्ण हुदैनन् |

आजकाल कति समाजमा”आज्ञाकारिता”भन्ने शब्दलाई एक फोहोर शब्दकोरूपमा लिने गरिन्छ | यदि कसैले पवित्र शास्त्र बईबलका आज्ञाहरूको बारेमा कुरा गर्‍यो भने ,तपाईले त स्वर्ग जाने बाटो बनाउन कोशिष गरेको जस्तो पो लाग्यो,भनेर भन्छन् | तर बाईबलका आज्ञाहरू पालन गरेर हामी स्वर्ग जाने कोशिश गरेको होइन | हामी त वस्तवमा विश्वासद्वारा परमेश्वरको अनुग्रहले प्रभु येशूमा बचाइएका छौं | हाम्रा असल कर्महरूले त होइनI असल कर्म र आज्ञाकारितामा भिन्नता छ | असल कर्म वस्तवमा परमेश्वरप्रतिकै असल आचरणबाट उत्पन्न प्रेमका न्याना कार्यहरू  हुन् | असल कर्मले अरूको सेवामा समर्पित हुने कुरालाई बताउँछ | आज्ञाकारिता चाहिँ अरू कसैको अर्ती उपदेशलाई इमान्दारिताकासाथ पालना गर्नु हो | आज्ञाकारिता वस्तवमा एक स्वीकृति हो | कामद्वारा हाम्रो मुक्ति हुन्छ भन्ने सैधान्तिक त्रुटीबाट उम्किनलाई कतिले त आज्ञाकारिता बिनाको मुक्तिको प्रचार गर्दछन् | विश्वासले सॅधैनै आज्ञाकारितामा डोर्याउँछ | आज्ञाकरितामा नडोर्याउने विश्वासलाई बाईबलले मान्यता दिँदैन | हिब्रु ५:९ लाई हेर्नुहोस् | आफ्नो मुक्ति भएको छ भनेर जसले सोच्दछ,तर पवित्र शास्त्र बाइबलका वचनहरूलाई पालना गर्न वस्ता गर्दैन भने,उसले अझ राम्ररी विचार गर्नुपर्छ |लेखिएको छ कि विना बिश्वास परमेश्वरलाई रिझाउन सकिँदैन |

बाइबलले भन्छ कि विश्वासीहरूले नयाँ चेलाहरूलाई प्रभुका सबै आज्ञाहरूलाई पालन गर्न सिकाउनु पर्छ |”मलाई प्रभु,प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्दैनन्,तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्ने मात्र स्वर्गको राज्यामा प्रवेश गर्नेछन् | (मत्ती ७:२१) नयाँ गरेर जन्मिएका सबैले परमेश्वरको वचन सुन्ने इच्छा मात्र गर्दैनन्,तर परमेश्वरको इच्छा पालन गर्दछन् |

ग) पाप गर्ने प्रवृत्तिप्रति सुनियोजित अस्वीकार उत्पन्न हुन्छ | हामी १ यूहन्ना ३:९ मा यस्तो लेखिएको पाउँछौं कि “परमेश्वरबाट जन्मिएको हरेकले पाप  गर्दैन |” ग्रीकमा यो पाप गर्दैन भन्ने वाक्यले वस्तवमा एक वर्तमानकाल जनाउँने वाक्य हो र त्यसले निरन्तररूपले पाप गर्ने बानीलाई त्याग गर्ने स्वभावलाई संकेत गर्दछ | नयाँ गरेर जन्मिएका ब्याक्तिहरूमा निरन्तर पाप गर्ने बानी हुँदैन | परमेश्वरबाट जन्मिएका हरेक ब्याक्तिहरू पापमा  जिउँदैनन् | नयाँ गरेर जन्मेका हरेक ब्याक्तिले नयाँ स्वभाव पाएका हुन्छन्,जुन स्वभावले पापलाई घृणा गर्दछ | नयाँ गरेर जन्मेका ब्याक्तिहरुले हरेक किसिमका पापहरूलाई तिरस्कार गर्दछन् | उनीहरूले पवित्र शास्त्र बाइबललाई ज्यादा प्रेम गर्छन् र निरन्तर प्रार्थनामा लागिरहन्छन् | उनीहरू दैनिकरूपले प्रभुको अनुग्रहमा बढ्दै जान्छन् र एक सकारात्मक ब्याक्ति बनिन्छन् | नयाँ गरी जन्मिएको ब्याक्ति सँधै नै आत्मिक परिपक्कतातिर अघि बढदछ र पापका मार्गहरूमाथि संधै नै विजयता हाँसिल गर्दछ |

नास्तिकहरूको एउटा समूहले बाइबलको आलोचना गरिरहेका थिए | ती मध्य एउटाले सृष्टिको बिषयमा बोल्यो Iउसले भन्यो,हजारौं बर्ष पहिले परमेश्वर स्वयं यस धरातलमा ओर्लिएर एक मुठी माटोलाई सास दिएर मानिसमा बदलाए भनेर कुन चाहिँ चेतनशील मानिसले विश्वास गर्ला र ? त्यसै बेला एउटा नयाँ गरेर जन्मिएको एक ख्रीष्ट्यानले त्यसको बात् सुन्यो र यसो भन्ने जवाफ   दियो | “सृष्टि सम्बन्धिका सबै प्रश्नहरूको उत्तर म अहिले दिन सक्तिन तर यो कुरा चाहिँ म निश्चय जान्दछु कि परमेश्वर स्वयं एक रात यस धरातलमा ओर्लनुभयो र शहरको एक अति नै मैला माटोको टुक्रालाई टिप्नु भयो र त्यसमा आफ्नो आत्मा फुकिदिनुभयो जसले एक जुवाडे,जड्या,चोर ब्याविचारी र श्रापितलाई शान्ति प्रेमी परमेश्वरको  जन बनाउनु भयो I अनि म नै त्यो ब्याक्ति हुँ | अनि यसरी नै प्रिय मित्र,परमेश्वरले अरूको जीवन बद्लाए झैँ तपाईको पनि जीवन बद्लाउन सक्नुहुन्छ |

हामी सबैको भविष्य अनिश्चित छ | समय चाँडै बितेर जाँदैछ | अहिले पाएको मौका जस्तै तपाईले अर्को मौका पाउनु हुनेछैन | प्रिय मित्र,दिन निश्चय आउनेछ, जहाँ नयाँ जन्म नपाएकाहरूले बरू भौतिक जन्म नै नभएको भए असल हुने थियो भनेर बिलाप गर्नेछन् | अनन्त उद्धारको बाटो दिलाउनका लागि नै येशू ख्रीष्ट मर्नुभयो-आज नै येशूलाई बिश्वास र ग्रहण गरि उहाँको आज्ञा किन पालन नगर्ने? चेलापनको मार्गमा हिड्नलाई संकल्प गर्नुहोस,दैनिक उहाँको पथमा हिंड्नलाई खोज्नु होस् |