Categories
Gospel of Grace

सुसमाचारका सभाहरु र बालकक्षाहरुका प्रयासहरु

यस पुस्तिकामा हामी सुसमाचारको सभा, सन्डे स्कूल र बालबालिकाहरूका निम्ति गरिने सभाको बारेमा हेर्ने उद्देश्य राखेका छौं । यस्ता सुसमाचारिय सभाहरू अत्यन्तै महत्वपूर्ण हुन्छन् र यो कार्य हरेक मण्डलीको क्रियाकलापको मूख्य भाग बनिनु पर्दछ। यस्ता कार्यलाई मण्डलीले नै बहन गर्नु पर्दछ भन्ने होईन, तर प्रभुबाट बुलावट पाएका व्यक्तिहरुले व्यक्तिगतरूपले यस कार्यलाई बहन गर्नुपर्दछ अनि मण्डलीले चाहिँ यस्ता सभाहरूलाई प्रोत्साहन दिनुपर्दछ र प्रार्थना अनि भौतिक सामग्रीहहरूको सहयोग दिएर यस्ता कार्यलाई समर्थन दिनुपर्दछ ताकि अन्तमा उनीहरू उद्धारबिहिन मानिसहरूकहाँ पुगेर उनीहरूलाई उद्धारको मार्गको सन्देशमा ल्याउन सकेका हुन्  र ती उद्धारबिहिन मानिसहरू पनि बाँच्न सकेका हुन् । 

सुसमाचारिय सभालाई अघि नै उल्लेख गरिएका अन्य सभाहरूको पंक्तिको अन्तिममा राखेर हामीले ती अघि हेरेका सभाहरूभन्दा कम महत्वको सभाकोरूपमा बर्गिकरण गरेका होईन अर्थात यो सभा चाहिँ कम महत्वको हो भन्न खोजेका होइनौ । कुरा यति मात्रै हो कि हामीले ती अन्य सभाहरूलाई अघिनै हेरिसकेका छौं र अब हामी यस सुसमाचारिय सभालाई पनि हेर्ने प्रयास गरिरहेका छौं जुन सभा चाहिँ वास्तवमा मण्डलीले नभएर मण्डलीमा रहेका व्यक्तिहरुले सुसमाचारको बोजले भरिएर यसतो सभाको भार उठाउन चाहन्छन् भने त्यसलाई पनि प्रोत्साहन गर्नुपर्छ भन्ने हैसियतले यस बिषयलाई अझ जोड़ दिन यो बिषयलाई यहाँ राख्न उचित ठानेका छौं । यो सुसमाचारिय सभा चाहिँ पहिला उद्धार नपाएकाहरू अर्थात् नबाँचेकाहरूका निम्ति हो र दोश्रो चाहिँ उद्धार पाएकैहरूका निम्ति पनि हो ताकि यी दुवै पक्षलाई सत्यातामा शिक्षा दिन सकिएको होस् । यो कार्य चाहिँ प्राथमिकरूपले प्रचारकको वरदान पाएकाहरूले गर्दछन् अनि उनीहरूको कार्य क्षेत्र चाहिँ संसार हो । यो कार्य मण्डली भित्रभन्दा पनि ज्यादा चाहिँ मण्डली बाहिर गरिन्छ । 

यद्दपि हरेक मण्डलीले सुसमाचारिय सभा र सन्डे स्कूलको सभाको निम्ति एउटा निर्धारित समय छुट्याएकै हुनुपर्छ ताकि जवान र बृद्धा दुबैमा सुसमाचार प्रचार गरियोस्। हरेक मण्डली चाहिँ पूर्णरूपले एउटा सुसमाचारिय मण्डली हुनुपर्दछ भन्ने कुरालाई शास्त्रले हामीलाई सिकाएको कुरालाई हामी दृड बिश्वास गर्दछौं। सुसमाचार प्रचारका निम्ति न्यानो हृदय लिएर जीवनको वचन प्रचार गर्दै उद्धारबिहिनहरूकहाँ पुग्ने हुनुपर्दछ। थिस्सालोनीको मण्डलीलाई पावलले यसरी लेखेका थिए: “किनकि तिमीहरूबाटै परमेश्वरको वचन म्यासिडोनिय र अखैयामा मात्र सुनिएको होईन,तर हरेक ठाउँहरूमा परमेश्वरप्रतिको तिमीहरूको बिश्वास टाडा टाडासम्म फैलिएको छ।” ( १ थिसालोनी १:८ ) मण्डली नै सुसमाचार वितरणको मूख्य स्थान र आधार हुनुपर्दछ जहाँबाट सुसमाचार यस अन्धकारपूर्ण  संसारमा पुग्न सक्दछ अनि मण्डलीबाट नै प्रचारकहरू र प्रभुका खेतालाहरू अर्थात कार्यकर्ताहरू निस्किएर सडक र राजमार्गतिर उद्धारको संदेश लिएर निस्किन्छन्। यस्ता प्रचारकहरू र प्रभुका कार्यकर्ताहरू मण्डलीको संगति, प्रार्थना र प्रोत्साहनदूवारा उत्साहित बनेर सुसमाचार प्रचारको कार्यलाई निरन्तरता दिन्छन् । 

