Categories
Gospel of Grace Print Articles

अनन्तता -Eternity

अनन्तता 

अनन्तता चाहिँ कति लामो समयको हुन्छ? अनन्तताको अन्त हुने कुरा जनाउनलाई देखाउने त्यस्तो कुनै दृश्य छैन ! यसको कुनै अन्त्य छैन ! यो हमेशा-हमेशाका लागि रहिरहने समय हो। यो कति चकित पार्ने वचनहरू हुन्। परमेश्वरले मानिसमा फुकिदिनुभएको जीवनको सासले मानिसलाई अनन्त जीव बनाएको छ-जुन जीवनको कुनै अन्त छैन। 

दश लाख वर्ष (१ करॊड) लाई त मानिसले बुझ्न सक्तैन भने अनन्ततालाई झन् कसरी बुझ्न सक्छ र? तर यो अनन्ततालाई बुझ्न यस्तो एउटा कोशिष गरौं। एक हजार वर्ष त हाम्रा आदिकालका पूर्खाहरूको आयुभन्दा दशगुणा बढी हुन्छ भने १०००x १००० लाई गुणा गर्दा दश हजार वर्ष (१ करोड) हुन्छ। यति लामो समयले पनि अनन्तताको कुनै ज्ञान दिन सक्दैन भने, दश हजार वर्षलाई अनन्तताबाट घटाउँदा अनन्ततालाई एक रति पनि घटाउँदैन। 

अनन्तता चाहिँ कस्तो हुनेछ? 

अब यहाँदेखि उसोको अरबौं र खरबौं वर्षमा तपाईं के गरिरहेको हुनुहुनेछ? अनन्तदेखि जीवित रहनुहुने प्रभु येशू ख्रीष्ट स्वर्गदेखी यस धर्तीमा आउनुभयो र मृत्यु पछि मानिसको अवस्था चाहिँ कस्तो रहनेछ भन्ने बारेमा धेरै कुराहरू बताउनुभयो। लुका ६:२५ अनुसार अनन्ततामा धार्मिकहरूले सान्त्वना पाउनेछन् तर दुष्टहरू ठूलो संकष्टमा पर्नेछन्। एउटा स्थान चाहिँ ज्योतिर्मय हुनेछ अनि अर्को स्थान चाहिँ अन्धकारपूर्ण हुनेछ। एउटामा गान, भजन र रमहाट हुनेछ अनि अर्कोमा रोदन, चित्कार र शोक हुनेछ। एउटामा जीवनको पानीको नदी हुनेछ अनि अर्कोमा एकथोपा पानीको भीख माग्दा पनि पाइने छैन। स्वर्गमा परमेश्वरका शुद्ध र आनन्दित सन्तहरू हुनेछन् तर नरकमा चाहिँ शैतानका दुष्ट पापी जनहरू हुनेछन्। 

अनन्ततामा ख्रीष्टलाई इन्कार गर्नेहरूका निम्ति आशाको किरण कहिल्यै चम्कने छैन। उनीहरू अनन्ततासम्म तिर्खाइरहनेछन्-हमेशा-हमेशाका निम्ति कष्टमा हुनेछन्–उनीहरूको कष्टको कहिल्यै अन्त हुनेछैन—उनीहरू हमेशा कष्टमा हुनेछन्। रूवाबासी, दाह्रा किटाई, सुस्केरा र चित्कारकासाथ अनन्त आगोमा हुनेछन्। हाय! त्यो पूर्ण अन्धकारलाई एक पटक सोचेर हेर्नुहोस्। त्यो विलकुल अन्धकार हमेशा हमेशासम्म रहिरहनेछ अनि त्यस अन्धकारपूर्ण समयको कुनै अन्त छैन। 

रोकिनुहोस्! यी चक्कर चलाउने विचारहरूलाई एक-पटक आफ्नो मनमा प्रवेश दिनुहोस्। तर ती कुराहरूको बारेमा धेरै चाहिँ नसोच्नुहोस् किनकि यसले तपाईलाई पागल नै बनाउनेछ। तर यस विषयमा सोच्नलाई नछोड्नुहोस् जुन सोचले चाहिँ तपाईलाई मुक्तिदाता प्रभु येशूतर्फ डोरयाउनुहोस् जसले हामीलाई आउनेवालालाई हाम्रा निम्ति उहाँ आफै मर्नुभयो। (१ थिस्सलोनी १:१०) 

अनन्तता चाहिँ तपाईं कहाँ बिताउनुहुन्छ? मानिसको हृदय र जीवनको पापले गर्दा हरेक आत्माहरू अनन्त विनाशमा परिरहेकाछन् तर प्रभुलाई प्रशंसा होस्, परमेश्वरले आफ्नो कृपा र प्रेमले गर्दा आफ्नै पुत्रलाई हामीलाई हाम्रा पापबाट बचाउनलाई पठाउनुभयो। “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो। उहाँमाथि बिश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६) 

अहिले नै अनन्तताको निम्ति तयारी गर्नुहोस्। आफ्नो पापको पश्चाताप गर्नुहोस्। आफ्नो जीवनलाई पूर्णरूपले ख्रीष्टलाई दिनुहोस् ।उहाँले नै तपाईंको जीवनको नियन्त्रक हुनुहुन्छ भनेर स्वीकार गर्नुहोस्। छुट्कारा पाएका मानिसहरूको संगठनमा सामेल हुनुहोस्। अहिले नै अनन्तताका निम्ति तयार हुनुहोस् -अनन्ततामा अनगिन्ति सन्तहरूको समूह ख्रीष्टको साथमा हुनेछन् र उहाँकै सेवा गर्दै सदैव उहाँको साथमा राज्य गर्नेछन्। (प्रकाश २२:३-५) 

जो कोहि ख्रीष्टकहाँ आउँछन्, र उहाँको निम्ति जिउँछन्, उनीहरूको पाप सदाका लागि हटेर जान्छ! त्यस पछि छुट्कारा, विजेता, अवर्णनीय र पूर्ण महिमा उसको भागमा हुनेछ। रगतले धोइएका परमेश्वरका सन्तहरूका निम्ति कति उत्तम कुराहरू अनन्तताका निम्ति साँचिएका छन्। 

यस संसारको देवले (शैतान) ले हजारौं मानिसहरूको समझलाई अन्धा तुल्याईदिएकोछ। ख्रीष्टियनहरू एउटा धार्मिक संगठन मात्र हुन् भन्ने सोच हालिदिएर धेरैलाई भ्रममा पारिदिएको छ। यो कस्तो झूटो कुरा हो? धेरैले यी दुवै मार्गलाई बुझ्ने कोशिस गरेकाछन् अनि धेरैले ख्रीष्टमा साँचो आनन्द पाएका छन्। आउनुहोस्! यो खुसी र आनन्दित समूहमा समावेश हुनुहोस् र अनन्तता एउटा अवर्णनीय महिमामा बिताउनुहोस्। 

Ralf M.Shank