जसरी चारवटा सुसमचारले नयाँ नियमको जग निर्माण गरेको छ त्यसै गरी ख्रीष्टियन जीवनको जग पनि सुसमाचारको स्वीकार नै हो। यसैकारण सुसमाचार प्रचारले हरेक मण्डलीको साक्षीको जग निर्माण गरेको हुनुपर्दछ।सुसमाचार प्रचार गर्ने मन र हृदय नभएको कुनै पनि मण्डली निश्चय पनि शास्त्रमा उल्लेख भएको ईश्वरीय मण्डलीको नमूना अनुसारको मण्डली होईन। फिलिप्पीहरूलाई पावलले लेखेको पत्रिले हामीलाई बताउँदछ कि फिलिप्पीको मण्डली सुसमाचार फैलाउनमा कति उत्साहित थिए भनेर। “तिमीहरूले पहिलो दिनदेखि नै सुसमाचार फैलाउनका निम्ति दिएको सहयोगको निम्ति परमेश्वरलाई धन्यबाद चडाएका थिए। (फिलिप्पी १:३,४ ) अनि सुसमाचारको रक्षा र समर्थनमा सबै अनुग्रहको सहभागी भएका थिए भनि उनले भन्न सकेका थिए। ( फिलिप्पी १:७ ) 

यदि कसैले सुसमाचार प्रचार गरेर आत्माहरूलाई कुनै न कुनै किसिमले ख्रीष्टकहाँ ल्याउने प्रयास गर्दैन भने उसको आफ्नै आत्मिक अवस्था ठिक हुँदैन अनि कुनै पनि मण्डलीका सदस्यहरूले परमेश्वरको अनुग्रहको सुसमचार मानिसहरूकहाँ पुर्र्याउने प्रयास गर्नमा इच्छुक हुँदैनन् भने त्यो ख्रीष्टियन मण्डली पनि उचित आत्मिक अवस्थामा हुँदैन। सबै विश्वासीहरू सुसमाचार प्रचार गर्न सक्षम त हुँदैनन् तर सबैले आत्माहरू बाँचुन अर्थात आत्माहरूको उद्धार होस् भनेर प्रार्थना गर्न सक्छन् र सुसमाचारको घोषणा गर्नेहरूको निम्ति प्रार्थना गर्न सक्छन्। सबैले कुनै न कुनै व्यक्तिलाई सुसमाचारको सभामा ल्याउने प्रयास गर्न सक्छन्। सबैले आत्माहरूलाई मुक्तिदाता ख्रीष्टको गवाही दिन सक्छन्, र सुसमाचारका पर्चाहरू बितरण गर्न सक्छन्। यस कार्यमा कुन व्यक्तिको कस्तो वरदान रहेको छ भन्ने कुनै मतलब हुँदैन अर्थात उसित्  कुनै प्रमूख वरदान नै किन नहोस्, त्यसको कुनै सरोकार हुँदैन, तर उसले पनि अरूको आत्माको उद्धारको निम्ति हृदयमा उत्कट चाहना राखेको हुनुपर्छ। 

यदि मण्डलीहरू अनि त्यहाँका व्यक्तिहरू हप्तौं, महिनौं र वर्षौंसम्म पनि सुसमाचार प्रचारको लागि सिंगो प्रयास नगरी बस्छन् अनि एउटा आत्माले नयाँ जन्म नपाउँदा पनि सन्तुष्टकासाथ रहन सक्छन् भने ती मण्डलीहरू र त्यहाँका व्यक्तिहरूको आत्मिक स्तर अवश्य पनि धेरै तल झरेको हुनुपर्छ ।अर्कोतर्फ, जुन मण्डलीहरू र व्यक्तिहरू सुसमाचार प्रचार र आत्माहरूको उद्धारका निम्ति गम्भीररूपले प्रार्थाना गर्नलाई आकर्षित भएका हुन्छन्, त्यस मण्डलीमा आत्माको नवीनता  महसुस गर्न सकिन्छ अनि त्यहाँ आत्माहरूप्रति साँचो जोस जागेर आएको हुन्छ, फलस्वरूप त्यहाँ आशिषका खोलाहरू बग्न थाल्दछन् । नयाँ आत्मा अर्थात् नयाँ गरेर परिवर्त्तन भएको व्यक्ति अनि साँचोरूपले नयाँ गरेर जन्मिएका व्यक्तिहरू मण्डलीका निम्ति नौलो आनन्दको श्रोत हुन् अनि उनीहरूले मण्डलीमा नयाँ जीवन ल्याउँदछन् । जहाँ सुसमाचारको निम्ति कुनै प्रयास अघि सारिएको हुँदैन अनि त्यहाँ कुनै पनि नयाँ आत्माको नयाँ जन्म हुँदैन भने त्यहाँका विश्वासीहरूमा मृत अवस्था र बोधोपना मात्र पाइन्छ । अनि त्यहाँ मर्न लागेको अवस्था आउन कर लाग्दछ,किनभने त्यहाँ सुसमाचार लिएर बाहिर जाने कार्य भएको छैन ।  

सुसमाचारका तरिकाहरू- हामीले पवित्र शास्त्र बाइबललाई अध्यायन गर्नु आवश्यक छ र प्रेरितहरूले गरेको प्रचारको तरिककालाई ध्यान दिनु जरूरी पर्दछ । सुसमाचार प्रचार गर्नका लागि गरिने संसारिक ढंगको उत्ताउलो र उत्तेजक तरिका जो आजको कति ईशाईहरूमा देखिन्छ त्यस तरिकालाई नहेरेर हामीले प्रेरितहरूले गरेको प्रचारलाई अनुसरण गर्नुपर्दछ । आजका यस्ता प्रचारकहरूले प्रभुको काम संसारको तरिकामा गर्ने प्रयास गरेको देखिन्छ । हामीलाई मानिसको काम थोरै र परमेश्वरको काम धेरै चाहिएको छ । हाम्रो प्रचार चाहिँ ख्रीष्टको प्रेमप्रति ज्यादै खिचिएको हुनुपर्छ अनि आत्माहरूलाई परमेश्वरसित मिलाप गर्न विवश गराउने हुनुपर्छ । अनि हामीले प्रचार गर्ने सन्देशमा पवित्र आत्माले शक्ति दिएको हुनुपर्छ ताकि त्यस सन्देशले एउटा नबाँचेको आत्मालाई पश्चाताप गरी सुसमाचारलाई बिश्वास गर्ने बनाएको होस् । हामीले पश्चातापको प्रचार गर्न भुल्नु हुँदैन । मानिस पतन र बिनाशमा गईरहेकोछ भन्ने कुरा प्रचार गर्नु पर्छ तर मानिसको त्यस्तो अवस्थाको निम्ति परमेश्वरले प्रबन्ध गर्नुभएको उद्धारको उपायको प्रचार गर्नु पर्दछ। अनि त्यो उपाय चाहिँ केवल हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रहको सुसन्देशमा पाइन्छ। 

हामीले सुसमाचारको चिरस्थायी परिणामहरूको निम्ति यी वचनहरूलाई सम्झना गर्नु पर्दछ । “नता बलले, न शक्तिले, तर मेरो आत्माले भनी सेनाहरूका यहोवा भन्नुहुन्छ ।” (जकरिया ४:६ ) याकूब ५:७,८ लाई पनि सम्झौ : “हेर पृथ्बीका बहुमूल्य फलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्ष नहुन्जेल धैर्य धारण गरेर पर्खी रहन्छ । तिमीहरूले पनि  धैर्य धारण गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनभने प्रभुको आगमन नजीकै छ ।” उहाँको आगमनले महान कटनीको दिन ल्याउनेछ अनि बहुमूल्य आत्माहरूको उद्धारको निम्ति गरिएको प्रचार र उहाँको निम्ति गरिएको परिश्रमको फल प्रकट गरिनेछ । यसका साथै संसारको जताततै छरिएका जवान र बृद्धाहरूको हृदयमा उत्सुक्ताका साथ् सुसमाचारको असल बिउ छर्ने काम गरौँ  अनि त्यो बिउ उम्रेर फल फलेको हेर्नलाई धैर्यताकासाथ प्रतिक्षा गरौँ; यो ख्याल गरौँ कि साँचोरूपले परिवर्त्तन भएको एउटा आत्मा नै मानिसको उपायदूवारा केवल नामको निम्ति प्राप्त गरेका पवित्र आत्माको वास्तविक् काम नभएका हजारौं नामधारी आत्माहरूभन्दा उत्तम हो । 

यो पनि यहाँ थप्नु उचित होला कि प्रचारक अनि सुसमाचारको काम गर्ने व्यक्तिलाई उसको सुसमाचार प्रचार गर्ने तरिका जुन लिएर अगाडी बढ्दछ, उसलाई त्यसमै स्वतन्त्र छोडीदिनु पर्छ, किनभने ऊ आफ्नो व्यक्तिगत र आफ्नो बिश्वासको शक्ति  अनुसार अगाडी बढेको हुन्छ, अनि ख्रीष्टको निम्ति मात्र आफ्नो व्यक्तिगत जिम्मेवारीको धरातलमा उभिएको हुन्छ । “ त्यो त आफ्नै मालिकको निम्ति खडा हुन्छ अथवा पतित हुन्छ ।” (रोमी १४:४ ) यसकारण हामीले अर्को मानिसको दासलाई जाँच गर्नु हुँदैन । उसलाई कुनै नियमहरू र ब्यबस्थापनहरूले बाँध्नु हुँदैन नता कुनै संकीर्ण मन भएका मानिसहरूले बाधा पुर्याउनु नै हुन्छ । त्यस्ता मानिसहरू जो हरेक कुराहरूप्रति असहमति प्रकट गर्छन्,जुन तिनीहरूको आफ्नै बिचारसँग उपयुक्त ठहरिंदैन । सुसमाचार प्रचार गर्ने कार्यकर्ताहरूलाई कुनै पनि नियम र व्यबस्थाको निश्चित घेरामा थुन्नु हुँदैन र कसैले नियन्त्रण गर्नु हुँदैन । निश्चित नियम र क्रमहरू आराधनाको सभाका निम्ति उपयुक्त हुन्छन् । 

एउटा बिशाल हृदय भएको प्रचारकले आफ्नो प्रभु र मालिकका साम्नेमा धेरै कामहरू गर्न सिद्धरूपले स्वन्तन्त्रता मनिरहेहो हुन सक्छ यद्यपि मण्डलीमा रहेका धेरैले त्यसलाई कदर गर्न नसक्लान अर्थात उनको सेवाको ढाँचा अरूको सोच विचारसँग नमिल्ला । उसले बोल्ने एउटा तरिका अपनाउन सक्छ, अथवा काम गर्ने एक किसिमको ढाँचा अपनाउन सक्छ, तर यस्तो कार्य सम्पूर्ण ढंगले मण्डली बाहिरै गर्न सक्छ । तर जहाँसम्म उसले शास्त्रका मौलिक सिद्धान्तहरूलाई भंग गर्दैन भने, उसले गर्ने काममा हामीले हस्तक्षेप गर्ने र उनलाई दोषी ठान्ने अधिकार छैन । उसको आफ्नै तरिकामा र प्रभुप्रतिको व्यक्तिगत जिम्मेवारीमा स्वतन्त्ररूपले काम गर्न छोडीदिनु पर्दछ । कसैले प्रभुको निम्ति छुट्टै किसिमले काम गर्न चाहन्छ भने त्यस कामको लागि मण्डली जिम्मेवार रहँदैन । “तब यसैले हामी हरेकले परमेश्वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ ।” (रोमी १४:१२) 

प्रभुले यो आदेश दिनुभयो, “सारा जगतमा गएर हरेक प्राणीलाइ सुसमाचार प्रचार गर ।” तर यो कुन तरिका या ढाँचामा गरिनु पर्ने हो भनेर उहाँले उल्लेख गर्नुभएन । यसैकारण सुसमाचार प्रचार गर्न कस्तो तरिका र ढाँचा अपनाउनु भन्ने कुराको जिम्मेवारी उहाँले हरेक व्यक्तिको हातमा छोड्नुभएको छ अनि यो बदलिँदो परिवेश र परिस्थिति कस्तो ढाँचाको जरूरी पर्दछ, त्यहि अनुरुप गर्नु पर्दछ । यस बदलिँदो युगमा बेग्ला बेग्लै किसिमको राष्ट्रिय प्रथाहरू र अवस्थाहरू रहेको ठाउँमा पवित्र आत्माले जसरी अगुवाई गर्नुहुन्छ, त्यहि अनुरुप कसै कसैले काम गर्दै जान्छन् । प्रेरित पावल भन्दछन् , “ कुनै किसिमले कसै कसैलाई बचाईहालूँ भनेर सबैका निम्ति म सब कुरा भएँ ।” (१ कोरिन्थी ९:२२) “ जसले आत्माहरू जित्छन्, उनी ज्ञानी हुन् ।” (हितोपदेश ११:३०) 

सन्डे स्कूल- प्रभु येशूले भन्नुभयो, “साना बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक,किनभने स्वर्गको राज्य यस्तैहरॊको हो ।” अनि जब उहाँले “ एकजना सानो बालकलाई आफूकहाँ बोलाउनु भयो र चेलाहरूको माझमा उभ्याउनुभयो, तब उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, यदि तिमीहरू पनि बदलिएर यी  साना बालकहरू जस्तै भएनौ भने,तिमीहरू स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ ।” अनि जसले यस्ता साना बालकहरूलाई मेरो नाममा ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ ….यसकारण होसियार बस, र यस्ता बालकहरूलाई तुच्छ नठान ।” ( मर्कूस १०:१४;मत्ती १८:२,३,५,१०) यसैकारण हाम्रा देशका बालबालिकाहरूलाई हाम्रो सुसमचारिया प्रयासमा कहिल्यै बिर्सिनु हुँदैन । 

हो, बालबालिकाहरूले नै  सुसमाचारको कार्यको निम्ति अत्यन्तै फालदायिक क्षेत्र निर्माण गर्दछन्, किनभने उनीहरूको हृदय अझै कलिला हुन्छन् र ख्रीष्टको वचनदूवारा गरिने स्वर्गीय बुलावटप्रति धेरै कोमल र सम्वेदनशील हुन्छन् । उनीहरूको हृदय अझैसम्म पापको कारणले कठोर भएको हुँदैन । उनीहरू आफ्नो जीवनलाई निर्माण गर्ने क्रममै हुन्छन्, जतिबेला उनीहरूको आचरण परिवर्त्तन हुन्छ र आफ्नो नियति निर्माण गरिरहेका हुन्छन् । एक वैज्ञानिक अर्थात मनोविशेसज्ञले भनेका छन्: “एक जना व्यक्तिले आफ्नो शीलस्वभावलाई आफु बयस्क (प्रौड)  भएपछि कमै मात्रमा बदल्न सक्छ।” अनि यो कुरा अनुमान लगाईएको छ कि हजारमा एक जना मात्र आफ्नो उमेर २० वर्ष पुगे पश्चात परिवर्त्तन भएको छ। एक पटक १५०० प्रचारकहरूलाई उनीहरू परिवर्त्तन हुँदाको उमेर सोधेर प्रश्न पठाईएको थियो, अनि त्यस अनुसन्धानले यहि प्रमाणित गर्यॊ कि उनीहरूको औसत उमेर प्राय १२ वर्ष थियो । ब्रूक्लिन न्यू योर्कका एकजना न्याधिशले भनेका थिए कि उनको कोर्टमा ल्याईएका २७०० ठिटाहरू मध्ये एक जना पनि सन्डे स्कूलका विद्यार्थी थिएनन् । 

यी सबै तथ्यांकहरूले यूवाहरू र बालबालिकाहरूमाझ सुसमचारिया सेवा कति धेरै महत्वपूर्ण छ भन्ने देखाउँदछ । सन्डे स्कूलको उद्देश्य भनेको बालबालिकाहरूलाई बाईबलका अमूल्य सत्यताहरू सिकाउनु हो । बालबालिकाहरूलाई मानिसको पाप र ख्रीष्ट येशूमा उद्धारको बारेमा सिकाउनु हो ।अनि यस संसारमा एउटा ख्रीष्टियनले हिँड्ने बाटो र उसले गर्नु पर्ने कामको बारेमा सिकाउनु हो । उनीहरूलाई यी कुराहरू सिकाएर मात्र काफी हुँदैन, तर हामीले उनीहरूको हृदयलाई ख्रीष्ट निम्ति जित्ने कोशिस गर्नु पर्दछ र उनीहरूको जीवन परिवर्त्तनका लागि प्रार्थना गर्नु पर्दछ । 

सन्डे स्कूलको बारेमा लेख्ने क्रममा, एक जना प्रसिद्ध प्रभुका दास सी.एच.मेकिन्तोषदूवारा लेखिएको पत्रलाई उल्लेख नगरी हाम्रो यो बिषय अपूरो नै रहनेछ भन्ने महसुस गरेका छौं । यो पत्र धेरै बर्ष पहिला लेखिएको थियो । त्यस पत्रलाई नै हामी यहाँ उल्लेख समाबेश गर्न चाहन्छौं ।

प्रिय मित्र,

तपाईहरूले सन्डे स्कूलको सभा शुरू गर्नु भएको कुरामा हामी साँचोरूपले धन्यबादी भएका छौं, अनि यस सन्डे स्कूलको र त्यसलाई संचालन गर्ने तरिकाको बारेमा केहि सल्लाह र सुझावका वचनहरू राखी दिन तपाईले गर्नुभएको अनुरोधलाई स्वीकार गर्दै यस पत्रलाई अगाडी बढाउन चाहन्छु । 

हामी जति धेरै बाँचछौं, त्यति नै धेरै सन्डे स्कूलको शिक्षाको कामलाई मूल्यवान ठान्दछौं । हामी यसलाई अत्यन्तै चाखलाग्दो र हर्षको  बिषयको रूपमा हेर्दछौं; अनि हामी बिश्वास गर्दछौं कि प्रभु येशूको नाममा भेला हुने हरेक मण्डलीहरूले यस्ता कामहरूलाई प्रार्थना र सहानुभूति दिएर समर्थन गर्नुपर्दछ ।

कोहि कोहि छन्, जसका बारेमा कुरा गर्दा मलाई धेरै दु:ख लाग्दछ, उनीहरूले यस बिषयमा धेरै निराशा अर्थात चिसो न तातोपन देखाएका छन्, र यस्तो कार्यलाई पूर्णरूपले रोक लगाउन खोजेका छन् । उनीहरूको दृष्टिमा, सन्डे  स्कूलले प्रभुमा बाबु आमाले आफ्ना बालबालिकाहरूलाई अर्ती उपदेश दिने कर्तब्यमाथि सिधा हस्तक्षेप हुन्छ भन्ने रहेको छ । हामीले सन्डे स्कूल गर्नु अर्थ बाबु आमाहरूलाई आफ्ना बालबालिकाहरूलाई प्रभुमा अर्ति उपदेश दिने जिम्मेवारीबाट बन्चित गराउनु हो र उनीहरूलाई यस्ता जिम्मेरवारीबाट गिराउनु हो भन्ने उनीहरूको तर्क रहेको छ । यस्तो आरोपको निम्ति उनीहरूसँग दरिलो आधार थियो भने त यो गहकिलो आरोप हो भनी हामी ठान्ने थियौं; तर त्यसो होइन,किनभने सन्डे स्कूल चाहिँ कसैको जिम्मेवारीमाथि हस्तक्षेप गर्नलाई निर्माण गरिएको होइन, तर उनीहरूलाई नै सहयोग गर्न, बाबु आमाहरूले दिन नसकेको अर्थात दिन नजानेको शिक्षा र तालिम दिलाउनका निम्ति निर्माण गरिएको हो । हजारौं प्रिय बालबालिकाहरू आज गल्लीहरूतिर, बाटोतिर, र ठुल्ठुला शहरको चौकहरूतिर भौंतारि रहेका छन् जसका कि त बाबु आमा छैनन्, कि त उनीहरूका बाबु आमाले उनीहरूलाई शिक्षा दिन सकेका छैनन् कि त उनीहरूले शिक्षा दिन चाहेका छैनन् । यस्तै अवस्थामा सन्डे स्कूलका शिक्षकहरूले आफ्नो भलाईपूर्ण आँखा लगाउन सक्छन् । शंका छैन, जब यस्ता बालबालिकाहरूले उनको कक्षाको बेञ्च (खटिया ) हरू भरिदिन्छन् तब उनलाई धेरै हर्ष लाग्दछ; तर जो गरिब छ, बेहाल छ, र त्यगिएको छ, त्यस्ताहरू नै उनको सेवाको बिशेष लक्ष्य बनिन्छन् । 

सन्डे स्कूलको शिक्षकको कामको फल कहिले र कहाँ देखिन्छ भनेर भन्न असम्भव छ । सायद त्यो कामको फल अफ्रिकाको कुनै पतपति तातिएको बालुवामा देख्न सकिन्छ होला, कि त उत्तरको हिम जमेको क्षेत्रमा देख्न सकिन्छ । सयाद त्यसको फल मध्ये बनमा देखिन्छ कि त समुन्द्रको छालहरूमा देख्न सकिन्छ ; त्यो कामको फल अहिले वर्त्तमान युगमै देख्न सकिन्छ  अथवा ती कार्यकर्ता महिमामा उठाइएको धेरै वर्ष पछि देख्न सकिन्छ । तर, यो फल जहाँ सुकै देखिए पनि फल निश्चय नै प्राप्त हुनेछ, जब बिश्वाससहित बिऊ छरिन्छ र प्रार्थनादूवरा मलजल गरिन्छ । 

यस्तो पनि हुन् सक्छ कि सन्डे स्कूलको एउटा बिद्यार्थी पछि गएर अति नै दुष्ट यूवक बन्न सक्छ-एउटा दुष्ट मानिस बनिन सक्छ; उसले सबै असल, पवित्र र सत्य कुराहरू भुलेको देखिएला-उसको पापपूर्ण अभ्यासले गर्दा उसमा भएका हरेक पवित्र स्वभाव छापहरू हराएर गएको देखिएला; यद्दपि, यी सबै कुराहरू हुँदा हुँदै पनि, उसको हृदयको कुनै कुनामा पवित्र शास्त्रका अमूल्य खण्ड र पदहरू रहेका हुन सक्छन् । उसको स्मरणको गहिराइमा मिठा भजनका श्लोक र शब्दहरू गडेर रहेका हुन्छन् । उसको मूर्खता र अबिश्वास्ताको मुनि यी वचन र भजनहरू रहिरहेका हुन्छन् । अनि यी शाश्त्रका वचन र भजनहरू कुनै बेला ऊ एकान्तमा रहेका बेला उसका मनमा आउन सक्छन् या त उनको मृत्युशैयामा छटपट्टाई रहेको बेलामा उसका मनमा आउन सक्छन् अनि पवित्र आत्माले यी नै वचन र भजनहरूलाई उसको आत्मा बचाउनका लागि प्रयोग गर्न सक्नुहुन्छ । यसैकारण, जवान छँदै , बालिकाहरूमा स्वर्गीय कुराहरू हाली दिनु पर्छ भन्ने कुराको महत्वलाई ब्याख्य गर्न कसले पो आँट गर्ला र ? 

तर हामीलाई, सायद यस्तो प्रश्न पनि गरिन्छ होला, कि सन्डे स्कूलको शिक्षकले अर्थात सुपेरिभेक्षकले गर्ने बिशेष कार्यको बारेमा नयाँ नियममा कहाँ चाहिँ उल्लेख गरिएको छ अथवा यस्तो कार्य गर्ने अधिकार चाहिँ हामीलाई कहाँ दिएको छ ? त्यस्तो प्रश्न गर्नेहरूलाई हामी यसरी उत्तर दिन्छौं कि सन्डे स्कूल भनेको उद्धार नपाएकाहरूलाई सुसमाचार प्रचार गर्ने र परमेश्वरका बालबालिकाहरूलाई पवित्र शास्त्रलाई ब्याख्या गरिदिने यो एउटा अर्को माध्यम मात्र हो । यसलाई अझै स्पष्टरूपले भन्नु पर्दा, सन्डे स्कूल एउटा सुसमचारिया कामको हाँगा हो अनि हामी यसलाई नहिच्किच्याई भन्न सक्छौं कि सन्डे स्कूल र अन्य सुसमचारिया कदमहरू चलाउनका लागि नयाँ नियमका पानाहरूमा प्रशस्त अधिकार दिएको पाउँदछौं ।  

तर, हाय ! दु:ख लाग्दो कुरा यहि छ कि हामीहरू माझमा धेरै यस्ता मानिसहरू छन्, जसको सुसमाचारको कुनै पनि हाँगा अर्थात शाखामा पटक्क मन छैन । उनीहरू जवानहरूका माझमा पनि काम गर्न मन पराउँदैनन्, नता  बृद्ध-बृद्धाहरू माझमा काम गर्न चाहन्छन् । यस्तो काम गर्नलाई उनीहरूले अवहेलाना मात्र गर्दैनन् तर यस्तो आशिषमय काम गर्न चाहनेहरूमाथि चिसो पानी खन्याई दिन्छन् । अनि कति पटक यस्तो पनि हुन्छ कि जसकसैले सन्डे स्कूलको कामप्रति चाहिँ आपति जनाउँछन् तर सुसमाचारको कार्य चाहिँ गर्नु पर्छ भनेर भन्छन् भने ती मानिसहरू धेरै चतुर रहेछन् भनेर बुझ्नु पर्छ र यस्ताहरूले जवान जवानीहरूसँग कसरी बात गर्छन् , त्यसलाई राम्ररी ओजन गर्नुपर्छ । 

तर तपाईलाई चाहिँ, प्रिय मित्र, हामी यहि भन्न चाहन्छौं कि तपाईले गर्न लाग्नु भएको काम जो सन्डे स्कूलको काम हो त्यो काम गर्न तपाईलाई कुनै कुराले पनि निरास नबनाओस । यो एउटा असल काम हो, अनि अनेक बिरोधका बाबजुद पनि तपाई अगाडी बढ्नुहोस । किनभने हामीलाई हरेक असल कामको निम्ति तयार रहन आज्ञा गरिएको छ, र “यदि भलाई गर्न थाकेनौ भने,ठीक समयमा हामी त्यसको कटनी गर्नेछौं ।” (गलाती ६:९) 

अब सन्डे स्कूल चलाउने बिधि र तरिकाको सम्बन्धमा भन्नु पर्दा, हामी यहि कुरा स्मरण गराउन चाहन्छौं कि यो एउटा व्यक्तिगत सेवा हो र यो काम प्रभुप्रतिको व्यक्तिगत जिम्मेवारीमा गर्ने गरिन्छ ।शंका छैन कि यो सेवा अत्यन्तै महत्वपूर्ण छ र यो काम गर्नलाई तपाइका संगतिका संगी कार्यकर्ताहरू र संगतिका दाज्युभाईहरूसँगको पूर्ण संगतिमा रहेर यो काम गर्नु पर्दछ; तथापि सन्डे स्कूलको शिक्षक अर्थात सुपेरिभेक्षकको काम चाहिँ प्रभुप्रतिको व्यक्तिगत जिम्मेवारीमै गर्नु पर्दछ अनि आफुलाई दिएको अनुग्रहको वरदानका आधारमा गर्नु पर्दछ । यस कार्यका लागि मण्डली जिम्मेवार रहँदैन र अरू कसैको व्यक्तिगत सेवामा मण्डली सहभागी बन्नु पर्छ भन्ने छैन । आइतबार बेलुकीको प्रचार सभा, घरेलु सेवा, कुनै लेक्चर अर्थात प्रवचनको सेवा अर्थात बाईबल अध्ययनको सेवामा सम्पूर्ण मण्डली सहभागी बनिनु पर्छ भन्ने छैन । यद्दपि, निश्चितरूपले, यदि मण्डली आत्मिक अवस्थामा बढेको छ र आत्मिक अवस्थामा स्वस्थ मण्डली छ भने, मण्डलीले निश्चय पनि सन्डे स्कूलको काममा अनि अन्य कुनै पनि व्यक्तिगतरूपले गरिने सेवामा संगति गर्न सक्छ अर्थात ती सभाहरूमा आफ्नो संगति रहेको जनाउन सक्छ । 

तपाईले यो पनि थाहा पाउनु हुनेछ,र हामीले गल्ति गरेनौ भने, यो स्पष्ट देखिन्छ कि सन्डे स्कूललाई प्रभावकारी ढंगले संचालन गर्नलाई हामीलाई एउटा सक्षम सुपेरिभेक्षकको जरुरत पर्दछ । एउटा यस्तो व्यक्ति जो जाँगरिलो छ, ब्यबस्थित  र अनुसाशित छ, त्यस्तो व्यक्ति चाहिन्छ । एउटा पूरानो कथन छ, “जे सबैको जिम्मेवारमा छ,त्यो कसैको पनि जिम्मेवारमा छैन ।” यो कथन बिशेष गरेर यहाँ लागू हुन्छ । सन्डे स्कूललाई राम्ररी व्यवस्था नगरिएकाले धेरै सन्डे स्कूलहरू धूलोमा पुगेको पनि हामीले देखेका छौं । कसैले केहि समयका लागि सन्डे स्कूलको काम शुरू गर्छ र पछि त्यतिकै छोडिदिन्छ ।यस्तो गरियो भने सन्डे स्कूलले कहिल्यै भलो गर्न सक्दैन ।सन्डे स्कूलका सुपेरिभेक्षक, शिक्षक र भिजिटर अर्थात आगन्तुकहरूले आफ्नो पूरा समर्पणमा यस कार्यमा प्रवेश गर्नु पर्दछ । राम्रो भए चलाउने, नभए छोडिदिने हेतुले यो काम शुरू गर्नु हुँदैन । यो काम गर्नलाई धैर्यतासहितको जाँगर चाहिन्छ अनि त्यस काममा प्रवेश गरे पछि हृदयमा साँचो उद्देश्यकासाथ अगाडीमा बढाउनु पर्दछ ।प्रभुले नै बालबालिकाहरूको हृदयमा काम गर्नुहुन्छ भन्ने बहाना बनाएर सुपेरिभेक्षक र शिक्षकले सन्डे स्कूलको काम छोड्ने काम गर्नु हुँदैन ।सन्डे स्कूलका सुपेरिभेकक्षक उसको गोलपोस्टमा रहिरहनु पर्छ । आफु बिरामले असक्त भएमा अर्थात कुनै कारणले अनुपस्थित हुने भएमा, आफ्नो बदलीमा उपयुक्त व्यक्ति राखेर मात्र छोड्नु पर्दछ । 

यो अत्यन्तै महत्वपूर्ण कुरा हो कि सन्डे स्कूलका हरेक कामका हाँगालाई नयाँ जोश, हृदयबाट कै बोझकासाथ् गर्नुपर्दछ अनि आफ्नो व्यक्तिगत भक्तिपूर्ण जीवनले गर्नुपर्दछ । अनि जसरी हामी प्रार्थना सेवा र अन्य कन्फरेन्सहरूमा सहभागी बन्न चाहाना राख्दछौं, त्यस्तै यो सन्डे स्कूलको सभालाई पनि त्यतिकै महत्वकासाथ हेर्नुपर्दछ । सन्डे स्कूल गर्छु भनेर सन्डे स्कूल शुरू गर्नेहरूकै लापरवाहीले, परिश्रम र लगनशिलाताको कमीले सन्डे स्कूलको काम सडेर गयो भने,त्यो जति दु:ख लाग्दो र लाजमर्दो अवस्था अर्को केहि हुँदैन । बाधा र वेवधानहरू आइनै हाल्छन् ,त्यसमा कुनै शंका छैन; अनि यो काम पनि धेरै कठिन र निरासाजनक नै छ; तर, यदि हामीले बोलेका वचनमा केहि ओजन अर्थात अर्थ हुन्छ भने, सन्डे स्कूल जस्तो अमूल्य सेवामा संलग्न रहेकाहरूलाई  हामी हृदयबाट नै जोड दिएर भन्न चाहन्छौं, कि तपाईको काम अथवा जोशलाई कुनै कुराले पनि नामारोस् । उहाँको कामको निम्ति तापाईमा जागृत भएको जुन जोशको गरम बाफ छ, त्यसलाई कुनै कुराले पनि ओस्याउने अर्थात चिसो बनाउने काम नगरोस् । यो कार्यलाई लिएर तपाई अगाडी बढ्नुहोस! अगाडी बढ्नुहोस ! अनि फसलका मालिक प्रभुले नै तपाईको प्ररिश्रमको फल दिएका हुन् र तपाईको कामलाई प्रशस्त आशिषहरू दिएका हुन् । 

हामीले यो टिपणी गरिराख्नु जरूरी त थिएन ता पनि हामी यो उल्लेख गर्न चाहन्छौं कि एउटा नयाँ गरेर नजन्मिएको व्यक्ति भनौं अपरिवर्त्तित व्यक्तिले सन्डे स्कूलको काममा भाग लिन हुन्छ भनेर हामी सोच्दैनौ । शिक्षक आफैलाई थाहा नभएको अनि ऊ आफैले अनुभव नगरेको कुरा उसले अरूलाई सिकाउँछ भन्ने कुरामा हामी बिश्वास राख्दैनौ । यदि कुनै ठाउँमा यस्तो गरिएको छ भने यसले दु:ख लाग्दो  परिणाम ल्याउँछ भन्ने हामी सोच्दछौं । शंका छैन कि परमेश्वरले आफ्नो सार्वभौमिक्तामा एउटा उद्धार नपाएको व्यक्तिको ऒठबाट आएका वचनलाई पनि प्रयोग गरेर अरूमा काम गर्न सक्नुहुन्छ; तथापि त्यस्ता व्यक्तिलाई प्रयोग गर्नुको अर्थ चाहिँ त्यहाँका विश्वासीहरूको सुस्तता र दुर्बल्ता हो । त्यस्ता व्यक्तिहरूलाई सन्डे स्कूलको कार्यमा स्वीकार गर्नु र कामका निम्ति अनुमति दिनु हुन्छ भनेर हामी एकरति पनि सोच्दैनौ । यदि कुनै व्यक्तिमा सन्तुष्टरूपको उद्धार अर्थात परमेश्वरप्रति परिवर्त्तनको प्रमाण छैन भने त्यस्ता व्यक्तिलाई सन्डे स्कूलको काममा नियुक्त गर्नु गलत कार्य हो । त्यसो गरेर हामीले उसको आफ्नै घातक भ्रमलाई समर्थन गर्नेछौं । 

अन्तमा हामी यहि भन्न चाहन्छौं कि सन्डे स्कूललाई मण्डलीका सभाघरका कमाराहरूमा मात्र नगरेर अन्य धेरै ठाउँहरूमा गर्न सकिन्छ । सम्भव भए सम्म हामीले बिभिन्न ठाउँहरूलाई प्रयोग गर्नु पर्दछ ।नानीहरूको सभालाई हामीले हप्ताभरिका दिनहरूमा गर्न सक्छौं । यस्ता सभाहरूलाई हामीले हाम्रा घरहरूमा गर्न सक्छौं अनि ढोका खुल्ला रहेका कुनै पनि ठाउँमा गर्न सक्छौं । बर्खे छुट्टीमा बाईबल स्कूल गर्न सक्छौं । यो समयमा नानीहरूलाई परमेश्वरको बचन र सुसमाचार पुर्याउने यो राम्रो समय रहेको प्रमाणित भएको छ । नानीहरू र यूवाहरूका  लागि बाईबल क्याम्प पनि अत्यन्तै महत्वपूर्ण बाटो ठहरिएको छ । प्रभुले यस्ता जवान जवानीहरूलाई ख्रीष्टको निम्ति जित्न र उनीहरूलाई वचन सिकाउन धेरै पारिश्रमिक कार्यकर्ताहरू खडा गर्नुभएको होस् ।